14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मैले बुझेको स्रष्टा विश्वेश्वर प्रसाद कोईराला !

विचार डीग बहादुर तामाङ्ग September 13, 2021, 3:41 pm
डीग बहादुर तामाङ्ग
डीग बहादुर तामाङ्ग

स्रष्टाले आफनो बंशको परिचय यसरी दिनु भएको थियो ”पश्चिम ३ नम्बर लमजुंग दूराडाँडाको दक्ष्णि फेदीमा एउटा ठुलो उपजाउ फाटँ छ,धेरै बर्ष पहिले त्यहाँ एउटा ब्राह्मण परिवार आयो,दक्षिणतिरबाट त्यो खोलाको छेउमा खेती गर्ने उदेश्यले जंगलको सानो भागलाई फांटेर बसेका,त्यहां कोरालाका घना जंगल भएकाले कोराइला फांटमा बस्ने हुनाले त्यहि कोइराला फांट ब्राह्यमण सन्तान कोइराला थर बन्न पुगेको स्रष्टाले आफ्नो कथाको दोस्रो पृष्टमा उल्लेख गर्नु भएको छ।त्यसैले आजकालका कोइराला थरका ब्राह्यमणहरु त्यहि ठाउँबाट छरिएका हुन।
साहित्यकार चुडामणिको जन्म ८,सितम्बर १९१४,मृत्य १९८२ सहरसा जिल्ला बिहार राज्य भारतमा कृष्ण प्रसाद कोइरालको दोस्रो पुत्रको रुपमा भएको हो। न्वरानको नाम चुडामणि भएता पनि उहाँको ठूलो पिताजी सायद (कालीदास) बनारसमा जन्मेको हुदा “यो बालक ठूलो मान्छे बन्छ भविष्यमा यसको नाम विश्वेश्वर राख्नु पर्छ भने पछि आमा “दिव्यश्वरीले हजुरले जे नाम दिए पनि हुन्छ” भन्ने स्वीकृति जनाएपछि चुडामणिबाट विश्वेश्वर प्रसाद कोइराला भएको हो भन्ने उहांले लेख्नु भएको आफनो कथामा पृष्ट ५९ उल्लेख भएको छ।
निर्वासमा केहि आर्थिक स्थिती सुधार भएपछि आफ्नै बाबुले(कृष्ण प्रसाद काईरालाले) खोलेको पाठसालामा १४ बर्षको उमेर सम्म पढेपछि मात्र हरिश्चन्द्र पाठसालामा भर्ना भएर आफ्नो औपचारिक शिक्षा क्षेत्रमा प्रवेश गर्न भएको थियो ।
उहाँले नौ कक्षा देखिनै रचनाहरु लेख्न शुरु गर्नु भएको हो र भारतीय अखबार हरुमा उहाँको लेखहरु प्रकाशित हुन थाली सकेको थियो।उहाँको भाग्यले हो या उहाँको बाबुको सम्पर्कले हो उहाँ मुन्सि प्रेम चन्दको सम्पर्कमा आउनु भयो।त्यसैले बिपि को प्रेम चन्दलाई आफ्नो मेन्टोर (साहित्य) प्रेरक भन्न हुन्थ्यो अरे। बिपिद्धारा लेखित साहित्य कृतिहरु प्रेमचन्दको सम्पादनमा पहिलो चोटि बिशाल भारतमा तथा हन्स भन्ने पत्रिकामो कथा प्रकाशित भएको थियो भनेका छन।प्रेम चन्द जस्तो साहित्य दबेधीबा तथा बनारासिदा चतरबेधीहरुबाट उहाँ प्रेरित भएर नेपाली साहित्य क्षेत्रमा उहाले पाठकहरुलाई छाप छोडेर जानु भएको छ।प्रेम उदासजीको बिबि सम्बन्धी सोध कार्यपत्रमा उल्लेख गरेका छन्।
नेपाली साहित्य कार्यक्रमहरुमा बिपिको नाम उल्लेख भएको भने पाइएको छैन,किन हो त्यो कुरा म बुझ्न सकि रहेको छैन।गत बर्षको नोभेम्बर ३०,र डिसेम्बरका दिन उत्तर भर्जिनियामा,संयुुक्त राज्य अमेरिकामा ठूलो साहित्यकारहरुको जमघट भएको थियो,कसैले स्रस्टा बिपि को नाम सम्म उच्चरण गरेको पांएन।मैले किन यसरी बिपीलाई हेला गरेको भनेर त्यस कार्यक्रमको आयोजकहरुलाई सोधें तर नजवाफ भएर बस्नु पर्यो म भोलिपल्टको कार्यक्रममा आफ्नो असभागिता जनाएर म त्यहाँ गइन।
यसको कारणहरु के हुुन मलाई जान्न मन लागि रहेको छ।उहाँले तिन घुम्ती अथवा जीवनको तिन मोडहरुलाई राम्रो संग इन्द्रमाया र पिताम्बरको बिचको सम्बन्धलाई चित्रण गर्नु भएको छ।त्यसैले ईन्द्र बहादर राइले आफ्नो नेपाली उपन्यासको आधारहरुमा बिपिलाई अस्तिवादी बरण भनेर भन्नु भएको छ।तर उहाँले किन मोदि आइनमा सरल भाषा प्रयोग गरेर मोदिआईनको –बिहारी महिलाको)मुखबाट सारा महाभारतको कथालाई हामीलाई दिनु भो त्यो सायद उहाँले नेपाली पाठकहरुलाई पनि राजा कस्तो हुन्छ, दुर्याधन जस्ता राजा हुनुमा र नहुनुमा के फरक छ र भनेर तत्कालीन राजा महेन्द्रलाई इकित गरेको जस्तो र राजनैतिक उपन्यासको गन्ध यस उपन्यासमा पाइन्छ।
आठबर्षको जेल सजाय निश्चय नै शासकले आफु विरुद्ध गरेको सोचेका भन्दा भिन्न तरिका लागि गर्न खोजेमा दिइने जेल यातना थियो तर उहांले अरुहरुले जस्तो राजनैतिक विचारधारा राखेर कुनै लेख लेख्न भएको मलाई थाह भएन,हुन त जेल जर्नल भनेर हालसालै बजारमा नआएको पनि होइन तर यसरी चारदिवार भित्र खुम्च्याएर होइन बरु साहित्यिक क्षेत्रमा प्रसस्त कोशेलीहरु दिने भो तर उहांले चाहेको भए विभिन्न दर्शनका ठेलीहरु दिन सक्नु हुन्थियॊ।जेलको आक्रान्त ज्वालाको रापले त उहांलाई राजनैतिक योजनाहरुलाई लिपिबद्ध बनाउन भएन,सायद यातनाको डरले पनि होला उहांको साहित्यका अग्ला पर्खालले पनि छेक्न सकिएन, त्यसैले विबिबाब राजनैतिक शास्त्र भन्दा साहित्यका पुस्तकहरु पढ्नु भएकोले धेरै साहित्यक पुस्तक लेख्न भ्याउनु भयो ।
हिटलर र यहदीहरु
लेखक दोस्रो पटक आफ्नो घाँटिमा लागेको क्यान्सरको उपचारको क्रममा बम्बई शहर पुग्न भएको बेलामा पत्रिका लागि सम्पन्न गरे अखबरको लागि पठाइने जस्तो गरि लेख्नु भएको छ।यहि क्रममा उहाँले पहिलो चोटि डेभिड नामक पात्रलाई चिया पिउने क्रममा भेटनु हन्छु र डेभिडको यात्रा थियो, ईजारयलको स्थपना पछि विश्वभरि छरेर रहेका यहुदीहरुलाई बटुल्न गएको हुन्छ भने मार्गरेट त्यसको घोर बिरोधी भएर उभिएकी थिइन्।कुराकानिको क्रममा डेभिड भारतमा बसेको यहुदीहरुलाई ईजारइल बसाई सार्ने काम र त्यहाँ सोसिलिष्टहरुको सम्मेलन भाग लिने कुरा गर्छन।त्यतिकैमा एउटी सेती गोरी र्सग स्राष्टको आँखा पर्छ “कन तेजले त्यो दद्दीप्त दिथो, उसको सुन्दर आँखाको कैलो नानीको टाउको दुइवटा हीराका टक्र झैं चम्किरहेका थिए” “ पृष्ट ७ हिटलर र यहुदीको को तेस्रो हरपमा उल्लेख ।उनी मार्गरेट नामक कृष्चियन महिला थिइन् र उनि चाँहि ईजारयलेको पुर्नवासले प्यालिसटाइनहरुलाई बिस्तापित गर्छन र त्यसको घोर भर्सनामा थिइन।
बिपीको उपन्यास, तिन घुम्ती सुम्निमा हन,यहुदी र हिटलर होस, दरेन्द्र दाई, कथामा कर्णलको घोडाहरुमा सारै काम बासना झल्केको पाइन्छ।यस उपन्यासमा बढि कथाहरु भएको हँदा सायद कसैले यसलाई राजनैतिक तिर नलगेर उहाँले आफनो कठोर काराबासको यातनालाई बिभिन्न कल्पना गरि लेख्न भएको छ।यदि उहांले राजनीतिमा आधारमा सोच्न भएको भए,हिटलर किन त्यसरी बौलाए र ६५ लाख यहुदीहरुलाई सखाप पारे ,हिटलरले किन अमेरिका,बेलायत, रुस तथा फ्रान्सको संयुक्त फौजहरुले फ्रान्सलाई बचाउन एक जुट भएको फौजलाई प्रतिकार गर्न सकिएन,नरमडिको डिडेलाई आउन दिदैन थियो होला भनेर शुरु गर्नुृ हुन्थ्यो होला।बालमनोबैज्ञानिक हिसाबले मानिसको बाल्य जीवन भनेको विहान उदाएको सुर्य जस्तो हो भन्छन् त्यसैले हिटलको कायरतालाई सबैले बुझेको थियो र बिशाल जर्मनीलाई दुइ भागमा बाँड्न बाध्य बनायो थियो र पछि आफू आत्महत्या गरेर प्राण त्यागेको थियो भन्ने लेखबाट शूरु गर्नु हुन्थ्यो होला।
“ हिटलरको बारे यसरी कथा शुरु गर्नु भए ,आमा बाबाको मायाँ र ममता पाउने बालकको ठूलो भए पछि गरेको कृयाकलापबाट बुझन सकिन्छ। हिटलरको राजनैतिक हिसाबले लेख्न भएको भयो।हिटलरकी आमा अन्य व्यक्तिसंग पोईला गइन,हिटलरले पढन ध्यान दिन सकेनन ,उनि आर्टिष्ट बन्न चाहन्थे , धेरै पटक प्रबेश परिक्षा पनि दिए तर पास हुन सकेनन , यहि समयमा प्रथम बिश्व युद्ध शुरु भयो, हिटलर आफनो बा र अन्य भाईहरु संगै मुनिच जर्मनीमा बसाँई सरे,यहुदीहरु व्यापारी गर्थे जनताहरुलाई शोषित बनाउँथे ईत्यादि ढंगले लेख्नु हुन्थ्यो होला हाम्रा स्राष्टले ।
साँच्चिकै जेलको सजाय मान्छेलाई दिइने ठूलो सजय हो ।तर बिशेश्वर प्रसाद कोइरालालाई आठ बर्षको कारबासले, कुनै खाली भौतिक रुपमा मात्र स्वतन्त्रताबाट बंचित भए तर उहांको आत्मबल झन दरो भएर विभिन्न आख्यानाहहरुको रुपमा लेख्न भयो।ब्यस्त बाट बंचित नभएर असयलाइै ब्यस्त नै भएको जस्तो झन धेरै किताबहरु राजतैनिक ज्ञानको सटटा साहित्यको भण्डार पो दिन उहांको राजनैतिक प्रति घृणा त होइन, भन्ने ?
यस उन्यासमा उहाँको पहिलो महिला पात्र हन्छन “मार्ग रेट, स्राष्टलाई माथिबुइगलको कोठामा धेरै गर्मि भएकोले सुत्न असजिलो हन्छ, मार्गरेटलाई सम्झेर । त्यसपछि बाहिरा निक्न हन्छ, र खटट समद्रको पानीमा डबाएर बर्फीने बेलामा होटल भएर बाटमा अनेकौ मानिसहरु भेटिन्छ, थप्र अफरहरु पनि उहाले पाउन हन्छ, त्यसमध्ये” भर्खरै पनाबाट आएकी यहुदीको लडकी चान्छै कि सेट? काला आँखा तरबारका धार जस्ता तिखाल धम्रे कपाल लेवनानकी अरबको बेटी केराका थाम जस्तै छने उसका जंघा” ताज होटेल सम्म पुग्दा पनि लेखकलाई कनै प्रकारको प्रतिकृया नदेखेपछि तीनिहरु रिसाएर उभिए । पृष्ट९।
त्यसपछि आफ्नी पत्नी लक्ष्मीे सम्झनामा स्राष्टले बढि ध्यान दिएर आफनो बिचार लेख्नु हुन्छ, आफनो गरगहाना बेचेर भए पनि औषधी उपचार गर्न आफ्नो कर्तव्य ठान्ने हिन्दु नारीको पवित्र आर्दशावादी बिचार प्रष्ट पार्नु भएको छ।लक्ष्मी साँच्चिकै सीताले रामको बनबासको आफनो पतिब्रताको कर्तव्य झल्काएकी देखाउन भएको छ।
तीन भागमा उहाँ पानी जाहज हुदै बेलायतको यात्रा शुरु गर्नु हुन्छ,त्यहाँ बम्बइमा जाहज भित्र पस्ने बित्तिकै पहिले भेटेको परिचित डेडिड संग पनि भेट हुन्छ।कतै मार्गरेटलाई पनि भेटिन्छ कि भनेर आँखाका नानीहरुलाई डुलाउन भएको थियो स्राष्टले।तर रेवाको बर्णन राम्रो संग गर्न भएको छ,१९ ,२० बर्षकी रेवानै बम्बईदेखि लण्डनसम्म लेखकसंग सहयात्री मात्रै नभएर संगै खाने संगै हिँडडुल गर्ने नजिकको साथी बनेकी थिई रेवा।तर पोर्टमा उनको लोग्ने आएपछि मात्रै झल्यास्स हुन्छ लेखक।बेलायतको अक्सफोर्ड सरकल भन्ने शहर अति महगो शहर हो नै । यहांका रमणीय हाउभाउले केहि असर नपरेको र श्रीमतीले नेपालबाट पठाएकी चिठिहरुलाई पढदै रात विताएको उल्लेख भएको छ।श्रीमतीको मायाँ र लेखकको स्वास्थ्याको बारेमा ज्यादै चिन्तित चिठिको उत्तर,कतै उदैतिरकीले फसाउंलान भन्ने डर पनि पत्रमा उल्लेख भएको छ।
मेरो यात्रामा एउटी केटीस)ग संगत भएको छ,नाउँ रेवा हो।दुबली पातली कलिलो अनुहार एकदम गोरी भन्दिन ठूला आँखा घुम्रेका परेला भारी खालका र आँखीभौ लामा लामा पातला रातो ओठ,जहिले पनि मिलेका हाँस्दा” एउटा पत्नि ब्रत नेपाली पुरुषले आफ्नी प्राण भन्दा प्यारी श्रीमती लक्ष्मीलाई लेख्ने चिठिको बारेमा उल्लेख भएको पाइन्छ, त्यसो हो भने,नारीलाई आफुले माया गरेको श्रीमानले आफु भन्दा बाहेक अरुको कुरा सम्म नगरोस भन्ने चाहान्छे।भारत देखि बेलायत सम्मको यात्रामा कहिले काँहि नारायणजी भन्ने व्यक्तिको बारेमा केहि साथीको रुपमा प्रस्तुत गर्नु भएको छ दि यो उपन्यास राजनैतिक भएको भए यसरी आफ्नो मनका कुरा नितान्त व्यक्तिगतरुपमा दर्शउनु हुन्न थियो।
पाँच भागमा विहान लण्डन पुगेपछि लेखकलाई आफ्नी श्रीमती लक्ष्मीले पठाएकी चिठिहरु पढन भ्याइ न भ्याइ भएको थियो, त्यहाका परिचारिकाले ल्याएको चिपा र खानेकुरा सम्म खाना फुर्सत नभएको पृष्ठ ८० मा उल्लेख गरेको छ “श्रीमती पठाएकी पत्रमा मेरा प्यारा मेरा मात्र एकलौटी प्यारा , म कति विर्सि रहेछु , भन्थे कति निर्मोही आडेर जाने ,तर एक्ली त छैन।तिमीले आफनो सानो प्यारो अंश म भित्रै छोडेर गएका छौ नि,त्यसैले त भनेको कति विचारबान छौ तिमी” लण्डनमा लेखक औषधोउपचार भन्दा पनि आफ्नी श्रीमतीको र आफ्नो भौगोलिक दूरीबाट रोमान्टिक अभ्यासको आदान प्रदान गर्न जानु भएको जस्तो देखिन्छ।उहांको लेखाई यस्तो छ,”पुरुषलाइै मैथनिक एक निष्ठता स्वाभाविक छैन,नारीलाई तय सहज स्वाभाविक छ क्यार”। लण्डनको ११ दिनको बसाईपछि उहांले एउटा अलि स्वस्तो खाले कोठाको बन्दोबस्त गरेपछि त्यहां सरेको परदेशमा सबैले गर्ने यहि हो त्यसमा दुइमत छैन।त्यहां पनि उहांले नेपालको बारेमा न आफनो रोगको बारेमा केहि भन्नु भएको छ नयां राजनैतिकको बारेमा नै लेख्न भएको छ।
बेलायत पछि उहाको यात्रा जर्मनीमाको बोनमा हुन्छ, त्यहां युद्धका समयमा ६५ लाख युहुदीहरुको च्यानको बारेमा लेख्नु भएको छ, तर मानव ईतिहासमा यो नराम्रो मानिसको हातमा राजनैतिक शक्ति गयो भने कसरी, मानव जगतमा तहल्का मच्चाउंछन् र मानिसले मानिसलाई दिइएको यातनाको बारेमा लेख्नु हुन्थ्यो होला, तर त्यसलाई अन्तै थाति राखेर उहांको गाइडको बारेमा लेख्नु भएको छ । उहां बोन, ह्यानोभर, बर्लिन सबैठाउमा पग्नु भएको थियो । २३ बर्षकी बर्लिनमा स्राष्ट पुगेपछि त्यहाँ उहाँको थियोडोरा भन्ने युवती पदप्रर्दशक भएर स्राष्टले बयान गर्छन्, दिंउसो भरि संगै घम्ने र थाकेपछि उनैको कोठामा पुगेर संगै कफि र बिस्कट खाने । आफ बसेकै कोठामा थियोडाराले लगा फेरेको हेर्ने अनि तुरुन्त आफनी श्रीमती लक्ष्मीलाई पत्र लेख्ने, होइन स्राष्टले आफनो र श्रीमती बिचको अघात मायालाई पठाकहरु सामु राख्न भएको जस्तो यो उपन्यासले प्राक्ष्ट पारेको छ । यदि ठूला राजनेता त्यहाँ पुगेपछि, युद्धकालमा भएको नरसम्हार, भौतिक क्षेतिको बारेमा स्राष्टाको कलम नचलेकै हो त ?”लक्ष्मी तिमीलाई सम्झना छ, तिमीले म लण्डनको अस्पतालमा छँदा पशपतिनाथको फुल र चन्दन पठाइदिएकी थियो , त्यो सुकेको प्रसादी म जहिले पनि आफनो कोटको देब्रेपटिको माथिल्लो जेबमा राखेर हिँडथे । त्यो प्रसादी झिकेर मैले थियोडारालाइै दिदै भने थियोडोरा यो हाम्रो देउताको प्रसादी हो लेउ, तिम्रो कल्याण होला । उसले सोधी तिमीहरुकहाँ अझै देउता बाँकी छन्? पृष्ट ९९ भाग छ को।
बर्लिनपछि हानोबरमा हेर्ने मन थिएन तर “एउटी भरखरकीले मलाइै अकाष्ट गरी, ए, मलामानस, मैले देखेँ दव्ली पातली बालिका नै भने पनि हुने नक्कले भाउ लाएर मलाई इशाराले यिनीसं स्राष्टको बातचित हुन्छ, यिनका दिदीको पोइ पहिलेका राजकुमार थिए अरे, ईत्यादि, यिनी शरीरको कुरा मात्र गर्छे, स्राष्टले प्रेमको बारेमा बुझाउन खोज्छन् । लडाँईबाट बचेको मान्छेलाई प्रेम भनेको के हो र, यदि प्रेम भएको भए, यो संसारमा लडाँइ नै हुने थिएनने होला, यदि हिटलरले बाल्यकालमा आमा बाबुको माँया र ममता पाएको भए, यहुदीहरुले सानोमा नचुटेको भए, सायद दोस्रो बिश्वयुद्ध नहुने पो थियो कि, यदि भएता पनि यहुदीहरुलाई त्यसरी ग्यासको चेम्बरमा राखेर जीव जनवारहरुलाई भन्दा नि तल्लो तहको मृत्यु दण्डा दिँदैन थियो कि ।
बिशेश्वर प्रसाद कोईराला राम्रो लेखक हुनुन्छ, तर उहांको कथा उपन्यासहरुमा अग्रेजीमा भन्छन् अयल concupiscence अथवा काम बासनाले भरेको, युवाहरुको लागि अतिनै प्यारो खाले आख्याना हो, सायद उहाँले राजनीतिमा व्यक्त गर्न नसकेको अभिव्यक्तिलाई यसरी पठाकहरु प्रतिसर्मपन गरेको हो कि हिटलर र यहूदीमा, उहाँको यात्रा, बेलायत, स्वइडेन, जर्मनी, भारत, रोम, तेलाभिमा समाप्त हन्छ, उहांले हरेका प्याराग्रफमा आफनाी प्राण भन्दानि प्यारी श्रीमतीको असिम माँया भएको भए, जर्मनिबाट सोझै भारत भएर, नेपाल आउनु पर्ने थियो तर जर्मनीबाट सोझै इजारायलमा पुग्नुको कारण सायद उहाँको असली मित्र श्रीगोल्डबर्गसंग भेटको लागि हुनु पर्दछ मैले विशेश्वर प्रसाद कोइरालालाई प्रतक्ष्य देखेको २०२६ सालको जेठ १६ गते टुंडिखेलमा बृहत आमसभामा देखेको थियो उहहको स्यनु स्वोर ल्य्थियो । मेरा बाबु लाला बहादुर तामांगले २००७ सालमा ज्ञान बहादुर याख्तुम्बको नेतृत्वमा आएको मुक्तिसेना लाइ नेपाली नेपाली कांग्रेसको चार तारे झन्डा बोकेर मेलुंग जेल तथा चरीकोकोट जेल तोडेर मोहन शमशेरले आफ्नो बिरोध गर्नेहरुलाई थुनिएका राजनैतिक बन्दीहरुलाई रिह्गरेको उहाँ दोस्रो बिस्वयुद्ध लडेर फर्केका, राणाहरुले एउटा सिपाही सम्मको जागिर तामांग भएकोले नपाएको राणाहरुको जहानिय शासनको बिरुद्द कलिन्ग्चोक र खरिढुंगामा मोहन शुशेर्कॉ फौजलाइ निसाना बनाएको कुरा सुनाउनु हुन्थ्यो हाम्रो बाबुले ।पवटीका प्रसिद्द पत्रकार गोपाल थपलियाले भन्नु हुन्थ्यो, तत्कालिन प्रधान मंत्री स्वर्गीय शुशिल कोइरालाले मलाई लेख्नु भएको पत्रमा समेत उक्त कुरा उल्लेख गर्नु भएको छ, प्रमाणका लागि सो पत्र मसंग सुरक्षित छ।

मेरिल्याण्ड,अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।