14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

साहित्यिक क्षेत्रका मेरा अनुभवहरु

विचार अरुणबहादुर खत्री “नदी” October 3, 2021, 2:55 pm
अरुणबहादुर खत्री “नदी”
अरुणबहादुर खत्री “नदी”

मैैले साहित्यिक क्षेत्रमा कलम चलाउन २०३७ सालदेखि थालनी गरेको हुँ । सुरुमा रेडियोनेपालको बालकार्यक्रममा मेरो कथा, कविता, चुट्किलाहरु प्रशारण भैरहन्थ्यो । गोरखापत्रको शनिबार परिशिष्टाङ्कमा २०४० सालमा मेरो कविता पहिलोपटक प्रकाशित भएको थियो । कविता प्रकाशित हुंदा निकै नै खुसी लाग्यो मलाई । रेडियोनेपालमा बेलुकाको साढे पाँच बजेदेखि छ बजेसम्म बालकार्यक्रम प्रशारण हुने गर्दथ्यो । अहिले पनि हरेक दिन बेलुकी सवा पाँचदेखि साढे पाँचसम्म बालबाटिका कार्यक्रम प्रशारण हुने गर्दछ । अहिले पनि मैले बालकार्यक्रममा बालकथा र बालकविता बेला बेलामा पठाइरहन्छु । मेरो बालकथा र बालकविता अहिले बालकार्यक्रम संचालन गर्ने रिता तिमल्सिना, चन्दा बिष्ट, दिक्षा अवस्थी र रुकमिणी पोखरेलले सुनाइदिने गर्नुहुन्छ । सुरु सुरुमा रेडियोनेपालमा आफ्नो नाम सुन्न पाउँदा निकै नै खुसी लाग्ने गर्दथ्यो । मलाई मेरो नाम रेडियोनेपालमा सुनेर पहिलोपटक २०४० सालमा प्युठान जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा पढ्दै गरेको साथी किरण भट्टराईले पठाएका थिए । नचिनेको व्यक्तिले पठाएको चिठी मलाई खोल्न मन लागेन र मेरो दिदीले खोलेर पढेर सुनाउनु भयो । त्यसपछि अरु साथीहरुले पनि मलाई मेरो नाम रेडियोनेपालमा सुनेर र पत्रपत्रिकामा पढेर चिठी पठाउन थाले । करिब एक हजार जनाले मलाई चिठी पठाए होला । मलाई चिठी पठाउने मित्रहरु रामविक्रम थापा, खगेन्द्र गिरी कोपिला, श्रीबाबु कार्की, गोविन्द अर्याल श्रृङ्खला, श्रेष्ठ प्रिया पत्थर, सरस्वती श्रेष्ठ सरु, युक्तप्रसाद श्रेष्ठ, राजाराम रायमाझी, निर्मोही व्यास, मनु ब्राजाकी, साधना प्रतिक्षा, रेखा कौशल रेग्मी, कुमार बजगाई, बुद्धिसागर चपाई, मोहन गाउँले, नवराज शाही, सुविद गुरागाई, ताराकान्त सिग्देल, जिष्णुमोहन भट्टराई, विमलकिशोर के.पी., कृष्ण जि.सी., सागर पण्डित लगायत अरु धेरै हुनुहुन्छ ।
मलाई पहिलो चिठी पठाउने किरण भट्टराईको बुबा र मैले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा संगै बसेर काम गर्न पायौ । मलाई प्युठानबाट चिठी पठाउने मित्र विमलकिशोर के.पी. संग भवन विभागमा संगै बसेर काम गरे । बाग्लुङबाट चिठी पठाउने कृष्ण जि.सी. संग र चितवनबाट चिठी पठाउने सूर्यप्रसाद सापकोटासंग लोक सेवा आयोगमा संगै बसेर काम गर्ने अवसर मिल्यो । लघुकथा, कविता, मुक्तक, बालकथा, कृति समीक्षा, हाइकु विभिन्न साहित्यिक पत्रिकामा प्रकाशित भैरहेका छन् । कृति समीक्षाको लागि कोही कोहीले किताब माग्दा दिन गाह्रो पनि माने । समीक्षा लेखेर कुनै पत्रिकामा छपाउछु नि भन्दा मलाई दिन मन गरेनन् । कोही कोहीले त मेरो किताब पुतलीसडक र भोटाहिटीतिरको किताब बेच्ने पसलमा पाइन्छ नि किनेर भए पनि समीक्षा लेखिदिनु होला नत्र भए पढेर प्रतिक्रिया दिनु होला नि भने । कवि नारायण निरासीसंग उहाँको कवितासङ्ग्रह माग्दा मसंग एकप्रति पनि बाँकी छैन भोटाहिटीको पुस्तक पसलमा पाइन्छ नि भन्नुभयो ।
स्कुलमा पढ्दा शंकरलाल सरले मलाई भानुभक्त नाम राखिदिनु भएको थियो । साहित्यकार प्रा.डा. गार्गी शर्मा दिदी क्षेत्रपाटीमा बस्नु हुंदा बेला बेलामा भेट्न पुग्थे । अहिले मेरो घर नजिक म्हेपीमा बस्नुहुुन्छ । बेला बेलामा म्हेपीको दर्शन गर्न जाँदा पस्छु । उहाँ पनि मेरो घरमा आउनु हुन्छ कहिले काही । गीतकार दिदी शिला पन्त पनि एकपटक मेरो घर खोज्दै मलाई भेट्न २०७७ फागुनको ९ गते आउनु भएको थियो । उहाँको घर सिफलमा म दुईपटक पुगेको थिए । एकपटक म ताहाचलमा रेवती राजभण्डारी दिदीको घरमा पनि पुगे । एकपटक कथाकार दिदी पद्मावती सिंहको घरमा पुगेर भेटघाट गरेको थिए । इन्द्र माली र वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानको घरमा पनि पुग्ने अवसर मिल्यो । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बन्दको दिनमा हिँडेर अफिस जाँदा गौशालामा साहित्यकार दिदी भुवन ढुंगाना र साहित्यकार दाजु ज्ञानुवाकर पौडेलको घरमा पुगेर भेटेको थिए । विमानपुरानो बानेश्वरमा हिरण्यकुमारी पाठक, सुशिला देउजा र हेम हमालको घरमा एकै दिनमा पुगेर भेट गर्न पाएको थिए । बेला बेलामा साहित्यकार दिदी जलेश्वरी श्रेष्ठ दिदीको घरमा पनि पुग्ने गरेको छु । एकपटक मेरो प्रोस्टेटको अपरेशन भएपछि उहाँ मेरो घरमा भेट्न आउनु भएको थियो । साहित्यकार दिदी रमा शर्मा, गंगा कर्माचार्य पौडेल, ललिता दोषी, प्राज्ञ माया ठकुरी दिदी र मन्दिरा मधुश्री पनि मलाई भेट्न आउनु भएको थियो । हिरण्यकुमारी पाठक र सुशिला देउजा अस्पतालमा भेट्न आउनु भएको थियो ।साहित्यकार एस पि कोइराला, दिनेश अधिकारी, जयदेव भट्टराई, श्रीओम रोदन, गोपाल पराजुलीको घरमा एकपटक पुग्ने मेरो ठूलो धोको छ ।
कृष्ण शाह यात्री र नवराज रिजाल २०५० तिर म रक्षा लेखा नियन्त्रकको कार्यालयमा काम गर्दा हवाईपत्रमा छापिएको हवाई पत्रिका लिएर मलाई भेट््न आउने गर्नुहुन्थ्यो । कहिले काही रमेशचन्द्र घिमिरे पनि लमजुङबाट काठमाडौं आउदा मलाई भेट्न आउने गर्नुहुन्थ्यो । दुईपटक जुम्लाबाट मेरो पत्रमित्र साथी नवराज शाही पनि मलाई भेट्न आउनु भएको थियो । एकपटक चाहि भेट हुन सक्यो र अर्को पटक चाहि म कार्यालयको कामको सिलसिलामा गोरखा र पोखरामा गएको बेला मलाई भेट्न आउनु भएको रहेछ भेट हुन सकेन । म भवन विभागमा काम गर्दा बसन्तप्रकाश उपाध्याय, शान्ति प्रिय, मनोज पन्त असिम, दिलिपकुमार चौधरीहरु मलाई भेट्न आइरहने गर्नुहुन्थ्यो । म भूमिसुधार तथा व्यवस्थापन विभागमा छदा लेखराम सापकोटा निर्दोषयात्री र प्रमोद स्नेही मलाई भेट्न आइरहनु हुन्थ्यो । कार्यालयको कामको सिलसिलामा पोखरामा जाँदा मैले गीतकार विनोद गौचन, गजलकार प्रकट पंगेनी शिव, रमेशचन्द्र घिमिरे, दिपक समिप, सरस्वती श्रेष्ठ सरुसंग भेट गरे । मेरो फर्माइस गीतमा नाम आइरहने पत्रमित्र आकाश बास्तोलाको घर खोज्दै पुगे तर उसंग भेटन हुन सकेन उसको बहिनीसंग भेट भयो मेरो । भूमिसुधार कार्यालय महोत्तरी र धनुषामा काजमा जाँदा धनुुषा जनकपुरधाममा पत्रमित्र साथी मुकेश खनालको बुबा र आमासंग, पत्रमित्र भाइ दिनेश गरिब, पत्रमित्र सुजित ढकालको बुबा कन्हैया ढकालसंग, साहित्यकार मुन पौडेलसंग भेट भएको थियो । गोरखामा जाँदा उत्प्रेरणा हवाईपत्रिका निकालेर पठाउनु हुने मित्र सुभास क्षेत्री प्रतिकसंग भेट हुन सक्यो राजकुमार बानियासंग भेट हुन सकेन । २०४५ सालमा होटल शेर्पामा काम गर्दा दस दिनजति विदा स्विकृत गरेर पुस महिनामा म बुबासंग बर्दिया जाँदा ताराताल बर्दियाको पत्रमित्र साथी चिरन्जीवी भट्टराईसंग भेट भयो । तनहुँ दमौलीमा जाँदा रेडियोनेपालमा फर्माइस गीतमा नाम आइरहने पत्रमित्र साथी सागर उदाससंग भेट गर्ने अवसर मिल्यो । चितवनमा जाँदा मेरा पत्रमित्र साथीहरु गजलकार पुष्प अधिकारी अञ्जली, भुपिन, भुषणबाबु श्रेष्ठ, विजयराज बज्राचार्य, रमेश प्रभात, राजाराम खरेलसंग भेट हुन सक्यो ।
मेरो पुरानो पत्रमित्र साथीहरु गोविन्दराज शिवाकोटी बेहोसी, नारायण कटुवाल, छत्र क्षितिज, बेनामी अज्ञात, गणेश पौडेल अन्जान, हेम भण्डारी, दुर्गा घिमिरे, गजेन्द्र बुढाथोकीसंग आजकल सम्पर्क हुन सकेको छैन । हरेक वर्ष कुशे औंसीको दिनमा लेखनाथ साहित्य सदनमा प्रदान गरिने युवामोती पुरस्कार पाउने चर्चामा नाम चलेका रेडियोनेपालमा कार्यरत डा. नवराज लम्साल, उज्वल जी.सी., गोपीकृष्ण ढुंगाना र ललिता दोषीले युवामोती पुरस्कार पाउन नसक्दा मलाई दुःख लागेको थियो । त्यो पुरस्कार चालिसवर्ष मुनिकालाई मात्रै प्रत्येक वर्ष दुई जनालाई दिने गरेको छ । कोही कोही पत्रमित्र साथीहरुले आफ्नो रचनाहरु मलाई हुलाकबाट पठाउने गर्नुहुन्थ्यो र काठमाडौंको कुनै पनि पत्रिकामा लगेर दिन्थे । छापिएपछि पत्रिका हुुलाकबाट नै पठाइदिन्थे । कालिकोटको पत्रमित्र साथी बुद्धिसागर चपाईको कविता र गजल पनि विभिन्न पत्रिकामा छपाइदिन्थे । बुद्धिसागरको रचना पहिलोपटक मैले नै छापिदिएको हुं । काठमाडौं आएर क्याम्पसमा पढ्न थाल्नुभएपछि पहिलोपटक उसलाई भेट्न भूमिसुधार विभाग पुतलीसडक न्यूप्लाजामा मैले काम गर्दा रत्नराज्य लक्ष्मी क्याम्पसमा पुगे वरिष्ठ साहित्यकार दिदी रमा शर्माले पढाइरहनुु भएको कक्षामा उसंग भेट हुन पुग्यो । पछि उसको सङ्ग्रहहरु निस्केको थाहा पाएपछि पढेर समीक्षा लेख्न माग्दा मलाई दिनु भएन । एकपटक बागबजारमा सुन्दर गुुरुङको कवितासङ्ग्रहको विमोचनको निम्तो पाएर म पुगे । सुन्दर गुरुङ नेपाल बाहिर बस्नु हुन्थ्यो । उहाँको विमोचन भएको कवितासङ्ग्रह मैले पनि एकप्रति पाएर समीक्षा लेखेर शिवपुरी सन्देश पत्रिकामा छापियो । त्यही कार्यक्रम सकिएपछि जलपान हुंदा हाम्रो सामाखुसी साहित्य समाजको कार्यक्रममा आइरहनु हुने मुक्तककार रुद्र अधिकारीले आफ्नो मुक्तकसङ्ग्रह झोलाबाट झिकेर वियोगी बुढाथोकी दाइलाई दिनु भएको देखेपछि मैले पनि एकप्रति पाउन सकिन्छ समीक्षा लेख्नको लागि भन्दा पुतलीसडकतिर किन्न पाइन्छ नि भन्नु भयो । मलाई मुक्तकसङ्ग्रह दिन मान्नु भएन ।
साहित्यकार दिदी उषा शेरचन, दाजु जयदेव भट्टराई, भुपिन व्याकुल, विष्णुविभु घिमिरे, अमर न्यौपाने, निलम कार्की निहारिका, प्रभा बराल, प्र्रतिक ढकाल, मोहन दुवाल, जय छाङ्छा, श्रवण मुकारुङ, डा. घनश्याम परिश्रमी, गीतकार राजेन्द्र थापा, विनोद नेपाल, डा. राजेन्द्र विमलका सङ्ग्रहहरु पढ्न पाएको छैन । मलाई मेरो रचना प्रकाशित भएको साहित्यिक पत्रिका र निस्केका सङ्ग्रहहरु दिन चाहनु हुनेहरुले अहिले जामे मार्केटको पाठ्यसामाग्री पसलको ठिक माथि जुत्ता पसलमा छाडिदिने गरेर मैले पाउने गरेको छु । म्याग्दीबाट नवप्रतिभा साहित्यिक हवाईपत्रिकामा मेरो लघुकथाले उत्कृष्ट स्थान पाएर प्रमाणपत्र मलाई हुलाकबाट २०६० सालमा आएको थियो । त्यस्तै रत्नराधिका साहित्य परिषद्ले मैले साहित्यिक क्षेत्रमा योगदान पु¥याए वापत हुलाकबाट नै मलाई सम्मानपत्र खामभित्र राखेर आएको थियो ।
२०६० सालतिरको कुरा हो असोज महिनामा मलाई साहित्यिक क्षेत्रमा लागेको दुई दशक नाघेको हुदा भूमिसुधार तथा व्यवस्थापन विभागमा स्रगै काम गर्ने साथीहरुले सम्मान गरेका थिए । २०६० साल कार्तिक महिनामा मलाई कवि द्वय भाग्यशाली अधिकारी र रमेशजंग सिजापतीले सामाखुसीको मर्निङ स्टार बोर्डिङ स्कुलमा ढाका टोपी र निधारमा रातो टिका लगाएर सम्मान गरेका थिए । कथाकार तथा गीतकार नेपाल प्रहरीका पूर्व कर्मचारी राजुबाबु श्रेष्ठ र कवि गीतकार विद्याप्रसाद घिमिरेले एकपटक मलाई मेरो घरमा भेट्न आउनु हुदा मेरो आमासंग हामी तपाईको छोरालाई प्रहरी प्रधान कार्यालयको प्रहरी दिवसमा एकपटक सम्मान गर्नेछौ भन्नु भएको थियो । प्रहरी द्वैमासिक पत्रिकामा मेरा रचनाहरु प्रकाशित बेला बेलामा भैरहेका पनि छन् । सिपाही पाक्षिक पत्रिकामा पनि मेरो कविता अहिले पनि बेला बेलामा छापिने गरेका छन् । नेपाल बाहिरबाट अहिले बेला बेलामा कृष्ण बजगाई, पुष्पराज धमला, मोहन आचार्य जलद, रामप्रसाद सापकोटा, ताराप्रसाद चापागाईले मलाई फोन गरिरहनु हुन्छ । सामाखुसी साहित्य समाजले गर्दै आएको कवि गोष्ठीमा २०६४ माघ महिनामा साहित्यकार दिदी गंगा कर्माचार्य पौडेलले मलाई साहित्यमा योगदान पु¥याए वापत ढाका टोपी लगाइदिनु भएर साहित्यिक कृतिहरु उपहार दिनु भएको थियो । सामाखुसी साहित्य समाजमा पाएको दुइटै ढाका टोपी अहिलेसम्म जतन गरेर राखेको छु । २०६९ साल पुस महिनामा लुइसब्रेलको जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञाचक्षु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार ललिता दोषीले फोन गरेर पहिलोपटक मलाई बोलाएर दोसल्ला ओढाएर सम्मान गरेको थियो । २०५२ सालतिरको कुरा हो मेरो पत्रमित्र साथी विवश पोखरेल काठमाडौं आउनु हुंदा मेरो घरमा टेलिफोन आउन नसक्दा काकाको घरको टेलिफोनमा मलाई फोन गर्नु भएको थियो करिब एक घण्टाजति फोनमा हाम्रो कुराकानी पनि भएको थियो । बेला बेलामा निर्माेही व्यासले पनि बिहान पाँचबजेपछि मलाई फोन गर्नु हुन्थ्यो । अग्नीचक्र मासिक पत्रिकाको सम्पादक र कलश मासिक पत्रिकाको सम्पादकले पनि ती दुबै पत्रिकालाई मैले प्रत्येक महिना साहित्यिक रचना लेखेर पठाइरहने गरेको हुंदा सम्मानित एक न एक दिन गर्छौ भनेका छन् ।
साहित्यिक कार्यक्रममा धेरै ठाउँमा पुगे पनि । चितवनमा पनि दुईपटक २०७० सालमा पुगे मलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानले सम्मानित पनि गरेको थियो अर्को पटक २०७४ साल वैशाख महिनामा पुगे । २०७३ साल मंसिर महिनामा म्याग्दी साहित्य सञ्चारले साहित्यिक कार्यक्रममा मलाई सम्मान गर्ने भनेर निम्तो पाएको थिए कार्यक्रम हुने दुईदिन अघिसम्म जाने विचार गरेको थिए हिँड्ने दिनमा घरमा जरुरी काम परेर पुग्न सकिएन । सनातन धर्म सेवा समितिले सिन्धुलीको कुशेस्वर महादेवको मन्दिरमा मलाई २०७२ साल चैत्र महिनामा सम्मान गरेको थियो । २०७२ पुष महिनामा ओखलढुङ्गामा नमस्ते साहित्य परिषद्ले पहिलो पटक मलाई नै सम्मान ग¥यो । नेपालको साप्ताहिक रुपमा प्रकाशित हुने पहिलो साहित्यिक पत्रिका कपन बानेश्वरले पहिलो पटक समाचार साहित्य सम्मान मलाई प्रदान गरेको थियो । २०७५ फागुनमा झापाको साथी राजकुमार खड्गाले कविगोष्ठीको साथै मलाई सम्मान गर्न निम्तो पठाउनु भएको थियो स्वास्थ्यको कारणले गर्दा त्यतिखेर पुग्न सकिन । नुवाकोटमा तिनपटक पुगे आफू सम्मानित पनि भए । २०७४ सालमा नुवाकोटबाट मलाई युगान्तर पुरस्कार दिने घोषणा गरेको थियो त्यतिखेर आफू स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्लीमा गएकोले पुरस्कार लिन जान सकिएन । रेडियोनेपालमा अहिले पनि विभिन्न सन्देश दिने कार्यक्रममा मलाई बाहिर जिल्लाबाट विभिन्न व्यक्तिहरुले सम्झने गर्नुहुन्छ ।
लोक सेवा आयोगमा संगै बसेर काम गर्नुहुने सहसचिव हरिदत्त पाण्डेय सरले पटकन साहित्यिक पत्रिका निकाल्न थाल्नु भएपछि मेरो सृजना प्रकाशित भैरहेका छन् उहाँले नदीजीको साहित्यिक योगदानलाई हामीले पत्रिकाको वार्षिकोत्सव मनाउदा सम्मान अवश्य गर्नेछौ पनि भन्नु भएको थियो । कवि कृसु क्षेत्री नेपाल राष्ट्र बैंकको मिर्मिरे साहित्यिक पत्रिकामा काम गर्नु हुदा अरुणजीको नाम मैले सानैदेखि स्कुल पढ्दादेखि नै रेडियोमा सुनेको हुं नि भन्नु भएको थियो । सहसचिव तथा कवि एवं गीतकार रमेश क्षितिजसंग एकपटक नेपाल प्रज्ञा प्रतिष्ठान हिँडेर जादै गर्दा बाटोमा भेट हुंदा अरुणजीको नाम रेडियोनेपालको फर्माइस गीतमा धेरै आइरहन्छ अरुणजीको नाम नसुन्ने कोही पनि छैनन् काठमाडौं बाहिर जानु भयो भने तपाईलाई पाहुना मानेर एक दुई छाक खाना जसले पनि खान दिन्छन् भन्नु भएको थियो । कवि एवं गीतकार दाजु उज्वल जी.सी. ले पनि एकपटक उहाँको घरमा भेट्न जाँदा मेरो अन्तर्वार्ता लिनु भएर गतिविधि साप्ताहिकमा प्रकाशित गर्नु भएको थियो । कृष्णप्रसाद पराजुली दाजुले उहाँको घरमा मलाई बेला बेलामा बोलाउने गर्नु हुन्थ्यो उहाँसंग रमाइलो गफ हुन्थ्यो पनि । उहाँले मलाई एकपटक नदी भाइलाई जसरी भए पनि सम्मान गर्छु भन्नु भएको थियो तर पुरा हुन सकेन ।
एकपटक रेडियोनेपालको बालकार्यक्रम संचालन गर्नुहुने गायककार दाजु बासुदेव मुनालले पनि रेडियोनेपालको अरुण नदी भाइ नियमित स्रोता हो नि रेडियोनेपालको सबै कार्यक्रम सुन्ने स्रोता पनि हो नि भन्नु भयो । नदी भाइलाई रेडियोनेपालले एकपटक सम्मान पक्कै गर्नेछ भन्नु भयोे । एकपटक रेडियोनेपालमा कार्यक्रम चलाउने कल्पना घिमिरेले पनि अरुण नदी भाइ त रेडियोनेपालको नियमित स्रोता हो नि रेडियोनेपालले अरुण नदी भाइलाई सम्मान एक न एक दिन अवश्य गर्नेछ भन्नु भयो । कृष्णप्रसाद पराजुली दाइको पचहत्तर वर्षको जन्मोत्सवमा विभिन्न संस्थाहरुले सम्मान गर्दा राष्ट्रिय सभा गृहमा साहित्यकार दिदी भद्रकुमारी घलेले नदी भाइलाई पचास वर्ष पुगेपछि म भव्यसंग सम्मान गरिछाड्ने छु भन्नु भएको थियो उहाँले त्यसो भन्नु हुंदा मलाई साह्रो खुसी पनि लाग्यो र २०७६ मा भद्रकुमारी घले सेवा सदनमा मलाई उहाँले सम्मान गरेर पुरस्कार पनि दिनु भयो । भद्रकुमारी घले दिदीको धेरै किताबहरुको समीक्षा पनि लेखेर प्रकाशित गरे मैले । चिचिला बाल मासिक पत्रिका निकाल्ने दिदी भुवनेश्वरी सत्यालले पनि मलाई उहाँको घरमा मैले आफूले लेखेको बालकथा बालकविता बेला बेलामा दिन जाँदा नदी भाइलाई हामीले पहिलोपटक चिचिला बालपुरस्कार दिन्छौ नि छिटै भन्नु भएको थियो । एकपटक लेखनाथ साहित्य सदनमा र एक पटक बालाजु बाइसधारा भित्र कविगोष्ठीमा पनि उहाँँले नदी भाइलाई हामीले चिचिला बालपुरस्कार दिने भएका छौ पहिलोपटक भन्नु भयो तर पुरा हुन सकेन उहाँले यस धर्तीबाट सधैभरिको लागि विदा लिएर जानु भयो ।
धेरै साहित्यकारहरुको मैले लिएको अन्तर्वार्ता ताहाचलबाट निस्कने विश्वदिप साप्ताहिक पत्रिका, विमोचन मासिक पत्रिका, दायित्व, महामण्डल, युगान्तर, संसाक, मिर्मिरे, समष्टीमा पनि प्रकाशित भएको थियो । साहित्यकार युवराज नयाँघरेसंग पनि बेला बेलामा फोनमा कुराकानी हुने गर्दछ । कोही कोही आफूसंग परिचय नभएका साहित्यकारहरुको कृति पढ््न पाएर समीक्षा लेखेर प्रकाशित पनि गरेको छु । कोही कोहीले त परिचय हुंदा मलाई तपाईको लघुकथा र प्रतिक्रिया मधुपर्कमा पढ्न पाइन्छ नि भन्ने गर्नुहुन्छ । कोही कोहीले त तपाईको नाम युवामञ्चमा धेरै आउने गर्दथ्यो पनि भन्नु हुन्छ । द युनिभर्सल टाइम्स साप्ताहिक पत्रिकाले दुई पटक मलाई सम्मान ग¥यो नक्सालमा बोलाएर । एक पटक युवा शान्तिदूतको सम्मान पनि ग¥यो । अछामको खप्तड दैनिक पत्रिकाले कार्यक्रम हुने अघिल्लो दिनमा मलाई वार्षिकोत्सवमा सम्मान गर्नको लागि निम्तो आएको थियो टाढा भएकोले पुग्न सकिन । पछि काठमाडौं आउनु हुदा सम्पादकले मेरो प्रमाणपत्र ल्याइदिनु भयो । तनहुंदेखि मलाई बेला बेलामा फोन गरिरहनु हुने मित्र आकाश अधिकारीले पनि अरुणजीलाई तनहुंमा बोलाएर एकपटक सम्मान गर्नेछौ भन्नु भएको थियो । एकपटक काठमाडौंमा आउनुहुंदा सामाखुसीमा आउनु भएर मलाई भेटेर जानुु भएको थियो । कपन बानेश्वर साप्ताहिक पत्रिकाको प्रकाशक निबन्ध आचार्यले पनि अरुण नदी खत्रीको साहित्यिक रचना सबै पत्रिकामा पढ्न पाइन्छ भनेर एकपटक फेसबुकमा लेख्नुभएको थियो । साहित्यकार दिदीहरु गार्गी शर्मा, जलेश्वरी श्रेष्ठ, सुशिला देउजा, रमा शर्मा, हिरण्यकुमारी पाठकले पनि मलाई लेख्न नछाड्नु भन्नु हुन्छ । साहित्यकारहरु रमेशजङ सिजापति, विद्याप्रसाद घिमिरे, दिव्य गिरी, विष्णुबहादुर सिंह, नवराज रिजाल, गगनदिप सर्व, तुलसीहरि कोइराला, राधा दुलाल कार्की, श्रीराम श्रेष्ठ, प्रमोद स्नेही, तारा के.सी. ले पनि बेला बेलामा फोन गर्नुहुन्छ र नदीजीको रचना सधैभरि पढ्न पाइरहु नदीजीको सम्मानपत्र घरको भित्तामा भरिएको होला भन्नु हुन्छ ।
नेपाल बाहिर बस्नु हुनेहरु र काठमाडौं जिल्ला बाहिर बस्नुहुनेहरु कोही कोहीले मलाई काठमाडौं आउदा अवश्य भेट्ने छु पनि भन्ने गर्छन् । भेटेर चिया खाएर रमाइलो गफ गर्नुपर्छ पनि भन्ने गर्छन् । अहिले त फेसबुकको मेसेन्जरबाट र मोबाइलबाट धेरैसंग दिनहु कुराकानी पनि भैरहन्छ साहित्यको बारेमा पनि गफ चल्छ । बर्दियाको मेरो पुरानो पत्रमित्र साथी प्रभात सुवेदी एकपटक मलाई अनामनगर मा अर्कोपटक मेरो घर सामाखुशीमा भेट्न आउनु भएको थियो । बुबाको जागिर छदा बर्दिया पहिला हामी बेला बेलामा पुग्ने गथ्र्यौै नि मैले भने बर्दिया फेरि एकपटक घुम्न आउनु होला नि भन्नु भएको थियो । उदयपुरको कथाकार मित्र टंकबहादुर आले मगरको पनि पहिला रेडियोनेपालको रंगतरंग कार्यक्रममा लघुकथा प्रशारण भैरहन्थ्यो एक पटक मेरो घरमा मलाई भेट््न आउनु भयो । रेडियोनेपालको युवासंसार कार्यक्रममा बेला बेलामा रेडियोनेपालमा पुगेर आफ्नो कविता आफैले वाचन गर्दथे । पहिला मलाई फोन गरेर सम्पर्कमा आउनु हुने साहित्यकारहरु कोही कोही हिजो आज हराउनु भयो । सम्पर्कमा आउन छाड्नु भयो । बनिता साहित्यिक पत्रिका निकाल्नु हुने साहित्यकार दिदी लक्ष्मी उप्रेतीले पनि अरुण भाइलाई हामी एकपटक सम्मान गर्नेछौ भन्नु भएको थियो ।

साहित्यकार मित्रहरु इन्द्रकुमार श्रेष्ठ सरित्, कृष्ण शाह यात्री, सानुराजा श्रेष्ठ अन्जान, रामेश्वर राउत मातृदास, व्याकुल पाठक, ज्ञानेन्दं विवशसंग पहिला निकै भेट र फोनमा कुराकानी हुने गर्दथ्यो हिजोआज हुन सकेको छैन । अहिले कोही पत्रमित्र साथीहरुसंग फेसबुकमा साथी बनेको छु । कोही कोहीसंग फोनमा कुराकानी पनि हुने गर्दछ । अहिले पनि शिवपुरी सन्देश, कलश, शब्द संयोजन, शब्दाङ्कुर, रचना, अभिव्यक्ति, दायित्व, लोक भावना, संसाक, हाम्रो मातृभूमि, नवप्रज्ञापन, जनमत, समीरण, कालिको सुसेली, नवमधुरिमा, समुदाय र सृजना, नारी स्वर, हाम्रो मझेरी, मुना, शारदा, शाल्मली, रुपायन, बनिता, कल्पतरु, चेतना सन्देश, मधुपर्क, लहरा, बिमोचन, प्रतिनिधि, महामण्डल, पटकन, अक्षलोक, हाम्रो पुरुषार्थ, युगान्तर, लगायत विभिन्न साहित्यिक पत्रिकाहरुमा मेरा रचनाहरु प्रकाशित भैरहन्छन् । कवि दिपक सापकोटा सौर्य दैनिकमा काम गर्नु हुंदा मैले बेला बेलामा लघुकथा र कविता लगेर दिन्थे इमेल गरेर पनि पठाइरहन्थे तर उहाँले मेरो कुनै पनि रचना प्रकाशित गरिदिनु भएन । मैले उहाँको अन्तर्वार्ता चाहिँ पूर्ण मासिक र विमोचन मासिक पत्रिकामा लिएर प्रकाशित गरे । उहाँको लोकेशन निबन्ध सङ्ग्रह अनामनगरमा अरुसंगै लिएर समीक्षा लेखेर दायित्व पत्रिकामा प्रकाशित पनि गरे । रेडियोनेपालको बिम्ब प्रतिबिम्ब कार्यक्रम चलाउनु हुने रमेश पौडेलसंग उहाँको सङ्ग्रह माग्न जाँदा दिन मान्नुु भएन । पुतलीसडकतिर किन्न पाइन्छ नि भन्नु भयो । अहिलेसम्म करिब छसय जति कृतिहरुको समीक्षा लेखेर विभिन्न पत्रिकामा मैले प्रकाशित गरे । २०७७ फागुन ४ गते बसन्त पञ्चमी सरस्वती पूजाको दिनमा साहित्यकार द्वय उमेश पाण्डे र तारा के.सी. ले गोंगबु नजिकै बिहान ९.०० बजे निमन्त्रणा गर्नु भएको थियो सम्मान गर्नको लागि कोभिड १९ को डरले गर्दा पुग्न सकिन म । कोभिड १९ सकिएपछि मलाई सम्मान गर्नु होला नि म अवश्य आउनेछु मैले भने ।
एकदिन अनामनगरमा हिँडिरहदा दरबार हत्याकाण्डको बारेमा लेखिएको रक्तकुण्ड किताबका लेखक कृष्ण अविरलसंग भेट हुंदा लघुकथा धेरै लेख्नेमा अरुणजी तपाई एक नम्बरमा पर्नुहुन्छ भन्नु भएको थियो । २०७२ साल वैशाख १२ गतेको ठूलोे भूकम्प भएपछि भूकम्प सम्बन्धी कविता सङ्ग्रह निकाल्नु भएपछि कवि श्याम रिमालसंग एकप्रति कवितासङ्ग्रह मलाई दिनु होला नि म पढेर समीक्षा लेख्नेछु भनेको थिए तर आजसम्म उहाँले दिनु भएन । म जन्मनुुभन्दा छ वर्ष अगाडिदेखि नियमित रुपमा निस्किरहेको रचना द्वैैमासिक पत्रिकाको सम्पादक तथा प्रकाशक उहाँको निवास टंगाल गहनापोखरीमा भेट्न जाँदा रोेचक घिमिरे दाजुले अबदेखि अरुको किताबको समीक्षा किताब मागेर नलेख्नु बरु आफ्नै साहित्यिक विधा लघुकथा लेख्नु गर्नु भन्नु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति दाजु गंगाप्रसाद उप्रेतीको तिब्बतमा दश दिन र देशान्तर नियात्रासङ्ग्रहको समीक्षा लेखेर प्रकाशित गरेको थिए । उहाँ मेरो जन्मस्थान टंगाल गैरीधारामा बस्नु हुंदो रहेछ । नेपाल प्रहरीमा कार्यरत कथाकार घनबहादुर थापाले मलाई धेरै समीक्षा लेखेर पत्रिकामा छपाउने व्यक्तिमा पर्नुहुन्छ भन्नु भएको थियोे । धनकुटे कान्छाले २०७६ सालमा युवामोती पुरस्कार थाप्न काठमाडौं आउनु हुंदा मलाई भेट्नु हुंदा एकपटक तपाईलाई झापामा बोलाएर भव्य रुपमा सम्मान गर्ने मेरो ठूलो धोको छ भन्नु भएको थियो ।
अहिले अमेरिकामा बसोबास गर्नु हुने कवि गोबद्र्धन पूजाले मलाई बबरमहलमा भेट हुदा मोटरसाइकलमा उहाँको बासस्थानमा लैजानु भएर मेरो अन्तर्वार्ता लिएर एउटा साप्ताहिक पत्रिकामा प्रकाशित गरिदिनु हुदा मलाई निकै नै खुशी लागेको थियो । पछि उहाँले त्रिपुरेश्वरमा मसंग भेट हुदा मैत्री एफ एम. को कार्यालयमा लगेर अन्तर्वार्ता लिनु भयो । करिब तिनपटक कवि विश्वविमोहन श्रेष्ठ दाजुले पनि मेट्रो एफ.एम. मा फोन मार्फत मसंग अन्तर्वार्ता लिनु भएको थियो । कवि ठाकुर बेलबासेले इमेज एफ एम को कार्यालयमा मलाई बोलाउनु भएर र कवि टंक भट्टराईले गोरखा एफ एम मा मलाई बोलाउनु भएर अन्तर्वार्ता लिनु भएको थियो भने २०७७ सालको असोज महिनामा शनिबारको दिन मसंग टेलिफोनमार्फत नरेश न्यौपानेले जनता एफ एम. मा अन्तर्वार्ता लिनु भएको थियो । काठमाडौंमा आउनु हुंदा एकपटक २०७४ सालतिर उदयपुरको कथाकार मित्र पुण्य कार्की मलाई भेट्न मेरो घरमा आउनु हुंदा एकप्रति उहाँको निबन्ध सङ्ग्रह दिएर मेरोे अन्तर्वार्ता लिएर जानु भएको थियो । मेरो अन्तर्वार्ता उदयपुरबाट निस्कने नव सृजना साहित्यिक पत्रिकामा प्रकाशित पनि गर्नु भयो । साहित्यिक क्षेत्रमा लागेर अरु केही कमाउन नसके पनि नाम चाहि कमाउन सके जस्तो लाग्छ मलाई । करिब तिन दर्जन सम्मानपत्रका फ्रेमहरु मेरो घरको भित्तामा झुण्ड्याउन पाएको छु । कुनै कुनै नयाँ मित्रहरुसंग पहिलोपटक भेट गर्दा मैले आफ्नो नाम बताउदा कोही कोहीले मेरो नाम रेडियोमा सुनेको हुं भन्छन् कोही कोहीले पत्रिकामा पढेको हुं पनि भन्छन् । बाँचुन्जेल साहित्यिक क्षेत्रमा लागेर समय बिताउने धोको छ मेरो । यसैमा म रमाएको छु । अहिले जागिर छाडेर घरमा बस्दा साहित्यिक रचनाहरु सृजना गरिरहेको छु र साहित्यिक कृति र साहित्यिक पत्रिकाहरु पढेर समय बिताउने गरेको छु ।
एकदिन मैले भूमिसुधार तथा व्यवस्था मन्त्रालय सिंहदरबारमा काम गर्दा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा साहित्यकार दाजु सहदेव कोइरालाको अन्तर्वार्ता लिन पुगेको थिए त्यस दिन साहित्यकार एस.पि. कोइरालालाई पहिलो पटक देख्दा यो मान्छेको अनुहार त मैले कता कता पत्रिकामा देखे जस्तो लाग्छ नि मनमनै भने । एस.पि. कोइराला मैले हातले देखाएर उहाँको नाम के हो नि ? सहदेव दाइसंग सोधे । सहदेव दाइले एस.पि. कोइराला हो उहाँ पनि कथा कविता लेखेर छपाइरहनु हुन्छ नि भन्नुभयो । त्यसो भनेपछि चिनापरिचय गर्न मन लाग्यो र मेरो नाम अरुण नदी खत्री हो भने एस.पि. कोइराला दाजुले भाइको नाम मैले युवामञ्च र मधुपर्कमा देखिरहन्छु नि खुसी हुंदै भन्नु भयो । चितवनको गजलकार दाजु गोर्खे साहिलोले पहिला म भूमिसुधार तथा व्यवस्थापन विभाग बबरमहलमा छदा पल्लव पत्रिका निस्केपछि मेरो ठेगानामा पठाइरहनु हुन्थ्यो मेरो रचना पनि प्रकाशित हुने गर्दथ्यो । प्रत्येक वर्ष भाद्र १० गतेका दिन उहाँले आफ्नो जन्मदिनमा साहित्यिक क्षेत्रमा लागेर योगदान पु¥याउनेलाई सम्मान पनि गर्दै आउनु भएको छ । मलाई पनि एकपटक सम्मान गर्छु भन्नुभएको थियो तर आजसम्म गर्नु भएको छैन । धेरैजसो शनिबार बिदाको दिनमा विभिन्न साहित्यिक संस्थाहरुले कविता वाचन, पुस्तक विमोचन र साहित्यकारहरुलाई सम्मानको कार्यक्रम राखेर मलाई निमन्त्रणा बेला बेलामा आउने गर्दथ्यो । शनिबारको दिन कार्यक्रममा जान लाग्दा मेरो आमाले कति हिँड्छस् शनिबारको दिन त आराम गरेर घरमा बसे पनि हुन्छ नि भन्ने गर्नु हुन्थ्यो ।
२०४५ देखि २०६० सालसम्म पशुपति देवपतनबाट कैलाश भण्डारीले निकाल्नु हुने सुगन्ध साहित्यिक पत्रिका लिन बेला बेलामा उहाँको घरमा पुग्दथे । कुनै अंकमा लघुकथा कुनै अंकमा कविता कुनै कुनै अंकमा साहित्यकारको अन्तर्वार्ता पनि प्रकाशित हुने गर्दथ्यो । मलाई पत्रिकाको विशेष सहयोगीमा राख्नु भएर कार्ड पनि मेरो फोटो टासेर दिनु भएको थियो । अहिले हामी माझ उहाँ हुनुहुन्न । कोही कोही साहित्यमा लागेर खटेकाहरु राम्रा राम्रा साहित्यिक रचना लेख्नेहरुले आजसम्म कतैवाट मानसम्मान पाउन सकेका छैनन् । उनीहरुलाई पनि खोजेर भए पनि कुनै साहित्यिक संस्थाले सम्मान गरे धेरै राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ । वरिष्ठ समालोचक दाजु डा. गोविन्दराज भट्टराईले उहाँको निवास ट्याङ्लाफाँटमा मलाई धेरै पटक बोलाउनु भएको थियो पुग्ने ठूलो धोको पनि थियो आजसम्म पुग्न सकेको छैन । साहित्यकार दिदी पुष्पलता आचार्यको घरमा म पहिला निकै पुगे । एकपटक उज्ज्वल जी.सी. दाइसंग पुगे । एकपटक लोक सेवा आयोगको परीक्षामा बानेश्वर क्याम्पस शान्तिनगरमा पर्र्दा म र मेरो श्रीमती दुबैजना पुगेर भेट ग¥यौ । उहाँको घरमा सम्मानपत्रका फ्रेमहरु धेरै देख्न पाउदा साहित्यमा लागेर अरु केही कमाउन नसके पनि सम्मान त कमाउन सकिदो रहेछ जस्तो मलाई लाग्यो । भूमिसुधार विभागमा काम गर्दा शत्रुध्नप्रसाद पुडासैनी, उमाशंकर जोशी र रुद्रप्रसाद पण्डित सरहरुलाई मैले आफ्ना सृजनाहरु लेखेपछि देखाउने गर्दथे । लोक सेवा आयोगमा काम गर्दा हरिदत्त पाण्डेय सरलाई देखाउने गर्दथे ।
भाद्र कृष्ण औँसीको दिनमा प्रदान गरिने युवा मोती पुरस्कार चालिसवर्ष नकटेकाहरुले पाउने पुरस्कार मलाई किन दिएन होला भनेर केही साहित्यकारहरुले मसंग सोधे । मैले खै पुरस्कार मैले मागेर लिने चिज होइन पुरस्कार मलाई दिने निर्णय हुन सकेन । मेरो उमेर अहिले चालिस वर्ष कटिसक्यो अब मलाई दिन मिल्दैन मैले भने । युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्त आचार्यलाई चिनाउनु भएको जस्तै मैले पनि धेरै साहित्यकारहरुसंग रचना मागेर विभिन्न पत्रिकाको कार्यालयमा पुगेर छापिदिएर चिनाइदिने गर्दथे । एकताका नयाँसडकको पिपलबोटतिर बेलुकी चारबजेपछि साहित्यकारहरु पुग्ने गर्दथे । कहिलेकाही म पनि कार्यालय छुटेर त्यही बाटो हिँडेर घर जाँदा पुग्दथे । मेचि अञ्चल पाँचथर जिल्लाको सरकारी विद्यालयको प्रधानाध्यापक लाल अन्जान सम्बाहाम्फेले मलाई एकपटक फोनबाट पाँचथरमा निमन्त्रणा गरेर साहित्यिक कार्यक्रममा सम्मान गर्नेछौं भन्नु भएको थियो ।
संसाक मासिक पत्रिकाले २०७४ सालदेखि विभिन्न विधामा कलम चलाउनेहरुलाई सम्मान गरेर पुरस्कार दिदै आइरहेकोमा २०७८ साल साउन ६ गतेको दिन विभिन्न विधामा कलम चलाइरहने मध्ये छजनालाई सम्मान गर्ने निर्णय गरेपछि राधेश्याम लेकाली दाजुले मलाई फोन गरेर बधाई दिनु भयो । के को बधाई हो दाइ मैले भन्दा नदी भाइलाई संसाक पत्रिकाले सम्मान गर्ने निर्णय आज मात्रै भएको हुंदा बधाइ दिएको हुं भन्नु हुंदा मलाई खुसी लाग्यो । भाद्र १९ गते समीक्षा विधामा मलाई सम्मान ग¥यो । असोज महिनाको ५ गतेको दिन बिहानको ठिक चार बजे बिउँझन पुगेपछि मोबाइलमा फेसबुक खोलेपछि मलाई अंग्रेजीमा बधाई भनेर आयो बालसाहित्य प्रतिष्ठानले साहित्यकार कार्तिकेय घिमिरेको बुबाआमाको नाममा स्थापना गरेको दुर्गादेवी चन्द्रनाथ उत्कृष्ट लेखन पुररस्कार मलाई दिने निर्णय भयो भनेर समाचार पढ्न पाउदा खुसी पनि लाग्यो ।
एकपटक रमेशजङ्ग सिजापति र भाग्यशाली अधिकारी दाजुहरु मेरो घरमा आउनु हुंदा भित्तामा झुण्ड्याइएका मेरो सम्मानपत्रहरु हेरेर सयओटा त पु¥याउनु पर्छ नि भन्नु भयो । नेपालमा बस्नुहुंदा कवि गोबद्र्धन पूजाले अन्नपूर्ण पोष्ट दैनिक पत्रिकामा शनिबार बेला बेलामा मेरो लघुकथा प्रकाशित गरिदिनु हुन्थ्यो । अहिले बेला बेलामा अमेरिकाबाट फेसबुकको मेसेन्जरबाट कुराकानी गरिरहनुहुन्छ मसंग । बाँचुन्जेल फुर्सदको समयमा साहित्यिक पत्रिका र कृतिहरु पढ्ने र आफ्नो मनमा कुनै कुराहरु उब्जिन पुगेका साहित्यिक रचना लेख्ने ठूलो धोको छ मेरो । यो क्रम निरन्तर जारी रहनेछ ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।