15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल रमेश प्रभात October 3, 2021, 3:02 pm
रमेश प्रभात
रमेश प्रभात

दहीझैँ धरामा मथेको मदानी,
म खोज्दै छु आफ्नो छुटेको जवानी ।

नचली बसेथेँ अँध्यारो कुनामा,
चिहाएर हेर्थेँ र आँखा म तानी ।

म खोला नदीमा नपौडी बसेँ र ?
नदीमा म पस्दा भएथेँ म पानी ।

उनी नै उनी छन् बसी राज गर्दो,
उनीबाट सर्दैन मेरो परानी ।

तिमीले भनेझैं कहाँ हुन्छ चोखो ?
नसामा डुबेको छ मेरो कहानी ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।