16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनमोल छ जीवन

कविता निलकमल छेत्री October 4, 2021, 4:49 am
निलकमल छेत्री
निलकमल छेत्री

धेरै अन्मोल छ जीवन,
ब्यर्थै किन् खेर फ्याँक्छौ तिमी
चिन्न सक्यौ जीवनलाई
त अमृत हो तिमीलाई
चिन्न सकेनौ त त्यही
जीवन बिष बन्छ तिमीलाई।

जीवन सँगै अन्मोल छ समय,
ब्यर्थै किन् नष्ट गर्छौ तिमी
गर्न सक्यौ सदउप्योग
त समयले चिन्नेछ तिमीलाई
नष्ट गर्यौ समय
त समयलेनै पछि किन्ने छ तिमीलाई।

छोडेर जानु छ शरीर मात्र याँहा
मुल्य त आत्मको छ
चिन्न सक्यौ आत्मलाई
त ज्ञानि तिमी बन्छौ
चिन्न सकेनौ आत्मलाई
त ज्ञानिबाट अज्ञानी तिमी आँफै बन्छौ।

हुँदैन रहर मृत्युलाई
अँगाल्न कसैलाई
जीवन सत्य हो,
सक्दैन छुटाउन्
जीवनले मृत्युबाट कसैलाई।


राङका, बलिमान,पूर्व सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।