18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सरस्वती चौलागाईं October 17, 2021, 3:32 am
सरस्वती चौलागाईं
सरस्वती चौलागाईं

अब त बोलन आमा अब त बोलन
चोली सब रंगियो रगतको धाराले
अब त बोलन ।

मेरो त आमा जीन्दगी नबुझ्दै अस्तित्व लुटियो
संसार रम्ने ज्योतिको दर्शन नपाउँदै मेटियो
अब त बोलन आमा अब त बोलन
चोली सब रंगियो रगतको धाराले
अब त बोलन ।

मन्दिर जादा बजा’नी घण्टी त्यो पत्थर बोल्दैन
हे आमा तिमी बोलन अब पत्थर त तिमी हैन
अब त बोलन आमा अब त बोलन
चोली सब रंगियो रगतको धाराले
अब त बोलन ।

म एउँटा छोरी भएर जन्मे यही मेरो कसुर
पन्छाइदेऊ आमा अस्तित्व लुट्ने ब्वाँसा र असुर
अब त बोलन आमा अब त बोलन
चोली सब रंगियो रगतको धाराले
अब त बोलन ।

न बच्न सक्छु दाइ र भाई न बाबासँग नै
न हाँस्न सक्छु, न खेल्न सक्छु, पुतली उडे झैं
अब त बोलन आमा अब त बोलन
चोली सब रंगियो रगतको धाराले
अब त बोलन ।
सागर उर्लियो अश्रुधाराले अब त बोलन ।

मेलम्ची २, सिन्धुपाल्चोक, हालः गोकर्णेश्र ५, काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।