18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रश्न

कविता टंक सिटौला October 17, 2021, 3:40 am
टंक सिटौला
टंक सिटौला

नयाँ नश्ल,
उन्नत जात,
उन्नत बीऊ;
भन्दा-भन्दै खिहि सक्यो जीऊ।
बहार आउने प्रतिक्षामा सुकि सक्यो जीऊ।
पाँच दिएर पच्चीस पार्नेले चुसिसके,
हल, जल र मल दिनु पर्नेले लुटिसके,
ऋण दिनेले त झन ज्यानै लिईसके।
फेरि पनि कुरै चल्छ
उन्नत जात,
उन्नत बीऊ;
अब चाहिँ के दिँऊ,
जमिन कि जीऊ ??

बास्का, अखम, भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।