15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अपाला महाकाव्यमा दृष्टि

कृति/समीक्षा सदानन्द अभागी October 16, 2021, 2:45 pm
सदानन्द अभागी
सदानन्द अभागी

लक्ष्मीकान्त शर्मा पौडेलको साहित्यमा सुप्रसिद्धनाम हो लकास पौडेल । उहाँ बाग्लुङ न.पा. १४नारायणस्थान बलेवामा २००४÷१०÷६मा माता पञ्चकला शर्मा(आचार्य) र पिता पं नीलकण्ठ शर्मा उपाध्यायका पुत्ररत्नको रुपमा जन्म लिनु भयो ।हाल उहाँ भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास गर्दै आउनु भएको छ । लकासजी देशभक्त कविताबाट आप्mनो साहित्यिक यात्रा थालनी गर्नु भएको र पद्याञ्जलि(कवितासङ्ग्रह २०७०) भावाञ्जलि (कवितासङ्ग्रह २०७०),गतिाञ्जलि (सूक्तिकाव्य २०७०), शौर्यगाथा (महाकाव्य–२०७१), बहरका लहरहरू (गजलसङ्ग्रह–२०७१) फेसबुक सन्देश (मुक्तकसङ्ग्रह), हिमालयदेखि कन्याकुमारीसम्म (यात्रासंस्मरण– २०७२), विनियोग ृ(कवितासङ्ग्रह–२०७४),बाजीकरण (कथासङ्ग्रह–२०७४), सुरालय (रुवाईसंग्रह–२०७५), अपाला (महाकाव्य –२०७७) गरी ११ वटा कृतिहरू नेपाली साहित्यको भण्डारमा थप्नु भएको छ । साहित्य र शिक्षामा सेवापु¥याए वापत लकासजी विभिन्न संस्थाबाट विभूषित हुनु भएकोछ र साथै उहाँको योगदान साहित्यिक मात्र नभएर सामाजिक मानव अधिकार संरक्षण मञ्च,विश्व हिन्दु महासंघ, टोल समिति, देवघाट क्षेत्र विकास समिति लगायतका संस्थाहरूमा संस्थापक,सदस्य लगायत गरिमामय पदमा समेत आसीन हुनुहुन्छ ।
विषय प्रवेश –
अपाला लकासजीको दोस्रो महाकाव्य हो । यो दश सर्गमा संरचित छ ।नारीलाई मुख्य नायक बनाइ लेखिएको यो वैदिक कालिन कथामा आधारित रहेर लेखिएको महाकाव्य हो । यस महाकाव्यको सर्गगत छोटो परिचय तिर लाग्ने अनुमति चाहान्छ ।
प्रथम सर्ग –
यस सर्गमा आरम्भ, विषय प्रवेश, अत्रि र आत्रेयवंश शीर्षकमा महाकाव्यको थालनी गरिएको छ । काव्य लेखनमा मङ्गलाचरणबाट थालनी गरिने परम्परा रहेको र यहाँ पनि महाकविले जगत स्रष्टा वा आत्मतत्व तेजपुञ्जलाई प्रार्थना गर्दै, कविले काव्य मिठो, रसिलो ,शिष्टताले भरिएको, लेख्दा कुनै विघ्न वाधा सन्निपात नपरी काव्यले अग्रता लियोस् र सदा लक्षभेदी भएर काव्यको सिर्जना गर्न सकियोस् भन्ने अठोट प्रकट गर्नु भएको छ ।
विषय प्रवेशमा सप्त महर्षिमा श्रेष्ठ अत्रिका सयौं पुत्र–पौत्र सहित अपला र विश्ववारा नामका दुई पुत्री जन्मेका, बताइएको छ । अत्रि आश्रम पयोष्णि नदीको तटमा, प्राकृतिक र्सौन्दर्यले सुसज्जित, अनेकौं कुटी पर्णशाला, कतै वेदशाला, कतै अश्वशाला र कतै योगशालाको साथसाथै मनै चोर्ने ग्रामबालाहरू भएको आदि सुन्दर वार्णनको साथमा , अवस्थित भएको वर्णन गरिएको छ ।
अपलाको सौन्दर्यको वर्णन,, अत्रि र आत्रय वंशको वर्णन,, सरस्वतकिा कुराहरू, व्रह्माको वीर्य पतन, ब्रह्मा पिताका मनकल्पबाट गुफाबाट सात ऋविको निस्कनु तिनको संरक्षण गरिनु , अत्रि र अत्रिजाबाट वेदका सतासी सूक्तहरु थपिनु ,खोज अनुसन्धान गर्नु,, छोरी अपला पनि मन्त्रद्रष्टा, अािदको सुन्दर वर्णन सहित अपालाको बारेमा यसरी वर्णन गरिएको छ –
सर्वसुन्दरी ज्ञानमञ्जरी
शास्त्रकी धनी वाद वैखरी
आज तुष्ट छन् अत्रिकी सुता
हषले हिंडिन् मार्ग हो कता ?
यी बालिकाले ऋषिको जनमन राख्ने योग्यपुत्री प्रसिद्धि जस्ता धारणा सहित ७१ श्लोकमा सर्गको समाप्ति हुन्छ ।
द्वितीय सर्ग
अपलाको ज्ञान र विद्रोह शीर्षक दिएर काव्य लेखन अगाडी बढेको छ । अपाला नभएको बखतमा विद्याश्रम शून्य लाग्ने भन्दै यो सर्गको थालनी भएको छ । यस सर्ग अपालाको वर्णनको वरिपरि नै देखिन्छ ।आमाको सही निर्देशनबाटै छोराछोरीको मार्ग सफल हुने, छोरी कुलकी बत्ती हुन र आमाले त्यसमा इन्धन थपेर निरन्तरता प्रज्वलित हुन सिकाउँछिन् जस्ता गहन भावना यहाँ आएका छन् । पिताको नामको साथमा सन्तान उठ्ने आमाको कुलको नाम संस्कार सित जोडिने, भाग्यवादीले लेखेको मात्र पाइने रे कर्म वादीले कर्म गर्दा के पाइदैन भन्ने कुराहरू, धर्म संस्कार, न्याय पतिका पक्षमा हुने ,नारीले पति आज्ञापालन गर्नुपर्ने, नारी विभेदमा देखिएका बन्धन तोडेर अगाडी बढ्ने धारणा अपालामा पलाउँछ र बाबुसँग विभेद अन्तगरी छोरासरह वेद पढ्न पाउने कुराहरू, भेद गरिएमा विद्रामेह गर्ने, आदिधारणामा उभिएकी अपालाको पक्षमा आमा अनसूयाको साथ पाउनु पिता अत्रिको पनि साथ हुनुले अपालाको वेदमा स्थान प्राप्त भएको र मन्त्रद्रष्टा भएर वेदको शोध कार्य थालनी गरिएको, मनुस्मृति राज्य सञ्चालनको लागि कानुनसरह मानिने ग्रन्थमा नारीमा विभेद भएकोले यस्मा अत्रिले विरोध जनाए राजा समक्ष समकक्षको प्रस्ताव राखे, राज्यको कानुन वर्गभेद, वर्णभेद, हुनहुँदैन भनेर अत्रिसंहिता लिएर र्फकनु, यो ब्रह्मर्षि, देवर्षि, महर्षि, परमर्षिक, कण्डर्षि, राजर्षि, श्रुतर्षि सबैले यसलाई मान्यता दिए । अपालाको विदुषीमा ज्ञानरश्मी विकास भयो र उनले ऋगवेदको आठौं मण्डल सूक्तमा सोध कार्य गरेर सात सूक्त थपेर वेदज्ञ विदुषी पद प्राप्त गरिन ,ऋषिहरू पनि ज्ञान सुन्नमा आए भन्दै तपशीलको श्लोक सहित यस सर्गको बिट मारिन्छ–
मधुर रस पिपासा स्वादमा मान्छ लीला
मधु अलिकति चाख्दा झुम्म हुन्छन् कमिला
ऋषिगण पनि त्यस्तै ज्ञानत भोका मुमुक्षु
परिजनसित आए सुन्न धेरै सुभेच्छु
तृतीय सर्ग –
यस सर्गमा सृष्टि र चेतना शीर्षकमा धारणाहरू विभिन्न छन्दमा आएका छन् । यस शीर्षकमा परमात्मा आत्मा अनि ब्रह्म कहाँ छ ?परमब्रह्म,को शक्ति बाट यो सृष्टि भएको, लिन पनि ब्रह्ममा नै हुने कुरा,सूक्ष्म तेजपुञ्ज मिलेर पिण्ड बन्नु , यिनै विभिन्न आकार पिणहरू नै ग्रहको रूप लिनु ,सौर विश्व निर्माणहुनु,प्वाललाई कालो मा गनिने,,यसमा चुम्बकीय शक्ति हुने, यस सर्गमा धेरै कुराहरू समेटिएको छ ।ब्रह्माण्ड भित्रै परमाणु रहेको, सौर्यपुञ्ज रहेका यिनको आप्mनो कक्ष रहेको, मनेरा, अमीवाको विकसित हुँदै चेपा, मत्स्य र मानिस विकसित भएका मानव देह पञ्चतत्वबाट निर्माण भएको, जीवमा आत्मा हुन्छ र यो आत्मा परमब्रह्मको अंश भएको शरिर नाशवान भए पनि आत्म कहिल्येै मर्दैन,भन्दै मानवप्रति कविको धारणा यसरी आएको छ –
सबै जन्तु भन्दा पृथक यो मनुष्य,
वितर्की र ज्ञानी छ चैतन्ययुक्त
कतै द्वैष रागादिले बन्छ नीच
गुरुज्ञानले बन्छ यो योग्य शिष्य ।
(श्लोक २०, पृष्ठ २३)
मानव जीवनका लोभ मोहका कुरा,मानव नासवान भएका कुरा, जीवनजगतका कुरा आदिमा यहाँ बिचार बिमर्श गरिएको छ ।गुणी सबै स्थानमा मान्यहुने, मानिसले लक्ष हाँसिल गर्न, सुदृष्टि हुनु पर्दछ, मानिस विवेकी र सचेत ह्ुनुपर्छ , सचेत हुन सकेन र विवेक हरायो भने मानिस दानव बन्न जान्छ, । जमेको जलमा जीवअंशी मनेरा हुँदै यो अमीवा प्रवंशी हुँदै चेपा, मत्स्यादि आदिको रूप फेर्दै मनुष्य रूमा आइपुग्नु र यो नै सबै जीवमा श्रेष्ठ र सचेतमा लिइन्छ जस्ता धारणा यहाँ आएका छन् । यो देह पञ्चतत्वबाट बनेको हुन्छ । यस सर्गमा आत्मा अमर हुने कुरा, शरिर नाशवान हुने कुरसत्य बोल्दा शान्ति पाउने कुरा कुनै पनि कुरा नत आप्mनु हो न त मरेपछि साथमा लिएर नै जान सकिन्छ जस्ता गहन भावना दार्शनिक धारणा, सिर्जना र चेतनाका कुरा आदिले गर्दा महाकाव्यमा मिठास भरिएको छ र अपालालाई ज्ञानगङा हुन् भन्दै या सर्ग समाप्त भएको छ ।
चतुर्थ सर्ग –
यस सर्गमा अपालाको बाल्य,किशोर र यौवन अवस्थाको वर्णन गरिएको छ । अनसूयाले छोरी सोह्रै कलाले युक्त भएको पाउँछिन् । उनलाई अपालाको जन्म र नामाकरणको पूर्व स्मृति स्मरणमा आएँछ । त्यसवेला अपालाको जन्मबाट अत्रि निकै खुसी भएका हुन्छन् । अपालाई वसन्त पञ्चमीमा अक्षर आरम्भ गराइन्छ । वर्णध्वनी वाग्देवकिो प्रार्थना र गणेशका मन्त्रको साथ मा उनको अक्षर आरम्भ हुन्छ । उनी समग्र ध्वनी र श्रुतीशास्त्रको अध्ययन गरेको वर्णन को साथै उनको रुपको गुणको वर्णन यहाँ गरिएको छ ।
एक दिन तलाउमा नुहाउन जाँदा उनका शरिरमा सेता फोकाहरू अपलाले देख्छिन् । अपालाले यी फोकाहरूको बारेमा आमालाई जानकारी गराउँछिन् र आमाले बाबुलाई जानकारी गराउँछिन् । बाबुले स्ववैद्यसँग भनेपछि वैद्यले प्रलेप बनाएर लगाउन दिएपछि यी फोकाहरू निको हुन्छन् । यसरी उनको शरीरको फोकाहरू निको भए पछि अध्ययनको काम अगाडी बढ्छ । उनले षडशास्त्र योगशास्त्र आदि पढ्दै जानु आचार्य नन्दीबाट लेखिएको कामशास्त्र गृहस्थलाई पढाइन्थ्यो तर कुमारहरूलाई पढ्न र कक्षामा जान पनि मिल्दैनथ्यो तर अपलाले बाहिरै बाट शिव कामसूत्र सुनेर उत्सुक्ता बढेर स्वअध्यन गरिन् ।यसरी अध्ययन गर्दा मदन रागले श्ीरर क्लान्त भएको महसुस हुनु र त्यसबाट मन कसरी उत्तेजित हुन्छ सो को भावसहित यो सर्ग समाप्त हुन्छ।
पञ्चम सर्ग –
यस सर्गमा रतिभाव र यौन उत्सुकतालाई वर्णन गरिएको छ । कामशास्त्रलाई अध्ययनले उनमा कल्पना बढ्छ । यौवनको स्वाद चाख्न नपाइने तर यसको जालमा नसा बस्न जादाँ उनमा उत्तेजना बढ्छ । तकियालाई काखमा राखेर युवाको कल्पना गर्दै छातिमा कस्दै गर्दा उनमा आनन्द आउनु र कस्दै जाँदा आनन्द झर्नु ,उषा र अनिरुद्र बीचको सम्बन्ध कल्पनामा पुग्नु, सपनीमा युवा आउनु रातभर उसैसँग रमाउनु, स्वर्गीय आनन्दको अनुभूति गर्नु,आदि काम भावलाई कविले दिल खोलेर वर्णन गरेका छन् र कविले भन्छन् –
भोकमा नमिले खाना वैंसमा नसिमले पति
प्यासमा नमिले पानी पछुतो भैदिने पछि
श्लोक ३५पृष्ठ ४०)
यो सर्ग यौनमा कल्पित हुँदाको छणमा युवायुवतीले महसूस गर्ने कामुकता,कल्पना, आदिलाई निकै रसिलो तरिकाले प्रस्तुत गरिएको छ । नारी पुतली सरह रहेको धारणाको साथै अपलाका आमा बाबुले चेलीको मर्मलाई बुझ्न थालेको धारणा सहित यो सर्ग समाप्त हुन्छ ।
षष्ठ सर्ग –
यस सर्गमा विवाह प्रसङ्ग शीर्षक दिएर अगाडी बढाइएको छ । जननी अनुसूयाले तनया मनलाई बुझेर अत्रिसँग छोरी विवाहको उठाउनु, र योग्यवर खोज्नको लागि आग्रह गर्नु । उनको शरिरमा देखिएको दागको उपचार गरेर सातवर्ष बितेको यसवेला कुनै दोष न देखिएको तर पुन स्वेतदाग देखिएमा तिरस्कारमा छोरी पर्ने हुन् कि भन्ने आशंका मनमा उब्जन्छ । वर खोज्नु भन्दा वरले कन्या खोज्ला रम्रो हुने आदि तर्क उठ्नु ऋषिपुत्र कृशाश्व आउनु ,दुबै बीच वार्तालाप हुनु कृशाश्वले नाट्यवेदको ज्ञाता भन्नु, अत्रिले आउनुको कारण सोध्नु र कन्या खोज्दै आएको धारणा कृृशाश्वले राख्नु, विवाहको निर्णय गर्नु ।यसरी विवाहको निर्णय भएपछि अपालाको मनोरोग हट्छ । कविले लेख्छन् –
गजब प्रेमको जाल देखिएको
नछुट्ने कतै चाल भेटिएको
मनमनै अझ प्यास बढ्दछ
जति पियो नसा उति चढ्दछ।
तिर्सनाले गर्दा विचलित भएकी अपालालाई वर जुट्न निकै कठिन भएका र संयोगले गर्दा पति निराला भेटिएको भन्दै यो सर्ग समाप्त हुन्छ ।
सप्तम् सर्ग
यस सर्गलाई अवाला–कृशाश्व उद्वाह शीर्षक दिइएको छ । जब विवाहको निर्णय पछि कन्याहरूमा जाग्ने मानसिक जिज्ञाषाहरू अपालामा पनि जाग्दछन् । तृष्णाहरू जाग्नु मगज सनकीझै बन्नु, विचलित बन्नु, दुबै बीच मनमुटु नमिल्दा के हुनीहोला शंका आशा निराशाका भावना बग्नु, जस्ता धारणा आएका छन् । विवाहको तयारी हुन्छ, नाता कुटुम्ब आदि आउँछन्, सखीहरू आपसमा जिस्किन्छन् । सखीहरूको रतिभावलाई मीठो रुपमा प्रदर्शन गरेका कार्यहरू पनि मिठोरूपमा कविले प्रस्तुत गरेका छन् । जन्तीको वर्णन गरिएको छ । आपाला र कृशााश्वको रूपको वर्णन पनि गरिएको छ –
अग्ली गोरी सवल तनकी सुन्दी यी अपाला
शोभा आभा चमक सुनझैं दिव्यवर्णी सुबाला
जती हे¥यो उतिउति नयाँ माधुरी झै मिठास
व्यौली बन्दा अझै प्रखर भो रुप लवर्णै सुवास ।
(श्लोक ३४, पृष्ठ ११३),
अपाला रातो सारीमा सजिएर नवकलशका धाराका साथ आउनु वर–वधू यज्ञशाला अगाडी भेट हुनु, अग्लो कदका, तनका पूmर्तिला,सेतो धोती, छड्के उपर्ना, स्वर्ण रङ्गी चित्रपर्ण, श्वेत अश्वमा सवार भएर आउँदा झट्ट हेर्दा मदनजस्ता देखिने वर, यज्ञशालामा बाजा धन्किनु, वर–वधूले माला पहिरिनु कन्यादान कर्म गरिनु, पूर्ण संस्कारको साथमा जन्तीलाई विदा गर्नु आदि विवरणहरू प्रस्तुत गरिएको छ र छोरीलाई विदा गर्दा आमबाबाका नयन रसाउनु,
अत्रिले छोरीलाई विदा गर्नु, घरमा पनि संस्कारको साथमा दुलही घरमा भित्र्याउनु । दुबै रतिक्रिडामा रमाउनु । यो रमाई तीनवर्ष सम्म चल्नु विवाहको तीन वर्षमा अपालालाई पुन सेता फोकाहरूदेखिनु , उनी निकै तिरस्कृत हुनु र माइत जानु । अत्रिले बैद्य बोलाए देआउनु र इन्द्रको तप गरभन्ने सुझाव अपालालाई दिन्छन् । अपालाले घरमै बसेर इन्द्र पूजा गर्न थाल्छिन् । ्
मानिसको जन्म दुख भोग्न भएको होृ,भन्ने उक्तिको साथमा पति घर पनि बिरानो भै सक्यो अपाला नयाँ उपचारबाट निराला बन्छिन् भन्दै यो सर्ग समाप्त हुन्छ ।
नवम सर्ग –
व्याधी , चिकित्सक र पुनर्मिलन शीर्षकमा यो सर्ग अगाडी बढ्छ । अपालाले इन्द्रको पूजा गर्न थालिन् । इन्द्रलाई सोमलताको रसचढाउँदै पूजा गर्दै गर्दा इन्द्र प्रशन्न हुनु र दर्शन दिएर वर माग भन्नु, अपालाले पनि यो कुरूप देह (श्वेतकुष्ठ रोग) राम्रो होस् भन्दै वर माग्दछिन् । इन्द्रले पनि तिम्रो चर्र्म रोग तीनपत्र भिकेर दिव्यौषधि गरेमात्र ठीक हुन्छ भनेपछि ं अपालाले रथको छिद्रभित्र पसेर मालती बललेतान्दा पहिलो चर्मको तह शल्यकै सरी निस्कियो, यसैबाट बृक्ष बन्यो, जस्को नाम मैदली राखियो, दोस्रो तहको छाला गोधको रूपमा झ¥यो र धनुर्धारीहरूको नाडीमा प्रयोगमा आयो र तेस्रो तहको छाला, कृकलाससरी झ¥यो र छेपारोरूपमा प्राणी पिप्ली बिरुवा भयो । वैद्यहरूको लेप लगाए पछि अपालाको कुष्टरोग समाप्त भयो । कविले सबै रोगको औषधी हुन्छ र त्यो औषधीलाई खोज्न सक्नु पर्छ ।
अपाला कुष्टरोगबाट मुक्त भएपछि कृशाश्वले अपालालाई त्यागेर अपराध गरेको महसूस गर्दछन् र अपराधी सरह अत्रिको आश्रममा पुग्दछन् । अत्रिले पनि उनलाई माफी दिन्छन् । पत्नीले पनि कृशाश्वलाई ढोग दिइन्् । माता पिताले अश्रुधारा बगाउँदै छोरीलाई विदाई गर्दछन्
जीवन चक्र चल्नलाई आत्मा मिल्नुपर्छ । आत्मा मिल्न नसके जीवनचक्रमा गडबढी आउँछ । मान विमुख हुनहुँदैन सबै मिलेर हाँस्ने प्रवन्त्र गर्नुपर्छ भन्दै यो सर्गको बिट मारिन्छ ।
दशम सर्ग –
यस सर्गलाई उपसंहार शीर्षक दिइएको छ । कविले आधा आकाश ओगटेका महिलाको पक्ष खोज्दै छु भन्दै योसर्गलाई अगाडी बणएका छन् अपालाको विद्रोह भन्दा पहिला महिलाको ज्ञान सम्मान शून्य थियो । अपालाले वेदमा शोध गरेर हााक दिनु र जित्नु, ऋषिहरू नारी विरोधमा हुँदा पनि अपालाले मनुस्मृतिको विरोधमा उत्रिनु,छोरा छोरीको विभेदको अन्त्यको चाहना राख्दै अपाला यी ऋषिहरूको विरोधमा उत्रिएर विदुषी पद नै लिइन् ।ऋगवेदमा सोध गरेर सात मन्त्र थपेर मन्त्राद्रष्टा यिनी बनिन् भन्दै कविले आत्रेय वंशको पौडेल थरको हूँ भन्दै आप्mनो परिचय दिएका छन् ।
कविले आप्mनो भावनालाई अपालाको यथार्थ घटनाक्रमलाई समाएर एक विदुषी नारीको नाममा महाकाव्यको सिर्जना गरी पाठक सामु राखेका छन् । यो महाकाव्यले मनुस्मृतिमा पुरुषको वकालत गरेको र नारीमा देखाएको विभेदको अन्त्य गर्दै अपालाको संघर्षमय जीवनले नारी समाजमा प्रदान गरेका नारी मूल्य र मान्यता पुरुष समानका अधिकार नारी जगतको लागि एउटा अमूल्य रत्न हो । यो अधिकारलाई थाम्न आज पनि सयौं नारीहरूले संघर्षको बाटो अवलम्वन गर्नु परेको यथार्थता सबैको अगाडी प्रष्टिएको छ ।
यस महाकाव्यको कथा वैदिककालको भए पनि लकासजीले नविन ढंगबाट आजको समाजमा ल्याएर जोड्ने जुन प्रयास गर्नु भएको छ सह्रानीय छ । समाज परिवर्तनशील छ । समय परिस्थिति, वातावरण आदिले पनि समाजको गतिशीलता एवम् विकासको लहरसँगै हरेक क्षेत्रमा परिवर्तन आउनु स्वभाविक हो । मनुस्मृतिले अँगालेको पुरुषवर्गको एकाधिकारलाई अत्रिस्मृतिले विभेद रहति महिला र पुरुषमा समाधिकारको प्रयोग, महिलाले पनि धर्म कर्म आदि क्षेत्रमा महत्वपूर्ण काम गर्न सक्ने र हरेक क्षेत्रमा महिलाको योगदान महत्वपूर्ण हुन्छ भन्ने यथार्थताको प्रमाण अपाला हुन् । उनले तत् समयमा गरेको संघर्षले आज पनि मार्गदर्शनको काम गर्न सकेको छ ।
मनुस्मृतिको छाप आजको समयमा पनि राम्रै जरो गाडेको देखिन्छ । आज पनि छोरा छोरी तथा महिला पुरुषमा विभेद देखिएकै छ । यदि अपालाले समान हक अधिकारको रूपमा विद्रोह नगरेका भए आजको संसारमा महिलाको अवस्था अझै डरलाग्दो हुने थियो भन्न हिचकिचाउनु पर्ने देखीदैन ।
महाकाव्यमा प्रयोग भाषा ल्किष्ट छ । यो काव्य पढ्न संस्कृतको ज्ञाता हुनु आवश्य देखिन्छ । मेरो विचारमा लेखनमा जति सरल भाषाको प्रयोग हुन्छ त्यति नै पाठकको लागि सहज हुन्छ । हुनत विद्वानहरूको लागि यसमा आएका शब्द निश्चय नै मिठासपूर्ण लाग्ने छन् । त्यसमा कुनै संका छैन । भाषगत विषयमा प्रा.डा. नारायणप्रसाद खनाल यसरी प्रस्तुत हुुनु भएको छ –“अतः भाषिक समृद्धिको अपेक्षा गर्नु जरूरी छैन किन्तु अलङ्कारहरू ठाउँ ठाउँमा तँछाडमछाड गर्दै आएका छन् भने रसराज श्रृङ्गारलाई यसले अङ्गीरस माानेको छ र सोही रस नै यस महाकाव्यको सर्वस्व पनि हो ।“ श्रृङ्गार प्रमुख स्थान लिए पनि अन्य रसले पनि ठाउँ ठाउँमा स्थान लिएको देखिन्छ ।कविको प्रस्तुति आकर्षक छ ।
काव्यकारले लिएको उद्देश्यलाई पूर्णता दिएका छन् । मलाइ समीक्षामा यो यो ठाउँमा यस्तो यस्तो कमी कमजोडी छ भनि औंल्याउँदैन भन्ने आरोपहेरु सहँदै आएको छु । जहाँ पनि सकरात्मक र नकरात्मक पक्षहरू सँगसँगै आएका हुन्छन् । हामीले यो कुरा भुल्न हुँदैन कि सबैको लेखनशैली, काल्पनिक अभिव्यक्ति, दार्शनिकता,,घटनाक्रम, समाजिक परिवेश, लेखनवातावरण आदि एकै किसिमको हुँदैन । कोही पनि पूर्ण हुँदैन । त्यसो हुँदा मैले भन्ने गर्दछु निरन्तरताले नै सबै चिजलाई परिस्कृत तथा परिमार्जनतिर लान्छ ।
अतः कविले काव्यमा आप्mनो नविन सोचलाई प्रयोगमा ल्याएर वैदिक कालिन घटनाक्रमलाई आजको समाजमा जोड्ने जुन प्रयास गरेका छन् । त्यसको परिणाम कविमा नविन सोचबाट आजको समाजलाई अग्रगामी पथमा डो¥याउने र नयाँ सशक्त समाजको निमार्णमा गर्ने भावनालाई आत्मसात गर्नुपर्छ भन्ने मेरो आप्mनो धारणा हो । यसमा आएका वैदिककालिन समयका यथार्थतालाई केलाउनलाई गहन अहध्ययनको आश्यक्ता पर्छ भन्दै कविको भावनालाई कदर गर्दछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।