15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

शारदी याम

कविता डा. श्यामप्रसाद न्याैपाने October 16, 2021, 3:01 pm
डा. श्यामप्रसाद न्याैपाने
डा. श्यामप्रसाद न्याैपाने

छैन बादलुकाे घुम्टाे सफा छ गिरिशृङ्खला
पाेतेझैं नीरले शुभ्र देखिंदाे छ नभस्थल
माधुर्य छर्दछन् पुष्प घुम्दछिन् मस्त रागिनी
शारदी याममा बन्छिन् वसुधा मधुस्वामिनी

खुल्दछन् पुष्पका थुङ्गा हाँसेझैं मनबाट नै
हाँस्दछन् जसरी बाल भै प्रफुल्ल सधैं सधैं
फुल्ल फुल्ल अहाे ! फुल्ल फक्रेकाे कसरी अहाे
छरी चारु गर्‍याे कि वा मन्त्रणा भृङ्गकाे न हाे

भुन्भुन्भुन् भुन्भुनाउँदै खेल्दछन् भृङ्गका गण
मन्द समीरमा शिर ढल्काई फूल तत्क्षण
गाँस्दछन् प्रीतकाे माला पुष्पभृङ्ग मिली अहाे !
प्रीति नै सृष्टिको सार, प्रीति साैन्दर्यशील हाे

खाेली कुसुमका पत्र रँगाई गिरिश्रृङ्खला
धरामा सूक्ष्मले काेर्दै सुरम्य शारदीकला
छरी सुवासकाे धार फूलले जगतैभर
सुगन्धमय पार्दिन्छ बस्तीका झुपडी, घर

कमेराे, गेरु लाएका सुकिला घर छन् सबै
सफा अाँगन बाटाे छ चारैतर्फ सफा अझै
सुकिला वस्त्र मान्छेका उज्याला मुखमण्डल
शारदी यामले ल्यायाे जनउमङ्ग हर्पल

छ बारीखेत माेतीले पूर्णझैं अन्नले भरी
झुलेका अन्नका दाना धानकाेदाे थरी थरी
हरियाे रङ्गकाे धर्ती निलाम्मे छ अकाश याे
सिर्जने धरती राम्री शारदी याम पाे न हाे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।