19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

परिचय

कविता आर.एम. डंगोल October 12, 2008, 6:47 am

एउटा चट्टान

अथवा हीराको टुक्रा

चट्टान अथवा हीराको टुक्राभन्दा

अझै परेको समय

मेरो भोगाइ समयरहित एउटा पदार्थ ।

यसकै अथवा यीजस्तै पदार्थहरूको

केस्राकेस्रा भएर

बिल्कुलै हल्लारहित भएर

र बिल्कुलै चालरहित भएर

मैले एउटा जीवितकोष बोकेँ

यही कोषको सतहमा

हामी हाम्रो भाग्य खोज्दै छौँ ।

भनिन्छ - यही भित्ता हाम्रो नियतिरेखा हो

जिउनुपछाडिको बाध्यता

जस्तो कि हामी अहिले

खुत्रुकेमा हाम्रो भविष्य चिहाउँदै छौँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।