15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बिद्रोही आवाज

कविता प्रमोद पराजुली October 24, 2021, 8:48 am

ममताले भिजेको अश्रुपुरित नयनले
काखमा बसेको सानो छोरालाई हेर्दै
विधुवा आमा भक्कानिन्छिन्:
अब भोकतिर्खा पनि खप्न सिक, बाबु
यहाँ बाँच्न त्यति सजिलो छैन
तिमी र म बाचौं वा मरौं
तर हाम्रो समाज बाँच्नुपर्छ
चलन संस्कार बचाउनुपर्छ

हिजोआज हाम्रो घरमा
बडादशैं आएको छ
सबैलाई जसरी नि खुशी पार्नुछ
खुवाउनुछ, पियाउनुछ
त्यसैले हाडछाला घोटेर
जम्मापारकेो थोरै पैसा पनि
लत्ताकपडा र मासु किन्दाकिन्दै
तिम्रोलागि पयार्प्त दुध अनि
लिटोपाउडर किन्नै नपाइ सकिएछ
तिमी भोकले छटपटाउदा बरूँ
म मुटु दर्हो बनाउँला, सहूँला
म पापी, दुष्ट कहिलउलाँ
तर आफन्तले दिने पीडा
वचनबाँण र निर्दयी व्यवहार
खै, खप्नै नसक्ने हुन्छुँ
ढोंगीबिच लाचार जीवन बाँच्नुभन्दा
बरूँ मर्नै सजिलो ठान्छुँ

त्यसैले अब तिमीले पनि, बाबु
भोक तिर्खा सहन सिक्नुपर्छ

लड्दैलड्दै उठ्न जान्नुपर्छ
देखावटी, बनावटी संस्कार मास्न
भोलिको लागि बाँच्न सक्नुपर्छ
न्यायसंगत आदर्श समाज बनाउन
सानैदेखि कडा विद्रोही आवाज़
तिमीले बुलन्द पार्न सक्नुपर्छ
मैले तोड्न नसकेको परम्परा
अब तिमीले भत्काउन सक्नुपर्छ
पाखण्डी अबुझहरूको नौटंकीलाई
जरैदेखि मास्न सक्नुपर्छ
निर्बल बेसहराको दुख्ख आँसुलाई
न्यायी सचेत हातले पुछ्न सक्नुपर्छ
आफू बाँच्दै अरुलाई पनि बचाउन सक्नुपर्छ

दधिकोट, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।