कति व्यथा राखें मैले परेलीमा लुकाएर
विरहमा बेदनामा नयनतारा झुकाएर
अरुको त पीडामा हाँसि दिन्छ मानिस
डर लाग्छ कसै सामु देखाउन मनफुकाएर
नाफा घाटा जिन्दगीको कहिले हुन्छ हिसाब
सकिँदैन कहिल्यै पनि प्रितको गुन चुकाएर
जति विन्ती गरे पनि रोकिँदैनन् जानेहरु
दोबोटो मै विदा हुन्छन् सारा मन दुखाएर