14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बालसाहित्यमा विजयराज आचार्य

व्यक्तित्व / कृतित्व खगेश्वर सापकोटा November 9, 2021, 3:15 pm
खगेश्वर सापकोटा
खगेश्वर सापकोटा

विजयराज आचार्य नेपाली बालसाहित्यको क्षेत्रमा समसामायिक युवा पुस्ताका एक प्रतिष्ठित बालसाहित्यकार हुन् । बालसाहित्यको क्षेत्रमा १०० भन्दा बढी कृतिहरू लेखन, सम्पादन र अनुवाद गरिसकेका छन् । उनले बालकहरूको भित्री मनलाई बझेर नै बालसाहित्यमा हात हालेका हुन् । बालकहरूलाई कस्तो किसिमको कथा मन पर्छ, बालकहरू कस्ता किसिमका कथाहरू मन पराउँछन्, उनीहरूलाई कस्ता किसिमका चित्रहरू मन पर्छन्, कस्ता किसिमका नाटकहरू मन पर्छन् र कस्ता किसिमका उपन्यासहरू मन पराउँछन् त्यो कुरा उनलाई पनि थाहा छ । उनले बालकहरूको मनोभावनालाई बुझेका छन्, बालकहरूको बाल मस्तिष्कलाई बुझेका छन् र बालक्रिडा पनि उनले भित्री मनदेखि नै बुझ्न सफल भएका छन् र त उनले लेखेका र सम्पादन र अनुवाद गरेका धेरै पुस्तकहरू बालबालिकाहरूले मन पराएका छन् । उनका कृतिहरू बालकले मात्र होइन युवा र वृद्धहरूले पनि त्यतिकै मात्रामा मन पराएको पाइन्छ ।
प्युठान जिल्लामा पिता पीताम्वर आचार्य र माता मनकला आचार्यका सातौँ सन्तानका रूपमा वि.सं. २०३३ साल माघ ९ गते साविकको दाङवाङ ४ च्यान्धारा र हालको ऐरावती गाउँपालिका–१ मा उनले पहिलो पाइला टेकेका थिए । वि.स.२०७३ सालमा पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्र्तिण गरेका आचार्य स्रष्टा, सम्पादक, अनुवादक र प्रशिक्षक पनि हुन् ।
नेपाली बालसाहित्यको क्षेत्रमा वि.सं. २०५८ सालदेखि कलम चलाएका आचार्यको पहिलो मौलिक कृति “शान्तिको आत्मकथा” हो । यो कथा वि.सं.२०५९ सालमा प्रकाशन भएको हो र आचार्य औपचारिक रूपमा यही कृति मार्फत साहित्यीक क्षेत्रमा सार्वजनिक भएका हुन् । आचार्यको यो “शान्तिको आत्मकथा” नेपाली भाषामा मात्र नभइकन नेवारी, मैथिली, थारु, हिन्दी र अङ्ग्रेजी भाषामा समेत अनुवाद भई प्रकाशन भइसकेको छ । जीवनका विभिन्न उकाली–ओराली र प्रतिकुलता विरुद्ध जुद्धै बालसाहित्यका विभिन्न विधामा कलम चलाउन फल भएका छन् ।
कुनै पनि व्यक्तिको साहित्यक पृष्ठभूमि उनको जीवनमा घटेका जीवन सङ्र्घषका अनुभूतिहरूले साहित्य लेखनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । आचार्यको साहित्यिक यात्रामा पनि उनको जीवनमा घटेका घट्नाहरूको प्रभाव पर्नु कुनै नौलो कुरा होइन् । उनको लगभग दुई दशक सम्मको साहित्यिक कृतिहरूको अध्ययन र अनुसन्धान गर्दा धेरै कृतिहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उनकै जीवन कहाँनीका छायाँहरू हुन् कि भन्ने लाग्दछ । आचार्य मूलतः बालसाहित्यको क्षेत्रमा प्रगतिवादी चेतनाबाट प्रेरित भएका बालसाहित्यकार हुन् । उनी बालबालिकाहरूलाई परम्परादेखि चल्दै आएको विकृति विरुद्ध र सचेत मात्र गराउँदैनन् उनीहरूलाई त्यसको नेतृत्व गर्न पनि प्रेरित गर्दछन् । अन्धविश्वास, रुढीवाद, कुसंस्कार, शोषण, भेदभाव लगायतका नेपाली समाजमा व्याप्त कुरीती विरुद्ध उनी बालसाहित्यका माध्यमबाट बालबालिकाहरूलाई सचेत बनाउने उद्देश्यबाट अघि बढिरहेका छन् । यसरी उनले छोटो समयमा नेपाली बालसाहित्यको माध्यमबाट नेपाली समाजलाई परिवर्तन गर्नका लागि गरेको प्रयास आफैँमा उदाहरणीय साथै स्तुत्य रहेको छ ।
उनका बालकथाहरूमा सामाजिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक पक्षको चित्रण गरिएको पाइन्छ । उनका बालकथाले समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्याय, अत्याचार, शोषण, अपहेलना, राजनीतिक खराबीको अन्त्य गरी आशावादी जिन्दगीको बीजरोपण गरेका छन् । छोटा, छरिता, रोचक, ज्ञानवद्र्धक र सन्देशमुलक उनका बालकथाले आभाव, गरिब,संघर्ष,पीडा,अपमान र रुढीवादी प्रवृत्तिको विरोध गरेका छन् । उच्च वर्गीय र निम्न वर्गीय पात्रहरूको स्वभाविक चित्रण गर्दै उच्चवर्गका पात्रमा देखिने शोषण र दमनको चित्रण र निम्नवर्गको गरिबी,अभाव,अशिक्षा र संघर्षलाई उनले आफनो कथामा विशेष स्थान दिएका छन् । उनका कथाका पात्रहरू गरिब, दलित, सडक बालबालिका, मजदुर, किसान आदिका दुःख, आभाव बाध्यता र जीवन सङ्र्षलाई उनले कथामा उतारेका छन् ।
उनका बालकथामा वर्णनात्मक, संवादात्मक,आत्मगत शैलीको प्रयोग भएको पाइन्छ । उनका कथाहरू प्रथम पुरुष र तृतीय पुरुष शैलीमा लेखिएका छन् । राजनीति प्रति गम्भी चाँसो राख्ने आचार्य वैचारिक दृष्टिकोणले कम्युनिष्ट विचारधारा सँगै नजिक रहेका छन् । मुलुकको राजनीतिक चिन्तन सत्ता केन्द्रीत र सुविधा भोेगी बन्दै गएको वर्तमान सन्दर्भप्रति उनको असहमति रहेको छ ।
आचार्य प्रगतिशील लेखक भएकाले देश र जनताका पक्षमा कलम चलाएर समाज परिवर्तन गर्नु पर्दछ भन्ने कुरा आफ्ना कृतिहरू मार्फत व्यक्त गर्दछन् । कम्युनिष्ट विचारधाराका पुस्तकहरू प्रकाशन गरेको आरोपमा जनयुद्धकालमा वि.सं. २०५८ साल पुष २८ गते तत्कालीन समयको निरङ्कुश राज्यसत्ताले उनलाई गिरफ्तार गरी ३ दिनसम्म बेपत्ता पारी तत्कालीन अन्धो सरकार र प्रशासनले तीन महिनासम्म हनुमानढोकामा हिरासतमा राखी अमानवीय किसिमका यातनाहरू दियो । तर पनि उक्त यातनाबाट उनी घायल कायल भएनन् झन् उनी आरनमा खारिएको फलाम झैँ भएर देखापरे । हाल उनी त्यस्तै प्रगतिशील विचारधारका व्यक्तिहरूको कृतिहरू सम्पादन र प्रकाशन कार्यमा लागेका छन् भने उनले लेखेका कृतिहरू पनि त्यस्तै नै रहेका छन् ।
उनका बालकथा, बालनाटक, बालउपन्यास र जीवनीका बारेमा समय समयमा विशिष्ट समालोचक लगायतका समीक्षकहरूले विभिन्न समयमा गरेका समालोचनहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशीत भएका छन् । यसले गर्द बालसाहित्यमा उनको योगदान कत्तिको रहेको छ भन्ने कुरा प्रष्ट हुन आँउछ ।
विजयराज आचार्यले नेपाली बालसाहित्यमा पु¥याएको योगदान स्वरूप उनलाई विभिन्न संस्थाहरूबाट पुरुस्कार र सम्मान गरिएको छ तर राज्यपक्षबाट दिइने पुरस्कार र सम्मानहरूमा उनी ओझेलमा परेका छन् । उनले पाएका पुरस्कारहरूमा सर्वेत्कृष्ट बालसाहित्य पुरस्कार २०६० (नेपाल बालसहित्य समाजबाट), पुष्कर गौतम् बालसाहित्य पुरस्कार २०६७, पारिजात सर्वाेत्कृट बालसाहित्य पाण्डुलिपि पुरस्कार २०७०(बुबाको माया कृतिको लागि), दिलसरी–दल अतिरिक्त पुरस्कार २०७१ राप्ती साहित्य परिषद्वारा सम्मान गरिएको छ भने थुपुै संस्थाका दोसल्ला र सम्मानपत्र पनि ग्रहण गरेका छन् ।

निष्कर्ष ः
विजयराज आचार्य वि.संं.२०३३ साल माघ ९ गते प्युठान जिल्लाको साविकको दाङवाङ ४, च्यान्धारामा जन्मिएका व्यक्तित्व हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएकाले र उनका बाबु आमाका धेरै सन्तान भएकोले गर्दा उनको बाल्यकाल दुःख, कष्टका साथ वितेको थियो । त्यसैले उनका कृतिहरूमा पनि दुःख कष्टको स्पष्ट प्रतिविम्व देख्न र वुझ्न सकिन्छ । उनको पुख्यौली थलो प्युठान भए पनि उनको कर्मथलो भने नेपालकै राजधानी काठमाडौँ हुन पुग्यो । काठमाडौँ मै रहेर विवेक सिर्जनशील प्रकाशन प्रा.लि. स्थापना गरेर साहित्यलाई अगाडि बढाउने कार्य गरेका छन् । सर्जकले जीवनमा जे देख्छन्, जे भोग्छन् र जे अनुभव गर्छन् त्यसलाई साहित्यको माध्यमबाट सर्वत्र फिजाउने काम गर्दछन् । बास्तवमा साहित्य भनेको नै जीवनका आरेह र अवरोह नै हुन् । समाजमा घट्ने वास्तविक घट्नालाई फूलको थँुगाहरूलाई बटुलेर माला उने झै उनेर सुन्दर बनाएर पाठकहरू सम्म पु¥याउन सक्नु उनको क्षमता अतुलनीय रहेको छ ।
विजयराज आचार्यले बालकथा, बालउपन्यास, बालजीवनी, बालअन्र्तवार्ता, बालचित्रकथामा कलम चलाउँदै आइरहेका छन् भने उनले १०० भन्दा बढी पुस्तकहरूको अनुवाद, लेखन, सम्पाद र प्रकाशनको काम पनि गरेका छन् । उनले मुख्यतः आख्यानमा कलम चलाएको पाइन्छ । उनले प्रशिद्ध बाल नाटककारहरू रविन्द्रनाथ टेगोर र टोल्सटोय जस्ता महान् नाटककारका बालनाटकहरू नेपाली भाषामा अनुवाद समेत गरेका छन् । आचार्यको बालसाहित्य लेखनको मुख्य स्रोत आफ्नै जीवन भोगाइ, समाज र परिवेश नै हुन् । समाजमा व्याप्त विकृति विसङ्गति राजनीतिक परिवेश, मानवीय संवेदना र मनोविज्ञान जस्ता विभिन्न क्षेत्रहरू रहेका छन् । उनले झमक कुमारी, केबलपुरे किसान, कान्छा कुमार, श्यामप्रसाद जस्ता कृतिमा प्रख्यात साहित्यकार र कलाकारको जीवनका यथार्थलाई आत्मकथा शैलीमा बालकथाको रूपमा प्रस्तुत गरेका छन् । यस्तो गर्न सक्नु उनको नयाँ र मौलिक विशेषता पनि हो । यसरी सामाजिक,आर्थिक विषयका साथै गरिब,दलित,बालबालिका, बालश्रमशोषण, बालयौनशोषण, बालआर्थिक शोषण जस्ता विभिन्न विषयवस्तुलाई आफ्ना रचनाहरूमा प्रस्तुत गर्दै विजयराज आचार्य नेपाली बालसाहित्यमा निरन्तर क्रियाशिल साहित्यकार हुन् ।
बालसाहित्यको क्षेत्रमा वि.सं. २०५८ सालदेखि हालसम्मको अबधिसम्म निरन्तर अगाडि बढिरहेका आचार्य सक्रिय र क्रियाशील भएकाले उनलाई नेपाली बालसाहित्यका सशक्त र सक्रिय साधकका रूपमा लिन सकिन्छ । यसरी बालसाहित्यको क्षेत्रमा लागेकाले उनले विभिन्न संस्थाहरूबाट प्रदान गरिने बालसाहित्यका पुरस्कारहरू हातपार्न सफल भएका छन् । यसरी हेर्दा उनी बालसाहित्यको क्षेत्रमा एक चम्किला नक्षेत्रका रूपमा स्थापित भएका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।