15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्य र बालसाहित्यमा उत्तिकै सक्रिय र समर्पित प्रमोद प्रधान

व्यक्तित्व / कृतित्व खगेश्वर सापकोटा December 3, 2021, 4:17 pm
खगेश्वर सापकोटा
खगेश्वर सापकोटा

नेपाली बालसाहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका व्यक्तित्वहरूमा प्रमोद प्रधानको स्थान पनि महत्वपूर्ण रहेको छ । बालसाहित्यको क्षेत्रमा केही गर्नुपर्छ, आजैदेखि यस क्षेत्रमा केही गर्न सकिएन भने भविष्यको कर्णधारका रूपमा रहेका बालमस्तिष्कमा चेतनाको स्तर वा बौद्धिक क्षमतामा सुधार आउन सक्तैन भनेरै उनी यस क्षेत्रमा लागेको देखिन्छ । जसरी फुल्न लागेको पूmललाई उपयुक्त मल, जल, स्याहारसुसार भएन भने फक्रिन नपाइकन ओइलाएर जान्छ, त्यसरी नै बालबालिकाले पनि उपयुक्त पोषण पाएनन् भने उनीहरू पनि फक्रिन र जीवनमा अघि बढ्न सक्तैनन् । त्यसैले हामी बालकलाई फक्रिन लागेको पूmलसँग तुलना गर्न सक्छौँ । आजका बालकलाई आज हामीले जस्तो शिक्षा, संस्कार र संस्कृति सिकाउँछौँ भोलि तिनीहरू त्यस्तै नै बन्छन् भन्ने बुझेर नै प्रमोद प्रधानले बालसाहित्यको क्षेत्रमा आप्mनो अमूल्य जीवन लगाएका छन् । ती कलिला बालमस्तिष्कलाई कसरी देशको ऊर्जाशील व्यक्ति बनाउन सकिन्छ भनेर दिनरात तिनै बालबालिकाको बालमस्तिष्कलाई सचेत, बौद्धिक र सुसंस्कृत तुल्याउनका लागि उनी हरसमय लागिपरिरहेका छन् बालसाहित्यको माध्यमबाट । तर उनको योगदान बालसाहित्यमा मात्र भने सीमित छैन ।

पूर्वी नेपालको मोरङ जिल्लाको विराटनगरमा पिता डिगमप्रसाद प्रधान र माता गङ्गादेवी प्रधानको कोखबाट २०१५ साल असोज १५ गते उनले यस धर्तीमा पाइला टेक्नुका साथै आँखा खोलेका थिए । उनले बालकहरूको भित्री मनलाई बुझेर नै बालसाहित्यमा हात हालेका हुन् । बालकहरूले कस्ता किसिमका रचनाहरू मन पराउँछन् र उनीहरूलाई कस्ता किसिमका चित्रहरू मन पर्छन् भन्ने कुरा प्रधानलाई थाहा छ । उनले बालकहरूको मनोभावनालाई बुझेका छन्, बालकहरूको मन मस्तिष्कलाई पढेका छन् र बालक्रीडाहरूलाई पनि अत्यन्त नजिकबाट हेरेका छन् र त उनले लेखेका धेरै पुस्तकहरू बालबालिकाहरूले मन पराएका छन् र ती कृतिहरूमध्ये कतिपय त चौथो पाँचौँ संस्करणसमेत भइसकेका छन् ।
अविकसित बालकहरूलाई मनोरञ्जन दिँदै निर्माणका कार्यतर्पm, राष्ट्र र संस्कृतिको स्नेहतर्पm र ज्ञानतर्पm आकृष्ट गराउने काम बालसाहित्यको हो । विकसित देशहरूमा बालसाहित्यको निकै विकास भएको देखिन्छ तर हामीकहाँ भने बालबालिकाको उमेरअनुसारका बालसाहित्यको अभैm अत्यन्तै अभाव खड्किरहेको छ । हुन त नेपालमा वि.संं १९४९ मा गङ्गाधर द्रविडले गोर्खा पैह्ला किताब भाग १ प्रकाशन गरेर बालवाङ्मयका क्षेत्रमा हात हालेका थिए । त्यसपछि जयपृथ्वीबहादुर सिंहले बालपाठ्यपुस्तकको लेखन र प्रकाशनमा महत्वपूर्ण योगदान गरे । राणाकालीन त्यस समयमा विद्यालयहरू थिएनन् तर पनि आ–आप्mना घरका केटाकेटीहरूलाई पढाउनका लागि समेत बालपाठ्यपुस्तकको अभाव देखिएकाले ती प्रयासहरू भएका थिए । द्रविड र जयपृथ्वीबहादुर सिंहले खनी खोस्री गरेर निर्माण गर्न लागेको गोरेटो बाटोलाई वर्तमानको समयसम्म आइपुग्दा सिँढी लगाउने, सफा गर्ने र केही फराकिलो बनाउने कार्यमा भने धेरै व्यक्ति लागेको पाइन्छ । तिनै व्यक्तिहरूमध्येका एक सक्रिय व्यक्ति हुन् प्रमोद प्रधान ! साहित्यतर्पmको कुरा गर्ने हो भने उनी रातभरिका सुस्केराहरू कवितासङ्ग्रह २०३२ सालमा प्रकाशित गरेर औपचारिक रूपमा साहित्यतर्पm देखापरेका हुन् ।

नेपाली बालसाहित्यको क्षेत्रमा २०४४ सालदेखि कलम चलाउन थालेका प्रधानको बालकविताकृति कान समात् कान २०५३ सालमा प्रकाशित भएको थियो । प्रमोद प्रधान औपचारिक रूपमा बालसाहित्यको क्षेत्रमा यही कृतिमार्पmत सार्वजनिक भएका हुन् । बालसाहित्यका विविध विधामा कलम चलाउन सफल प्रधानका हालसम्ममा ३२ वटा कृति प्रकाशनमा आइसकेका छन् । जीवनका विभिन्न उकाली ओह्राली र प्रतिकूलताहरूसँग सहकार्य गर्दै उनी यस विधालाई कसरी फुलाउन र फलाउन सकिन्छ भनेर आपूmमात्रै नभइकन अन्य साथीहरूलाई पनि यस विधातर्पm लाग्न पे्ररित गरिरहेका छन् ।

कुनै पनि व्यक्तिको साहित्यिक पृष्ठभूमि उसको जीवनमा घटेका जीवन सङ्घर्षका अनुभूतिहरूले साहित्यलेखनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । प्रधानको साहित्यिक यात्रामा पनि उनको जीवनमा घटेका घटनारूको प्रभाव पर्नु कुनै नौलो कुरा होइन । उनको लगभग ४७ वर्ष लामो साहित्यिक यात्रामा लेखिएका कृतिहरूको अध्ययन र अनुसन्धान गर्दा उनका कृतिहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उनकै जीवनका कहानी पनि पाइनु स्वाभाविक हो । प्रधान मूलतः बालसाहित्यको क्षेत्रमा बालमनोविज्ञानलाई ध्यानमा राखेर लेख्ने स्रष्टा हुन् । उनी बालबालिकाहरूलाई मनोरञ्जन प्रदान गर्दै जीवनमा अघि बढ्न उत्पे्ररित गर्छन् । परम्पराका नाममा चल्दैआएका विकृतिविरुद्ध उनी बालबालिकालाई सचेतमात्र गराउँदैनन् उनीहरूलाई त्यसको नेतृत्व गर्न पनि पे्ररित गर्दछन् । समयअनुसार बालबालिकालाई सचेत र दृढ बनाउनुपर्नेमा उनको विश्वास छ । बालसाहित्यको क्षेत्रमा उनले करिब तीन दशकको छोटो समयमा नेपाली समाजलाई परिवर्तन गर्नका लागि गरेको प्रयास आपैmमा उदाहरणीयका साथै स्तुत्य रहेको छ ।

प्रधान बालकविता, बालकथा, बालचित्रकविता, चित्रकथा, बालजीवनीहरूमा पारिवारिक, सामाजिक, मनोवैज्ञानिक र वातावराीय पक्षको चित्रण गरिएको पाइन्छ । उनका बालकविताले बालबालिकालाई एकातिर मनोरञ्जन दिन्छन् भने अर्कोतिर जीवनमा अघि बढ्न अभिपे्ररित गर्छन् । उनीहरूलाई जीवनप्रति आशा जगाउँछन् र समाज र देशप्रति उत्तरदायी हुनुपर्ने सन्देश दिन्छन् । उनका बालकविताहरूमा बालमनोभाव र बालजिज्ञासाहरूको चित्रण पनि पाइन्छन् । उनका बालकथाहरूले बालबालिकालाई आजको जल्दोबल्दो वातावरणीय समस्याबारे बोध गराउँदै त्यसमध्ये कतिपय समस्याको समाधान हामी आपैmले पनि गर्नसक्छौँ भन्ने जानकारी दिन्छन् । उनका जीवनी पुस्तकहरूले गरिबी, अभाव, समस्या हुँदाहुँदै पनि जीवनमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने अभिपे्ररणा दिन्छन् ।

उनका बालकविता सङ्ग्रहहरू कान समात् कान (२०५३), कानाकाना कुर्र (२०६२), सधैँभरि लुकामारी (२०६२) र ¥याइँ¥याइँ सारङ्गी (२०६६) गरी चारवटा प्रकाशित छन् । यस्तै चित्रकविताका रूपमा मेरो साथी खोइ ? (२०६६), छुकछुक छुकछुक आयो रेल (२०६९), मेरो गाउँघर (२०७०), भुर्र भुर्र चरी (२०७०), नाच्न थाल्यो चङ्खे बाँदर (२०७०), पाठापाठी (२०७२), बार्दलीमा फर्सी (२०७४), टुसा खाने मुसा (२०७४), छुट्यो झोला (२०७६), हामी बस्छौँ घरमा (२०७७) र रसैरस रसिली (२०७८) गरी ११ कृति प्रकाशित भइसकेका छन् । चित्रकथातर्पm उनको हाँस, परेवा र घमण्डी भाले (२०६६), पीपलको सपना (२०६७), कालेको झेल (२०७३) र साहसी डाँफे (२०७७) चार कृति छन् भने बालकथातर्पm खैरो बकुल्ला (२०७५) प्रकाशित छ । बालजीवनीतर्पm उनका रामोन म्यागासेसे पुरस्कार विजेता अन्तर्राष्ट्रिय नेपाली प्रतिभाहरू (२०६५) र चर्चित महिला प्रतिभा (२०७३) गरी दुई पुस्तक छन् भने तथ्यपुस्तकतर्पm सोनियाको कथा (२०७५) रहेको छ । उनले चिनियाँ बालकथाहरूलाई पनि नेपालीमा अनुवाद गरेका छन् र त्यो कृति माहुरी र गँडेउला (२०६४) शीर्षकमा प्रकाशित छ । उनले केही प्रतिनिधिमूलक बालकृतिको सम्पादन गर्नुका साथै विभिन्न लेखकका बालकृतिहरूको सम्पादनसमेत गरेका छन् । यस्ते कृतिको सङ्ख्या पनि निकै छ ।
प्रधानले बालसाहित्यका अतिरिक्त समालोचना र कविताका क्षेत्रमा अनि पत्रकारिताका क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् । उनको साहित्यिक यात्रालाई हेर्ने हो भने करिब ५० वर्ष पुग्न लागेको देखिन्छ । उनका विभाजित मान्छे (३०४०), एकान्तगीत (२०५४) र एक उदास साँझ (२०७२) कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै केही अध्ययन ः केही अनुसन्धान (२०४४), नेपाली बालसाहित्यको इतिहास (२०५७), मोरङमा पत्रकारिताको अर्धशताब्दी (२०६०), नेपाली बालवाङ्मय परिचयकोश (२०६५), नेपाली निबन्धको इतिहास (२०६६), नेपाली बालवाङ्मय परिचयकोश २०६४–२०७० (२०७५) र बालसाहित्यमा विनय कसजू ः योगदान र मूल्याङ्कन (२०७६) गरी समालोचना र अनुसन्धानका ७ पुस्तक प्रकाशित छन् । उनको सम्पादनमा समेत थुपै्र पुस्तक प्रकाशित भएका छन् ।

नेपाली भाषासाहित्यको सेवा गरेवापत यस अवधिमा उनी विभिन्न सङ्घसंस्थाहरूबाट पुरस्कृत एवम् सम्मानितसमेत भएका छन् । उनले सबैभन्दा पहिले आप्mनो दोस्रो कवितासङ्ग्रह विभाजित मान्छेका लागि २०४० सालमा प्रतिभा पुरस्कार पाएका थिए । त्यसपछि उनले व्यथित काव्य पुरस्कार (२०४६), सर्वोत्कृष्ट युवा (साहित्य) पुरस्कार (सन् १९९१), युवा वर्ष मोती पुरस्कार (२०५४), महामण्डल साहित्य सम्मान (२०६८), नइ कीर्तिनिधि पुरस्कार (२०७०), बबरसिंह थापा स्मृति सम्मान (२०७१), डा.गणेश भण्डारी स्मृति पुरस्कार (२०७१), भोग्य मानार्थ सदस्यता सम्मान (२०७२) र ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान (२०७७) जस्ता पुरस्कारहरू नेपाली साहित्यमा योगदान गरेवापत पाएका छन् ।
बालसाहित्यतर्पm उनले कान समात् कान र टुसा खाने मुसाका लागि क्रमशः २०५४ र २०७४ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक पुरस्कार प्राप्त गरे भने सधैँभरि लुकामारी बालकविता सङ्ग्रहका लागि २०६२ सालको साझा बालसाहित्य पुरस्कार प्राप्त गरेको देखिन्छ । यस्तै नेपाली बालसाहित्यको इतिहास लेख्नुका अतिरिक्त विभिन्न पत्रपत्रिकामा बालसाहित्यसम्बन्धी धेरै रचना प्रकाशित गरेवापत उनले २०६० सालमा जमर्को बालपत्रकारिता पुरस्कार प्राप्त गरे भने नेपाली बालवाङ्मय परिचयकोशजस्तो बृहत् अनुसन्धानमूलक कृति लेखेबापत उनले २०६५ सालमा कविताराम बालसाहित्य प्रवद्र्धन सम्मान र पुष्कर गौतम बालसाहित्य पुरस्कार प्राप्त गरेका थिए । यसका अतिरिक्त बालसाहित्य लेखन र अनुसन्धानका क्षेत्रमा योगदान गरेकोमा उनले रमेश विकल बालसाहित्य पुरस्कार (२०७३), शुभकामना सम्मान (२०७५), निर्मला पे्रम बालसाहित्य सम्मान (२०७५), विष्णुमाया हरिनारायण श्रेष्ठ स्मृति बालसाहित्य सम्मान (२०७५), दुर्गादेवी वरिष्ठ बालसाहित्य लेखक÷अनुसन्धाता सम्मान (२०७५), बालसाहित्य पुरस्कार (शिशुसेवा समिति, २०७६) र शब्दयात्रा विष्णुमाया टीकाप्रसाद बालसाहित्य सम्मान (शब्दयात्रा प्रकाशन, बनेपां, २०७७) जस्ता पुरस्कारहरू प्राप्त गरेका छन् । उनी गोरखा दक्षिणबाहु चौथोबाट पनि विभूषित छन् । उनी वासुशशी स्मृति परिषद्बाट २०५२ मा, नवरङ्ग साहित्य प्रतिष्ठान, धरमपुर, झापाबाट २०५४ मा, प्रयास साहित्यिक समूह, नेपालगन्ज र नेपालगंज उद्योग वाणिज्य सङ्घबाट २०५८ सालमा र पूर्वाञ्चल कलाकार सङ्घ, ईटहरी र परिवर्तन नेपाल, काठमाडौँबाट २०६० मा सम्मानितसमेत भइसकेका छन् ।

प्रमोद प्रधान विभिन्न सङ्घसंस्थामा आबद्ध पनि छन् । उनी युवा साहित्यिक परिवार (विराटनगर) र शनिवार साहित्यिक समूह (विराटनगर) का सक्रिय संस्थापक सदस्य थिए । साथै विराट साहित्य संस्थानको महासचिव भएर पनि उनले काम गरे । उनी विराटनगरमै स्थापना भएको वाणी प्रकाशनको संस्थापक हुनुका साथै २०५३ देखि २०५७ सम्म सञ्चालक सदस्य पनि रहेका थिए । पछिल्लो समयमा उनी नेपाल बालसाहित्य समाजमा २०६० सालदेखि निरन्तर रूपमा सक्रिय रहँदै आएका छन् र अहिले त्यसको उपाध्यक्ष छन् । यस्तै उनी बालवाङ्मय तथा अनुसन्धान केन्द्रसँग २०७१ देखि सम्बद्ध छन् र अहिले अध्यक्षको रूपमा काम गर्दैछन् । प्रमोद प्रधान नेपालका करिब ४० जिल्ला पुगिसकेका छन् । उनले फ्रान्स, जर्मनी, अस्ट्रिया, चीन, हङकङ, कतार, संयुक्त अरब ईमिरेट्स र भारतको भ्रमण पनि गरिसकेका छन् । नेपाली साहित्य र नेपाली बालसाहित्यको क्षेत्रमा योगदान गरेवापत विभिन्न सङ्घसंस्थाबाट प्राप्त सम्मानपत्रहरूले उनको कोठा भरिएका छन् । उनका घरका भित्ताहरूमा टाँगिएका सम्मानपत्र देख्ने जो कोही मानिस पनि एकछिन छक्क पर्छन् ।

गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।