15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल राजु “हिमांशु” December 19, 2021, 4:05 am
राजु “हिमांशु”
राजु “हिमांशु”

अचेल चकमन्न साथ मन पर्नु थालेको छ
अचेल चकमन्न याद मन पर्नु थालेको छ

कोमल मनै छेड्ने हल्लाको सहरदेखि अति टाढा
अचेल चकमन्न मात मन पर्नु थालेको छ

कति जोगिनु उज्यालोमा अँध्यारो मन भिर्नेदेखि
अचेल चकमन्न रात मन पर्नु थालेको छ

सधैँ कहाँ मिठो हुन्छ र रातो ओठले गरेको हल्ला
अचेल चकमन्न बात मन पर्नु थालेको छ

दुखाउँछ भने पनि दुखाओस् चुपचाप सहिदिन्छु बरु
अचेल चकमन्न घात मन पर्नु थालेको छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।