18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रेम पत्र

गीत राकेश कार्की October 13, 2008, 12:45 pm
राकेश कार्की
राकेश कार्की

तिमीले लेखेकी प्रेम पत्र

अझै सँभाली राखेको छु

घाइते मुटु यो अलपत्र

बाँझै सँगाली बाँचेको छु

प्रेम पत्रका हरफ हरफले

तिम्रै यादहरु बली रहेछ

शब्दशब्दका मिठो तारिफले

छातीभरी माया पोली रहेछ

कतिचोटी हेरुँ पढु जैलेतैले

यहीँ छौ जस्तो लागी रहेछ

चुमी पत्रलाई अँगालेर कैले

बिउँताउँने इच्छा जागी रहेछ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।