टपक्क टिपेर उडिँहाल्छ
अवतरण गर्दैन जहाज जस्तो,
अनन्त यात्रा हुन्छ
तर कुनै गन्तव्यको विवरण हुदैन,
कसैलाई थाहा हुदैन
कस्को जीवन
कहिलेसम्म!
जाने बेला खसालि राख्छ
ठुलो आघात र विष्मतको अश्रुग्यास,
खस्छ आफन्तको आँखाबाट
केही दिन
केही क्षण
मृत्यु सत्य छ
र अदृश्य छ
देख्दैनन खुल्ला आखाले
महसुस गर्न सक्छ केवल बन्द आँखाले,
प्रत्येक्ष झुन्डिरहेका हुँदैन
चमेरो जस्ता तार खाम्बा नीर,
लुकीरहेका पनि हुन सक्छ
बलेसी र कुलेसोमा,
मन्द हावाको बहावमा
दियो निभे सरी
खस्छ मृत्यु
त्यसैले मृत्युलाई चिन्दैनन् र नै
आत्माहत्या गर्छन्
हतार हुनेहरु!
दार्जिलिङ, भारत।