बन र पाखा सुशेली हाल्छन्, जुनेली रातमा
बनका चरी मीठो गीत गाउँछन्, विरही भाकामा ।
आँसुका धारा बर्षाउँदै आज, ती गङ्गा रुँदैछिन्
अस्तित्व विहिन स्वरुप लिई गुहार माग्दैछिन् ।
कलिला मुना माँसिदैछन् यहाँ, दुनियाँ हाँस्दैछ
निर्दोष बालो संरक्षक खोज्दै गाँस,बास माग्दैछ ।
हिमाल जस्तै काँ हाँसिरहन, सक्थ्यौं र क्षणक्षणमा
भक्कानिएर उडान गर्छ , बादल कणकणमा ।
हे ईश्वर सारा सुनिदेऊ बिन्ति, शान्तिको चाहना
हे नेपाल भूमि नेपाली माटो, प¥याइदेऊ कामना ।
बन र पाखा सुशेली हाल्छन्, जुनेली रातमा
बनका चरी मीठो गीत गाउँछन्, विरही भाकामा ।
मेलम्ची २, सिन्धुपाल्चोक, हालः गोकर्णेश्वर ५, काठमाडौं ।