नाम रिता थियो । आहा रिता ! हो र यस्तो पनि हुँदो रैछ है । सुन्ने वित्तिकै त मलाई आश्चर्यकासाथै रमाइलो पनि लागेको थियो । विदेशी नागरिकको पनि नेपालीको जस्तो नाम सुनेर म अरू भन्दा उप्रति अलि बढी नै सहानुभूति राख्थे“ । ऊ रुसी मूलकी इजरायली नागरिक थिई । मलाई ऊ अरू भन्दा अलि गम्भिर स्वभावकी झैं लाग्थ्यो । यद्यपी ऊ बोल्न थालेपछि चाहि“ खुलेरै बोल्थी । ऊ त्यस्तै पैतीस–चालीस वर्षकी जस्ती थिई । छोरी मान्छेलाई उमेर नसोध्नु रे भन्छन् । मैले सोधिन पनि । ऊ अलिक ढिलो भएपनि एउटा राम्रो काम गर्ने कामदार थिई । साथीहरूसँग ऊ हाम्रो कम्पनीमा काम गर्न भर्खरदेखि आउ“न थालेकी थिई । त्यहा“ आएका नया“ कामदारहरूलाई काम सिकाएर निपूर्ण बनाउ“नु हाम्रो अर्को काम थियो ।
म उसलाई राम्रोस“ग काम सिकाउ“दै थिए“ । हामी इजरायलको म्यागेन भन्ने ठाउ“को गिलातालिम भन्ने कम्पनीमा काम ग¥थ्र्यौं । म इजरायल पुगेको चार–पा“च वर्ष भइसकेकोले हिब्रु भाषा राम्रैस“ग बोल्ने भइसकेको थिए“ । ऊ अङ्ग्रेजी राम्रोस“ग बोल्दिन थिई । हामी हिब्रु भाषामै कुरा ग¥थ्र्यौं । कामको सिलसिलामा हामी कहिले काही“ त घण्टौंसम्म पनि स“गै हुन्थ्यौ“ । हामी खुलेर एकअर्का बीच कुरा ग¥थ्र्यौं । ऊ कुनै सङ्कोच मान्दिन थिई । समाज,देश,धर्म,सस्कृति,परिवार आदि सवैका बारेमा कुरा ग¥थ्र्यौं । म रूसका बारेमा जान्न उत्सुक हुँन्थेँ । ऊ मलाई सोध्थी,तिमी तिम्रो श्रीमतिलाई कतिको माया“ गर्छौ ? गर्छु,म उसलाई धेरै माया“ गर्छु । पलपल मिस गरि रहेको हुन्छु,भन्थे“ । ऊ फेरी सोध्थी,अनि उसले तिमीलाई नि ? उसले पनि गर्छे । मैले जसरी नै भनेपछि ऊ भावुक हुन्थी ।
उसका दुई ओटा बच्चाबच्ची भएका रहेछन् । एउटा छोरा अर्को छोरी । ऊ मलाई सोध्थी,तिम्रा नि कति जना बच्चाबच्ची छन् ? मैले मेरो त भर्खर बिहे भएको बच्चाच्ची भएकै छैनन् भन्दा ऊ ए हो र भनेर आश्चर्य मान्थी । कुराकानीको शिलशिलामा ऊ एकैछिन्मा उत्साहित पनि हुन्थी र एकैछिन्मा निराश पनि हुन्थी । म उसलाई व्यवहारिक भएर होला भन्ठान्थे“ । अनि व्यवहारिक कुरा त्यति झिक्दैनथे“ । कुनै बेला झिकि हाले पनि उसको अनुहारमा विकृति आउ“नासाथ कुरा अन्तै मोडी हाल्थे“ । म पहिलेदेखि कसैको मनको घाउ कोट्याउँन नचाहने मान्छे । अन्जानमा कोट्याइ हालेपनि त्यसलाई मलम लगाइ दिएर पहिलेको जस्तै बनाउँने प्रयास गथेँ ।
कुरैकुरामा मैले एक दिन ऊस“ग उनीहरूको धर्म,संस्कार,संस्कृति आदिका बारेमा जान्न चाहे“ । उनीहरूको मृत्यु संस्कार अनुसार हरेक व्यक्तिले आफू मर्नु भन्दा अगाडि नै आफ्नो चिहानका लागि जग्गा खरिद गरेर ठिक पार्नु पर्दो रहेछ । आफूलाई कहा“ राख्ने हो ठाउ“ अनुसारको मूल्य तिर्नु पर्दो रहेछ । केही सम्पति जोड्न नसक्नेले पनि आफू मर्दा आफूलाई राख्ने चिहान बनाउ“नका लागि चाहिने जग्गा जसरी जे गरेर भएपनि किन्नै पर्दो रहेछ । आफ्नो मृत्यु हुनु भन्दा अगाडि नै किनेर राखि छोड्नु पर्दो रहेछ । झट्ट सुन्दा आश्चर्य लागेपनि सम्झिदै लाँदा मलाई त्यो संस्कार पछि गएर राम्रै लाग्यो । किन भने यो संस्कारले हरेक व्यक्तिलाई आफ्नो जीवनभर कुनै न कुनै प्रगति र उन्नतिमा लागि रहन प्रेरणा प्रदान गर्छ । मलाई केही चाहिन्न भनेर जीवनभर लम्पट पर्नेहरूका लागि पनि मरेपछि राख्ने चिहानकै लागि भएपनि जग्गा खरिद गर्ने पैसा आर्जन गर्न उसलाई कुनै न कुनै कामका लागि सदैव जागरुक बनाउ“छ । हाम्रो त त्यस्तो हु“दैन । हाम्रोमा त ठूलाठूला जङ्गल,डा“डाका“डा,पाखापखेरा हुन्छन् । त्यही“ लगेर राख्ने हो वा कुनै खोलाको किनार स्थित तोकिएको ठाउ“मा लगेर डढाउने हो । पैसा तिरेर किन्नु पर्दैन,भन्दा ऊ उल्टै कति राम्रो चलन भनेर छक्क पर्थी । काम सिकेर ऊ खुरुखुरु काममा आउँन थालेकी थिई ।
केही समयपछि एक्कासि ऊ काममा आउ“न छोडी । एक दिन उस“गै आउ“ने अर्की रुसी केटी रविताललाई मैले नसोधी सकिन । रिता किन काममा आउ“न छोडेकी भनेर सोधे“ । उसले भावुक हु“दै आ“खाभरि आसु“ पारेर भनी, उसलाई उसको श्रीमान्ले छुरी रोपेर मा¥यो । ऊ मरिसकी । म छा“गाबाट खसे जस्तो भए“ । त्यस्तो इमान्दार र सरल श्रीमतिको पनि हत्या गर्ने उसको श्रीमान् कस्तो मुर्ख र स्वा“ठ थियो होला । मलाई पत्यार नै लागेन । सायद उसको कुरामा मलाई विस्वास नभएको कुरा मेरो अनुहारमा झल्किरहेको थियो । त्यो बुझेर रवितालले फेरि थपी,उसको श्रीमान् एउटा जड्याहा र झगडालु थियो । ऊ सधैँ जसो जाँड खाएर आएर रितासँग झगडा गरिरहन्थ्यो । त्यसपछि ऊ काममा कहिल्यै आइन । मलाई सधैँ खट्किरहेको कुरा । मैले उसलाई सोध्न बा“की नै थियो । उसले पनि आफ्ना लागि चिहानको व्यवस्था गरि सकेकी थिई कि थिइन । आजभोलि पनि मेरो मानसपटलमा उसको सम्झना आइरहन्छ । ऊ सा“च्चै असल थिई ।
ऊ ओफाकिमबाट आउँथी । ओफाकिम भनेको बेरसेवा नजिकैको एउटा सानो सहर हो । यो मागेनबाट नजिकै प¥थ्यो । त्यहाँबाट आउँने कामदारहरूमा केही रूसी र केही अरबीहरू पनि थिए । उनीहरू आउँदा सबै एउटा माइक्रो बसमा आउँथे । त्यसरी आउँनेहरूमा केटाहरू भन्दा केटीहरू नै बढी हुन्थे । उनीहरू आउँदा काममा रमाइलो हुन्थ्यो । रमाइलोसँग दिन वित्थ्यो । कोही विवाहित हुन्थे त कोही अविवाहित हुन्थे । हामी के नेपाली । के थाइल्याण । के रूसी । के अरबी । के इजरायली । मिलेर काम ग¥थ्यौँ । प्याकिङ्ग हाउसमा काम थियो । खासा–साग । बत्चाल–प्याज । क्रुभ–वन्दा । क्रुभित–काउली । खुसबरा–धनीया । समिर–सुप । तापुआख खादमा–आलुको चिप्स जस्तो चाना । हिब्रुमा सेलरी,पेत्रो,सेलेक भनिने सलाद खाने हरियो सब्जी आदि बाहिरबाट ल्याएर हाम्रो कम्पनिले आफ्नो कम्पनिको स्टिकर टाँसेर प्याकिङ्ग गरेर इजरायल भित्रकै बेचन,बेचोमेस,नातानीया,बिनेब्राक,रिशोन आदि विभिन्न सहरहरूमा पठाउँथ्यो । हामी दिनभरिसँगै काम ग¥थ्यौँ । उनीहरू कम्पनिमा धेरै काम भए आठदेखि दस घण्टासम्म काम गरेर घर फर्कन्थे । हामी नेपाली र थाइल्याण चाहिँ कहिले त राती नौदेखि बाह्र बजेसम्म पनि काम ग¥थ्यौँ । सम्पूर्ण काम हाम्रै जिम्मामा हुन्थ्यो । कम्पनिका मालिक आस्किलन र जेरुसेलायममा बस्थे । हप्तामा एक पटक शुक्रबारको दिन एकछिन् आएर फर्कन्थे । सम्पूर्ण काम फोनबाटै हुन्थ्यो । हामी कामदारले गर्नेदेखि लिएर कम्पनिको मालिकले गर्नेसम्मका अधिकांश काम आफैँ ग¥थ्यौँ । प्याकिङ्ग गर्ने दुई ओटा स्पेनिस मेशिन थिए । हामी आफैँ चलाउँथ्यौँ मेशिन ।
हाम्रो कम्पनि ठूलो थियो । इजरायली,रूसी,अरबी,थाइल्याण,नेपाली गरि कहिले त तीन सय भन्दा बढी हुन्थे कामदारहरू । तिनलाई काम सिकाउँनेदेखि लिएर अराउँनेखटाउँने सबै गर्नुप¥थ्यो हामीले । तिनको काम हेर्ने आदि सबै हामी नै ग¥थ्यौँ । शुक्रबार प्रायःकाम हुँदैनथ्यो । सबात लाग्थ्यो । सबात भनेको विदा हो । इजरायलमा पनि नेपालमा जस्तै शुक्रबार एक बजेदेखि शनिवारसम्म विदा हुन्छ । यो समय सरकारी कार्यालय मात्र नभइ निजी कम्पनि,कार्यालय सबै वन्द हुन्छन् । निजी गाडीहरूसमेत सडकमा कुद्दैनन् । सबै ठप्प हुन्छ । यस दिन उनीहरू टाढाटाढा भएपनि भेलाभएर आफ्नो परिवारसँग बसेर खाने,पिउँने,रमाइलो गर्ने गर्दछन् । चाडबाड जस्तै रमाइलो गर्ने गर्दछन् । शुक्रवार उनीहरू काममा आउँदैनथे । कम्पनिमा सामान्य काम भए एक बजेसम्म हामीनै गर्दथ्यौँ । सबात लागेपछि एक बजेपछि त्यो पनि बन्द गर्नुप¥थ्यो । सबातमा इजरायलीहरू त्यसमा पनि खास गरि यहुदीहरूले बलेको बत्ति पनि आफूले निभाउँन हुँदैन । घरमा कुनै बत्ति बालेको छ भनेपनि कुनै विदेशी नागरिक भए उसलाई बोलाएर बन्द गर्न लगाउँछन् । काम त गर्नै हुँदैन । घरमा भएको गाडीसम्म चलाउँदैनन् । चलाउँन हुँदैन ।
पेशाक आउँनै लागेको थियो । पेशाक भनेको इजरायलीहरूको सात दिने लामो चाड हो । यो चाडमा पनि तीन दिन त सबै कलकारखाना,उद्योग धन्दा,व्यापार व्यावशाय आदि सबै वन्द हुन्छन् । कामको दिन उनीहरू काममा आउँनासाथ मेरा आँखा खै किन हो कुन्नि रिता माथि नै पुग्थे । जिन्दगीको यात्रामा यति धेरै मानिसहरू आउँछन् जान्छन् ख्यालनै नहुँदो रहेछ । मागेनमा आउँने त्यति विघ्न कामदार महिला वा पुरुषहरूमा कसैले पनि मेरो अन्र्तर हृदयमा त्यस्तो गहिरो छाप छोड्न सकेन । जुन एक रूसी महिला रिताले छोड्न सकि । कतिपय मानिसहरूसँग धेरै लामो समयसँगै विताए पनि त्यस्तो गहिरो छाप जिन्दगीको अविस्मरणीय क्षणका रूप छाड्न सक्दैनन् । मैले उसलाई एक इमान्दार,लगनशील नारी तथा कामदारको रूपमा सम्झिरहन्छु । अरू कामदारहरू काम सिकाउँने वा सिक्ने सिलसिलामा कति रिसाउँने तर ऊ कहिल्यै नरिसाउँने । कहिल्यै कसैसँग पनि नझर्कने उसको बानी । सम्झन्छु त्यस्ती महिलालाई आफ्नै श्रीमान्ले छुरा हान्नुपर्ने के गल्ति भयो होला उसबाट त्यस्तो । जसले आफ्नै श्रीमान्को छुरा प्रहारबाट मर्नुप¥यो । त्यस्तो विकसित र सम्पन्न देशका नागरिकहरू पनि त्यस्ता मुर्खहुँदा रहेछन् । यद्यपी कुनै पनि देशका नागरिक सबै सज्जन त हुँदैनन् । मलाई इजरायली नागरिकहरू यस्ता पट मुर्ख पनि होलान् जस्तो लाग्दैलाग्दैनथ्यो । मलाई यस कुराले धेरै सम्वेदनशील बनायो । पछिसम्म पनि मलाई त्यस कुराप्रति विश्वास नै भएन । आजभोलि गर्दै ऊ काममा नआएपछि विश्वास भयो । साँच्चै उसको मृत्यु भएकै रहेछ ।
आजभोलि पनि म उसलाई सम्झिरहन्छु । उसले पनि आफ्नो चिहानका लागि जग्गा खरिद गरेकी थिइ कि थिइन । म सोध्न चाहन्थेँ । बुझ्न चाहन्थेँ कि उसले आफ्नो चिहानको लागि व्यवस्था गरेकी थिई कि थिइन । मैले यसका बारेमा बुझ्न,सोध्न नपाइ उसको मृत्यु भयो । जब मलाई उसको सम्झना हुन्छ । मलाई सधै उसलाई सोध्न नपाएको यही कुरा खड्किइरहन्छ । मलाई मेरो जीवनको स्मृतिमा आइरहने यस्ता थुप्रै घटनाहरू छन् । जसले मलाई बेलाबेला आएर अत्यन्तै सम्बेदनशील बनाइदिन्छन् । इजरायल बसाइका क्रममा भए,सुनेको यस घट्नाले पनि मलाई बेलाबेला निक्कै सम्बेदनशील बनाउँदछ । ऊ अत्यन्तै स्पस्ट,हँसिलीखुसिली,फरासिली,बोलक्कड,इमान्दार कर्मशील नारी थिई । मलाई लाग्छ असल मान्छे नै दुःखको भुमरीमा पर्दोरहेछ । यदि उसको श्रीमान् एउटा जड्याहा नभइ इमान्दार लोग्ने भइदिएको भए सायद उसले त्यो उमेरमै त्यस्तो दुःख झेल्नुपर्ने थिएन । त्यस्तो मृत्यु मर्नुपर्ने थिएन होला । हाम्रो समाजमा पनि यस्ता घटनाहरू हाल आएर धेरै घट्ने गरेको पाइन्छ । लाग्छ,एउटी छोरी मान्छेका लागि गरिव भएपनि इमान्दार श्रीमान् पाउँनु पनि एउटा धनी श्रीमान् पाउँनु जस्तै रहेछ । एउटा असल मानिसलाई पनि समयले बेइमान बनाइदिदोरहेछ । म उसलाई सम्झन्छु । सम्झिरहन्छु । मेरा आँखाभरि आसुँ हुन्छन् । भइरहन्छन् ।
उसले काममा नआउँनु भन्दा अघिल्लो दिन अर्थात् काममा आएको अन्तिम दिन पनि सोधेकी थिई,चङ्ग तिमी तिम्री श्रीमतिलाई कति माया गर्छौ ? मैले भनेको थिएँ, धेरैधेरै गर्छु । अनि तिम्रो श्रीमतिले तिमीलाई नि ? भनेर फेरि सोधेकी थिई । मैले जति नै गर्छिन् भनेर भनेको थिएँ । यसो भन्दा उसको अनुहारको आकृति पूर्ण रूपमा बिग्रिएको थियो । मैले उसको श्रीमानको बारेमा उसलाई कहिल्यै सोधिन । सोधेको भए सायद उसले बताउँने थिइहोला । मैले उसको हृदयको घाउ कोट्याउने प्रयास किमार्थ गरिन । उसको हृदयभरि घाउनैघाउ रहेछन् । साँच्चै छोरीमान्छेहरू कत्ति माहान् हुन्छन् । हृदयभरि घाउनैघाउ भएपनि सारा पिडा भुलेर हाँस्न सक्ने । सम्झन्छु रिता साँच्चै त्यस्तै नारी थिई जो हृदयभरि भएका चोटैचोट छोपेर हिँडेकी थिई । सहेर बाँचेकी थिई ।