18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सरस्वती चौलागाईं March 15, 2022, 4:40 am
सरस्वती चौलागाईं
सरस्वती चौलागाईं

सामाजिक न्याय पाउने कहिले
हे आमा बोलन
लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

अस्तित्व आमा जोगाउन अब के गर्नु पर्ने हो
कहिलेसम्म कलिला मुना हे आमा मर्ने हो ?
सामाजिक न्याय पाउने कहिले
हे आमा बोलन
लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

हरेक वर्ष आउँछ आमा दिवस नारीका
नारा त भज्न आउँछ आमा अनेक थरीका
सामाजिक न्याय पाउने कहिले
हे आमा बोलन
लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

धर्तीमा बढ्न नपाइकन अस्तित्व मेटिन्छ
न्यायको ढोका बन्द गरी विकास काँ भेटिन्छ ?
सामाजिक न्याय पाउने कहिले
हे आमा बोलन
लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

र्याली र पोष्टर सडकमा नारा अनेक थरीका
हिंसामा महिला पिडित भाका घरघर भरीका
सामाजिक न्याय पाउने कहिले
हे आमा बोलन
लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

त्यो दिगो विकास छुनलाई आमा सम्मान चहिन्छ
न्यायको ढोका बन्द छ यहाँ त्यो कहाँ पाइन्छ ?
सामाजिक न्याय पाउने कहिले
हे आमा बोलन
लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

वर्षको एक दिन सडक भेला अरु दीन बन्द छ, आमा बोली बन्द छ
बडाको बोली कानून बन्छ न्याय सब बन्द छ, आमा न्याय सब बन्द छ
सामाजिक न्याय पाउने कहिले
हे आमा बोलन
लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन, आमा त्यो ढोका खोलन ।

मेलम्ची २, सिन्धुपाल्चोक , हाल गोकर्णेश्वर ५, काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।