15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ऐंजेरुहरू

कविता गायत्री भट्टराई April 4, 2022, 1:50 am

रुख माथि उम्रिएर
झाँगिएको ऐंजेरु बढदै जाँदा
मूल बोटलाइ मार्दै गएसरी
समयमा आफू नांगिएको थाहै नहुने
ऐंजेरुहरुका धाक
खाक भएको देख्नुपर्दा
कठै बिचरा भन्नपनि मन नलाग्ने
कस्तो अचम्मको समय यस्तो ।

भुलुक्क उम्लिएको माड़झैं
मातृभूमि जननी बिर्सिदिनेको जिनबाट जन्मिएको
विषाणु कीटसरि आज यहाँ देखिएका हठात
धर्मान्धहरु प्रणामी लुटने लुटाराहरुका जमात देख्दा
कठै बिचराहरु अब गर्ने पो के
बाऊले जन्मथलो बिर्से
कसैैले नबुज्ने बोलिमा भाषण छाट्दा
पिपल बोटे काइलो,नयाघरे कान्छो
मुन्टो हल्लाइ हल्लाइ थपडी मार्छन्
हो नि बाजेले भनेको भन्दै
अर्काचैं साँडे डुक्रिएझैं भाले बास्दा खर्क छाड्नु
पीरले साधु बनेको स्वांग गर्दै
अर्काले रोपेको पिपलकोबोटमा झाँगिएको ऐंजेरु
भाषण छाँटटै रमाएको देख्दा
एउटा अकविताको शिर्षक झैँ लाग्छ
किनकि उस्को हिजो थिएन
नत भोलि नै छ आज नरमाइपो के गरोस्
ऐझैँरु हुर्केसरि ।

प्रगतिपुर,ओदालगुडी (असम)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।