15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारतीय नेपाली साहित्यका अब्बल व्यक्त्तित्व कृष्ण प्रधान

व्यक्तित्व / कृतित्व विमला जोशी प्रधान April 4, 2022, 2:00 am
विमला जोशी प्रधान
विमला जोशी प्रधान

बहुमुखी प्रतिभाका धनी हास्य - ब्यङ्य नाटक सम्राट कृष्ण प्रधानको जन्म खर्साङ थाना क्वाटरमा १४/२/१९५६ मा भएको हो। नेपाली साहित्यका नाट्य सम्रा्रा कृष्ण प्रधानले नाटक बाहेक उच्चकोटिका प्रसस्त कविता प्रबन्ध / निबन्ध हास्य - ब्यङ्य निबन्ध , एकाङकी नाटक, अन्तबार्ता , जीउनी जस्ता बिधाहरुमा कलम चलाएर नेपाली साहित्यलाई धनी बनाउनुमा टेको पुर्याउनु भएको छ। प्रधानको प्रमुख क्षेत्र हास्य- ब्यङ्य नाटक हो।सायदै नेपाली साहित्यमा हास्य ब्यङ्य नाटक प्रचुर मात्रामा लेख्ने नाटककारहरुको नाम उहाँ बाहेक अरु बिरलै होलान्।बिषयका दृष्टिले सामाजिक, एतिहासिक र पौराणिक नाटक लेख्ने प्रवृति प्रधानमा पाइन्छ।कविता ( पध्य) नाटक र ( गध्य) नाटक दुवै लेखे पनि पध्य नाटक निकै प्रसिद्ध छन्।
शेेक्ससपियर साथै इप्सेन, चेखोप, गोर्की, वर्नाड शा जस्ता पाश्चात्य नाटककारहरुको प्रभाव पनि उँहाका नाटकहरुमा पाइन्छ।
भााषाका शुद्धता, भावको ब्यापकता, बिषयबस्तुमा स्वभाविकता, बिषेशनमा सुक्ष्मता, मानवतावादी दर्शन, दैशप्रेम, विरताप्रती आग्रह, चिन्तनको गहिराई
, घुुमाउरे भाषाशैली, ठेे भाषााको उपयोग, तुक्का, उखानहरु इत्यादी प्रधानका नाटकहरुमा पाइने प्रवृत्ति हुन्।यसरी नाटकलाई परिमाण र गुण दुवै पक्षबाट उच्चस्थानमा पुर्याउने प्रधानको नाट्य क्षेत्रमा विशिष्ट स्थान ओगट्न सफल भएका छन्।
प्रथममा प्रधानका कलम कविता, मुक्तक, गितीहरुमा चलेको हो भन्नुमा आत्युक्ति नहोला।प्रधानले जम्मा छ वटा कविता संग्रह निकालेर नेपाली साहित्य जगतमा आफ्नो परिचय दिइसकेका छन् ।
श्री प्रधानका कविता संग्रहहरु--
1) उनका भ्रमरीमा परेका मुक्तकहरु -( मुक्तक संग्रह)१९८२
2) मेरो सेतो परेवा ( कविता संग्रह) १९८८
3) मेरो छोरो ( कविता संग्रह) १९९०
4) अपहरण भएका गीतहरु ( गित संग्रह) १९९०
5) बेला भएकै छैन( कविता संग्रह)२०१५
6) खुुट्टा तान्ने तपाई हरुलाई सलाम ( कविता संग्रह)२०१६

भारतीय नेपाली साहित्यको श्रीबृद्धिमा विविध क्षेत्रमा आफ्नो अनुभव र अनुभूतिका कसिलो र अडिलो लगनशिलता आधार काव्य राख्न काव्यिक ब्यक्तित्व श्री कृष्ण प्रधान आफ्नो ब्यक्ति संरचनाको आधारमा राखेर निर्क्यौल गर्दा पनि एक समाजिक, मृदुल, र शिष्टचरण भएको ब्यक्तित्वको रुपमा प्राप्त हुँदछन्।

भााषा साहित्यका क्षेत्रमा समर्पित यस्ता ब्यक्तित्व वास्तव माआफ्नो जीवनयामलाई ईतिहास बनाइसकेका लटरम्म फलेका सुस्वाद बृक्षको रुपमा आत्मसात हुनसक्ने पुरुषको रुपमा रहेर साहित्यको अनन्य सेवामा लागीपरेका छन् श्री प्रधान।
नेपाली नाटकको बिकासमा आधुनिक नाटकको नाट्य प्रवृत्ति को श्रृंगारलाई विभिन्न प्रकारका रङ्गी बिरङ्गी फुूलहरुलाई टिपेर बैठक कोठालाई सुन्दर कलात्मक ढंगमा सजाए जस्तै प्रधानका रचनाहरु छन्। यसरी प्रधानका कृतिहरु सफा अनि सुकसुकाउँदो अनि फलात्मक छन् अनि हेरिरहुँ जस्ता नाटकिय छन्।
अतः श्री प्रधानका हास्य ब्यङ्य निबन्धहरुमा चतुर कला, उखानी उक्ति, मौलिकताको रङ्गी चङ्गीपन, स्वदेशीपनको सत्य प्रयास, मिठा ब्यङ्याई शेेक्ससपियरका अवतार झेैं अलौकिक प्रतिभा पाइन्छ ।
श्री प्रधानका हास्य ब्यङ्य निबन्धहरु-----
1) आइमाईको रिस -१९९२
2) चारो--२००४
3) डरको हाउगुजी---२००९
4) दार्जिलिङ कमेन्ट्री ( प्रतिवेदन)२०१६

एकांकी
1) आलु खाएर पेडाको धाक -२०१८

नाटक
1) काम गर्ने केटी( हास्य ब्यङ्य) २०१८
2) सिङसाँडे ( नाटक) २०१९
3) ओभानो सिउँदो ( नाटक)२०१९

जोक्स
1) एक पाकेट जोक्स ( जोक्स संग्रह)१९८८

प्रबन्ध/ निबन्ध
सिलगडिमा नेपाली नाटक मंचनको छियासटठीऔं बर्ष( १९४९-२०१५)

श्री कृष्ण प्रधान आजको बर्तमान समयमा बिध्यमान, त्रास, बिसंगती एवं संकटप्रति गहिरो चिन्ता ब्यक्त गर्दै आफ्नो नाटकका माध्यम बाट
मानविय शाान्ती र प्रेमको भावनालाई अभिव्यजिंत गर्न चााहान्छन्।सामाजिक बिकृति र विवशताहरुलाई ब्यङ्यात्मक अभिव्यक्तिका माध्यम बाट प्रस्तुत गर्ने श्री प्रधानका कविताहरुमा अनि नाटकहरुमा समाजका विविध वहुआयामिक पन्नाहरुको कलात्मक प्रतिबिम्बहरु पाउन सक्छौं।
श्री कृष्ण प्रधानका " ओभानो सिउँदो" मा नाटककारले नेपाली समाजको लुप्त प्रायः भएको परम्परालाई हुबहु उतारेर नेपाली समाजलाई आफ्नो भााषा , संस्कृती र परम्परालाई ऐना देखाउने काम गर्नुभएको छ जो अती सराहनीय छ।नेपाली समाजको रितिथिति, मान मर्यादालाई कथा बस्तुमा आधारित बनाई सिर्जन बौद्धिक पात्रहरुले नेपाली जीवनको चित्रण सुन्दर ढंगमा उतारेका छन्।
गीत रचना, रत्यौली, देवसे भेैलो जस्ता रिवाजहरुलाई आधार बनाएर स्थान कला पात्र र सम्वादनै नाटकको मुुल प्राण हो भन्ने तथ्यलाई यश नाटकमा नाटककारले उजागर गरेका छन्।
साहित्य ह्रदयको उपज हो।मस्तिष्कको होइन ।यो मन र कल्पनाको योग हो।

नागरी फार्म चियाबारी, दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।