हो
मलाई एक्लै बाच्न रहर छ
बजारमा मान्छेहरुका भीड़मा
गरिबीको चपेटमा
पत्नीले पतिको,पतिले पत्नीको
मॉनिबेगले महंगाईको छिचो मिचोमा
श्वास लिनपनि बिर्सिसकेको मलाई
नसिकाऊ राजनीतिको,अर्थनीतिको परिपाठ
म हिड़ीरहेको बाटोले खोलासम्म पुगेर
मलाई फर्कि भन्छ -
भो अब तर्दिन बगेर । डुड'गा खोज,पूल खोज
गड़तीर गड़तीर झरेर
हजुरबुबा
पितामह प्रपितामह
बाटोखन्दै बाटोरोज्दै हिड़्दा हिड़्दै
एक्लिएर छोराले बाऊको बाऊले हजुरबाऊको
श्राद्धमा पिण्डजोड़ेझै
शासनको नाऊमा गोजिभर्न
दिशाहीन आदर्श एकभएको देख्दा
हे समय !
मलाई एक्लै बाच्ने रहर छ
मलाई एक्लै बाच्न देऊ।
ओदालगुडी,असम