17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रूपान्तरण

कविता प्रा. डा. मोहन प्रसाद जोशी April 30, 2022, 10:53 pm
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

झुसिल्किराले आफूलाई जोगाउन खोजे
पुतलीले जन्मन नपाउने रहेछ,
बीउले आफूलाई बचाउने सोचे
बिरुवाको अंकुरण नहुने रहेछ ।

म झुसिल्किरै भएर अड्किरहेछु,
बीउको बीउमै बन्द भएछु ।
पुतलीको उडान गुमाइरहेछु,
बिरुवा हुनबाट बंचित भएछु ।

बिस्तारबिस्तारै थाहा पाउँदै छु,
म रूपान्तरणदेखि डराउँदै छु ।
आफूलाई बचाउँदै छु,
तिमीलाई गुमाउँदै छु ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।