18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत रमेश प्रभात April 30, 2022, 2:26 am
रमेश प्रभात
रमेश प्रभात

मुटुभित्र कुँदेको छु सग्लो देश मेरो,
नेपाली हुँ भुल्दिनँ म भाषा भेष मेरो ।

गाउँ सहर जता बस्छु संस्कृतिमा रम्छु
जे गरे नि म त सधैँ प्रकृतिमा जम्छु
खेतीपाती, व्यापारै होस् छैन क्लेश मेरो
नेपाली हुँ म भुल्दिनँ म भाषा भेष मेरो ।

अनगिन्ती चाडपर्व मनाउँछौं हामी
सबैजना मिलीजुली रमाउँछौँ हामी
कमाउँछु, खर्च गर्छु छैन द्वेष मेरो
नेपाली हुँ भुल्दिनँ म भाषा भेष मेरो ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।