15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाँदरे प्रवृत्ति

कविता नगिता राई लेप्चा May 9, 2022, 4:25 pm
नगिता राई लेप्चा
नगिता राई लेप्चा

बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ
बाँदर र तिमीमाझ केही फरक देखिनँ
अरुको घर सहँदैन बाँदरले
उन्नति र प्रगति सहँदैंनौं अरुको तिमीले
बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ।


कति सजिलो अरुलाई औंला ठहऱ्याउनु
एउटै औँली ठहऱ्याउँछौं अरुलाई
तर तिम्रा अन्य चार औंलीले तिमीलाई
नै लाखेस् गरिरहेको थाहा छ के ?
तिम्रा विशाल छातीभरि
कपटी तैँछाड़ मैँछाड़ गरेको देख्छु
जसले डोऱ्याएर तिमीलाई यहाँसम्म ल्य़ाइ पुऱ्यायो
उसैलाई खोइरो खन्न रातदिन तड़्पिन्छौं ।

गिज्याउँछौं नै भने लमक लमक हिँड़िरहेको
बाघलाई गिज्याऊ
मरेको बाघको जुङ्गा उखेलेर
बीरपुरुषको तकमा भिर्ने मूर्ख प्रयास नगर
बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ।


विन्ती छ नचलाऊ सुतेको बाघलाई
सुतेको बाघ कुनै दिन बिउँझिए
तिम्रो गति के होला सुर्ता लाग्छ
बाँदरे प्रवृत्ति तिम्रो टिठ लाग्छ ।
बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ।

यसैले भन्छु
आफ्नो पितुर्के सोंच र बाँदर प्रवृत्तिमा लगाम लगाऊ
बरु आफ्नो घर बनाउँनपट्टि ध्यान लगाऊ
अरुको घर भत्काउने मूर्ख प्रयास नगर
बाँदरे प्रवृत्तिबाट पन्छिने प्रयास गर
बाँदर न आफू घर बनाउँछ
न अरुलाई नै घर बनाउन दिन्छ।

खोलाचन्द फाप्री , बैकुण्ठपुर (जलपाइगुड़ी)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।