17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अस्तित्वको दावीमा साबतको बैला उत्सव कवितामा सीमान्तीय चेतना

कृति/समीक्षा ताराप्रसाद पोखरेल May 17, 2022, 4:23 pm
ताराप्रसाद पोखरेल
ताराप्रसाद पोखरेल

मुख्य पद/पदावली
सीमान्तीयता, नारीवादी, उत्तरआधुनिक, आयामेली, कौमार्र्यता, प्रताडित, गिलगमेस, क्रुर ।
१. बिषय परिचय
सवाल्टर्न ९क्गदबतिभचल० को नेपाली अनुवाद सीमान्तीय हो । जसको अर्थ केलाउँदा सीमान्तीयता, तल पारिएका, आवाजविहिन, क्षुद्र, महिला, अवहेलित, मूलभन्दा बाहिर रहेका भन्ने अर्थमा बुझिन्छ । क्गदबतिभचल शब्द ल्याटिन भाषाको क्गद ९ दभयिध,गलमभच ० र बतिभच ९यतजभच० अथवा बतिभचलगक ९बतिभचलबतभ० बाट आएको हो । सवाल्टर्न शब्दको प्रयोग शासित, दलित, निमुखा भन्ने अर्थमा गरिन्छ भने जसको आधुनिक अर्थ उत्पीडित, अधिनस्थ, आवाजविहिन आदि हुन्छ । समाजमा दमित भइ बाँच्न विवश समुदायको हकमा यसको प्रयोग गरिन्छ । बेलायतमा क्याप्टेनभन्दा तलका सैनिकलाई सवाल्टर्न भनिन्छ । यसको प्रयोग माक्र्सवादी नारीवादी, राजनीतिक, धार्मिक आदि कारण पछि परेका समूहमा भएको पाइन्छ । अझ भन्नुपर्दा उत्तरआधुनिक लेखनमा यस शब्दको प्रयोग बढी हुने गरेको पनि पाइन्छ । नेपालीमा यस शब्दलाई अवरजन, उत्पीडित नाम दिइए तापनि सीमान्तीयता नै बढी प्रचलित पाइन्छ ।
नेपाली साहित्यमा कवि बैरागी काइँला सर्वपरिचित नाम हो । उत्तरआधुनिक साहित्य लेखनको क्षेत्रमा आएको नयाँ प्रयोग जसको उल्लेख इन्द्रबहादुर राईले गरेका थिए । कहिले लीलालेखन, तेस्रो आयाम नामक साहित्यिक आन्दोलन नेपाली साहित्यको अपरिचित नाम होइन । यही लीलालेखन र तेस्रो आयामसँग जोडिएर कवि बैरागी काइँलाको नाम पनि अग्र पंक्तिमा आउने गर्दछ । वि.सं. १९९६ साउन २५ गते पूर्र्वी नेपालमा पर्ने मेची अञ्चल पाँचथर जिल्लाको पौवा गाउँमा जन्मिएका बैरागी काइँलाको वास्तविक नाम तिलविक्रम नेम्वाङ हो । उनै तिलविक्रम साहित्यमा वैरागी काइँलाको नामले परिचित छन् । स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका वैरागी काइँला आयामेली आन्दोलन (२०२०) मार्पmत साहित्य क्षेत्रमा नयाँ युगको सुरूवात गर्ने साहित्यकार हुन् । वि.सं. २०६६ देखि २०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसम्म भइसकेका काइँला साहित्यको क्षेत्रमा थोरै लेखेर धेरै चर्चित हुने व्यक्तिको रूपमा परिचित छन् ।
कवि बैरागी काइँलाले नेपाली साहित्यमा कविता र किराँत भाषा साहित्यसम्बन्धी विभिन्न कृतिहरू प्रकाशित गरेका छन् । उनका प्रकाशित कविता सँग्रहमा पूmल पात पतकर (२०१८), बैरागी काइँलाका कविताहरू (२०३१) र अन्धा मान्छेहरू र हात्ती (२०६८) रहेका छन् । त्यसैगरी उनका प्रकाशित अन्य कृृतिहरूमा तेस्रो आयाम (२०२०), किराँत जागरण गीत (२०३८), महागुरू फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ पन्थका भजनमाला (२०४७), जर्र्नल अफ लिम्बु, लिटरेचर एण्ड कल्चर (२०४८), लिम्बु जातिमा कोख पूजा (२०४८), इश्र्र्या र आँखीडाहीको आख्यान (२०५१), लिम्बु ग्रन्थ सूची (२०४९), प्रेतात्माको आख्यान र अनुष्ठान (२०५१), मोच मार्ने आख्यान र अनुष्ठान (२०५२), तङसिङ तक्मा मुन्धुम, आख्यान र अनुष्ठान (२०५२), मुजिङ्ना खेयङ्ना मुन्धुम (२०७०), लाहादाङ्ना सुहाम्फेबा मुन्धुम (२०७०), खाप्पुना मेल्लङ हाङ्मा मुन्धुम (२०७०), पोजाइवा मुन्धुम (२०७०), नाम्सामि—केसामि मुन्धुम (२०७०) लगायत रहेका छन् ।
कवि बैरागी काइँलाले साहित्यको क्षेत्रमा काम गर्दा विभिन्न सम्मान र पुरस्कारहरू प्राप्त गरेका छन् । उनले साझा पुरस्कार (२०३१), सिद्धिचरण काव्य पुरस्कार (२०५३), जगदम्बा श्री पुरस्कार (२०७५), विपि साहित्य सम्मान पुरस्कार (२०७६) र रत्नशोभा शुभलक्ष्मी मुन्धुम पुरस्कार प्राप्त गरेका छन् । यसबाहेक उनलाईृ विभिन्न संघ संस्थाबाट दर्र्जनौं सम्मान प्रदान गरिएको छ ।
कवि बैरागी काइँला दुरूह र विलक्षण बिम्बहरूमा भाषाको चामत्कारिक विकास गर्ने कविको रूपमा चिनिन्छन । उनी २०६२—२०६३ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए । किराँत लिम्बु जातिमा रहेको धर्मशास्त्र मुन्धुमको पाँच दशकदेखि निरन्तर खोज अनुसन्धान र लिपिवद्ध गर्र्ने कार्र्य उनले गरेका छन् । उनको योगदान लिम्बु भाषा, साहित्य र इतिहासको क्षेत्रका महत्वपूर्र्ण रहेको छ । कवि बैरागी काइँला बङ्गाली साहित्यमा लेखिएका कविताबाट विशेष प्रभावित पाइन्छन् । उनी साहित्यमा उत्तरआधुनिक शैलीमा प्रस्तुत भएका छन् । साहित्यमा कुनै पनि वादको उनलाई स्वीकार्यता छैन । उनले सीमान्तीयताको सम्बन्धमा खोजी गरी आप्mना रचनामा प्रस्तुत गरेका छन् । जो समाजबाट अभैm पनि प्रताडित छन् र जसको आवाज अझसम्म पनि सुनिएको छैन उसको बारेमा कवि काइँलाका कविताहरूमा उल्लेख भएको पाइन्छ । आयामेली आन्दोलनका अगुवा कवि भएको कारण उनका कविताहरूमा केही दुरूहता र क्लिष्टता पाइन्छ । ̕अस्तित्वको दावीमा साबतको बैला उत्सव̓ शीर्षकको कवितामा कवि काइँलाले हाम्रो सामाजिक परिवेश र नारीहरूलाई सधै भरि आप्mनो अस्तित्वहिन भएर रहनु परेको कारण उनीहरू सीमान्तीकृत रूपमा जीवन जिउन बाध्य हुनु परेको अवस्थाको बारेमा उल्ल्ेख गरेका छन् ।
२. अध्ययनको समस्या र उद्देश्य
̕अस्तित्वको दावीमा साबतको बैला उत्सव̓ शीर्षकको कवितामा कवि बैरागी काइँलाले नारीको सामाजिक अवस्थाको सम्बन्धमा उल्लेख गर्न खोजेका छन् । समाजमा नारीहरू जहिले पनि पुरूषको लागि उपभोग्य वस्तु जस्तो भएर रहनु परेको अवस्था छ । यस्तो अवस्थामा कसरी नारीहरूलाई सीमान्तीय रूपमा कवितामा उल्लेख गरिएको छ ? नारीहरू सीमान्तीय रूपमा आप्mनो जीवन जिउन बाध्य हुनुको कारण के हो ? समाजमा नारीहरूको यस्तो अवस्थाको सम्बन्धमा कविताले कस्तो सन्देश दिन खोजेको छ ? जस्ता प्रश्नको सम्बन्धमा अध्ययन प्रस्तुत अध्ययनपत्रमा गरिएको छ ।
३. अध्ययनको सीमा
प्रस्तुत अध्ययनमा कवि बैरागी काइँलाद्वारा रचना गरिएको कविता संग्रह बैरागी काइँलाका कविताहरूभित्र रहेको ̕अस्तित्वको दावीमा साबतको बैला उत्सव̓ शीर्षकको कवितालाई सीमान्तीय चिन्तनको आधारमा अध्ययन गरिएको छ । अध्ययनपत्रलाई उल्लेखित कविताको आधारमा गुणात्मक अध्ययन पद्धतिसँग सम्बन्धित रहेर अध्ययन गरिएको छ ।
४. अध्ययन विधि
४.१ अध्ययनको सामग्री
प्रस्तुत अध्ययन मुख्यत ः गुणात्मक अध्ययन ÷अनुसन्धान भएको कारण अध्ययनको सामग्रीको रूपमा कवि बैरागी काइँलाद्वारा लिखित बैरागी काइँलाका कवितासंग्रहभित्र रहेको ̒ अस्तित्वको दावीमा साबतको बैला उत्सव ̓ कवितालाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको छ । आवश्यकता अनुसार सवाल्टर्न अध्ययन सम्बन्धी प्रकाशित उपन्यासको सिद्धान्त र अध्ययनका आधारहरूलाई पनि खोजी गरी अध्ययन गरिएको छ । सवाल्टर्नका दृष्टिबाट अध्ययन अन्य सामग्रीहरू पनि खोजी र अध्ययन गरी प्रस्तुत गरिएको छ । सवाल्टर्न सम्बन्धमा विभिन्न विद्युतीय माध्यमबाट इन्टरनेटमा उपलब्ध सामग्रीको अध्ययन समेत गरी उक्त सामग्रीलाई यहाँ प्रस्तुत गरिएको छ । यसमा मुख्यतया द्वितीय अध्ययन सामग्री अथवा पुस्तकालयीय अध्ययन पद्धतिको अवलम्बन गरिएको छ ।
४.२ सैद्धान्तिक पर्याधार
इटालीका माक्र्सवादी चिन्तक एन्टानियो ग्राम्सीले इटालीकै जेलमा रहँदाको अवस्थामा बस्दा लेखेका लेख रचनाहरू (जेलनोट) मा सबाल्टर्न शब्दको प्रयोग पहिलो पटक गरेका थिए । उनी बन्दी रहेको अवस्थामा उनलाई लेख्न पढ्नको लागि नोटकपी राख्ने अनुमति दिइएको थियो । बन्दीगहमा रहेको अवस्थामा उनले एउटा नोटबुक तयार पारेका थिए । पछि उनले लेखेको नोटलाई उनको मृत्युपश्चात ‘द प्रिजन नोटबुक’ सन १९७३ मा प्रकाशित गरिएको थियो (केसी, २०७६) । ग्राम्चीले सवाल्टर्नलाई सर्वहाराको पर्यायवाची शब्दका रूपमा प्रयोग गरेका थिए । यसै क्रममा सन १९८० मा रणजित गुहाको नेतृत्वमा रहेको भारतीय इतिहासकारको समूहले यस शब्दलाई जाति, वर्ण, लिङ्ग, पेशा, क्षेत्र, पद, धर्म, हैसियत, शारीरिक अवस्था, उमेर, वर्ग आदिका आधारमा उपेक्षित व्यक्तिहरूलाई चिनाउनका लागि प्रयोग गरे (श्रेष्ठ, २०६८ ः १९६—२०८) । सत्ताले शक्तिको सिर्जना र प्रयोगमा सहयोग प्रदान गर्दछ र त्यही शक्तिका आडमा केन्द्रले सम्पूर्ण क्षेत्रमा आधिपत्य जमाएर प्राप्त स्रोत साधनलाई आप्mनो मात्र हितमा प्रयोग गर्दा नै सत्ताइतरको निम्न वर्ग सवाल्टर्न बन्न पुग्छ । लैङ्गिक दृष्टिबाट पनि सवाल्टर्नको पहिचान गर्न सकिन्छ । शाब्दिक अर्थमा सवाल्टर्न लिङ्गसँग सम्बन्धित देखिए तापनि सामाजिक सन्दर्भमा हेर्दा लिङ्ग र लैङ्गिकतामा भिन्नता पाइन्छ । लिङ्ग प्रकृतिद्वारा निर्धारित हुन्छ भने लैङ्गिकता समाजबाट निर्धारित हुन्छ । त्यसैले लैङ्गिकता कृत्रिम कुरा हो । यो सामाजिक सांस्कृतिक सन्दर्भबाट निर्धारित हुन्छ । समाजले पुरूष र स्त्रीका आधारमा निर्धारित गरेका मान्यता, धारणा, संस्कार, व्यवहार, भूमिका र चिन्तन आदिको समष्टिलाई लैङ्गिकता शब्दले बुझाउँछ (केसी, २०७६ ः १०२—११०) । यस आधारमा पनि लैङ्गिकता भनेको समाजले निर्माण गरेको एउटा मान्यता रहेको स्पष्ट हुन्छ ।
जसरी शासक वर्गले सवाल्टर्न वर्गलाई थिचोमिचो गरी बोल्न नसक्ने बनाउँछन् । त्यसैगरी आपूm अनुकूल निर्माण गरेको पुरूषकेन्द्री सामाजिक व्यवस्थामा नारीहरू यौन सन्तुष्टिका साधन बन्न बाध्य पारिएका हुन्छन् । सबै जाति र समाजमा पुरूषको प्रभूत्वमा नारीले स्वाधिनता गुमाएका छन् । एकै जात वा जातिभित्र पनि प्राय ः पुरूष प्रभुत्व स्थापित छ । पुरूषहरूले परिवार अनि समाजमा आपैmलाई प्रमुखता प्रदान गरेपछि नै लैङ्गिक किनारीकरण प्रारम्भ भएको हो र यसको इतिहास सायद मानवसभ्यता जत्तिकै पुरानो छ (सुब्बा, सन २०११ ) । निम्नजात र निम्नवर्गमा मात्र होइन उच्चजात र उच्चवर्गमा समेत नारीहरू सवाल्टर्न भएका छन् । पुरूषले घर, समाज र राष्ट्रमा समेत आपूmलाई प्रमुखका रूपमा उभ्याएपछि नारीहरू सवाल्टर्न भएका देखिन्छन् । पुरूषले आपूmलाई सर्वज्ञ र सर्वशक्तिमान व्यक्तित्वका रूपमा चिनाउन थालेको र नारीलाई अनभिज्ञ वा अवलाका रूपमा हेरेको कारणले नारीहरू सवाल्टर्न बन्न पुगेको देखिन्छ (केसी, २०७६) । यही अवस्थाको अध्ययन सवाल्टर्न अध्ययनमा गरिन्छ ।
सवाल्टर्न सिद्धान्तले परम्परागत स्थापित सामाजिक संरचनालाई अस्वीकार गर्दै सवाल्टर्नहरूको पक्षमा नवीन ढङ्गले अध्ययन गर्छ । टुप्पाबाट सत्ता, शक्ति केन्द्रित, सीमित सम्भ्रान्त वर्गमैत्री पूर्वाग्रही संरचनालाई विपक्षी बनाएर सवाल्टर्न वर्र्ग चेतनाको आवाज मुखरित गर्न अग्रसर यो अध्ययन एउटा पृथक प्राज्ञिक डिस्कोर्श हो । यसले सवाल्टर्नको अधीनस्थ अवस्थालाई बहुआयामिक कोणबाट अध्ययन गर्दछ (श्रेष्ठ, २०६८ः २७) । सबै प्रकारले अधिनस्थ बनेकाहरूको अवस्थालाई अध्ययनको केन्द्र बनाएको हुनाले यो सिद्धान्त अरू कुनै स्थापित सिद्धान्तसँग गाँसिकन नपुग्ने अलग, प्राज्ञिक, बौद्धिक सिद्धान्तका रूपमा विकसित भएको छ (केसी, २०७६) । जुन आधारमा हरेक अध्ययन पूर्ण गर्र्न सकिन्छ ।
यसैगरी लैङ्गिक विभेदकारी बिचारधारा भएको पितृसत्ताबाट सञ्चालित भएको समाजमा पुरूषहरू शक्तिशाली समूहमा परेका हुन्छन् र महिलाहरू सवाल्टर्न समूहमा परेका हुन्छन् । गायत्री चक्रवर्ती, स्पिभाकले सवाल्टर्न आप्mना निम्ति आपैm बोल्न सक्दैनन् भन्ने बिचार अगाडि सारेकी छन् । सवाल्टर्न बोल्न सक्दैनन् तसर्थ बौद्धिक वर्गले तिनका लागि बोलिदिनु पर्छ भन्ने उनको मान्यता रहेको छ । सवाल्टर्नहरू आप्mनो सुखदुुख व्यक्त गर्न नसक्ने भन्ने होइन तर त्यस्ता अभिव्यक्तिको स्वर ज्यादै मसिनो भएकोले नसुनिएर आपैm दबिन्छ वा अरू कसैले नसुनोस् भनेर शक्तिशालीद्वारा दवाइन्छ । नेपाली समाजमा पनि सवाल्टर्नहरूको यही अवस्था रहेको भेटिन्छ । गायत्री चक्रवर्तीले भारतको सती प्रथाले महिलाको दमन गर्नुको कारणबारे उल्लेख गरेकी छन् । भारतमा महिला बोल्न सक्ने अवस्था छैन । नेपालमा योगमायाले महिलाहरूको बारेमा आवाज उठाएकी थिइन् । उनले पश्चिमको बौद्धिक मान्यताले विमर्श बनाएको उल्लेख गरेकी र आप्mनो लागि आपैm बोल्नुपर्ने धारणा राखेकी छन् । यसै गरी अमेरिकी लेखक टोनी मोरिसनले अफ्रिकी अमेरिकीहरूको आवाज प्रस्तुत गरी त्जभ द्यगिभकत भ्थभ ९ज्ञढठण्० उपन्यास लेखेकी छन् । अमेरिकी लेखक एलिस वाकरले आप्mनो उपन्यास त्जभ ऋययिगच एगचउभि ९ज्ञढडद्द० मा सवाल्टर्नको उल्लेख गरेकी छन् ।
४.३ अर्थापनको पद्धति÷व्याख्या
प्रस्तुत अध्ययनमा संकलित सामग्रीलाई गुणात्मक अनुसन्धान विधिको आधारमा विश्लेषणात्मक र व्याख्यात्मक विधिको अवलम्बन गरेर अध्ययन कार्यलाई पूर्णता दिइएको छ । अध्ययनको लागि छनौट भएको ̒ अस्तित्वको दाबीमा साबतको बैला उत्सव̕ कविताको अध्ययन गरी उक्त कविताको विषयवस्तुलाई भाव स्पष्ट हुने गरी व्याख्यात्मक विधिको अवलम्बन गरिएको छ । आवश्यकता अनुसार कविताका अंशलाई जस्ताको तस्तै रूपमा प्रस्तुत गरेर पनि स्पष्ट रूपमा अर्थापन गरिएको छ । कविताका प्रस्तुतिका क्रममा समाजमा नारीको अवस्थालाई लैङ्गिक आधारमा अध्ययन गर्ने क्रममा समाजमा महिलाहरू सवाल्टर्न वर्गमा पर्नुको कारणलाई प्रतिनिधित्वको आधारमा स्पष्ट पार्ने प्रयत्न गरिएको छ । त्यसैगरी महिलाको पहिचानको आधारलाई अध्ययनमा स्पष्ट पार्ने प्रयत्न भएको छ । समाजमा महिलाहरू सवाल्टर्न वर्गमा पर्नुको अवस्था सम्बन्धमा यस अध्ययनमा स्पष्ट रूपमा अर्थापन पद्धतिको अवलम्बन गरिएको छ ।
५. सामग्रीको विश्लेषण
आयामेली कवि बैरागी काइँलाको कविता संग्रह ̒ बैरागी काइँलाका कविताहरू (२०३१) ̕ शीर्षकको कविता संग्रहमा संग्रहित ̕अस्तित्को दाबीमा साबतको बैला उत्सव̓ शीर्षकको कवितामा विशेष गरी कविले मिथकीय प्रयोग गरेका छन् । कविता प्रयोगात्मक दृष्टिबाट रचना गरिएको छ । कविले कवितामा मुख्यरूपमा लिम्बु नेपाली समाजको अवस्था र ग्रीसेली मिथकको पनि प्रयोग गरेर महिलाहरूको वास्तवित अवस्थाको बारेमा उल्लेख गर्न खोजेका छन् । कवितामा कविले नारीहरू आप्mनो अस्तित्वको लागि सधैभरि लड्नु परेको तर उनीहरू विभिन्न वाहनामा जहिले पनि पीडित रहनु परेको कुरालाई उल्लेख गर्र्न खोजिएको छ । प्रस्तुत कवितामा कविले बच्चा नजन्माएका नारीहरूको सम्बन्धमा उल्लेख गर्र्न खोजेका छन् । जुन नारीहरू बच्चा नजन्माएको अवस्थामा रहेका छन् उनीहरूले समाजमा आप्mनो अस्तित्व बचाउन एउटा बैला उत्सवमा भाग लिनुपर्र्ने अवस्थाको चित्रण गरिएको छ । प्राचीन ग्रीसको साबत भन्ने स्थानको सानो घटनालार्ई कविताको विषयवस्तु बनाउन खोजेको देखिन्छ । यसको प्रभाव हाम्रो परिवेशमा पनि रहेको छ । यस परिवेशमा महिलाको स्थिति ज्यादै दयनीय बनाउन खोजिएको छ । नारीलाई कमजोर रूपमा चिनाउने यस प्रकारको संस्कृति कविताको शुक्ष्म विषयवस्तु बनेको छ । प्रस्तुत कवितालार्ई सीमान्तीय आधारमा अध्ययन गर्र्दा निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
५.१ सामाजिक सीमान्तीयता
अस्तित्वको दाबीमा साबतको बैला उत्सव शीर्षकको कवितामा कविले नारीहरूलार्ई समाजमा ज्यादै कमजोर रूपमा चित्रण गर्दै पहिलादेखि नै उन्मुक्त हाँसो हाँस्न नदिएको कुरा चित्रण गरिएको छ । कविले महिलाहरूलार्ई सामाजिक रूपमा जवरवस्ती कुनै सीमाभित्र रहेर जीवन जिउन वाध्य पारिएको चित्रण गरेका छन् । नेपालको पूर्र्वी क्षेत्र जहाँ लिम्बु जातिको बसोबास रहेको छ । त्यो स्थानमा झङझङको आवाजमा नारीहरूलार्ई सामाजिक रूपमा गरिएको शोषण कविताको अन्तरवस्तु बनेको छ । महिला केवल पुरूषहरूको उपभोग्य साधनको रूपमा मात्र हेरिएको कुरालाई कविले कवितामार्पmत प्रस्तुत गरेका छन् । महिलाले आप्mनो कौमार्य अथवा कुमारीत्वलार्ई एक चपरी माटोमा अर्पण गर्र्नुपरेको छ । समाजले महिलालार्ई घोर अपमानित भएर जीवन जिउन बाध्य पारेको छ । महिलाहरूलार्ई अपमानित मात्र होइन उनीहरूको बेइज्जत गर्र्न लागी परेको यथार्र्थ उल्लेख छ । आप्mनो कौमार्यतालाई फ्रान्सको सांस्कृतिक नृत्य डाइनासियसले जस्तो तर्साएर मानसिक रूपमा विचलित हुनु परेको यथार्थता कवितामा उल्लेख गरिएको छ । महिलाहरू जसले बच्चा जन्माएका छैनन् उनीहरू विवश भएर आप्mनो कौमार्यताको बलि दिएर बाँच्नु परेको कुरा कवितामा प्रस्तुत गरिएको छ ः
ग्रहण गर ! ग्रहण गर !
एक चपरी माटोमा अर्र्पण गर्र्दछु
फुट्न लागेको कोपिलाले चेपेर कौमार्र्य !
हे डाइनासियस !
तर्र्सिऊन् दुश्मनहरू ! दुष्ट र क्रुरहरू,
अकाल र बैलाहरू, शून्यहरू ! शून्यहरू ! (अस्तित्वको दाबीमा साबातको बैला उत्सव ) ।
कवितामा महिलाहरूलार्ई समाजले सन्तान उत्पादन गर्ने मेसिनको रूपमा लिएको र उनीहरूको आवाज कसैले पनि नसुनेको कुरा प्रस्तुत गरिएको छ । महिलाहरूमाथि क्रुर यातना दिन पछि नपर्र्ने हाम्रो सामाजिक संरचनाको बारेमा कवितामा प्रस्तुत गर्र्दै आप्mनो कौमार्र्यता बचाउन पनि असक्षम बनाइ महिलाको आवाज कसैले नसुन्ने सामाजिक परिवेशको उल्लेख गरिएको छ ।
५.२ सांस्कृृतिक सीमान्तीयता
कवितामा कविले महिलाहरूलार्ई सांस्कृतिक रूपमा पनि अत्यन्त कमजोर रूपमा उल्लेख गरेका छन् । हाम्रो संस्कृृतिले महिलामाथि पहिलादेखि नै शोषण र दमन गर्दै आएको र संस्कृृतिको नाममा महिलाहरूमाथि भएको अन्याय अत्याचारको बारेमा उल्लेख गरिएको छ । संस्कृृति सबैको लागि हुनुपर्ने हो र समाजमा बस्ने सबै तहका मानिसको लागि समान अवसर संस्कृतिमा हुनु पर्ने हो । तर अस्तित्वको दाबीमा साबातको बैला उत्सव कवितामा महिलाहरूलार्ई संस्कृृतिको नाममा शोषण र अन्याय गरिंदै आएको कुरा कविताको आशय रहेको छ । समाजमा नारीको अस्तित्व युगौं पहिलादेखि नै शोषणमा रहेकोले उनीहरू आप्mनो अस्तित्वको लडाइँ सधैभरी लड्दै आइरहनुपरेको यथार्र्थ कवितामा उल्लेख छ । प्रस्तुत कविता ग्रीसेली मिथक र नेपाली लिम्बु संस्कृतिसँग सम्बन्धित रहेको हुनाले कविले जसले आप्mनो निद्रालार्ई फिलामा च्यापेर रहनु परेको छ उनीहरू अस्तित्व रक्षाको निम्ति सङ्घर्षरत रहनु परेको उल्लेख गरेका छन् ः
शून्य ओछ्याएर खाटमाथि
फिलाहरूमा निद्रा चेपेर जो विस्मृत छौं,
नाचौँ—नाचौँ अनस्तित्वका विरूद्ध । ( अस्तित्वको दाबीमा साबतको बैला उत्सव )
यसरी कविले नारीहरू आप्mना अनस्तित्वका विरूद्धमा अस्तित्वको खोजीमा लड्नुपर्ने कुरालाई कवितामा उल्लेख गरेका छन् । नारीलाई सांस्कृतिक रूपमा पनि दमित बनाइनु र यो दमित अवस्थाले गर्दा उनीहरू सीमान्तीय जीवन जिउनु परेको उल्लेख छ । नारीहरू आप्mनो आवाज अरूले सुन्ने हुनको लागि पनि जागरूक हुनु परेको यथार्थता कवितामा प्रस्तुत गरिएको छ ।
५.३ धार्मिक सीमान्तीयता
̒ अस्तित्वको दाबीमा साबतको बैला उत्सव̓ शीर्षकको कवितामा कविले महिलाहरूलाई धार्मिक रूपमा सीमान्तीय बनाउन खोजिएको प्रस्तुत गरेका छन् । संस्कृृति, सत्ता र लैङ्गिक अध्ययनलाई एउटै सन्दर्भमा अध्ययन गर्दा (भट्टरार्ई, २०७७ ः ११९ ) हाम्रो समाजमा विभिन्न वाहनामा नारीमाथि सधै शोषण र अन्याय हुने गरेको देखिन्छ । समाजमा धर्मको नाउँमा विभिन्न जाति, लिङ्ग र अन्य विभिन्न अवस्थाको सिर्जना गरी सामन्ती प्रवृत्तिका मानिसहरूले शोषण गर्र्ने परम्परा पहिलादेखि नै चलि आएको हो । यसै परिप्रेक्ष्यमा कवितामा धर्मको नाउँमा महिलाहरूमाथि भएको शोषणको बारेमा उल्लेख गरेका छन् । ग्रीसमा महिलाहरूको भाकल गर्ने परम्परा रहेको पनि कवितामा उल्लेख छ । साबतमा महिलाहरूलाई केवल आवश्यकता अनुसार उपभोग गर्ने र त्यो उपभोग जहाँ पनि हुन सक्ने कुरा प्रस्तुत गरिएको छ । जसमा उनीहरू देवताको अगाडि आप्mनो सरीरको बली दिनुपर्ने अवस्थाको झल्को पनि कवितामा पाइन्छ ।
लेउ चटाएर हरियो भ्यागुतामा
भोग दिन्छु भाइलोसको फिलिपलाई
आउँदो इतिहासलाइ हिजोको भाकल ! ( अस्तित्वको ............बैला उत्सव )
कविले नारीहरूको विवशता उल्लेख गर्र्दै समाजले हरेक क्षेत्रमा उनीहरूलाई अन्याय र अत्याचार गरेको प्रसङ्ग उल्लेख गरिएको छ । महिलाहरूलार्ई देवताको अगाडि पशुलार्ई जस्तो भोग दिने प्रचलन भनेको अत्यन्त पाशविक र जर्जर जङ्गली युगको नमूना हो । अहिलेको विकसित समाजमा पनि यस्तो अवस्था देख्दा नारीहरूको आवाज नसुनिने, नबुझिने रहेको उल्लेख गरिएको छ ।
५.४ सीमान्तीयताभित्रको विसङ्गतिमय चिन्तन
कवितामा नारी जीवनका विसङ्गतिहरूको चित्रण गरिएको छ । मानिस आपूm जीवनमा सधै स्वतन्त्र हुन चाहन्छ र स्वतन्त्र हुने प्रयत्न गरी नै रहन्छ । तथापि यही स्वतन्त्रताको प्रयत्न गर्दागर्दै मानिसको जीवन पनि समाप्त हुन्छ । आवाजविहीनहरू आप्mनो स्वतन्त्रताको लागि लडिरहन्छन् । उनीहरू सचेत भएर अगाडि बढ्न चाहन्छन् तर जुन समस्या हो सो समस्याबाट मुक्ति पाउन उनीहरूलार्ई ज्यादै कठिन पनि हुन्छ । यस्तो अवस्थामा समग्र मानिसको जीवन नै स्वतन्त्र छैन जस्तो आभास हुन्छ ।
क्षीण सागरको गर्भ उधिनेर जितेको पूmल
त्यो अमरत्वको पूmल चोरेर,
फेरि झुक्याएको छ गिलगमेशलाई हिज
त्यस पापी साँपले
हरे, जीवनबाट उम्कन असमर्थ छन् मानिस !
स्वतन्त्र, केवल स्वतन्त्र हुन मानिस असमर्थ छन् । (अस्तित्वको दाबीमा साबतको बैला उत्सव)
मानिस अमर हुन चाहन्छ । अमर हुन मानिसले जीवनमा हरेक प्रयत्न गरि नै रहन्छ पनि । तर इतिहासमा ऊ पटकपटक झुक्किन्छ र समस्याबाट उम्कन असमर्थ हुन्छ । यस्तो अवस्थामा नारीहरू सधै रहेका छन् र उनीहरूको आवाज सुनाउन खोज्दा पनि कसैले नसुनिदिने स्थिति रहेको छ भन्दै नारीलाई सधै सीमान्तीय अवस्थामा जवरजस्ती राखिएको देखाउन खोजिएको छ । कवितामा ग्रीसेली मिथक र नेपालको लिम्बु संस्कृतिको सम्बन्धमा कविता मार्पmत कविले उल्लेख गरेका छन् ।
६. निष्कर्र्ष
नेपाली साहित्याकाशमा कवि बैरागी काइँलाको विशिष्ट स्थान रहेको छ । साहित्यको क्षेत्रमा नवीन प्रयोग र मान्यताको साथमा अगाडि आएको आयामेली आन्दोलनका प्रवर्तक मानिने कवि कोइरालाले नेपाली साहित्यमा थोरै लेखेर धेरै चर्चा पाउने व्यक्तिको रूपमा चिनिन्छन् । उनको २०३१ सालमा प्रकाशित ̕बैरागी काइँलाका कविताहरु̓ शीर्र्षकको कविता संग्रहभित्र संग्रहित ̕अस्तित्वको दाबीमा साबतको बैला उत्सव̓ शीर्षकको कविता संग्रह आयामेली प्रवृृत्ति प्रकट गरी रचना गरिएको उत्कृष्ट कविताको रूपमा मानिन्छ । कवितामा कविले विशेष गरी ग्रीसेली मिथक र नेपालको लिम्बुवान क्षेत्रमा प्रचलित संस्कृतिको एकीकृत रूपमा चित्रण गर्न खोजेका छन् । नारीलाई समाजमा गरिएको व्यवहार र उनीरूमाथि समाजले गरेको अपमानको बारेमा कवितामा प्रस्तुत गर्न खोजिएको छ ।
कविले नारीहरूको दयनीय अवस्था र नारीहरू जसरी पनि बैला हुन नहुने र सन्तान उत्पादन गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको हाम्रो सामाजिक अवस्थाको चित्रण गरेका छन् । एकातिर ग्रीसेली मिथक जहाँ नारीहरूले आप्mनो नृत्य प्रस्तुत गर्र्ने र पुरूषको कामेच्छाको शिकार हुनुपर्ने बाध्यात्मक अवस्थाको चित्रण छ भने अर्कोतर्पm नेपालको लिम्बु जातिमा प्रचलित नृत्य जहाँ झङझङको आवाजमा नारीले नृत्य प्रस्तुत गर्ने अवस्थाको चित्रण कवितामा गरिएको छ । कविताले एउटा कथ्यको प्रस्तुत गरेको छ । नारीलाई सीमान्तीय व्यवहार गर्र्ने प्रचलन, नारीको आवाज समाजमा कसैले पनि नसुन्ने अवस्थाको शुक्ष्म चित्रण कवितामा गरिएको छ । नारीलाई सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा गरिएको सीमान्तीय व्यवहारले गर्र्दा आप्mनो समाजमा प्रताडित भर्ई जीवन जीउनु परेको स्थितिको चित्रण छ । आप्mनो अस्तित्वको लागि नारी बैला हुन नहुने अर्थात सन्तान जन्माउनै पर्ने यथार्थ सामाजिक अवस्थाको चित्रण कवितामा पाइन्छ । आप्mनो अस्तित्वको लागि सावातामा उत्सव मनाउन बाध्य ग्रीसेली नारी हुन् या नेपालको लिम्बु जातिमा प्रचलित झङझङको आवाजमा नारीलाई गरिने व्यवहारको तुलना कवितामा गरिएको छ । कवितामा हाम्रो समाजमा चलेका कतिपय संस्कृृतिहरू नारी शोषणको लागि स्थापित भएका जस्ता अवस्थाको चित्रण कविले कवितामार्र्पmत प्रस्तुत गरेका छन् । कविता आयामेली शैलीमा रचना गरिएको हुँदा क्लिष्ट पनि रहेको छ । तथापि कथ्यको दृष्टिले उत्कृृष्ट रहेको छ ।
सन्दर्भ सामग्री सूची
काइँला, बैरागी (२०३१). बैरागी काइँलाका कविताहरू . काठमाडौ ः साझा प्रकाशन ।
के.सी.,नवीन (२०७६). पुनरागमन कथामा सवाल्टर्न. प्राज्ञिक बिमर्श, १(१), (१०२—११०). काठमाडौ ः ओरियन्टल प्रकाशन ।
भट्टराई, रमेशप्रसाद (२०७७). सांस्कृृतिक (वर्र्गी, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली
सन्दर्भ, काठमाडौ ः भुँडी पुराण प्रकाशन ।
शर्मा, मोहनराज (२०७०). अवरजन अध्ययन र साहित्य. भृृकुटी विशेषाङ्क.(३१५—३२२) .काठमाडौ ः भृकुटी पब्लिकेशन ।
सुब्बा, मनप्रसाद (सन २०११). केन्द्र बनाम किनारा. किनारा विमर्श. एचडि लामा रोड दार्जिलिङ ः गामा प्रकाशन ।
सुवेदी, अभि (२०७१). सबाल्टर्न, इतिहास र बोली. जुगल सैद्धान्तिक नेपाली समालोचना. (१०७—११३).काठमाडौ ः जुगल पब्लिकेसन ।
श्रेष्ठ, तारालाल (२०६८). शक्ति, श्रष्टा र सवाल्टर्र्न. काठमाडौ ः डिस्कोर्स पब्लिकेसन ।
http://kavitakosh.org/kk
https://ne.wikipedia.org/wiki

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।