15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यो बगान कसको हो ?

कविता विमला जोशी प्रधान May 17, 2022, 4:26 pm
विमला जोशी प्रधान
विमला जोशी प्रधान

हो आमा
जुन दिनदेखि
दिलको ढोका खोलेर
तिम्रो मन मन्दिरको
पुजारी बनेर
तिम्रो गर्भमा बास बस्न आँए
त्यहि दिनदेखि
अमूर्त भावमा प्रश्न गरिरहन्थे
तर तिमीले मेरो भाा
बुझ्नेै सकिनौ,
जब म जन्मेर
रोदनयुक्त स्वरमा
उहीँ प्रश्न दोहोर्याइरहें
तर तिमीले
एउटै प्रत्युत्तर फर्काइरह्यौ
अझेैपनि त्यहि प्रश्न
गर्न मन छ
आमा! यो बगान कसको हो?
मलाई जन्माएर
प्रसव बेदना नथाक्दै
कोक्रो पिठ्युँमा बोकेर
त्यहि चियाको मुना
खेेलाउँदा खेेलाउँदै
मेरो कोमल शरिर सुमसुम्याउनै भ्याइनौ।
जति बेला मेरा पैतालाले
बगानको माटो छुन पुगे
त्यतिबेला तिम्रो हातको
रेखा कुल्चेको भाा भयो।
पुस्तौंदेखिको
तिम्रा पनि बाजे बोज्यूले
सन्ततिको भविश्य शिला खोज्न
जिन्दगीको कर्मठ पाइला
टेकेका डोबहरु
छन् कि भन्ने आभास हुन्थ्यो।

प्रत्येक चियाका बोट समातेर
ताते ताते गर्दै
तिम्रो पछि लाग्दा
हाम्रै पुर्खाको विरासतको गन्ध
नाकमा ठोकेझैं लाग्छ,
चियाको हरेक फेेेदमा
तिम्रो मात्रै होइन
तिम्रा बाजे र बिज्यूका हातका
चक्रका प्रतिबिम्ब मात्रै देख्छु
यगौं युगदेखि उनीहरु
यहि चियाको बोटको पर्याय बनेर
ओइलाउँदा ओइलाए
झ्याङ्गिन्दा रमाएँ
सन्तानको भन्दा
चियाबारिको हरियालीलाई
माया गरे
तर थाह छैन
कहाँ छ खुशी
कहाँ छ हाम्रो भविष्य?
तिमीसँग अझेै पनि प्रश्न गर्न मन छ
आमा! यो बगान कसको हो?
उता
पूर्वको अग्लो रुखको टुप्पोबाट
चियाका पातभरि
रातका जूनले खसालेका
लछेप्रै शितको थोपाले
जब चियाउन थााल्छन्
तिम्रा अनि मेरा
बाजे बिज्यूका आँखाबाट
टिलपिलाउँदै झरेका
आँशुुका थोपा हुन् कि जस्तो लाग्छ।
अनि पश्चिम क्षितिजतिर
प---- र हेर्छु
दिनका ती लामा हातहरु
यिनै चियाका बोटहरु छोएर
बगानका ढाँचाामा
गोधूलिको रङ्गसित लपेटिएर
बिदा माग्दै गर्दा
आफ्नै पूर्खाको अनुहारमा परेका
थकाइका मुजा हुन् कि भन्ने
अनुभूति हुन्छ।
जीवनको भविष्य साक्षी राखेर
हाम्रा श्रमको तमसुकमा
सपनाहरु बन्धकी राखेर
हुर्किन्दै गरेको
आखिर यो बगान कसको हो आमा?
तिमीले दिएको प्रत्येक प्रश्नको जवाब
अपुर्ण छन्।
तिम्रा यी आशाका मुनाहरु
युगौंदेखिको श्रमिकको उपमाले
विभूषित हाम्रा सपनाहरु
प्रत्येक चियाका ठुूटामा
रक्ताम्मे भएर लटपटिएका छन्।
हाम्रा स्वर्णिम भविष्यहरु
दिनहुँ चिया कारखानामा
पेलिन्छन् अनि जोखिन्छन्
टन र मेट्रिक टनमा
त्यसैले त---------
चियाका कोमल स्पर्श पनि
काँडा भएर मुटुमा चस्स घोँच्छ।
तिनै सुकिला ओँठले दिएको
फोस्रो आश्वासनको चक्रव्युहमा
युगौंदेखिको दासत्वलाई
कर्म र धर्म ठाान्दै
रुन्चे हाँसो हाँस्न
विवश छौं हामी।
यसैले-----
अझेैपनि पटकपटक
सोध्न मन छ
आमा! यो बगान कसको हो?

नागरी फार्म चियावारि, दार्जिलिङ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।