19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भुपेन्द्र महत October 17, 2008, 2:00 am

मन भरीका रहर ओठ भरी डुलुन

बसन्तको सुबास वरि परी घुलुन

जमरा झै शान्ती मौलायोस अधरमा

आशाका कोपिला सुगन्ध छरी फूलुन

तेरो मेरोको घेरो,नपाल अंधेरो,अतिसारो

सदभाबको ज्योतिले बिभेद तरी झूलुन

मैलोको थैलो दुर्गन्ध,यो दैलो न त्यो दैलो

बिकारका तुष सपनामै टरी भूलुन

आस्थाका देव देवी विश्वाशमा जागा छन्

कुसल मंगल तिम्रा पोल्टा भरी हुलुन

आशिष थापी निधारमा आधारको टिका

बिजय श्री तिम्रो, खुशी घरी घरी फुलुन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।