16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल गुलाब कान्छो June 4, 2022, 4:16 am
गुलाब कान्छो
गुलाब कान्छो

चप्पलै लगाउ बरु खुट्टामा काँडाले खोप्न सक्छ ।
सुख छ भन्दैमा खुशी नबन दु:खले छोप्न सक्छ ।

भरै हुन्न अचेल बजारमा लिलाम हुने मायाको,
होसियार हुनु माया गर्दा मुटुमा तिर घोप्न सक्छ ।

मुस्कुराइ दुश्मनले अंगालो हाल्दैमा मख्ख नपर्नु,
किनकी त्यसैले पछाडिबाट नै छुरा रोप्न सक्छ ।

ऊ मेरै भोटले जितेको नेता हो तर विश्वास छैन,
थाहा छ मलाई भ्रष्टको दलदलमा चोप्न सक्छ ।

बाजुरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।