16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो देशको शिर

कविता तिल कुमारी शर्मा June 11, 2022, 3:42 am
तिल कुमारी शर्मा
तिल कुमारी शर्मा

हो म गहनामा सजिन्न बरु मेरो देशको प्रकृतीमा सजिन्छु
मेरो देशको हिमालको हिउसँग झल्किन्छु
हो म मेरो देशको शिरमा टल्किन्छु।

मेरो देश मेरो मुटुको धड्कन हाे
मेरो देश मेरो जन्मको औचित्य हो
देश तिमीलाई कसैले बेचे मलाई
तिमी घट्दा मेरो आयु घट्छ ।

त्यसैले संसारमा ईतिहास कोर्छु
तिमीलाई मेरो पहिचान को माला लगाउँछु
मितेरी साइनो मेरो गौरवशाली ईतिहास हो
कहिल्यै नमर्ने हाम्रो अजम्बरी साइनो हो ।

हो मेरो मितेरीले सन्सार चुम्छ
मेरो देशको गौरव यसैले बनाउँछ
मेरो देश मेरो सौर्न्दर्य को बिज
संसारमा म ल्याउछु सन्देश ।

देश तिम्रो ईतिहास कोर्ने हात हो मेरो
म नै संसारमा यात्रा गर्छु पहिचान छैन तिमी बिना मेरो
देश म बने तिमी बन्छौ
म हारे तिमी पनि हार्छौ ।

त्यसैले जित्नु छ तिमीलाइ संसारमा चिनाउन
बाच्नु छ तिम्रो अस्तित्व बनाउन ।।


पैयु हिले, पर्वत
हालः काठमाडौ, किर्तिपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।