15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आधुनिकताको तीखो धनु

कविता प्रा. डा. मोहन प्रसाद जोशी June 11, 2022, 2:21 pm
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

न घाम घरमा पस्न दिएँ
राखी झ्याल खुल्ला,
न हेरेँ उडिरहेका
पङ्क्तिबद्ध बकुल्ला,
न देखेँ फैलिएका
हिमालका शृङ्खला |

न उक्लेँ माथि छतमा
चाँदनी रातमा,
न रुझेँ म बर्सातमा
रूख-बिरुवाका साथमा,
न पल्टिएँ प्रकृतिको
केही बेर काखमा |

न रोकेँ मैले आफूलाई
हेर्न लामो इन्द्रधनु,
सूर्यास्त देख्दा कुनै दिन
रोकिएन मेरो मनु,
गढेको देख्छु छातीभित्र
'आधुनिकता' को तीखो धनु |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।