14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बन्धकी हाँसो

कविता आचार्य प्रभा October 16, 2008, 9:58 pm

उत्कट अभिलाषाको कमारो भएर होइन

जिउने आधार खोज्न

म ,

आफ्नो भुगोलरेखाको सीमाबाट

बाहिरिएकिछु मलाई लालिगुराँश,चाँप् ,चमेलिको मोह

किन थिएन र रु

अनी ---सेता अग्ला हिमालहरुको

द्रीश्यले किन मोहित थिइन र रु

तर ---फूलको सौन्द्रय र सुगन्धले

गाँस पुग्ने भए ,

हिमशिखरको काखमा बास टर्ने भए

शायद ---मैले जिउनुको अर्थमा

लक्ष्मण रेखा पार गर्ने थिइन ।

म मान्छे ,

आफु बाँचेर अरुलाई पनि बचाउनु छ

बचाउनुको आशयमा बांच्ने आधार खोज्नु छ ।

त्यसैले ---बलियो आधारको खोजिमा

म आफ्नो भुमीबाट अलग्गिएकिछु ।

मलाई दलान र बलेशिको आनन्द

किन थिएन र रु

अनी करेशाबारी र खेत्बारिको

झझल्को आँखामा किन छैन र रु

त र ---दलान र बलेशी नै

आजभोलि पराइ ठान्नु परेपछी

करेशाबारी र खेतबारी नै बन्धकमा परेपछी

शायद ---म,

अर्को श्रीजनाको अर्थमा

पराइ बनेकिछु

मेरो बन्धकी हाँसो उकास्न ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।