म हातमा बन्दुक मनमा कर्तव्य बोकेर कम्ब्याक्ट पोसाकमा खडा थिएँ । यसै गरी उभिएको सात वर्ष वितिसकेको थियो । उभिनु, केवल उभिनु मेरो एक मात्र गन्तव्य थियो । आउनेजानेको अनुहार नियाल्नु र अनुभूत भएका कुराहरू मनमै कुहाएर केवल खडा हुनु नै मेरो डियुटीको आदर्श बनेको थियो ।
आफू माथिका अफिसर आए स्यालुट गर्नु, समकालीन भए मुसुक्क हाँस्नु, बाहिरका भए टुलुटुलु हेर्नु मेरो दैनन्दिनी थियो । प्रहरी सेवामा मैले खडा हुन मात्रै सिकेको थिएँ । बौद्धिक चातुर्य देखाउन भने पाएको पनि थिइनँ । आफूमा भएको बुद्धिमता मनभित्रै त्यसै ओइलिएर सुकेको अनुभूत हुँदै थियो । बाहिर देखाउने र प्रशंसा बटुल्ने ठाउँ, अवस्था र अवसर छँदै थिएन ।
सधैँ भरिको एकै नासको जीवन भोग्नु पनि दुःख पिउनु सरह रहेछ । म अझै खतरामा थिएँ । त्यसबेला माओवादीहरूले जिल्ला सदरमुकाम हान्दै हिँडेका थिए । सीडीयो कार्यालय ध्वस्त भएका धेरै घटनाहरू अखवारमा आइसकेका थिए । त्यसबखत म पनि गाईघाटको जेल रक्षकको रूपमा काम गरिरहेको थिएँ ।
कतै उनीहरूले जमुनलाल दनुवार, मोहन बहादुर कटवाल र चव्रmबहादुर राईजस्ता होनाहार नेताहरूको ज्यान लिएको रिसमा जेल नै त नउडाइदेलान् । अन्य होनाहार नेतृत्व र कार्यकर्तालाई माटोमा मिलाएको आरोपमा एक्लैदोक्लै भेटे हामीलाई नै ठहरै पार्ने त होइनन् । माओवादी पनि मान्छे हुन्; हाम्रै दाजुभाइ र दिदीबहिनी हुन् तर दुर्भाग्य सके तिनलाई नै ढाल्ने र नसके तिनैबाट ढलिने खेलमा हाम्रो जीवन समर्पित थियो ।
कहिलेकाहीँ विदा मिले पनि मलाई जन्मघर औरही जान डर लाग्थ्यो । कतै कसैबाट ठहरै भइने हो कि भन्ने भयले गाँजेको हुन्थ्यो । आमाको कडा चेतावनीले पनि मेरो लागि दशैँ, दीपावली, छठ, फागुजस्ता पर्वहरू कसरी आए र कसरी गए पत्तै हुन्नथ्यो ।
‘दिनेशवा बेटा, तुँ चुपचापै गाईघाटमे रही । यत आबैके काज नई छै । माउवादीसँ बइचके रही ।’
माओवादीको डरले गर्दा आमाले मलाई घर आउन मनाही गरेको कथन टुङ्गन नपाउँदै म भन्थेँ, ‘माई, तुँ एकरति चिन्ता नई ले । जखन तुँ कहबी तखन हम एबौ ।’
आमाको अनुमति मिलेपछि मात्रै घर आउने मेरो कुराले उहाँ दंगदास हुँदै भन्नुहुन्थ्यो, ‘बात त बहुत छै बेटा, तोहर विया करै परतो । ई माउवादी सभ तोरा बुढ बनाके छाडतै । कथी करबै ?’
मेरो विवाह गर्न नपाएकामा पनि उहाँ माओवादीलाई नै दोष दिनुहुन्थ्यो । म ख्यालख्यालमै भनिदिन्थेँ; ‘तुँ चिन्ता नई ले माई, जेलमे बहुत माओवादी आबै है । हम एकटासँगे बिया क्यालेबै ?’
मैले कुनै कैदी माओवादीसँग बिहे गर्ने कुरा सुनेर उहाँको थोते हाँसो सुनिन्थ्यो । बुढियालाई हँसाउन दस थरीका कुरा नगर् भन्दै उहाँ फोन राख्न हतारिनुहुन्थ्यो; ‘हमर हँसाबैला तुँ कथीकथी कहैछी । चुपचाप फुन राख । ढौवा सठल हेतै !’
+++
समकालीन एउटा साथी अगि र फलामे सिव्रmी पव्रmेर अर्को साथी पछि थिए । बीचमा एक सोह्र÷सत्र वर्षकी च्यातचुत परेको मैलोधैलो कम्ब्याक्ट ड्रेसमै महिला आकृति हिँडिरहेकी थिइन् । तिनको हातपछाडि लगेर हतकडी लगाएको थियो । जिङ्रिङ्ग परेको केसरासी अगाडि आएर असरल्ल हुन्थ्यो । आँखा छोपिएर हिँड्न बाधा पु¥याइरहेको स्पष्ट अनुभूत हुन्थ्यो । घरीघरी मुन्टो झट्कारेर केस पन्साउन खोज्दा गहुँगोरो मुहार साक्षात्कार गर्न पाइन्थ्यो ।
त्यसबेला हिउँदको ठिहीमा बल्लतल्ल झुल्केको कलिलो घामलाई वादलले ढाक्ता बादलदेखि मन मुर्मुरिँएझैँ अनुहारमा आइरहने त्यो केसरासीदेखि मेरो मनमा समेत रिस उम्रन्थ्यो । किन मन त्यस्तो हुन्थ्यो; म कसैलाई भन्न असमर्थ थिएँ ।
उनीहरू भन्दा पहिला खै कताबाट हो मेरा सामु कमान्डर देखा परे । उनले कैदीभित्र पठाउन संकेत गर्दै आफू भने हातमा कागज लिएर आगन्तुक दर्ताका लागि जेलप्रशासक कक्षतिर लागे । म भने पुलुकपुलुक तिनै नवागन्तुक कैदीतिर नजर गाड्दो थिएँ ।
उनलाई हिरासत कक्षभित्र पसाइयो । उनी मेरा आँखाबाट ओझेल भइन् । उनका तेजस्वी आँखा मात्र मेरो मानसपटलमा चुइगम टाँसिएझैँ टाँसिरहे । मलाई अघाउँजी उनको मुहार हेर्न मन थियो । किनकिन शिरदेखि पाउसम्म विस्तारैविस्तारै नजर गाड्दै नियाल्ने रहर भयो । त्यस बेला भने त्यो सोच अधुरै रह्यो ।
पुलिस नामको उरन्ठेउलो ठिटो न परेँ । अरूबेला भए त्यस्ता तरुनी कैदी देख्नासाथ इज्जत लुट्ने मन भइहाल्थ्यो । आफ्नो तरुनो मन कताकता दगुथ्र्यो । यद्यपि उनको छाँया र शारीरिक बनावट अल्पअल्प देख्नासाथ भने तरुनो उछृङ्खल मन मरेर आयो । त्यसको सट्टामा अभिभावकीय खबरदारी कानमा ठोक्किन आएजस्तो भयो ।
उनले भने जस्तो लाग्यो– विवश प्राणीको विवशताबाट फाइदा लुट्नु कायरताको निशानी हो । कायरलाई समाजले कालान्तरसम्म घृणा गर्छ । वीरतालाई पूजा गर्छ । भलै रावण चरित्रको पूजा हुन्न । रावण विद्वता र कौशलताको पूजा हुन्छ । हामी रामको लहरमा छौँ । तिमरू रावणको पक्षमा वकालत गर्छाै । र; शक्तिले उन्मत्त भएर हामी निःशस्त्रलाई पाइतालामुनिको धुलो सम्झन्छौ । हेर्दै जाओ; यी सबै तिमरूका कर्तुतलाई एक दिन इतिहासले मूल्याङ्कन गर्ने छ ।
त्यसबेला मैले आफ्नो मनलाई आफैँ लोप्पा खुवाएको थिएँ । र; दैनिक ड्ुयुटीमा मन लगाउने जमर्को गरेको थिएँँ । मन भने उनैतिर तानिइरहेको थियो । कहिल्यै नदेखेको, कहिल्यै नसुनेको र कहिल्यै कल्पना नगरेको व्यक्तितिर मेरो किन र केको आकर्षण ! आफ्नो मन आफ्नै मनसँग जवाफविहीन प्रश्न गरिरहेको थियो ।
जवानी सुन्दर हुन्छ । सुन्दरले सुन्दरताकै पूजा गर्छ । सुन्दरता नै लक्ष्य बनाउँछ । राम्ररी नियाल्न नपाए पनि उनी सुन्दर लाग्दथिन् । उनले निर्दोषपनको भारी बोकिरहेकी छिन् जस्तो लागेको थियो ।
सुन्दरतासँगै रस भएकाले कैयौँ कोश भौतारिएर भमरा फूल खोज्दै आउँछ । रस चुस्छ । सुन्दरता चुम्छ । जब सुन्दरता हराउँछ; रस रित्तिन्छ; त्यहीँ पाइखाना गरेर पुनः नफर्कने गरी हिँडिदिन्छ । मान्छे नाम गरेका भमराहरू मैले धेरै देखेको छु । यद्यपि म फरक भमरा बन्न चाहन्थे । सुन्दरता कुरुपतामा बदलिए तापनि रस सकिएर निरस भएपनि एक पटक मनको आसनमा बसाएपछि सधैँ बसाउने अठोट गरेँ । यस्तो सोच राखिरहँदा मैले मुठ्ठी कसिलो पार्न पुगेँछु ।
+++
एक पटक उनलाई महिला कैदी कक्षको कुनामा झोव्रिmरहेको देखेँ । बन्दुक चलाउने, जिल्लाको नेतृत्व गर्ने र उमङ्ग–उत्साह हुने नारी यसरी बिरसिलो पाराले बसेको मलाई चाहिँ फिटिक्कै मन परेको थिएन । हर्दम म उनको जय मात्र होस् भन्ने चाहन्थेँ । मेरो बसमा हुन्थ्यो भने म उनलाई स्वतन्त्र चरो बनाएर खुल्ला आकासमा उडाइदिन्थेँ । सम्भव भए आफू पनि पछिपछि उड्न चाहन्थेँ । यद्यपि यहाँ कुनै कुरा पनि सहजै सम्भव थिएन ।
एक पटक खैरेनी गाउँबाट आएकी एउटी अधबैँसे नारी उनलाई भेट्ने अनुमति लिएर प्रतीक्षालय स्थलमा खडा भएकी रहिछन् । म पनि उनीसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइने भयो भनेर उत्सुक थिएँ ।
नभन्दै दुबै नारीले लामै भलाकुसारी गरे । म चियाएर उनको मुहार हेरिरहेको थिएँ । आफ्ना गाउँबाट आएका मान्छेसँग मन खोल्न पाउँदा उनको उज्यालो मुहार अझ दीप्तिमान भएको थियो । उनीहरूको वातचित सकिनासाथ अधबैँसे नारी फर्किन् । अरू कैदी सरह उनी एक कुनामा खडा भइराखेकी थिइन् । उनको रूपलावण्य मैले सोचेभन्दा धेरै गुणा उत्तम थियो ।
‘तपाईको नाम के हो ?’
मेरो मुखबाट निस्केको प्रश्नले उनी झस्किन् र पुलुक्क मेरो अनुहारमा नजर गाडिन् । अनि पूर्ववत् शिर निहु¥याइन् र जमिन कोट्याउन थालिन् ।
‘तपैँ कति वर्षदेखिन् जनमिलिसियामा काम गर्नुहुन्थ्यो ?’
उनले उत्तर नदिए पनि उत्तरको झिनो आशाले मैले अर्को घोचो तेस्र्याएको थिएँ; ‘तपैँ जनमिलिसियाको कुन पोस्टमा काम गर्नुहुन्थ्यो ?’
यस पटक भने उनले टाउको उठाइन् । मलाई शिरदेखि पाउसम्म नियालिन् । सायद मैथिल समुदायको मान्छे हो कि होइन भनेर ठम्याइन् क्यारे ।
र, मलाई वैरीदृष्टि फ्याक्तै बोलिन्; ‘हमरा अखेन ककरो कुछो कहैके मन नई छै । हमरा नई पुछ ।’
कसैसँग बातचित गर्न मन नभएको उनको रुखो बोली पनि मेरो लागि रसिलो रसबरी सावित भएको थियो । जस्तो भए पनि स्वर सुन्न पाएको थिएँ । अनुहारमा दगुरेका आव्रmोशको रेखा पढ्न भ्याएको थिएँ । साँच्चै मलाई त्यो क्षण साह्रै अनुपम लागेको थियो ।
‘हाम्रो पनि मनै हुन्छ । हामीलाई पनि मान्छेको विवशता बुझ्न रहर लाग्छ । अरूको आँसु आफ्नै लाग्छ; कहिलेकाहीँ अरूको हाँसो पनि आफ्नै भइदिन्छ ।’
मैले यत्ति भनिसक्ता उनी दुई कदम अगि सरिन् । मेरो मनमा आशंका जन्मियो– कतै मेरा कुराले पोलेर फलामको बारभित्रैबाट हात लम्काएर यिनले मलाई नै थप्पड त बजार्ने होइनन् ? फेरि न्याय खोज्न कहाँ जानू ! उच्च तहका अफिसरलाई कम्प्लेन गरूँ भने डिउटीको मर्यादा भुलेर कैदी जिस्क्याउन गएको आरोपमा उल्टै सजाय तोकिएला; समकालीन दौँतरीलाई भनूँ भने रातोदिन ओइरो खनेर हाँस्य पात्र बनाउलान् । चुप रहनु नै बेस । घटना घट्नुपूर्व नै सतर्क रहनु बुद्धिमानी ठानेर एक कदम पछि सरी खडा भइरहेँ ।
उनी आइन् । फलामे छडी समाइन् । मतिर सामान्य नजर लगाइन् । मुसुक्क मुस्कुराइन् । र; भनेकी थिइन् ‘आजसम्म मैले यत्ति रसिला कुरा गर्ने र मप्रति सहानुभूति पोख्ने मान्छे नै पाएकी थिइनँ । तपैँ किन र कुन स्वार्थले सोध्दै हुनुहुन्छ,; म आशंकाको घेरामा अल्झिराखेकी छु ।’
‘म कसैको शंका पनि हैन; ममा कसैप्रति आशंका पनि छैन । मनमा आयो; सोधिदिएँ । मलाई पोसाकले छेक्थ्यो; मर्यादाले रोक्थ्यो । सबैको बन्धन तोडेर सोधेको हो ।’ मैले मेरी थोती आमालाई सम्झँदै भनेको थिएँ ।
उनी एकछिन घोरिइन् । र; यत्ति मात्रै भनेकी थिइन्; ‘यत्तिबेला म तपैँहर्को कैदी मात्रै हैन; एक व्यक्ति पनि हुँ । त्यसैले भन्छु; म सुनिता दनुवार हुँ । बाबुलाई जल्लादले निशंसतापूर्वक मारे । माहिली बहिनीलाई लिएर लास हेर्न कटारीको सरकारी भवन पुगेकी थिएँ । क्षतविक्षत लास देख्ना साथ रीमा कहालिन थाली । म हिक्का मनमै लुकाएर आँखाबाट वेदना बगाउँदी थिएँ । शब्दमा वयान गर्न सक्तिनँ । दुनियाले हेरेर र देखेर आतङ्कित होऊन् भनेर तीनै जना उदयपुरे सपुतको लास प्रदर्शनीमा राखेको थियो ।’
उनी थप्दै गएकी थिइन्– त्यसबेला एक बर्दीवालले सोधेको थियो; ‘तिमेरू जामुनेकी छोरी जस्ता छौ; हौ कि क्या हो ?’ मैले डरले ‘हैन’ भन्नका लागि मुन्टो हल्लाएकी थिएँ । रीमा भने होस गुमाएसरह भएकी थिई ।
तत्कालै प्रश्न ठडिएको थियो; ‘अनि किन आफ्नै बाबु मरेझैँ गरेर रोएकी त ? आफू त रुन्छेस्; रुन्छेस् बहिनीलाई पनि रुवाउँछेस् । तेरो यो कस्तो काइदा हो ?’
हामी चुप लागेको मौकामा फेरि थपेको थियो; ‘कि जामुनेकै कोही हौ ? नत्र त यत्रोबेर यता र उता मडारिँदै नरुनुपर्ने हो ।’
‘जामुने दनवार गाउँले काकाबडाउ पर्दाे हो । यहाँ त्यसको बिजोग देखे । सहन सकेनन् । विक्षिप्त भए । रोए । यी अबला बालिकालाई तर्साउनु बेकार छ । सम्झाएर फर्काउनु नै बेस हुन्छ ।’ अर्को बर्दीबालले दयालुपन देखाउँदै थपेको थियो, ‘ठाउँठाउँबाट मान्छे आउँछन् । आँसु खसाल्ने जति जामुनकै सन्तान दरसन्तान हुन् भन्ने छैन । जिउँदो छँदा मान्छे मित्रुशत्रु बन्छ; मरेपछि त्यो जडवस्तु कहलिन्छ र शिलाझैँ पूज्य बन्दछ । त्यसैले त विधिपूर्वक दाहसंस्कार गरिन्छ ।’
उसका कुराले केही राहत मिलेको थियो । अघाउँजी रोएर हामी दिदीबहिनी घर फर्केका थियौँ । जल्लाद टोली आमाको खोजी गर्दै रैछ । एकै चिहान बनाउने जल्लाद धोकोलाई आमाले पूरा हुन दिनुभएन । बुबाको पार्थिव शरीर राखेको स्थानमा आँसु खसाउन जान सक्नुभएन ।
उहाँ भन्नुहुन्थ्यो, ‘मेरो जीवनसाथी जामुनलाई हृदयमा टाँसेकी छु । विरोधीले भौतिक लीला नष्ट पारे तर मेरो हृदयको उहाँको तस्विर मेट्न सक्तैनन् ं। सक्ने जति गरून्; अन्ततः जीत पाण्डवकै पक्षमा छ । नष्टभ्रष्ट कौरव चरित्र नै हुन्छ ।’
म अगस्त्य नै भएको थिएँ । उनले बोल्न बन्द गरिन् । म बोलिरहून् भन्ने चाहन्थेँ । मसँग सोध्न प्रश्न नै थिएन । उनी पनि चुप, म पनि चुप । त्यस बीचमा धेरै थरीका मान्छे अरू कैदीसँग भेट्न आए । कसैले सामान्य गफ गरे; कसैले सुक्कसुक्क गरेर रोएर फर्के । कसैले भने मनग्यै आव्रmोश पोखे त कसैलेचाहिँ सहानुभूति दर्साएर गए ।
‘अनि तपार्इंंले चाहिँ कसरी बन्दुक अठ्याउनु भो त ?’
मेरो प्रश्नको जवाफमा उनी अझ् गम्भीर बनिन् । आज भन्दिनँ भनिन् । भन्न कर गरिरहेँ । तपाईं पत्रकार हो र ! भन्नसम्म भ्याएकी थिइन् । मैले जिद्दी गर्न मुख खोल्न आँट्दा उनले अरू बुझ्ने भए आफ्नो हाकिमलाई सोध्नू भनेर कुरोको बिट मारेकी थिइन् ।
सायद हाम्रा हाकिमहरूसँग उनले सारा वयान दिएको हुनुपर्छ । हाकिमकहाँ पुग्ने मेरो हिम्मत नै थिएन । आफ्नै मनलाई थुम्थुम्याएर रहन वाध्य थिएँ ।
+++
दिनहरू सामान्य रीतले वित्दै थिए । न कसैले मलाई उनको कैदका बारेमा थप जानकारी दियो; न मैले नै पत्ता लगाउन सकेँ । कैदी उनी थिइन्; त्यस बीचमा मेरो मन पनि कैदी भएको थियो । मेरो डिउटी अन्यत्र परेका कारणले पनि केही दिन म त्यहाँ जान सकिनँ ।
एकाएक एउटा खबर आयो– ए दिनेश; तिम्रै गाउँले कैदी केटी होली त्यो; तिमीसँग भेट गर्न खोज्दै थिई ।
खबर दिने महिला प्रहरी थिइन् । उमेरले पाकी भए पनि हामीसरहकै पोस्टमा काम गर्थिन् । उनका कुरा नपत्याउने कुरै थिएन । त्यस घडीमा मेरो कतै डिउटी थिएन । मेरी गाउँले कैदी केटी भनेका त्यहाँ कोही थिएनन् । उनैसँग बेलाबेलामा लामै कुराकानी गर्ने भएकाले गाउँले केटी सम्झेकी होलिन् भन्ने लाग्यो ।
त्यत्तिञ्जेलसम्ममा थाहा पाएको थिएँ– उनको घर खैरेनी हो; बाबु जामुनलाल मारिएपछि ती बन्दुक पव्रmेर वन पसेकी हुन् । सोझो राजमार्गमा सोझै तवरले हिँड्दा पव्रmाउ परिन् । र; गाईघाट जेलसम्म ल्याइपु¥याइन् ।
सधैँ म उनलाई खोज्थेँ । आज उनैले मलाई खोजिन् भनेर मन पुलकित भयो । ब्रस गर्दै थिएँ । गर्दागर्दै कैदी भेटघाट कक्षमा पुगेँ । नभन्दै उनी एक छेउमा घाम तापेर बसिरहेकी रहिछन् । मलाई देख्नासाथ मुसुक्क हाँसिन् । र; तत्कालै मुख अँध्यारो बनाइन् । म पहिले किन मुख खोलूँ भनेर निःशब्द उभिइराखेँ ।
‘आब हम जाइछी ।’ उनले अँध्यारै अनुहारले कतै जाने कुरा ओकलिन् । मैले स्वभाविक रूपमा लिएँ र भनिदिएको थिएँ; ‘अच्छा; ठीक छै । जाऊ ।’
मनमा अर्कै भावना भए पनि मुखले विपरीत कुरा बताउँदा पनि उनले सहजै अर्को प्रश्न राखेकी थिइन्; ‘मलाई केही भन्नुहुन्न ?’
‘के भन्नू ? तपैँ कैदी । म कैदीको रखबारी गर्ने अर्को कैदी ! एउटा कैदीले अर्को कैदीलाई कहाँ केही भन्न मिल्छ र ?’ एकछिन पछि मैले पुनः भनेको थिएँ; ‘बरु तपैँ फुक्का कैदी हुनुहुन्छ । म बाँधिएको कैदी हुँ । फुक्का कैदीले मन खोलेर भन्न सक्छन् । बाँधिएको कैदीले तौलेर बोल्नुपर्छ; जोखेर काम गर्नुपर्छ । केही भन्नुछ भने मन खोलेर भन्नुस् । म पनि कान खोलेर सुन्छु ।’
मेरो लामो गन्थनले उनलाई बिझाएछ । उनले यत्ति भनेकी थिइन्, ‘मेरो जाने बेला भयो । यहीँ कुरा भन्न तपैँलाई खबर गरेकी हुँ । त्यसको तपैँलाई केही मतलब छैन भने ठीक छ । मनमा आएको सपनालाई विपना नहुने सपनै रहेछ भनेर चित्त बुझाउँला । ठीक छ; मेरै बोलावटमा आउनुभएको भए जान सक्नुहुन्छ । यहाँसम्म आएर मेरा कुरा सुन्दिनुभएकोमा धन्यवाद छ ।’
उनले कुरो टुङ्ग्याइसकेपछि मैले पनि टुङ्ग्याए लहरो अघि बढ्दै बढ्दैनथ्यो । एउटा गाँठो परेपछि अर्कोमा पर्नुहुन्न अनि मात्रै गाई बाँध्न सकिन्थ्यो । दुबैतिर गाँठो परे त्यो बन्धन नै हुन्नथ्यो । मनमा यस्तै कुरा आए । न उनी त्यहाँबाट अन्तै सरिन् । न म नै फर्कन सकेको थिएँ ।
‘ए; म पनि कस्तो हुस्सू ! तपैँ कता जाँदै हुनुहुन्छ रे !’
‘राजविराज !’ उनकोे केवल एक शब्दले म हैरानमा परेको थिएँ । त्यहाँ होमनाथ खत्री नामका जेलर थिए । उनी राम्रा थिए; सोझा थिए । उनको सोझोपनको फाइदा उठाउँदै राजबन्दीमाथि अत्याचार थोपरिन्थ्यो । त्यत्तिबेला कृष्ण सेन ‘इच्छुक’ पनि त्यही थिए । उनलाई अन्यत्र सार्न नानाथरीका जालजेल भएको सुनेको थिएँ ।
उनको त ‘कलम’ दोषी थियो । मेरी उनकीको त ‘बन्दुक’ नै दोषी थियो । कलमलाई त लुतो ठान्थे; बन्दुकलाई काउछो नठान्ने कुरै थिएन । यिनै कुरा सम्झेर मन एक तमासको भयो ।
यद्यपि मेरो मनलाई केही नभएजस्तो गरी भनेँ; ‘कसले भनेको ?’
‘म यहाँ रहँदा खतरा भयो रे । जेलब्रेक गर्ने सम्भावना बढ्यो रे । सदरमुकाम हान्ने पार्टीको योजना सार्वजनिक भयो रे । अरू केके भयो रे ? त्यसै भन्थे । तपैँहरू नै जान्नुस् ।’ उनले अर्कातिर मुन्टो बटारेर अनुहार पुछिन् । अनुहारमा पसिना थियो कि आँखामा आँसु थियो मैले छुट्याउन सकिनँ ।
‘म न तपाईंको नाम जान्दछु; न तपैँ मेरै जान्नुहुन्छ । तपाईं र म विपरीत किनारामा उभिएका छौँ । तपैँको हातमा हतकडी छ । तपाईं संविधानलाई लात हान्ने वर्गमा पर्नुहुन्छ । म त्यही संविधानलाई पूजा गर्ने कसम खाएर बन्दुक पव्रmेर उभिएको छु । तैपनि तपैँलाई नदेख्दा मलाई औडाहा हुन्छ । किन हो, म जान्दिनँ ।’
मेरा कुरा सुनेर उनले रुन्चे स्वरले भनेकी थिइन्; ‘किनकिन मलाई पनि त्यस्तै त्यस्तै हुन्छ । मलाई गाउँघरमा सुनिता भनेर चिन्छन् । जामुन र इन्द्रावतीकी जेठी सन्तान भन्छन् । रीमा, पार्वती, सुशीलकी दैया ठान्छन् । त्यसभन्दा बढेर भन्दा बुढापाकाले सरूपलाल दनुवार र सरू दनुवारकी जेठी पोती भनेर जान्दछन् ।’
म सुनिताका बारेमा अझ प्रष्ट हुँदै थिएँ । यद्यपि अझै पनि मनमा एकाध खुल्दुली ताजै थियो । मन नखोली रहेँ भने मसँग गुनासो मात्रै रहने भयो भन्ने लाग्यो ।
मौकामा मन खोलिहालूँ भनेर सोधेँ; ‘तपैँले बन्दुक किन अठ्याको ? कसरी पव्रmाउ पर्नु भाको ? धेरै दिनदेखिको मेरो प्रश्न आज राखेँ, सम्भव भए उत्तर दिनुस् नभए प्रश्नै फिर्ता लिन्छु ।’
मेरो भद्रतालाई झट्टी हाल्दै जवाफ फर्कियो; ‘मैले किन जवाफ दिनू ! तपैँ मेरो को ?’
‘म तपैँलाई मन पराउँछु । तपैँ मेरो हितैषी, म तपैँको । म दक्षिण सिरहाको, तपैँ उत्तर उदयपुरको । मन मिले समय आएछ भने विपरीत किनारा एक होला । नमिले टुलुटुलु हेरेर बसिएला ।’
मेरो प्रष्ट विचार सुनेपछि उनी निकै बेर मौन रहिन् । उनले मेरो पोसाकमै लेखिएको नाम पढ्न भ्याएकी रहिछन्– डी. के. सिंह । कुममा भएको लोगोले म प्रहरी दर्जाको जागिरे हुँ भन्ने बुझिसकेकी रहिछन् । सबै कुरा बिर्सेर यत्ति सोधिन्, ‘डी. के. सिंहको अर्थ के हो ?’
‘दिनेश कुमार सिंह ।’ मैले तुरुन्तै जवाफ फर्काएको थिएँ ।
छ्ुट्ने बेलामा केवल यत्ति भनिन्; ‘आमालाई सेनाले बन्दुक तेस्र्याइरह्यो । बेलाबेलामा पव्रmाउ गरेर मानसिक यातना दिइरह्यो । सबै परिवारलाई एकै चिहान बनाएर पुरिदिने धम्की छाडिरह्यो । त्यसैले वाक्कदिक्क भएर आमा घरव्यवहार त्यागेर पार्टीको शरणमा हिँड्नुभयो ।’
उनी थप्दै गइन्; ‘सुशील भाइलाई त इन्द्र राउत सरले कसैको छोरो बनाएर राजविराजमा पढाउँदै हुनुहुन्छ । सानी बहिनी पार्वतीलाई पनि गोबिन्द चौधरीकी छोरी भनेर पार्टीकै रेखदेखमा लहानमा पढाइँदै छ । माहिली बहिनी रीमा गायन, नृत्य र बाद्यवादनमा अगाडि थिई । सामना सांस्कृतिक परिवारमा आबद्ध भएर जनयुद्धलाई उचाइमा पु¥याउन सघाउँदै छे । म यहाँ आइपुगेँ । अहिले भने को कहाँ छ; खुत्रुक्कै भइसक्यो कि बाँचेकै छ; अझै पत्तो छैन । घरमै बसे बाबुको आँसु र रगतले एकातिर पिरोल्थ्यो; अर्कातिर सैनिकको राइफलले बेलाबेलामा घोच्दथ्यो । त्यसैले वनवासी भइयो ।’
उनी घरिघरी रुकेर मेरो प्रतिव्रिmया सुन्न पर्खिन्थिन् । म भने निःशब्द थिएँ । सोध्ने प्रश्न नै थिएनन् । उत्ति साह्रो ज्ञान पनि थिएन । प्रश्न सोध्दा उनको धाराप्रवाह शैली अवरुद्ध हुने सम्भावना थियो । तसर्थ म चुपचाप निरीह प्राणी बनेर उनको मुहारमा मात्र एक टकले हेरिरहेको थिएँ ।
+++
भोलिपल्टै सुनेँ– सुनिता राजविराज चलान भइन् रे ।
मन एक तमासको भयो । मुटुमा झिरले घोचेजस्तो पीडा भयो । आफ्नै साथीहरूसँग समेत रिस उठ्यो । जेल सरुवा गर्ने निउमा चुरेको जङ्गलमा लगेर एक गोलीको भागिदार बनाए कि भन्ने त्रास भयो ।
हत्त न पत्त जेल सार्दा साथमा जाने साथीहरूको नामावली पढे– अमृता साफी, श्यामा साह, राजकुमार मोक्तान, हरिदेव राउत, उग्रकान्त झा सई साहव ।
अमृतालाई भेटेर मनको खुल्दुली पोखेँ । उनले पनि सुनिता निरास मुहार लगाएर बसेकी, बोलाउँदा पनि बोल्न पैसा पर्लाजस्तो गर्ने गरेकी भनेर सुनाई ।
फर्केर क्वार्टरमा आएँ । सन्चो नभएको बहाना गरी डिउटी अर्कै समय पारेँ । र; अघाउँजी मन खोल्न बसे–
सुनिता,
यहाँ भन्दा बढता सम्बोधनको अनुमति छैन । अहिले यत्तिमै चित्त बुझाउनुस् । तपाईंले गाईघाट छाडेपछि पो तपैँको महत्त्व अनुभव भयो । सधैँ एकै ठाउँ रहन र रम्न नपाइने रहेछ । तपाईं सङ्घर्ष मैदानकी मान्छे, म सामान्य औकातको मान्छे, हामी बीच मेलभन्दा बेमेल निकै छ । म त्यही बेमेलमा कतै मेल खोज्न सकिन्छ कि भनी झिनो आशाले सानो पत्र कोर्दै छु । कृपया मन नपरे च्यातेर फ्याकिदिनुहोला । थोरै पनि मननीय कुरा आएका रहेछन् भने पत्र कोर्ने कष्ट गर्नुहोला ।
अन्ततः भन्छु– बुढ्यौली पारामा भन्दा, के तपैँ मसँग घरजम गर्नसक्नुहुन्छ ? ठिटौले पारामा व्यक्त गर्दा, आई लभ यु । सामान्य भाकामा व्यक्त गर्दा, गाईघाट जेलमा तपैँ नहुँदा जेल नै विरसिलो भएको छ । खासमा म तपैँ बेगर पानीबाहिरको माछो भएको छु ।
अब उत्तर तपैँको हातमा !!!
तपाईंकै शुभेच्छु,
दिनेश कुमार सिंह
गाईघाट जेलबाट
मैले पत्र खसालेको दुई महिना वित्यो । कुनै खबर आएन । नारी मन सस्तो हुन्न । पुरुष सोच हलुका हुन्छ । जता पनि बग्न सक्छ; समाजले नै उसलाई बग्न राहत दिएको छ । तसर्थ पुरुष मन बगिरहन रुचाउँछ । नारी मन बग्न सक्तैन किनभने समाजले नै बाटामा तगारा तेर्साएको हुन्छ । बाटो भेटे पनि उसलाई बग्न छ्ुट हुन्न । किनभने अझै नेपाली समाज पितृसतात्मक धङ्धङ्तीबाट अछुतो र अपुरो छँदै छैन । मनमा यस्तै विचार आए । चित्त बुझाउन हरसम्भव कोशिस गरेँ । यद्यपि गोमन साँपलाई शान्त बस भनेर जति थप्थपाए पनि फडा अझ उचालेर डस्न तयारी गर्छ; त्यस्तै भयो । मनलाई थुम्थुम्याउने मेरो कोशिस बालुवाको पुल सरह अस्थिर रह्यो । स्थायी बन्दै भएन ।
एकदिन घर औरही जाँदा राजविराज जेल पसेँ । सुनितासँग भेटेँ । मेरो पत्र पाइछन् र पढिछन् । जतनले पनि राखिछन् । आफ्नै भविष्य अन्धकार देखेर अर्काको भविष्य अन्धकार बनाउन उचित सम्झिनछिन् । त्यसैले जवाफ फर्काउन नसकेकी रहिछन् ।
उदयपुरको गाउँमा उनी जनमिलिसियाको एरिया कमान्डिङ गर्दै रहिछन् । उनका साथमा एउटी भावना नामकी सहेली समेत रहिछिन् । त्यस एरियामा अन्तैबाट नयाँ कमरेड आएका रहेछन् । प्रशिक्षण सञ्चालन गर्नको लागि चाजोपाजो सुनिता र भावनाकै काँधमा रहेछ । त्यसबेला भने दुबै किराना पसलमा हिसावकिताव गर्दै रहेछन् । अलिक पर डिउटीमा दुईटी नयाँ महिला राखेका रहेछन् । माओवादी खोज्दै सुरक्षाकर्मी आएछन् । चिन्न नसकेर तिनैलाई आफ्नै साथी ठानी उल्टै हात मिलाएर सुनिता र भावना भएको पसलतिर पठाइदिएछन् । फलतः दुबै सुरक्षाकर्मीको फन्दामा परेछन् ।
‘भावना भागी, म पनि पछिपछि भागेँ । मेरो टाउकोमै ताकेर गोली हानियो । गोलीको बेगको बतास दाहिने कानमा पर्ने गरी अघि गयो । भावनाको कोखमै लाग्यो । ऊ त्यही ढली । म भने आत्तिँदै छड्के तेर्सिएँ । उनीहरू गोली हानेका हान्यै थिए । अन्ततः मैले एउटा ढलेको रुखको टोडको भेटेँ । त्यसैमा घुस्रिए । सानो जङ्गल थियो । उनीहरूले चारैबाट घेरेर घुइँपताल खोजे । अन्ततः मलाई फेला पारेर खुट्टामा समाएर टोडकाबाट निकाले अनि कपाल जगट्याउँदै काँढाघारी हिरासतमा ल्याएर कोचे । मुद्दा चलाएर जेल चलान गरे ।’ सुनिताले लामो श्वास तान्दै भनेकी थिइन् ।
सारा कुरा थाहा पाए पछि मन तृप्त भयो । आफूलाई चाहिएको सङ्घर्षशील नारी व्यक्तित्व सुनितामा पाएको महसुस भयो । आमालाई देखाउन भन्दै मैले उनीसँग फलामे बारभित्र र बाहिर हुँदै दुई चार थान सेल्फी लिएँ । र; औरहीतिर पाइला लम्काएँ ।
+++
‘अनि त्यसपछि के भयो बाबा ?’ १३ वर्ष टेकेकी जेठी छोरी गरिमाले एक्कासी प्रश्न राख्ता म झस्किएको थिएँ ।
‘के हुनू ? माओवादी सार्वजनिक जीवनमा आए । तिम्री मावली हजुरआमा सभासद् बन्नुभयो । राजा हटे । बल्ल तिम्री मामू सुनिताले अघाउँजी सूर्यको प्रकाश छाम्न पाइन् । हाम्रो बिहेको कुरा अभिभावककहाँ पुग्यो । राजी भएको सुइको मिलेन । हाम्रो मन मिलेको धेरै समय भएको थियो । हामी एक भयौँ अनि तिमीलाई उपहार पायौँ । अब त कुरो बुझ्यौँ छोरी ?’
‘बुझ्न त बुझेँ तर मामा र सानिमाहरूको बारेमा चैँ ?’
‘उनीहरूले पनि हाम्रै बाटो समाए । ठूलाले हिँडेको बाटो सानाले पछ्याउनु स्वभाविकै हो छोरी ।’
मेरो साङ्गोपाङ्गो विचारले उनको चित्त भरिएनछ । सोधिन्, ‘मामू त केही भन्नुहुन्न । हजुरले नै विस्तारमा भनिसियोस् न !’
‘तिम्री माहिली सानिमाले रहरले राईभाइसँग लगनगाँठो कसिन् । तिम्री कान्छी सानिमा पार्वतीले भने राजेश विद्रोहीसँग जनवादी बिहे गरेर रतन र राघव नामका दुई छोराहरू डोहो¥याइरहेकी छिन् । मैले निकै वर्ष बन्दुक समाएँ । अहिले अवकास जीवन व्यतित गरिरहेको छु । राईभाइ हारमोनियममा आँैला नचाइरहेका छन् । राजेश चाहिँ कलम तिखार्न मात्रै नभई वाणी र राजनीतिको छातामा ओत लागिरहेका छन् । तिम्रो मामाले पनि अन्तर्जातिय बिवाह गरी घरजम गरिरहेको छ । बस्, अब नसोध है छोरी गरिमा !’