खै नारीको सौन्दर्य त रुप र घमण्ड मा चलेको सुन्छु ।
गुण र सद्भावबाट भागेको देख्छु ।
सुन्दरी प्रतियोगितामा नारी नारीको लडाइ देख्छु ।
अनि नारी नेतृत्वको खैलाबैला सुन्छु ।
हो नारीहरुको घरमा नै लडाइ हुन्छ ।
त्यसपछि सम्पतीको भागबन्डा हुन्छ ।
न सुरक्षा न सद्भाव ?
त्यसै नारी सौन्द्रयको प्रतिस्प्रधा हुन्छ ।
खै कसरी जुट्छन नारीहरु बलत्कारीलाई आश्रय दिएर ?
मिल्नु छैन तिनै कुरुप दलाल का हतियार बनेर ।
नारी स्वच्छ हुन्छिन् जहाँ आफ्नो सुरक्षा हुन्छ ।
नारी चन्डी बन्छिन् जहाँ आफ्नो अपमान हुन्छ ।
पैयु हिले, पर्वत, हालः किर्तिपुर