19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म त महामूर्ख छु

कविता प्रा. डा. मोहन प्रसाद जोशी July 3, 2022, 5:24 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

म त महामूर्ख छु
अध्ययन पूरा गरिनँ,
हरफहरुबीचको खालीलाई
राम्ररी पढ्न सकिनँ |

म त महामूर्ख छु
सङ्गीतको मर्म बुझिनँ,
दुई आवाजबीचको खालीलाई
पटक्कै सुन्न सकिनँ |

म त महामूर्ख छु
राम्ररी आकाशमा हेरिनँ,
ताराहरुबीचको खालीलाई
दृश्यमा समेट्न सकिनँ |

म त महामूर्ख छु
मनको उद्गममा पुगिनँ,
दुई विचारबीचको खालीलाई
अवलोकन गर्न सकिनँ |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।