18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिलौना

कविता अनिश घिमिरे July 16, 2022, 6:39 am
अनिश घिमिरे
अनिश घिमिरे

धेरै हस्तिहरु जन्मिए
धेरै हस्तिहरुले तागत गरे
धेरै हस्तिहरु गुमिए
अहिले पनि किरासरी छन
नपुंसक हस्तिहरु
यी हस्तिहरुले मस्ती मात्रै गरिरहे
कहिले तानातान
कहिले चुँडाचुँड
कहिले लुछालुछ

गुदी जति सबै सकाए
बोक्रोलाई ढकनी बनाए
आखिर कतिन्जेल टिक्छ र
घामपानी थेग्न नसकेर
च्यातिएर, चुहिएर
यतिबेला उदाङ्गो भएको छ
मेरो देशको खोक्रो आवरण ।।

खोटाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।