19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डिल्लीप्रसाद अधिकारी July 15, 2022, 10:54 pm
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

मेरो भगवान न जन्मन्छ न मर्छ कहिले
कसैले भगवानलाई के गर्छ गर्छ कहिले।।

अचेल मान्छेलाई के भएको हो यो
खै कसैले त खै भन्नुपर्छ कहिले ।।

अहंकारको परिधि पनि कस्तो ठूलो
विश्वव्यापी भएर पो यही चर्छ कहिले।।

`अमानवको यो मानव जगत´ भन्थे देवकोटा
महामानव पनि तल अझै तल झर्छ कहिले ।।

चेतना शुन्य छु बन्द कोठामा म पनि
बाहिरको असीनापानी खै टर्छ कहिले।।

जे भएको होस् प्रेमको पर्यावरण
विश्वास नै पो अविश्वास ठहर्छ कहिले।।

कविहरू बेहोस छन् आइ. सी. यू मा
वैतरणी गरेमा खोलो तर्छै तर्छ कहिले।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।