16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एम पथिकः एक दीर्घ साहित्यिक साधक

व्यक्तित्व / कृतित्व विमला जोशी प्रधान July 16, 2022, 7:07 am
विमला जोशी प्रधान
विमला जोशी प्रधान

राबा अञ्चल भारतीय नेपाली साहित्यको एउटा दर्हो गद्दी हो , जहाँ अनेकन साहित्यकार , संगीतकार , कलाकार , चित्रकारहरुले आ- आफ्नो ठाउँमा गतिलो परिचय स्थापित गरिसकेका छन् अनि गर्दैछन्। यस्तै स्तम्भ स्थापित गर्ने साहित्यकारहरुको झुण्डमा हुनुहुन्छ - श्री एम बहादुर छेत्री ( एम पथिक) उहाको उपनाम पथिक भएको हुनाले उहालाई साहित्य क्षेत्रमा एम पथिकको नामले चिनिन्छ।
एम पथिकको जन्म पिता स्व पदम बाहादुर क्षेत्री अनि माता स्व बिष्णुमाया छेत्रीको कोखबाट छ मार्च १९४४ सालमा चाामोङ कमानको गोठ गाउँमा भएको हो।उँहाले शिक्षामा एम० ए० बि एड गरेका हुन्।उनी शिक्षण पेशामा थिए।राजा राममोहन रोय उच्च पाठशालामा प्रधान अध्यापक रहेर अवकाश प्राप्त गरेका हुन्।
एम पथिकका प्रकाशित कृतिहरु---
क) " तरङ" कविता संग्रह सन् १९६६
ख) " पन्ना पन्ना र अक्षरहरु कविता संग्रह सन् १९९८
ग) " प्रलोकन" समीक / समालोचना सन् २०००
घ) " अतितसित बर्तमानसित" निबन्ध सन् २००६
ङ) " अञ्जु्ली भर " कथा संग्रह सन् २०१०
च) " पथिकका पाइलाहरु" यात्रा संस्मरण सन् २०१२
छ) " इन्द्र बाहादुर राई अन्तरङ्ग सम्बादहरु" सन् २०१८
ज) " लोक साहित्य र संस्कृतिका झलकहरु" सन् २०१८
झ) भारतीय साहित्यका निर्माता आर पि लामा सन् २०१८
ञ) " अस्ताएका ताराहरु" संस्मरणात्मक निबन्ध सन् २०२१
ट) " पहाडमा मौरी पालन र महको औषधीय गुण" सन् २०१४ ।

बाल बिभाग
" मेरो पहिलो किताब " सन् १९८२
" बाल साहित्य संगीत " सन् १९८२

प्रकाशोन्मख- साई महिमा

एम पथिक भारतीय नेपाली साहित्य जगतका एक सशक्त हस्ताक्षर हुन्।साहित्यका बिबिध बिधाहरुमा उनको कलम क्रियाशील र सृजनशील रहेको पाइन्छ।साहित्य लाई माया गर्नु भनेको आफ्नी आमालाई माया गर्नु हो।प्रतिभाहरुलाई केवल बाहिर बाहिर हेरेर चिन्न सकिन्दैन।उनको साधारण बोली व्यवहार भित्रअर्कै महान बिशेषताहरु , गुणहरु लुकेर बसेको हुन्छ। एम पथिकका सर्वप्रथम प्रकाशित रचना निबन्ध " अन्धबिश्वास" पश्चिम बंगाल सप्ताहिकमा श्री कृष्णसिहं मोक्तानको सम्पादनमा प्रकाशित भएको थियो।उक्त निबन्ध अन्धबिश्वासले सन् १९५९ सालमा सुकिया पोखरीमा भएको बिराट साहित्यिक गोष्ठीमा अन्तर बिधयालय प्रतिस्पर्धामा दोस्रो पुरस्कार हासिल गरेको थियो।
त्यसरीनै कविता " जगको सार" दियो पत्रिकामा ५ जुलाई १९६२ मा प्रकाशित भएका थिए।कथा " मति" जनदूत मासिक पत्रिका सन् १९६४ मा जगत छेत्रीको सम्पादनमा प्रकाशित गरेर साहित्य क्षेत्रमा आफ्नो कलमलाई अघि बढाएका हुन् श्री पथिकले। सन् १९८२ सालमा नेपाल राजकीय प्रज्ञा - प्रतिष्ठानको रजत जयन्तीको अवसरमा भारतीय राजदूतवास काठमाडौं द्वारा राजदूत श्री नरेन्द्र जैनले चयन गर्दा उनको नेपाली कविता हिन्दीमा अनुवाद गर्ने क्रममा पथिकको कविता " मेरो छोरी" शिर्षक कवितालाई " मेरी बेटी" नामले अनुवाद भइकन प्रकाशित भएको थियो। समकालीन भारतीय साहित्य हिन्दी अकादमी द्वुयमासिक हिन्दी पत्रिकामा " म एक वृद्धयुग बिसाउन तयार छु" पन्ना पन्ना र अक्षरहरु कविता संग्रहबाट ) " मैं एक वृद्धयुग विश्राम के लिए तयार हुँ " शिर्षकमा १९९९ सालमा प्रकाशित भएका थिए।
साहित्यकार श्री एम पथिकको लेखनी कविताभन्दा बेसि गध्य रचनामा उनको कलम प्रयोग भएको देखिन्छ ।सन् २००० मा प्रकाशित समालोचनात्मक लेख संगालो " प्रलोकन" लेखेर राबा अञ्चलको नेपाली समालोचना साहित्यमा आफ्नो महत प्रतिभा झल्काएका छन्।
राबा अञ्चलको साहित्य बाटिकामा अरु बिधा हेरि समालोचना बिधामा कलम चलाउने साहित्यकार हरु धेेरै कम मात्रामा पाउँछौ।
नेपाली साहित्यका समालोचनालाई लेखाजोखा गरेर हेर्नु हो भने ८०/९० को दशकमा हामी श्री अर्जुन प्रधानको ऐतिहासिक सोधपरख समीक " गडिदेखि मन्दिरसम्म" सन् १०९० मा प्रकाशित भएको पाउँछौ।
त्यसरीनै डा० तेजमान बराइलीको " डा० डिल्लिराम तिमसिनासित अन्तवार्ता सन् १९९० , डी के श्रेष्ठको समालोचना कृति " कोण - दृष्टिकोण " सन् १९९२ , गोपीनारायण प्रधानको " विवर्तन" सन् २००० , कौशल्या मुखियाको " राङभाङ उपत्यका हिजो र आज " अध्य्ययन सन् २००५ , सुकराज दियालीको " आकार भित्रका भावहरु " सन् २००६ , डी के श्रेष्ठको " राङभाङ इलाकाको साहित्यिक नालीबेली" एक सर्वेक्षण अन्वेषणात्मक ग्रन्थ सन् २००६ , किशन प्रधानको " साहित्य संकेत" सन् २००६ , डा० राजकुमार छेत्रीको " सिर्जनाको समावलोकन " सन् २००९ , लोक थाापाको " भााषिक भाव रचना" सन् २००९ , डी के श्रेष्ठको दोस्रो भाग " कोण - दृष्टिकोण " सन् २०१० , डा० राजकुमार छेत्रीको " अवलोकन अवबोधन " सन् २०११ , र शिब कुमार राई रचना सञ्चायन सन् २०११ , डा० दिवाकर प्रधानको " कविताको कुरा " सन्२०१३ , किशन प्रधानको सम्पादनमा साहित्यकार डी के श्रेष्ठको समृतिग्रन्थ सन् २०१५ , डा० कृष्ण राज घतानीको " आधार अनि अवधारणा सन् २०१५ , पि के प्रधानको " गौरवमय ईतिहास मगरजोङको" सन्२०१५ , किशन प्रधानको " रेखाङ्कन" सन् २०१५ , डा० कृष्ण राज घतानीको विजय मल्ल कृत " कोही किन बर्बाद होस अनि जिउँदो लास" नाटकको तात्विक निरुपन समालोचना सन् २०१६ , सुकराज दियालीको भारतीय नेपाली कविताको सन्दर्भमा तेल नगरीको कविताहरु एक अध्य्यय सन् २०१७ , " विमर्शको कसिमा जीवन नामदुङको " बखतबाहादुरहरु" सन् २०१९ , समीकरण २०१२/१३ , अर्जुन प्रधानको सिर्जनाको सेरोफेरो" सन् २००७ , " विमर्शन" सन् २०१२ , " सन्धान - नामा " २०१४ ," आख्यान कोण " सन् २०१५ , " अन्तदृष्टि सन् २०१६ , " चिन्तन पथ" २०१७ ," मननमार्ग " २०१८ , " परखपृष्ठ " सन२०१९ , " निष्कर्ष " सन् २०२० , कूशल छेत्रीको बौद्ध दर्शनकोक सन्दर्भमा " सनुलामाका कथाहरु सन्२०१६ , डा० तेजमान बराइलीको " मुल्यबोध" सन् २०१८ , देव प्रकाश शंकरको " हाम्रो केही अमर गीतकारहरु सन् २०१७ , लक्ष्मीकान्त जोशीको " भग्नावशेषका आला भुुुङग्राहरु " सन् २००५ , दिपेन प्रधानको " काव्य मिमासा" सन् २०१९ ।
यसरी राबा अञ्चलको समालोचना क्षेत्रमा साहित्यकार एम पथिकले पनि " प्रलोकन " सन् २००० मा अनि इन्द्र बाहादुर राई ः अन्तरङ्ग सम्बादहरु सन् २०१७ सालमा प्रकाशित गरेर थप समालोचना बिधामा पनि मलजल हाल्ने क्रममा आफूलाई उभ्याउन सक्षम बनेका छन्।
एम पथिकका " अस्ताएका ताराहरु" निबन्धात्मक पुस्तकमा जम्मा २८ जाना साहित्यकारहरुको सुन्दर ढंगमा उल्लेख गरिएको रचना साँच्चै अध्ययन योग्य छन्।उहाँले सामाजिक कामहरुमा पनि त्यतिकेै सक्रिय रहनुहुन्छ। " नेपाली भाषा प्रयोग गर" अभियान समितिको एक सक्रिय सदस्य कोषाध्यक्ष को रुपमा रहेर जिल्ला स्तरमा सन् १९६० / १९६२ सम्म काम गरेका थिए।भारतीय भााषा संस्थान मैसुरका लागि सयुक्त रुपमा पुस्तक लेख्ने काम पनि गरेका थिए।
ती पुस्तकहरुको नामावली यश प्रकारका छन्।
( क) नेपाली बंगाली शब्दकोश
( ख) बंगाली नेपाली शब्दकोश
( ग) संस्कृत शब्दकोश
( घ) नव पालुवा ( बाल कविता )
( ङ) भााषिक खेल ( सहज खेेेल माध्यम बाट भााषा शिक्षण ) आदि।
यस्ता साहित्य क्षेत्रमा समर्पित ब्यक्तित्व वास्तवमा आफ्नो जीवन यात्रालाई स्वतन्त्र रुपमा रहेर साहित्यका खेेती गर्नुहुने एम पथिकले आफ्नो जीवनकालमा अनेकन पुरस्कार र सम्मानहरुले सुसज्जित हुनु भएको छ।
क) स्रष्टा र द्रष्टा डा० पारस मणि प्रधान
निबन्धको लागि दियालो पुरस्कार सन् १९९९
ख) शिब कुमार राई स्मृति पुरस्कार सन् २०२१
ग) तृष्णा साहित्य सम्मान सन् २०१९
यश अतिरिक्त बिभिन्न संघ संस्थाहरुद्वारा अभ्यर्थना पत्र , अभिनन्दन पत्र , स्मृतिचिन्ह आदि हस्तगत गरेका छन्।
यस्ता सरल प्रवृतिका साहित्यमा उत्कृष्ट रचनाको तिर्खा बोकेर हिडने ब्यक्तित्व हुनुहुन्छ - श्री एम पथिक।
पथिक यस्ता विभिन्न सघं संस्थाहरुसित पनि आवद्ध छन्।यसरी श्री पथिकले अनेकन लेख , कविता , संस्मरण , समालोचना , अन्तर्वाताहरु साथै एघारवटा कृतिहरु भारतीय नेपाली साहित्यको बाटिकामा फुूलाइसक्नु भएको छ।भविष्यमा पनि थप कृतिहरुको आशा राख्दै उँहाको सुस्वास्थय अनि दिर्घायुको कामना राख्दछु।

नागरी फार्म चियाबारी, दार्जिलिङ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।