19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यो मेरो देश

कविता इन्द्रकुमार श्रेष्ठ सरित् August 21, 2022, 11:25 am
इन्द्रकुमार श्रेष्ठ  सरित्
इन्द्रकुमार श्रेष्ठ सरित्

मेरो देश
तिमीबाहेक
मेरो अकोॅ संसार छैन
तिमीलाई छाडेर मेरो अकोॅ
प्रेमको परिभाषा पनि छैन
तिमी नै मेरो परिचय
तिमी नै मेरो प्रतिष्ठा
तिमीले दिएको जमिनबाहेक
मेरो लागि टेक्ने अकोॅ धतीॅ छैन
मेरो देश
तिम्रै मायामा म आकण्ठ डुबिरहेको बेलामा
हर रात सपनीमा ऐठन हुन्छ
सपनीमै तसिॅन्छु म
ब्युँझिन डर लाग्छ मलाई
बिपनीमा आँखा खोल्दा
कतै मेरो भूगोल खोसिएको त हुन्न ?
कतै मेरो परिचय फेरिएर
नागरिकता नयाँ बनाउँनुपनेॅ त हुन्न ?

तरहरा (सुन्सरी)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।