नेपाली भाषा साहित्य र समाजको हितमा सधैँ चिन्तनशिल योद्धा आनन्द देव भट्टमा कुनै तडक भडक र फुर्ति बिना आफ्नै सुर र क्षमताका पर्याय प्रगतिशील साहित्यकारका रूपमा स्थापित भए । आनन्ददेव भट्ट जीवनका युवावस्थादेखि नै साहित्य र समालोचनाको क्षेत्रमा गहिरो अध्योता भएको पाइन्छ । प्रगतिवादी चिन्तक बामपन्थि राजनीतिज्ञ र प्रगतिवादी साहित्यक विश्लेषक नै आफ्नो जीवन दर्शन ठानेर एक कुशल र सफल अक्षर शिल्पि सौन्दर्यका स्तम्भका रूपमा उजेलिएको पाइन्छ। भट्टले नेपाली समाजमा सांस्कृतिक रुपान्तरणका लागि गरेको महत्वपूर्ण योगदान बिर्सन सकिदैन। छोटा कदका अग्लो व्यक्तित्व आनन्ददेवलाई इतिहासले कसरि बुझ्छ उनलाई त्यो समयको कुरा हो तर युग हाकेका प्रभावकारी व्यक्तिका रूपमा जनमानसमा छाप छाडेर यो दुनियाँबाट बिदा भएका उनको स्मरण सधैँ गरिरहन्छन् ।
नेपालको बिकट जिल्ला बैतडीका रैथाने आनन्ददेवका बुबा न्याय सेवामा रहेर पनि विद्वान् हुनुहुन्थ्यो । आफ्नो पुर्खाको विरासतलाई बैतडीमा नै सुरक्षित राखेर जागिरको सिलसिलामा पिता जयदेव भट्टका साथ माता हिरादेबी जुम्लाको खलङ्गामा जानु भयो । त्यहीँ वि. सं १९९३ असोज २५ गते आनन्द देव जन्मिए ।
बालखै देखि पठनपाठनमा रूचि भएको बताउने मित्र सिर्जना शर्मा जो आनन्ददेवकी बैनीको अलिकति भनाइ यहाँ उद्धृत गर्न चाहन्छु।
४–५ वर्षको उमेरदेखि नै एउटा छेस्को भेटे पनि आँगनमा अक्षर कोरेर बस्नु हुन्थ्यो भनेर आमाले सुनाउनु हुन्थ्यो । अहिलेको समयजस्तो लेखपढका लागी बालबालिकाले चाहे बमोजिमको कलम कापी पाउने अवस्था मध्यम वर्गीय परिवारमा कहाँ थियो र त्यो समयमा ? आनन्द दाजु लेखपढको जोहका लागि चुरोटको खोल, खाली कागज, अक्षर लेखिएका कागजका टुक्रा बडो जतनका साथ राख्नुहुन्थो रे । ‘अक्षर लेखिएका कागजका टुक्रा देख्यो कि सुरुदेखि अत्यसम्म पढ्न मन लाग्थ्यो मलाई’ भनी आनन्द दाजुको शैक्षिक रहर बारेमा भनेको सम्झन्छु ।
पटना विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नाकोत्तर र लन्डनको लिड्स् विश्वविद्यालयबाट एमएडको डिग्री हासिल गरेका आनन्ददेव भट्टलाई बौद्धिक जगतका उदाहरणिाय व्यक्तित्व मानिन्छ । थुप्रै व्यक्तित्वका धनी आन्ददेवको एउटा व्यक्तित्व शिक्षण क्षेत्र हो। १६ सालमा अड्गेजीमा एम ए गरे पछि १७ साल देखि शिक्षण पेसामा लागेको पाइन्छ । जुम्लाको खलङ्गामा जन्मेका उनी शैक्षिक चेतनामा ओतप्रोत थिए । जीवनको हरेक क्षण खेर फाल्न सधैंको हतारो सधैंको दौडधूपमा रमाउदै अध्ययन मनन र चिन्तनका थुप्रै मार्ग समातेर हिड्न नछाड्ने तपस्वी भने पनि हुन्छ आनन्ददेव भट्टलाई ।
आनन्ददेव भट्टले २००८ साल देखि काठमाडौं फुपाजु त्रेलोक्यनाथ उप्रेती को घरमा उहाँकै साथमा बसि पढेको बुझिन्छ । तिनैताका अरविन्द रीमाल, चनद्रधर उप्रेती लगायत अरू केही जुधारू र सचेत व्यक्ति को संगतले राजनिति तिर लाग्ने प्रेरणा पाए। त्यसपछि राजनीतिलाई आत्मा साथ गर्ने आनन्द देव भट्टको बिहे ज्ञानेश्वर निवासी बुबा वालकृष्ण, मुमा टीका कुमारी खरेलकी छोरी शुसिलासँग धरान चतरामा २०२१ साल मंसिर २८ मा प्रगतिशील बिहे गरे ।
लगभग ३० वर्ष सम्म शैक्षिक क्षेत्रमा समर्पित आनन्द देव भट्ट प्राध्यापनको सिलसिलामा धनकुटा, धरान, चितवनका क्याम्पस हुदै त्रिविवि पाठ्यक्रम विकास केन्द्र र अंग्रेजी शिक्षण विभाग कीर्तिपुरमा कार्यरत भए । १७ सालमा धनकुटामा १९-२१ धरान बहमुखी क्याम्प , २२ सालमा चितवन भरतपुरको भरखर स्थापना भएको वीरेन्द्र कलेजमा प्रिन्सपल भएर शैक्षिक चेतनालाई अभियानका रूपमा अग्रसर भए । निकै पछि २०७१ सालमा उनलाई शिक्षा क्षेत्रको उन्नयनमा सेवा र समर्पणको कदर गर्दै चितवनवासी र भरतपुर कलेजले रथारोहण गरी ठूलो सम्मान दिएको पाइन्छ । शैक्षिक पेसामा सन्तुष्ट रहदा रहदै पनि राजनीतिको नशाले स्वेच्छिक अवकास लिए । अनि आफुलाई पूर्ण रूपले राजनीतिमा समर्पित गरेर उनी बैतडी नै फर्किए ।
मेरो पहिलो भेट २०५०, ५१ तिर बैतडीमा भयो। यति नै साल हो भन्ने समय एकिन भुले । तर म घरेलु महासंघमा भएको बेला घरेलुको कार्यक्रममा जादाँ बासुदेब गिरी दाजुले त्यहाँ भएको जानकारी दिनु भयो र समय मिलाएर कुनै अफिसमा हो या उध्योगमा परिचय गरिदिनु भयो। यो मेरा लागी एउटा सुखद संजोग बन्यो। पछि पछि देखि त काठमाडौंमै बारम्बार भेट भै रयो। कहिले कहीँ त बढो सरल र मिजासिलो भएर साहित्यका कुराकानि पनि हुन्थ्यो ।
एकदिन भट्ट दाजुले भनेको कुरा सम्झन्छु बैनी हेर्नु न शुसिला लेख्ने मान्छे हुन तर यसबेला ठ्याकै लेख्दिनन् । पछिल्लो समयमा उनलाई लेखनमा किन किन वितृष्णा भयो। तपाई त लेखक मात्र नभएर महिलाहरूलाई लेखनमा लाग्नु भनेर उत्साहित गराउने सर्जकको रूपमा मैले बुझेको छु । लौ न वनिताको लागि रचना दिनु भनेर कर गरेर लेख्न लगाउनुन भनेर फन नं पनि दिनु भयो । त्यसपछि मैले पनि शुसिला भाउजुलाई कल गरेर आफ्नो परिचय दिदै रचना मागे । त्यस समयमा कालिकास्थानको हो हल्लामा बस्न नसकेर उहाँहरूको बसाइँ ढुङ्गे धारो बालाजुमा बस्नु हुन्थ्यो। ट्भाउजुलाई भेट नभएनि ३, ४ पटक फोनमा भने तर लिन सकिन्। पछि आफुले पनि भुले अन्तै व्यस्त भए सम्पर्क भएन। दाइसँग चै सम्पर्क कहीँ न कहीँ भई रहन्थ्यो ।
एरावती प्रकाशनमा आउनेक्रममा कालिकास्थानमा एरावती प्रकाशनमा आएकी म प्रकाशन खाली देखे। अगाडि आगनमा सानो एक तले घर छ। त्यहाँ सोध्नु परो भनेर आएकी त अपरिचित भाउजु निस्किनु भयो र भित्रबाट पुलुक्क दाजुका आँखाले चिहाएर हेर्नु भयो । त्यो प्रकाशनको अफिस भएको घर त आनन्द दाजुको रहेछ। अनि भाउजुसंग त्यहीँ बेला परिचय भयो र भित्र गएर दाजुलाई भेटे। दाइ बिरामी भएकाले एकछिन कुरा गरेर त्यस पटकलाई बिदा भए। पछि एक दुई पटक त गए तर भाउजुसँग कुरा गरो दाजु बिरामी त्यस्तै । पछि एकै चोटी दाजु नरहनु भएकै समाचार पढेको भरखर भरखर जस्तो लाग्छ एक वर्ष भएछ
बलवान समयको अगाडि कसैको केही लाग्दैन भन्ने सोचिरहेछु म ।
वि.सं. २०१५ सालमा सर्वप्रथम कविताको पुस्तक अब हिमाल बोल्छ प्रकाशन गराएर साहित्यिक क्षेत्रमा देखापरेका यिनी निबन्ध प्रबन्ध, समालोचना लगायत शिक्षा, पत्रकारितात्मक लेखनमा २००७ सालदेखि निरन्तर रयो । जीवनमा उब्जिएका भावनालाई सौन्दर्य शिल्पको लेपले रचना गर्भ गरेर कलात्मक अभिव्यक्तिको कसिमा टल्काउने आनन्ददेव भट्टका ९ वटा काव्यकृति प्रकाशित छन् । अब हिमाल बोल्छ २०१५, गुराँस २०१५, आमा बोलाउँछिन् २०१७, ओमर खैयामलाई जवाफ २०१६, जोवनकै थुम्कोबाट २०१६, तिमीलाई देख्दा २०१७, साहिली मैयाँ २०१८, युरी एलेक्सबीच गागरिन २०१९, हेनरिक इब्सेनको नाटक जनताको शत्रु अनुवाद २०२० आदी । प्रगतिशील समालोचकको रुपमा स्थापित भट्टका समालोचना बाटोतिर २०१९, हाम्रा प्रतिभाहरु २०१९, प्रतिभा पहिचान २०४७, जनताको साहित्य २०४८, व्यावहारिक समालोचना २०४९ छन् । त्यस्तै जीवन र जगतबारेका मान्यतालाई उजागर गरेका दर्शन र मनोविज्ञानका केही कृतिहरू पनि छन्। जस्तै सृष्टि र संचालन प्रक्रिया २०४६, स्वतन्त्रता र कम्युनिस्टहरु २०४८, दृष्टिबिन्दु २०४८, केही आत्मपरक निबन्धहरु २०४९, धरतीदेखि आकाशसम्म २०७४ प्रकाशित छन् । कुनै पनि लेखकको लेखनलाई कुन कृति कतिको सामर्थ्यवान छ भनेर छुट्याउने मानक के हो र निकाय कुन हो। यदि हुदो हो र निस्पक्ष छुट्याउनु हो भने अरू कति विशिष्ठ लेखकका सर्गमा आनन्ददेवका कृतिहरू समग्र निकाल्ने योजना गरे पछिल्लो पिडीलाई शैक्षिक सामग्री हुन्थ्यो भने ती स्रष्टालाई मरोणापरान्त प्राप्त गर्ने सम्मान हुने छ । अर्को अर्थ नलागे यसो नहुनुलाई लेखकको मात्र हैन् देशको पनि दुर्दशा हुने छर्लङ्ग छ भन्दा केही फरक नपर्ला जस्तो लाग्छ ।
जीवनलाई निरन्तर क्रियाशील बनाई अघिबढने जुजारू र कर्मठ आनन्ददेव भट्टलाई बौद्धिक तर अतिनै सरल व्यक्तित्वका धनी भन्दा अतिशयोक्ति नहोला ।
मार्क्सवाद चिन्तन जीवनमा लागु गरेर जस्तो सुकै कठिनाइहरूसंग जुद्धै मार्क्सवाद जागरणमा आफ्नो भूमिका जहाँ जसरि रहदा पनि तनमयका साथ अघि बढाऊदै हिड्नु समय सापेक्ष थिएन । तर आनन्ददेव भट्ट स्वच्छ छवि भएका निर्भीक र निष्ठावान राजनितिज्ञ थिए । उनले निष्ठाका साथ राजतितीमा लाग्ने प्रण गरे । विसं २०४६ सालको आन्दोलनमा स्वार्थ शासन बिरुद्दमा जोसिलो र तार्किक भाषण गरेर आफ्नो बौद्धिकताले अरूलाई प्रभाव पार्न सक्ने राजनीतिज्ञ भट्ट कहिले कुनै प्रलोभनमा परेनन्। अन्यायसामु नझुक्ने अभिव्यक्तिका गहकिला भाव व्यक्त गर्ने क्षमता भएका उनी सिद्धान्तमा अडान राख्ने भएकाले साढे चार महिना जेल जीवन बिताए र पनि राज्यबाट पटकपटक जेल जीवन भोग्न परेकाले झन खारिएर आए भन्न सकिन्छ । छट्याइ फट्याई गर्ने उनको स्वभाव नभएकाले २०४७ पछिको अनुकुल परिस्थितिमा समेत बैतडीबाट दुई पटक चुनाव हारेको तिक्त अनुभूति कहिले कहीँ कुनै सन्दर्भमा हामीलाई सुनाउदा कुनै रोष र गुनासो देखिँदैनथ्यो।
सबैलाई उत्प्रेरणा दिने उनी विचार जस्तै जीवनमा पनि त्यस्तै सोचले अधि बढ्ने आदर्शका स्थाइ स्तम्भ बनेर बाँचे. । सादा जीवन र उच्च बिचारका पर्याय उनीमा भएको प्रतिभा अरूलाई पनि बाढ्न पाउदा खुसी हुनु नै उनको जीवन दर्शन हो भन्न सकिन्छ। हरेक क्षेत्रमा रूचि भएका उनको दैनिकी विशेषत दर्शनका किताब पढ्ने जीवनको विविध आयामलाई बुझ्ने प्रयसका अध्यायन र चिन्तनमा व्यस्त रहन्थ्यो । उनी थुप्रै विषयका अनुसन्धानकर्ता र अध्योता थिए ।
एक युगमा एक पटक आउने यस्ता विशाल बट बृक्ष आनन्ददेव भट्ट भौतिक रुपमा २०७८ भद्र १४ गते कृष्णअष्टमीका दिन संसार त्याग गरे पनि आफुले जीवनकालमा देशलाई मानव समुदाय शिक्षासेवा समाजसेवा र राजनीतिक निष्ठाप्रतिको सत्कर्मका कारण सधैं जीवन्त रहने छन् । अत आदरणीय अग्रज र अनुकरणिय वहुआयामिक व्यक्तित्व आनन्द देव भट्टको वार्षिक पुण्यतिथिमा उहाँ प्रति भावपूर्ण हार्दिक श्रद्धान्जलि समर्पण गर्दछु ।।