16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल काशीनाथ मिश्रित August 27, 2022, 3:03 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

गोरो मुहार पछ्यौरीले थुन्छिन् मेरी माया
मिठो बोली मुटुभित्र छुन्छिन् मेरी माया

तिमीलाई मैले प्रेम गर्छु भन्न खोज्दा
सर्माएर रातीपिरी हुन्छिन् मेरी माया

कहिलेकाहीँ ख्यालख्यालैमा जिस्क्याउँछु मैले
ठट्टालाई मुस्कानले धुन्छिन् मेरी माया

इन्द्रजाल जस्तो हैन चखेवाको प्रिति
वशमा पार्न जाले रुमाल बुन्छिन् मेरी माया

प्रेमालाप गरी मैले आलिङ्गन गर्दा
धड्कनको उच्च राग सुन्छिन् मेरी माया

उनको दिलभित्र पसी म हराउन खोज्छु
टप्प टिपी फूलमाला उन्छिन् मेरी माया

विदेश जानु पर्ने भयो बाध्यताले गर्दा
अश्रुधारा बगाएर रुन्छिन् मेरी माया

फोक्सिङ, गुल्मी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।