15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'ऐनाभित्र जिन्दगीको रङ्ग' एक नजर

कृति/समीक्षा निरूविन्दु September 4, 2022, 12:43 pm
निरूविन्दु
निरूविन्दु

स्वनामधन्य डा. पारसमणि प्रधानको वंशमा हुर्के बढेकी, कालेबुङ्गमा जन्मनु भएकी कवयित्री विमला जोशी प्रधान, दार्जीलिङ्गको नागरी फार्म चियाबारीका सङ्गीतकार ब्यक्तित्व दिलिप जोशीसंग प्रणय सुत्रमा बाँधिन पुगिन, हुनत दिदी साहित्य क्षेत्रमा आफ्नो कतिपय समस्या र ब्यस्तताले अबेर आईपुगें भन्नु हुन्छ, तर एउटा उखान छ " ढिलो होस तर छोरो नै होस" भने जस्तै दिदीले जीवनको तितो मिठो क्षण संगै चियाबारीका पिडा, समाजका विकृति, प्रकृतिप्रतिको माया, भावनात्मक भावहरू इत्यादिलाई समेटेर "ऐनाभित्र जिन्दगीको रङ्ग" कृति पाठक सामू पेश गर्न सक्षम बनेकी छन् र आफ्नो कर्मथलो नागरीलाई धन्य तुल्याएकी छन् !
कवयित्री दिदी संधै नै अग्रज र अनुज दुवैलाई सम्मान र स्नेह दृष्टिकोणले हेर्दै आफ्नो गन्तब्य तिर अघि बढिरहनु भएको छ, यो नै दिदीको अतुल्य विशेषता हो, कसैले खुब भनेका छन् "फलेको फलको बोट झुक्छ संधै" मृदु भाषिणी कवयित्री दिदीको यो गुणत्व ब्यवहारले यहाँलाई माथिल्लो तहमा उठ्न सक्ने संकेत गर्दछ भन्नमा दुई मत सायदै नहोला, अब हामी दिदीको रचना तर्फ लाग्नेछौं, रचनाहरूमा परिपक्वता आउनु भनेको धेरै अनुभवी बन्नु हो र दिदीले असाध्य मेहनत गर्नु भएको कुरा यहाँ छर्लङ्ग उजागर हुँदछ !
७३ वटा रचनाहरू समावेश गरिएका "ऐनाभित्र जिन्दगीको रङ्ग" कृतिमा मलाई सबै कविता उत्कृष्ठ लागेता पनि कुनै कुनै कवितालाई मात्र म यहाँ राख्न सक्छु !
भोगेर बुझ्नुको मजा अर्कै
बुझेर लेख्नुको मजा अर्कै
आँखाले देख्नुको मजा अर्कै
अरूलाई सुन्नुको मजा अर्कै
चुपचाप मौनतामा
रमाउन सक्नुको मजा अर्कै
*मनका तरङ्गहरू*
आज आइतबार ?
अहँ होइन,
आज साँइलीको टोक्रीले
विश्रामको श्वास फेर्ने दिन
* साँइली *
यसरी दिदीले आफ्नो मनोभावलाई कविताको माध्यमद्वारा उतार्न खोजेकीछन् कविता सरल , सरस र भावपूर्ण छ, हरेक शब्दहरूले यथार्थलाई अङगालेर पाठकगणमा केही सन्देशहरू दिन चाहेको कुरा रचना पढेर थाह पाउन सकिन्छ ! म त भन्छु कलम निरन्तर चलिरहोस, अनि नयाँ रचनाहरू अझ पढ्न पाईरहूँ ! हुनत, एउटा कृति जन्माउनु फलामको चिउरा चबाउनु भन्दा कम होइन, तर आजभोली साहित्यिक संस्थाहरूले धेरै सहयोग पुर्याएका छन् कवि - साहित्यकारहरूलाई, सबै साहित्यकारहरू मिलेर हातेमालो गर्दै पनि नवकलमकारहरू लाई अघि बढाएकै छन् !
नदीको पानी जस्तो
सलल बगेर किन जाँदैनन् ?
हिजोआज तिम्रा यादहरू ।
* तिम्रो याद *
हिँडिरहेछु म
बेनाम गल्लीतिर
बेनाम दिशातिर
बिना कुनै उत्साह
बिना कुनै उमङ्ग
बस हिँडिरहेछु ।
* हिँडिरहेछु *
कवितामा यस्ता धेरै अनुभव, कल्पना, रहरहरूलाई समेट्न सक्षम बन्नु भएकी कवयित्रीज्यूलाई साहित्यिक सलाम ! कवितामा भोगाईहरू छन् , थकानहरू छन् , अप्राप्ति, असन्तुष्टि सब थोक समावेश गरिएको कविता संग्रह " ऐनाभित्र जिन्दगीको रङ्ग " पठनीय छ, हुन त कविले आफ्नै काल्पनिक संसारभित्र पसेर लेखेका रचना हुन् तर, के भन्न चाहेकी हुन् भन्ने विषय छर्लङ्ग देखिएको छ र स्पस्ट बुझिएको छ, कवितालाई स्वादिष्ठ बनाउन चाहिने सामग्री भनेको नै बिम्ब, प्रतिक, शब्द, भाव र शैली हुन् ! यिनै पञ्चतत्वहरू मिलेर "कविता" उत्कृष्ट बन्दछ !
मुटु मिचेर पहाडकी रानी
दार्जीलिङ्ग,
घुम्टोभित्रै भक्कानिरहेछ
*दार्जीलिङ्ग निस्सासिरहेछ*
मनको आकाशमा
चाँदीका घेरा छुने
आशाहरू पालेर
समृद्धिका सपनाहरू
हुर्किदै गए त्यही चियाबारीमा
कैंयौ पुस्ता बिते
सयौं सन्तानहरू जनमे हुर्के
तरूण भए
वयस्क र वृद्ध भए
अनि यही माटोमा विलाएर गए !!
*संस्कृतिको प्रतिविम्ब नियाल्दा*
काल्पनिक सत्य हो कविता, समाजमा, देशमा, क्षेत्रमा, विश्वमा जे घटिरहेछ त्यसैलाई टपक्क टिपेर शब्दहरूको माला उन्छन् कविहरू हो, उसैगरी कवयित्रीज्यूले पनि सक्दो सजावट दिने प्रयत्न गर्दै कविता रचेकी छन् कविता रच्नमा पनि खप्पिस सिप चाहिँदोरहेछ भन्ने कुरा कविलाई मात्र थाह हुन्छ कविहरूका आआफ्नै लेखन शैली भएता पनि पाठकलाई मोहनीमुग्ध पार्ने भावहरू हुन् कविता संघर्ष हो, कविको सम्पति हो, कविता निरन्तरता हो,
आदरनीय कवि विमला जोसी प्रधानज्यूको कलमले रफ्तार पक्रेर अघि बडोस भन्ने चाह राख्दै दिदीलाई हार्दिक वधाई एवं शुभकामना टक्रयाउँदछु "ऐनाभित्र जिन्दगीको रङ्ग" कृतिहरूको निम्ति, अनि आशा साँच्दछु फेरी अर्को नव कृति जन्मियोस र शिखरमा झण्डा गाडोस् यही मन्तव्य राख्दछु !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।