16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जून तिमी आउनु पर्थ्यो नि !

कविता कृष्ण उपाध्याय September 27, 2022, 1:58 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

जून तिमी आउनु पर्थ्यो नि !
अनिदो बसेर टोलाइ रहँदा
म तिमीलाई एक टक हेरिरहन्थेँ
तिम्रा अनुहारका चाँदनी घेरा हेरेर रमाउँथे
तिम्रा अनुहारका काला काला दाग हेर्दै
म जिस्काइ पनि रहन्थे नि तिमिलाई ।

म पनि कस्तो !
उज्यालोमा मात्रै बिउँझिनु पर्छ नि!
मान्छे जस्तै,
तर धेरै उज्यालोमा सूर्य नदेखे जस्तै
तिम्रै उज्यालोले तिमीलाई छोप्ने डरले
म अचेल अँध्यारो रातमै जाग्राम बस्छु
सपना च्यापेर तिम्रो आगमनको
त्यसैले पनि आएको भए हुने नि जून तिमी !

अँध्यारोमा म
तिमीलाई नजिक भएको अनुभुत गर्छु
हृदयमै टासिएको अनुभूत गर्छु
तिम्रा प्रेमिल पाशमा भएको अनुभुू गर्छु
प्रेममा डुबेको भएको अनुभव गर्छु
प्रेमल मा सिन्चित हुन्छु।

उज्यालोमा,जुनेली रातमा
तिमी हाँस्छ्यौ
तर तिम्रो शितलतामा तिमी चिसो हुन्छ्यौ |
तिमी प्रेमिल देखिन्छ्यौ
तर लुखुर लुखुर डाँडा पारी पुग्छ्यौ
सुन्दर देखिन्छ्यौ, तर निष्ठुरी हुन्छ्यौ!

त्यसैले जून सुटुक्क आऊन
अँध्यारोमै आऊन
म तिमीलाई स्पर्श गर्छु
अनुभूत गर्छु
श्वास प्रश्वास सुन्छु
मान्छेको जस्तै।

जून,
तिमी मान्छे भएर आउन
यी टोलाइ रहने अनिदा रातहरुमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।