15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

माटो खोज्दै लघुकथासङ्ग्रहको अनुशीलन

कृति/समीक्षा सदानन्द अभागी October 22, 2022, 3:25 am
सदानन्द अभागी
सदानन्द अभागी

परिचय –
यस कृतिका सिर्जनाकार हुन नवराज रिजाल । लघुकथा लेखनमा उनको नाम अग्रणी पंक्तिमा आएको देखिन्छ । बाल कथाका पनि उनी एक पोख्त सिर्जनाकार हुन् । नवराजका एक दर्जन भन्दा बढी बाल साहित्यका कृतिहंरू प्रकाशनमा आएका छन् । उनी साहित्यको क्षेत्रमामात्र नभएर सम्पादनको क्षेत्रमा पनि नाम चलेका सम्पादक हुन् । करिव आधादर्जन पुरस्कारले पुरस्कृत नवराजको करिव आधा दर्जन भन्दा बढी संस्थाहरूमा आवद्धता देखिन्छन् । उनको लगनशिलता, आबद्धता, लेखन विविधता र सकृयता, लेखन क्षमता, प्रस्तुति कला, सामाजिक कार्यमा सम्लग्नता आदिको आधारमा विश्लेषणगर्दा उनी एक बहुप्रतिभाका धनी सिर्जनाकार हुन् भन्न सकिन्छ ।
कृतिको संरचना – यो कृति आवरण पृष्ठ बाहेक २०८पृष्ठमा रचना गरिएको छ । अग्रआवरणमा सारगर्भित चित्रले सजाइएको छ भने पछिल्लो आवरणमा लेखकको परिचय र पाँचजना साहित्यकारले कृति र कृतिकारप्रति राखिएका धारणाले सुसज्जित छ । यसकृतिको प्रकाशन जयकाली प्रकाशन प्रा. लि .ले गरेको छ र मूल्य रू १२५ ।– राखिएको छ ।
कृति र कृतिकारप्रति साहित्यकारहरूको धारणा – प्रा. डा. केशव प्रसाद उपाध्यायको नजरमा कृति र कृतिकार –“रिजालले प्राय जसो पतीत नीच, दुख, कष्ट दुराचारी,व्यभिचारी र षणयन्त्रकारी पात्रहरूलाई लिएर जीवनको मलीन, दुःख त्रासद, घृणितरूप देखाएकाले, उनलाई अतियथार्थवादी या प्राकृतिवादी कथाकार भन्न सकिन्छ ।”
प्रा.डा. कृष्णप्रसाद घिमिरे लेख्नु हुन्छ –“वर्गीय विभेद र द्वन्द्वलाई,कथाका माध्यमबाट प्रस्तुत गर्नु र समकालीन समाजको अड्कन तथा न्यायपूर्ण समाजको व्यवस्थापनका लागि प्र्रतिबद्ध रहनु रिजालको कथात्मक प्रवृत्तिरहेको देखिन्छ ।
प्रा. डा. लक्ष्मणप्रसादको नजरमा कृति र कृतिकार – “कथाकार रिजाल आदर्श व्यक्ति, आदर्श समाज, आदर्श देश र आदर्श मानवताको पक्षमा वकालत गर्छन् र हाम्रो सामाजिक संरचनाका सङ्गतिहीन दुर्दान्त एवम् कुरूप यथार्थलाई पाठक सामु राखिदिन्छन् ।”
ईश्वरीप्रसाद पोखरेलको नजरमा कृति र कृतिकार –वर्तमान युगमा नेपाली समाजका विभिन्न क्षेत्रहरूमा देखापरेका विकृति अर्थिक विसमता,शैक्षिक अराजकता, युवा वेरोजगारी, भ्रष्टचारी प्रशासन, बढ्दो गरिबी , खस्कदो मानवीयता, हुर्कदा वेश्यावृति,फैलदो बालशोषण, आधुनिक यान्त्रिक विकासले ल्याउँदै गरेको जटिलता, नारी दमन, शोषण लगायतका अनेकौं समस्याहरू माथि कथाकार रिजालको दृष्टि पुगेको देखिन्छ ।
दीपकप्रसाद ढकालको नजरमा कृति रकृतिकार –समष्टिमा रिजाल आफ्नै धरातलका घटना, विषय, चरित्र, विकृति विसङ्गति र त्यसले जन्माएका अनुभूतिलाई, लघुकथामा कलात्मकता दिने युवा पुस्ताका अथक साधक हुन् । नेपाली साहित्यको आख्यान विधा अन्तर्गतको लघुकथालाई सैधान्तिक खाका, र ढाँचा बमोजिम विधागत निजत्व,प्रदान गर्ने कार्यमा यिनको योगदान महत्वपूर्ण देखा परेको छ ।
प्रा.डा. कपिलदेव लामिछानेको धारणामा–“रिजालले ठुला ठुला परिदृश्यलाई लघुआकारमा समेटेका छन् ।”
सुकुम शर्माको रिजालको कथाप्रतिको धारणा–“नवराज रिजाल समसामयिक समाजको यथार्थ आख्यानीकरण गर्ने कथाकार हुन् । यिनका कथामा पारिवारिक मर्म जति छ त्यति नै व्याक्तिको समाजसँग अन्तरक्रिया छ ।” सुकुम शर्मा थप धारणामा उनको दृष्टि राष्ट्र हुँदै विश्व यथार्थसँग जोडिएको छ ।
किशोर पहाडीको नवराजका कथाप्रतिको धारणा–“आपूmलाई गम्भीर रूपमा साहित्यमा अर्पण गरेका रिजालका प्राय ःसबै कथाहरू यथार्थपरक छन् । राजनैतिक, सामाजिक प्रणयपरक,चरित्रप्रधान,कुनै पनि षियलाई उनले यथार्थको कसीमा हालेर अगाडी ल्याएका छन् ।”
एकप्रसाद सापकोटाको दृष्टिमा कथाको विषय बस्तु –नेपाली समाज भित्रका समस्या विकृति,विसङ्गति,चिन्तन,सोच र मूल्यमान्यतालाई विषय बस्तु बनाइएका यी कथाहरू साच्चिकै स्वादिला,चोटिला र मर्मस्पर्शी छन् ।
स्वयम लेखक नवराजले वर्तमान परिस्थितिप्रतिका धारणा –हरेक कथाले दिन खोजेको सन्देश त कथा सारमा आउने नै छ तर स्वयम् कथाकारको बुझेको हाम्रो समाज, समाजिक क्रियाकलाप यसबाट देश माथि उठ्ने प्रयास, सामाजिक विश्वास, आस्था अठोट जस्लाई लेखकले जीवन एउटा विश्वास हो । आस्था र अठोट पनि हो भन्ने धारणा समाउँदै उनले वर्तमानलाई यसरी विश्लेषण गरेका छन् –“ हाम्रो वर्तमान चुपचापलाई देख्दैन ।सुनशानलाई सुन्दैन । आस्था र विश्वासलाई पत्याउँदैन,विस्तारै बोलेको बुझ्दैबुझ्दैन मानवीय यथार्थ र नैतिकतालाई सितिमिति जान्दैन ।चारैतिर स्वार्थै स्वार्थमात्र देख्छ, बुझ्छ, र आत्मसात गर्न खोज्छ ।”
बास्तवमा नवराजले समाजलाई राम्रो अध्ययन गरेका छन् । समाजका यथार्थतालाई केलाएका छन् । समाजका यी यथार्थता भित्रका विकृति र विसङ्गतिलाई विश्लेषण गर्दै यस कथाभित्र सकरात्मकपक्ष्यलाई अग्रगामी मार्गमा लान बाटो खन्दै मार्गदर्शन पस्केका छन् भने विकृति र विसङ्गतिलाई जरैदेखि उखेल्ने प्रयास गरेका छन् । यी सत्य तथ्यलाई माथिका साहित्यकारको दृष्टिकोण विश्लेषण गर्दा पनि पुष्टि हुन आउँछ । संक्षेपमा भन्नु पर्दा उनी यथार्थवादी कथाकार हुन् भन्दै अब म उनका कथाको साधारण भावसारतिर लाग्ने अनुमति माग्छु ।
यस कृतिमा ९७ लधु कथाहरू समावेश गरिएका छन् ।मूल्याङ्कन पहिलो कथा हो । दाइजोको विरोधी प्रभावले बिना दाइजो विवाह ग¥यो । पछि धेरै दाइजो लिएर विवाह गर्ने साढुदाईलाई सासूले सम्मान साथ आदर गरेको र उसलाई केही नजानेकोले दाइजोको विरोध गर्छ भन्दै अपहेलित गरेको धारणा आएको छ कथामा ।
स्मृति– यस कथामा पाँचभाई छोराहरूआमा विरुद्ध अंशबण्डा नमिलेको भन्दै खनिएका र बोल्नै पर्छ भन्दा आमा नबोली मृत्युवरण गरिन् । तिनै छोराले आमा मर्पछि दूधको भारा लाग्छ भन्दै विवादित जग्गामा सालिक बनाइएको धारणा आएको छ ।
खरानी –बाबुले चारभाई छोरालाई चार कोठा र आँपूmलाई एउटा कोठा अंशबण्डा लगाइ दिए । बाबु मरेपछि आमा बसेको कोठा र अंशमा दावी गर्दै छोराहरूले घरमा आगो लगाइदिए तर आमालाई कसैले घरबाट ननिकालेकोले खरानी परिन् ।
मनस्थिति– आघरको चर्पी बनाउँदा धरत्रिका परिवारले पनि ज्याला लिएको धारणा आएको छ कथामा ।
कृतज्ञाता–यस कथामा सासूले छोरी र बुहारीलाई समान दृष्टिकोण बाट हेर्नुपर्छ भन्ने सन्देश बोकेको छ ।
आँखाहरू–यस कथामा गोष्ठीमा वक्ताले राष्ट्रभाषा र राज्यले मातृभाषको शोषण र उत्पिडन्मा पारेको भन्दै आन्दोलनको थालनी भएको र सरकारले वार्ताको लागि आआफ्नो, सांस्कृति भेषभूषामा यथेष्ट जातीय चिनारी, लिपि,र पुस्तकहरू सहित उपस्थित हुनको लागि बोलायो तर बार्ताका टोली यी प्रमाण रहित टाइसुटमा उपस्थित भएको धारणा आएको छ कथामा ।
पराकाष्ठा – यस कथाले बुढो रिक्सावालाको छोरो अरवमा वितेको, दैनिकी गुजार्न रेक्सा चलाउन बाध्यता भएको र रेक्सामा बसेका युवाहरूले उसलाई सकोस् नसकोस् चाँडो चलाउने आदेश दिएको भन्ने धारणा आएको छ ।
सम्बन्ध– जेठाले बिना दाइजो विवाह गर्दा आमा खुसी नदेखिनु , माहिलाले जागिरे केटी विवाह ग¥यो, माइलीको सरहना गर्नु, साइँलाले केही दाइजोसँग विवाह ग¥यो आमा प्रफुल्ल भइन्, कान्छाले मनग्गे दाइजो ल्याएकोमा आमाको माया कान्छीमा पोखियो । जब अलग्गै बस्ने निधो भयो बुढा बूढीलाई पाल्नको लागि जेठी बाहेकका राम्र ठानिएका बुहारीहरूले सासू पाल्न चाहेनन् ।
आँसु–विदेशबाट आउँदा लोग्नेले निको नहुने रोग लिएर आएको भन्नु र श्रीमतीसँग माफी माग्नु । श्रीमतिले पनि पतिकै जस्तो रोग लागेको भन्दै माफी मागेको धारणा आएको छ ।
किमबदन्ती–भ्रष्टचार गर्नेहरूनै भ्रष्टचारीप्रति धोर बिरोध जनाइरहेका तर भ्रष्टचार बढीरहेकोमा कथनी र करणी नमिलेको धारणा आएको छ ।
असङ्गत–यस कथामा धनी मानिसले आफ्ना छोराछोरी सहर बजारमा राखेर पढाउन सक्ने भएकोले गरिबका छोराछोरी पढाउने स्थलमा पाठशाला (स्कुल) खोल्न चाहदैनन् र गरिका छोराछोरीलाई नै आफ्नो काममा लगाउँछन् भन्ने धारणा आएको छ ।
मूल्य –बाबु आमाले चाहे जस्तो छोराछोरीलाई अध्ययन गराउन सक्दैनन् । छोराहरूले आफ्नो इच्छा अनुसार पढ्छन् । यहाँ चारभाइ छोराहरू मध्ये कान्छोलाई राम्रोरूपमा लिन्छन् ।अरू भाइ आफ्नो भनाई अनुसार अध्ययन नगर्दा वेकम्मा ठहर गरिन्छ । यी तीन भाइले राम्रो काम गरेर नामी भएपछि कान्छो वेकम्मा भएको आमाबाबुले धारणा राख्छन् ।
धरातल – यस कथामा बाहिरी रूपमा पुरस्कारको विरोधकर्ताले नै भित्रीरूपमा पुरस्कार प्राप्त भएको मा सहस्र रूपमा ग्रहण गरेको धारणा आएको छ ।
प्राप्ती– यस कथामा चराहरूलाई प्रतीकको रूपमा देखाएर आपसी द्वन्दले गर्दा अर्काले फाइदा लिएको दर्शाइएको छ ।
पात्र – यस मार्मिक कथामा शरण सहिद बन्यो र उसको सालिक बनाएर राखियो तर सहिदकै पुत्र त्यही सालिकको आडमा बसेर भीख मागेको र उसकी पत्नी खान नपाएर मरेको धारणा छ कथामा ।
अभियान –देशमा विकास निर्माण तथा गरिवी निवारण, शिक्षा रोजगार आदिका धारणाहरू जे जति प्रसारण भए पनि अप्रिल एक तारिखको रूपमा दर्शिएको धारणा आएको छ कथामा ।
पूर्णत्व – यस कथामा पैसाको लागि नग्न अवस्थामा पुगेर यथेष्ट कमाए पनि घर खाली नै रहेको र उसले पैसा बोकेर दगुरिरहेको धारणा आएको छ ।
रेखा – यस कथामा विद्रोही र सरकार पक्षबाट मात्र नभै मानिस विविध किसिमले मारिएका थिए तर विद्रोही र सरकार पक्षले एक अर्कालाई दोष थोपारिदिन्थ्ये । त्यसैको उदाहरण हो यो डाँकाबाट मारिएको एक युवकको कथा ।
पुरूषार्थ – यस कथामा तीन भाइले आवेगमा आएर घरमा तीनतिरबाट आगो लगाउँछन् र मेरो मात्र हैन केरे भनेर प्रश्नवाची बन्छन् ।
सोच –आमाको लाडप्यारले छोरालाई नराम्रो काम गरेर बिग्रदै गर्दा बाबुले सम्झउँदा बुझाउँदा आमाले बाबुलाई नराम्रो ठान्ने र पछि आफ्नै गहना पैसा सबै लगेपछि बाबुलाई नै एउटा छोरोलाई पनि तहमा राख्न नसक्ने पनि के बाउ भन्दै दोष दिएको धारणा आएको छ कथामा ।
मिलन विन्दु – यस कथामा इनेगिनेका भद्रभलाद्मीमा कटुतापूर्णता भए पनि मद्पानमा मिलन हुने धारणा आएको छ कथामा ।
श्रेणी– आपसी स्वार्थ, गुट निर्माण, सहअस्तित्वलाई स्वीकार्य नगर्दा, आपसी द्वन्द्वमा लड्दा आफ्नो भूभाग अकै मुलुको कब्जामा गएको धारणा आएको छ कथामा ।
पेसा–स्वार्थको कारणले गर्दा मानिसले खराब कामको विरोध नगरी समर्थनमा लाग्नु नै पेसा हो भनिएको छ कथामा ।
तारतम्य – भाषणमा घुस बिरोधी कुरा गरे पनि काम गर्दा घुस नखुवाई काम लिन नसकिने धारणा आएको छ कथामा ।
सीमारेखा– यस कथामा ‘क’ र ‘ख’ बीचको मेलमिलापमा र सद्भावमा रहेका अवस्थामा नयाँ युवक आएर विद्वेष र बितृष्णाको बीउ रोपेर कर्तव्यप्रति सजग नगराई हिडेको र ‘क’हरूको काम गर्ने बानी हटिसकेको र सुखको खोजीमा गाउँबाट पलायन भएको धारणा आएको छ कथामा ।
उद्घाटन – दुई साथीमा एउटाले सधैं मन्दिर दर्शन गर्न जानु र नयाँ नयाँ जुता लगाएर स्कुल जानु ,अर्को साथी मन्दिर जाँदा जुता हराएपछि साथीकोमा जाँदा आफ्नो जुता देखेको धारणा आएको छ कथामा ।
अन्तरबोध – यस कथामा मायोवादी र सुरक्षा कर्मी मारिएका चियागफमा एउटा चिन्तकले ‘किन होला कोही पनि नेपाली मरिरहेका कुरा गरिरहेका छैनन् । के ती सर्वप्रथम नेपाली हेनन् र भन्ने धारणा आएको छ कथामा ।
सहभोज –यस कथामा गरिबबस्ती, छुवाछुत हटाउन एउटा संस्थाबाट, सहभोज गर्दा राम्रो हुने भनेपछि सहभोज गरिएको र सहभोजपछि भोकमरी मच्चिएको धारणा आएको छ ।
द्विविधा – यस कथामा दुई गुरू चेलाबीचको सम्वादमा गुरूले चाकरी ,कोसेली मन नपर्नेे कुरा लगाएर दूधको साक्षी बिरालो बन्ने देखि सर्तक रहनु पर्ने धारणा राखेपछि चेला गूरूको मा चाकडी गर्न छाड्दा ऊ र ऊ सँग सहमत भएका साथीले सेवा नपुगेको भन्दै प्रमाण पत्र नपाएको धारणा आएको छ कथामा ।
समय–,दिदीले दुख पाएको बेला भाइले सहयोग गर्दा भाइ राम्रो र दिदी धनी भएपछि माइत आउन छाड्नु बरु बाबुआमालाई घरमै लगेर पाल्नु र बाबुले दिदीको इज्जत भाइले राख्न पर्ने धारणा आएको छ ।
तह– यस कथामा आमा बाबुको माया सबै सन्ततीप्रति बराबर हुँदैन भन्ने प्रमाण सहित उपस्थित भएका छन् कथाकार ।
भ्रम–यस कथामा गुरूले अमुक संस्थामा विपक्षमा देखिए तर त्यसै संस्थाबाट विदेश भ्रमणमा गएको धारणा आएको छ ।
प्रेम –यौन आकांक्षा पूर्ति गर्ने माध्यम हो प्रेम भन्नेमा एकै घरका पनाति नाति, छोरा र बाबु बीचमा तर्क वितर्क चल्छ तर तार्किक निष्कर्ष ननिक्लेको धारणा आएको छ कथामा ।
घात –तीन जना साथी मिलेर तयार गरिएको पूलमा सौभाग्यले आपूm अघि जाने भनेर जाँदा गन्तव्यमा पुग्दा अनौठो बस्तु छरिदिंदा अरू दुईजना गन्तव्यमा पुग्न नसकी फर्के तर साौभाग्य कहिल्यै फर्केन। तथा अर्कालाई धोका दिंदा आफै धोका खाइन्छ भनिएको छ कथामा ।
पलक– सहर गाउँ पस्नु र स्वागत पाउनु र प्रफुल्ल हुनु र गाउँलाई सहर आउने निमन्त्रणा दिनु , गाउँ सहरमा गएर सहर खोज्दा कसैबाट जानकारी पाउँछ कि ऊ त छलकपट वेभिचार र तस्करीमा छ । भेट हुँदैन भन्ने धारणा आएको छ ।
मित्रता – यस कथामा दुःख पर्दा साथीको आर्थिक सहयोगसमेत लिने र सम्पन्न हुँदै गएपछि साथीले दिएको पैसा पनि नतिर्ने र कति आउन सकेको होला भनी साथीको कानमा पुग्ने गरी भनेको धारणा आएको छ ।
आग्रह–यस कवितामा देशको यथार्थता, विकृति, विसङ्गति आकासिएको, अस्तित्वहीन बाँच्नुलाई किमार्थ जीवन मान्न नसकिने, स्वाभीमान हराएको,आउनु जानु नियमित प्रक्रिया भएको आशावादी भएमा प्रगति हुने र नैरास्यले विकासमा लम्कन नसकिने, जीवन बाँचनु, हाँस्नु र खुसीले प्रफुल्ल बन्नु हो, उच्चपदस्थहरूले आपूm बन्ने भगिरथ प्रयास गरिरहेको आदि र देश निर्माणको चिन्ता नभएको धारणाहरू आएका छन् ।
विचरण–जागिर खान पुरुषले महिलाको रूप धारण गरेको धारणा आएको
स्वार्थ –विदेशीएको लोग्नेले स्वास्नीलाई पत्रलेख्दा आमाले छोरालाई हुतिहारा जोइटिङ्ग्रे भन्नु र ससुराली पक्षले नामर्दको संज्ञा दिएको धारणा आएको छ ।
आफन्त – छोरा विरामी परेर आफन्तको मा ऋण माग्न जाँदा ऋण पाउन नसकेको तर छोरा मरेपछि निकटको छिमेकी आएर कात्रो किन्नको लागि पैसा दिएर कात्रो किन्न गएको धारणा आएको छ ।
चरित्रहरू –जातीय विभेदको कारणले म ठूलो र तँ सानो भन्दा विवादले वीभत्स रूप लिएको धारणा आएको छ ।
मानवीयता –यस कथामा मानवीयताको ह्रास देखाइएको छ । धनी मानिसले कुकुरलाई जति पनि गरिबप्रति स्थान नदिएको धारणा आएको छ ।
घोषणा –यस कथामा मादक पदार्थ विक्रीवितरण न हुने, भएमा उचित सजाय दिने भन्ने समुदाय बाट उर्दी भएको र सबै खुसी देखिए तर पाँचो दिनमा समुदायका अध्यक्षले नै मादक पदार्थ सेवन गरेको धारणा आएको छ ।
कथा – बाल अधिकारवादीले बालकलाई काम लगाउन हुन्न त भन्ने असाहाय बालबालिकाको व्यवस्थापन नगरी छाड्दा सडक बालबालिकाहरू कुलतमा लागि तस्कर बनेर जेल जानु पर्ने धारणा आएको छ कथामा ।
समवेदना – गरिब बस्तीमा आगलागी भएर वर्तमान परिस्थितिको हल गर्न आवस्यक्ता देखिएकोमा ओहोदामा बस्ने बालाले दीर्घकालिन खोजी गर्दा २५लाख भन्दा बढी खर्च भएको तर त्यस वर्ष केही गर्न नसक्ने र अर्को वर्ष के कसरी सहयोग गर्न सकिन्छ भन्दै जानकारी स्थानीय नगरपालिकामा आएको ।
गन्तव्य–पोखरीको पानी मिठो भएको र त्यहाँ पानीलिन जाने मानिस एकजनामात्र जान सकिने भएकोले सबै लाइनमा लाग्थे र यिनीहंरू लाइनमा यति दत्तचित्त देखिन्थेकी गाउँमै आगो लागेर मानिस मर्दा पनि लाममै रहेको धारणा आएको छ ।
सूची – यस कथामा विदेशमा लोग्ने, हास्टेलमा बसेका दुई छोरीहरू,गाउँमा बसेका सासू–ससुरा र वर्तमानमा बाँचेको स्वछन्द जीवन, गोष्ठीमा नारी पुरुष सम्बन्ध र सतीत्वमा लामो व्याख्यान अनि गोष्ठी सकिएपछि सहभोजमा युवासँग मधुर मिलन, पतिको घर आउँदै छु भन्ने फोन आउँदा किन आउनु परयो घर कमउन गएकाले भन्ने धारणा आएको छ कथामा ।
मुआब्जा– विदेशमा गएकी पत्नीले धन कमाएर घर पठाई घर सवल बन्यो दशवर्षपछि ऊ आउँदा ५।६ वर्षको छोरो समेत बोकेर ल्याई र पतिलाई ‘मातृत्वको मुआब्जा म छोड्न चाहान्न’ भन्दै छोराको परिचय गराई, पति बोल्न नसकेको र चार आँखा एक आपसमा जुधेको धारणा आएको छ ।
उनीहरू– यस कथामा प्रेम विवाह गरेका जोडीमा पत्नीले पतिको जविनभर माया पाएपुग्छ भन्दै गर्दा पति सडक दुर्घटनामा पर्दा उसको शरीर नचल्ने अवस्थामा पुगेपछि पत्नीले झर्कोफर्को गर्न लागेको ,अगाडीको संसार .. भन्ने धारणा आएको छ ।
आधार–यस कथामा पत्नीले ‘तपाईँ जस्तो लोग्ने पाएकोमा आपूmलाई भाग्यमानी ठान्छु र आजीवन साथ दिने प्रण गर्छु ’ भन्छे । क्रमस दिन बित्तैजाँदा पत्नीका चाहना प्रस्तुत हुन्छन् । चाहना पूर्ति नभएपछि रणचण्डी बन्नु र मलतबै राख्न छाड्छे, र लोग्नेले मानिस कति बस्छन् प्रतिबद्धतामा प्रश्नवाची बन्छ । तीनटुक्रा – पहिलो टुक्रामा देश नचिनेको हुँदा देश चिन्न रत्नपार्क वा सहिदमञ्चतिर गएको धारणा, दोस्रो ट्क्रामा हजुरबालाई नातिले प्रजातन्त्र के हो भनेर सोधनी गर्दा हजुरबाले सांसद, मन्त्री र उनका आफन्तलाई सोध भन्ने जवाफ पाउँछ । तेस्रो टुक्रामा दुवै अविवाहित केटा केटीले सँगै बाँच्ने र सँगै मर्ने कसम पनि खाएका थिए,। एक दिन केटाले केटीलाई म मरेभने के गर्छौ भन्दा मैले अर्को प्रैमी खोज्नु पर्ने धारणा राख्छे ।
अवस्था –यस कथामा लोग्ने जेठी श्रमितीसँग गएकोमा कान्छीले निकै दुख मनाउ गर्दै लोग्नेको साथीसँग रुन्छे तर पछि श्रीमान घर आएपछि दुबै जना रमाएको पतिको साथीले देख्छ ।
दृश्यावलोकन – पहिलो वर्ष नदी कटानमा परेका गाउँलेले सरकार समक्ष सूचना पुर्याइयो । टोली खटियो प्रतिवेदन बन्यो थन्कियो पानी वर्षेपछिे बाढीबाट गाउँनै बगायो । बाढी नियन्त्रणको टुङ्गो लगाउन हेलीकप्टर आएर गएको धारणा आएको छ कथामा ।
सदाचार– मानव अधिकार कर्मीले गरेको कामको बारेमा र त्यसमा सहभागी व्यक्तिप्रति व्यङ्ग कसिएको छ ।
नाजवाफ– जेठो छोरो आतङ्कवादी र लोग्ने सुराकीको अरोपमा मारिएका थिए । यही कुराको बारेमा छोरा छोरीले आमासँग सोधनी गरेका छन् कथामा ।
आरम्भ – राजनेताहरूले जनतालाई कसरी झुक्याउँछन् भन्ने धारणा बाटोका ढुङ्गा उप्काएर पुन तिनै ढुङ्गा छापेको र जनताले सोधनी गर्दा नयाँ कामको आरम्भ गरेको भनिएको छ ।
रक्षाबजेट – जनताको विस्वास पाएको प्रजातान्त्रिक सरकारले जनताको हकहीत भन्दा रक्षाबजेट बढाएको धारणा आएको छ कथामा ।
मानव अधिकार – यस कथामा समयमा कार्यक्रम नहुनु, मानव अधिकार कर्मी ढिलो आउनु, मुक्तिमोर्चाले राखेको बन्द, भाषणमा समानता,स्वतन्त्रता, जिउन पाउने अधिकारप्रति बोलिएको र अधिकारकर्मी तामदाममा सवार भएको धारणा आएको छ कथामा ।
एकता – देश निर्माणको काममा एक अर्कामा हानाथापी गर्ने र कामलाई सफलतातिर लान नदिने तर सुविधालिँदा भने एकताको प्रर्दशन गर्ने नेपाली नेतृत्वको चरित्र प्रदर्शन गरेको छ कथाले ।
दृश्य – यस कथामा विषाक्त थैला बोकेको एक मानिसले सयौं मानिसलाई खेदीरहेको थियो । सबैले आश्चर्य मानेर हेरिरहेका थिए । आखिरमा भेद खुल्यो कि ती विषाक्त थैला शान्तिको नाममा बोकाउन खोजीरहेको र मानिस डरले भागिरहेको धारणा आएको छ ।
सफलता– लुना (कुकुरको नाम) मारिएको विरोधमा बन्दको आवाहान गरिएको थियो र बन्द सफल भएको तर लुना मार्ने गाडी पत्ता नलागेको तर बँदको नाममा दुई जनाको ज्यान गएको धारणा आएको छ ।
अर्थ –एक जनाले घामलाई पानी, पानी परेकामो घाम लागेको,अनि गाउँमै भएको मानिसलाई गाउँ छाडेका भन्दा अर्को मौन बसेकाले मुख फोरेर कस्तो उल्टा कुरा गरेको भन्दा जवाफमा राजनीति गर्न सिकेको भन्ने धारणा आयो ।
अनुकरण– सत्ता परिवर्तनपछि हाम्रा दिन आउँछन् भन्ने कुरामा आमा छोरा बीच संवाद चल्छ । आप्mनो र आँप्mनै सांसद मन्त्री भए पछि छोराले आमालाई सम्झायो तर आमा रिसाइन् र छोराले किन रिसाएको भनी सोद्धा नेता रिसाएकोले भनि छोराको प्रश्नको जवाफ दिएको धारणा छ कथामा ।
उन्माद–गरिबीको विवसता भएका छोराछोरीले मासु नभै नखाने भनेर अड्डी लिएपछि थोरै मासुले सबैलाई पुर्याउन धेरै खुर्सानी हालेर पकाएपछि छोरा छोरीले खान नसकी कहिल्यै मासु नखाने भन्ने धारणा आएको छ ।
विभाजन–यस कथामा मन्त्री परिवर्तनको साथमा संघ संस्था, मन्त्रीका मानिस भर्ती गर्र्नु पर्ने अवस्थाको चित्रण सहित संस्थाको अधोगति लाने वालाले संस्था बचाउन खोज्नेवालालाई नै दोषी ठहरगरेको धारणा आएको छ ।
उच्चाइ–यस कथामा सिटमा बस्नको लागि अधिकार खोज्ने युवतीले बृद्धबृद्धाको मर्मलाई बुभ्mन नसकेको र अशिष्ट व्यवहार देखाएको धारणा छ कथामा ।
स्वाद–यस कथामा न्यून आए भएका कर्मचारीले चाहेको जस्तो स्वाद परिवारलाई दिन सक्दैन र नैरास्यको साथै गुनासो सुन्न पर्छ भन्ने धारणा छ ।
मोह –यस कथामा प्रतिसोध लिन खोज्दा आप्mनै श्रीमती र छोराकोमा खुकुरी प्रहार भएको धारणा आएको छ ।
परिवर्तन –पुरातन त्रिचारले मानिसलाई अघि बढ्न दिदैन भन्दै ऊ परिवर्तन हुन चाह्यो तर ऊ कहिल्यै चाहे जस्तो हुन सकेन । ऊ पुरातनबाट उठ्न त खाज्यो तर सकेन र परिवर्तनको नाममा दुबैतिरबाट एक्लिएको छ भन्ने धारणा छ ।
विजय– यस कथामा बाज र अरूचराहंरूलाई, प्रतीक बनाएर शोसकहरूको अगाडी अरूको कुनै अस्तित्व नरहने धारणा आएको छ कथामा ।
भर– देशमा अरुको भरमा चलाइएका विविध संस्थाहरू दीर्घकालिन हुँदैनन्् र धोका खाइन्छ भन्ने सन्देश दिएको छ कथाले ।
नाता –यस कथामा पाँच छोरीको बारेमा घरका विभिन्न परिवारका विभिन्न मूल्याङ्क आएको छ । स्वार्थको आधारमा भएको यो मूल्याङ्कनमा नोकर ठूलेले ‘जो आए पनि काम गर्नु पर्ने मैले न हो ’ जो आए पनि मन पर्दैन भन्ने धारणा आएको छ ।
शान्ति–सडकमा लास देखिएबाट थालनी भएको आन्दोलनमा एक दर्जनको मृत्युपछि पुन स्थगन भएको र नेपालमा गरिने आन्दोलनको उपलब्धी विनानै स्थगन हुने धारणा आएको छ ।
सहमति–यस कथामा महिला बीच एक अर्काको आलोचना र समालोचना गरिएको छ । कोही दश रु काउण्टमा तास खेल्न थाल्छन् । विना काममा दिन बिताउन हुँदैन भन्ने सन्देश पनि आएको छ ।
दूरदर्शिता –सबैको सहमतिमा घर भत्किन्छ । नयाँ घरको निर्माणका कुरा आउँछन् ।पुनरावृत्ति दोहोरिन्छ । विधर्मीलाई कार्वाही गर्दा सबै पर्ने धारण आउँछ । नेपालका राजनीतिक दलका क्रियाकलापमा आधारित छ कथा ।
स्वतन्त्रता –यो कथा आन्दोलनका समयमा नागरिकता बनाउन सदर मुकाम गएका एकपविारलाई सुराकीको लान्छना लगाएर कुटपिट गरिएर वेहोस पारिएको मार्मिक घटनामा आधरित छ ।
पश्चाताप– यस कथा पनि राजनीतिक स्वार्थमा आधारित छ । दूरर्गन्धले भरिएको बस्तु लिएर हिडेकोले मानिसलाई बन्दी बनाउने र आप्mनो स्वार्थ सिद्धि गर्न चाहनले आज पनि खेदीरहेको धारणा आएको छ ।
प्रयास – जौहारले आप्mनै घरभित्र कसैको बस्तु निकाले र कसैकोमा राखिदिने र दोष्ी बनाउँदै आँपूm निर्दोष बन्ने प्रयासमा अन्त्यमा असफल भएको तर सोधनीगर्दा राजनीति सिकिरहेको छु भन्ने जवाफ दिएको धारणा छ कथामा
अनसन–यो कथा पनि राजनीतिक व्यङ्गमा आधारित छ । पक्ष विपक्षमा चर्का चर्की भए र सहमति जुट्न नसकेपछि पछि फर्केर हेर्दा जुलुस आएको देखिन्छ र कसैले भन्छ अपच भएर हिडेका भन्ने धारणा आएकोछ कथामा ।
चिनारी –सन्त्रास बोकर हिड्दा सबै डराउँथे ऊ पछि गएर सुधारियो र राम्रा काम गर्न थाल्यो, तर उसलाई हेय दृष्टिले हेर्ने, राम्रा काममा पनि आलो चना गर्ने , विरोध जनाउने गर्दा ऊ प्रश्न सूचक आँखाले आपूmले आर्फैलाई खोजी रहेका धारणा आएको छ कथामा ।
हस्तान्तरण– यस कथामा सन्तान भनेको आप्mनो जीवनमा प्राप्त हुन नसकेको चाहनापूर्तिको आशा हो भन्न धारणा आएको छ ।
मापदण्ड–,धनी वर्गले गरिब वर्गलाई सहयोग गर्दैन भन्ने धारणा आएको छ कथामा ।
सामथ्र्य – देशका निम्ति बलिदान गरौं भन्नेको मृत्यु हुन्छ । चिताबाट बल्ल स्वतन्त्र भएँ भन्ने आवाज आउँछ । छेउमा कोही उभिएको , तिमीहरूसँग बस्छु भनि रहेको र त्यसैले मलाई निली रहेको थियो । सबैले जिज्ञासा राख्दा उसले देश भन्यो र मेरा ठूला शत्रु त यिनै हुन् भन्दै लास देखायो भन्ने सन्देश छ कथामा ।
परिणाम –अरुको अह्रोटमा काम गर्ने बाला साधन बन्न सक्छ तर आखिरमा ऊ भासिदै जाँदा उसको कोही हुँदैन भन्ने धारणा आएको छ कथामा ।
भाव –यस कथामा बाबुलाई छोराले जुलुसमा जान आग्रह गर्दा । बाबुले विगत चोख्याउने प्रयत्न गर्दैछन् । सहरको शान्ति खल्बल्याउँदैमा क्रान्ति हुँदैन । हेर त पहिलेका घाउ भन्दै बाबुले कमिज खोलेर देखाउँदा छोरो रुनथाल्यो बाबुले नरो भनेन भन्ने धारणा आएको छ ।
श्रीगणेश–यस कथामा आन्दोलन सफल भएपछि आन्दोलनकारीले सत्ता समाल्नु, आन्दोलनको नाममा राजनीतिको जामा पहिर्याएर गलत गर्दा अस्थिरता,अराजकता र सामाजिक दुराचारको प्रवृत्ति जोडले चल्न थाल्यो भन्ने धारणा आएको छ ।
विषय– यस कथामा प्रजातन्त्र प्राप्तिपछि दुईदशक भित्र देश र जनताका लागि खासै केही विकास भएको छैन भन्ने जनभावनामा राज नेताले नेताको व्यक्तिगत विकास भएको धारण आएको छ ।
व्यथा – आन्दोलनले देशमा पुर्याएको जन धनको क्षतीको असर मुक्ति पछि पनि रहेको त्रासको प्रत्यक्ष प्रभाव देखिनुको साथै मुर्दा शान्ति चाहिदैन भन्ने नारा लागेको धारणा आएको छ
सपना –बेरोजगारीग्रसित युवाहरूलाइ एउटा गैरसरकारी संस्थाले जागिर दिने प्रलोभनमा कार्यलय सञ्चालनको लागि श्रमदानमा घर निर्माण गरिएको र गैह्रसरकारीको हाकिमले उद्घाटन समेत गरेर काठमाडौ लागेपछि फर्कने काम नभएको बरू भवनमा वैकले ताला मारेको र घर सांसदको लागि बनेको धारणा छ कथामा
धारणा – यस कथामा आजको युवाशक्ति पैसाको खोजीमा छ । यिनीहरू आत्मीक शान्तिलाई बुभ्mन नसकेका र विदेशमा जान नहुने आदि कुरा जो जो ले गरिरहेका थिए तिनैका छोरा खाडी मुलुकतिर उडेको धारणा छ ।
सर्जक – आगो सिर्जना र विनाश दुबै हो , आगोबाट सधैं चनाखो रहन पर्छ भन्ने धारणा आएको छ ।
आस्था–एउटा साथीले आप्mनै घरमा बसोबास गर्ने साथीप्रति अर्का दुई साथीमा वितृष्णा जगाउन सफल भई तर ती दुई साथीलाई यथार्थता पत्ता लागेपछि सम्बन्ध जोडिन नसक्ने अवस्थामा पुगिसकेको धारणा आएको छ
।सन्तुष्ठि –यस कथामा बाबु र आमाले जेठा छोरालाई कुलदीपको संज्ञा दिए । उस्ले पनि आप्mनो पढाई छाडेर भाइहरूलाई उच्च तहमा पुर्यायो रउनीहरूले राम्रो जागिर खाए धनकमाएपछि तिनै बाबुआमाले नामर्दको संज्ञा दिएर अलग्याई एिको धारणा आएको छ ।
अनुत्तर –दुई थरी आएर गाउँले सँग आप्mना धारणा राखे,कही दिनपछि गाउँमा झडप भयो केही मारिए कोही घाइते भए ,मरेका सहिद भएको धारणा आयो,गाउँछाड्न नपाइने उर्दी भयो, किनबेचमा प्रतिबन्ध लगाए, घरका समान कुहिए । औषधीउपचार नभएर धेरैले ज्यान गुमाए ।अन्त्यमा असह्य भएपछि गाउँले के गरेको यो भन्दा दुबै नजवाफ भए भन्ने धारणा छ कथामा ।
समानता– एक मेहनती र प्रगतिमा लम्केको घरमा , अधिकारकर्मीहरूको प्रवचनपछि , लोग्ने मानिस पनि घरको काममा सरिक हुन पर्ने भयो र सबै घरको काममा लाग्नु पर्ने भयो । इष्र्यालुलाई दंगदास बनायो । परिश्रम गर्ने परिवारलाई यो कुरा धेरैपछिमात्र पत्ता लाग्यो ।
विवेक –कुवाहरूमा पानी नहुँदा पोखरीमा जानु पर्ने र पोखरीले म कहाँ नआइ नहुने रहेछ भन्दा एउटा मानिसलाई रिस उठ्यो र पोखरीको डिल खनेर पानी बग्न थाल्यो, पोखरीको घमण्ड चुर पारेको सम्झदै घर पुग्दा नपुग्दा कुवाको अस्तित्व नामेट भइसकेको धारणा आएको छ कथामा ।
उपरोक्त कथाको सार,विभिन्न साहित्यकारहरूको धारणाबाट यो लघुकथा सङ्ग्रहले के संदेश दिन खोजेको हो, नवराजका कथा कस्ता छन्, नवराज कस्ता किसिमका कथाकारहुन भन्ने यथार्थता प्रष्ट पारेको छ ।
बास्तवमा नवराज रिजाल एउटा समाजलाई चिनेको, समाजमा भिजेको,नेपालको भौगोलिक स्थितिलाई बुझेको राजनीति र राजनीतिक कार्यकर्ताको दर्शन तथा भावनालाई विश्लेषण गरेर कथा सिर्जना गर्न सक्ने क्षमता भएका कथाकार हुन् । देशको अर्थिक अवस्थामा धनी र गरिब बीचमा देखिने तथा छुवाछुतमा रहेको विभेदलाई केलाउँदै, घरयासी कलह, जीवन जगत, राजनीतिक भ्रष्टता, आर्थिक भ्रष्टचार, जनआन्दोलन, त्यसबाट जनधनमा परेको असर, विकृति विसङ्गति, राजनीतिक भ्रष्टता,आदिलाई समेटेर कथा सिर्जना गरेका छन् । उनका लेखनमा देशप्रति,बौद्धिक व्यक्तित्वप्रति, आदर सत्कार छ । उनका कथा लेखनले उनलाई यथार्थवादी र समसामयिक लेखक हुन्र भन्ने परिचय दिन्छन् ।
कथाका पात्र विधान –नेपाल एउटा विविध समाज, वेशभुषा, विभिध धर्म साँस्कृतिक,, हिमाल पहाड, तराई आदि भौगोलिक विभाजन भएको देश हो । रिजालका कथाका पात्रहरू पनि स्थानीय विविधता, धार्मिक विविधता, सामजिक संरचनामा विविधतालाइ समाउँदै कथा सिर्जना गरिएका छन् र सोही अनुरूपका पात्र चयन भएका छन् । सबै पात्रहरू क्रियाशील छन् । कतिपय पात्र प्रतीकको रूपमा प्रयोगमा ल्याइएका छन् ।
लेखनशैली–लेखनर्शली सरल र ,शिष्ट र स्तरीय छ । सबै प्रकारका पाठकको लागि सुबोध छ । उखान टुक्काको, प्रयोग गर्नु आदिले गर्दा भाषा रसिलो हुन पुगेको छ ।
शीर्षकी करण – ‘माटो खोज्दै’ शीर्षकमा कुनै कथा छैन तर यस सङ्ग्रहभित्रका कथाहरूको अध्ययन गर्दा कथाकारले देशभित्रका विविध पक्षको खोज गर्दै कथा लेख्दै गर्दा के बुझ्न सकिन्छ भने देश भनेको माटो हो, देश भनेको मातृभूमि हो र यसमा अवस्थित जनसमुदायको खोजीमा लेखन यथार्थता खोज्नु नै माटो खोज्नु हो । यस अर्थमा शीर्षक सार्थक देखिन्छ । यस भित्रका सबै शीर्षकहरू प्रतीकात्मकरूपमा राखिएका छन् र समग्र कृतिको शिर्षक पनि प्रतिकात्मक रूपमा आएको छ ।यसरी अध्ययन गर्दा पनि शीर्षक सार्थक छ ।
निष्कर्ष– कथासङ्ग्रहमा के छ र के दिन खोजेको हो त्यो विभिन्न साहित्यकारको धारणाबाट प्रष्ट भएको छ । त्यो कुरा यहाँ दोहोराइ राख्न आवश्यक देखिदैन । उनका लेखनमा देश, जनता, जनताका समग्र समसामयिक कृयाकलाप, जीवन दर्शन, राष्ट्र प्रेम र समाजलाई प्रगतिमार्गमा लाने यथार्थ मार्ग दर्शन छ भन्न सकिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।