15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिलगडीका एक स्तम्भ : युवराज काफ्ले

कृति/समीक्षा नवीन पौड्याल October 22, 2022, 3:53 am
नवीन पौड्याल
नवीन पौड्याल

१. विषय प्रवेश :-
नेपाली साहित्यमा सिलगडीका युवराज काफ्लेलाई चिनिरहनु पर्दैन। सिलगडीको नेपाली साहित्य र युवराज काफ्ले एकार्काका पर्याय हुन्। सिलगडी भन्नेबित्तिकै युवराज काफ्लेको नाम मनमा स्वतःस्फूर्त आइहाल्छ। युवराज काफ्लेको जन्म २१ अप्रेल, १९४६ मा सिलगडीमा भएको हो। उनका बाबुआमाको नाम डिल्लीराम काफ्ले र मेनुकादेवी काफ्ले हो। उनी सिलगडीमा नेपाली साहित्यका निम्ति एक दह्रा स्म्भ भएर रहेका छन्। नेपाली साहित्यको सङ्गठन, संवर्द्धन र प्रवर्द्धन उनको विशेष योगदान रहेको पाइन्छ। पेशाका हिसाबले उनी कृष्णमाया उच्च विद्यालयका एक शिक्षक रही सेवानिवृत्ति भए हुन् भने उनी पत्रकारिता क्षेत्रमा निकै सक्रिय देखिन्छन्। उनले हिमालचुली, सुनचरी, आजभोलि, हिमालय दर्पणमा सम्पादन कार्य गरेका हुन्। उनको बङ्गला भाषा र साहित्यका पनि राम्रा मर्मज्ञ हुन्। उनले बङ्गलादेखि नेपालीका धेरै लेख र पुस्तक अनुवाद कार्य पनि सम्पन्न गरेका छन्। सिलगडीमा नेपाली साहित्यिक सामाजिक आदिमा सक्रिय रहन्छन्। उनी भारतीय नेपाली साहित्यका एक प्रतिनिधि लेखक हुन्। भारत र नेपालका साहित्यकारहरूको एक सेतू हुन्।
२. साहित्यकारका रूपमा युवराज काफ्ले :-
युवराज काफ्ले मूलतः एक साहित्यिकार हुन्। चाहे कथा होस्, चाहे निबन्ध वा कथा होस्, उनी रातदिन साहित्य र साहित्यसित सम्बन्धित कुरामा नै मग्न छन्। साहित्यिक परिचर्चा, चर्या, लेखन, अनुवाद सम्पादन जम्मै कुरामा साहित्य सेवा नै गर्छन्। साहित्य नै उनको आधार देखिन्छ। यीबाहेक उनी प्रकाशनमा पनि सक्रिय देखिन्छन्। उनको जीवन नै नेपाली साहित्य र भाषाको सेवामा समर्पित देखिन्छ। हालसम्म उनका प्रकाशित पुस्तकहरू हुन्- फ्याँकिएको कसिङ्गर (कथासङ्ग्रह, 1970), उल्का (नाटक, 1973), ध्वनि प्रतिध्वनि (निबन्धसङ्ग्रह, 2004), भाव तरङ्ग (कवितासङ्ग्रह, 2015), सामयिक सृजन (समीक्षात्मक लेखसङ्ग्रह, 2021), केही बुनौट : केही लेखौट केही (समीक्षात्मक लेखसङ्ग्रह, 2021), सिङमाङको घिउ (निबन्ध सङ्ग्रह, 2021) आदि रहेका छन्। यीबाहेक अन्य केही प्रकाशोन्मुख पुस्तक रहेका छन्।
२.१. कथाकारका रुपमा युवराज काफ्ले :-
युवराज काफ्ले एक कथाकार हुन्। प्रत्येक मान्छेको विचार समयअनुसार परिवर्तन हुन्छ भने झैं कथाकार युवराज शर्मा काफ्लेका कथाहरूमा समयअनुसारकै विषय पाइन्छन्। उनको एउटा कथासङ्ग्रह फ्याँकिएको कसिङ्गर (1970) प्रकाशित छ। यसमा जम्मा सोह्रवटा कथाहरू सङ्गृहीत छन्। उनका कथामा नेपाली समाजको सामाजिक, आर्थिक राजनैतिक स्थितिमाथि प्रकाश पारिएको छ। यस सङ्ग्रहमा रहेका कथाहरूको मूल प्रवृत्ति सामाजिक यथार्थवाद पाइन्छ। यसमा नारीको मार्मिक अवस्था, जातीय चिन्तन र मानवताको चिन्तन, गरीबीबाट उब्जेका समस्या, गोर्खालीहरूको राजनैतिक सामाजिक आर्थिक सङ्कट आदिलाई कथाका मूलवस्तु बनाएका छन्। उनले कथाका वस्तुमाथि महत्त्व दिएको छन्।

२.२. कविका रूपमा युवराज काफ्ले :-
युवराज काफ्ले एक कविका रूपमा पनि देखिन्छन्। उनले समय समयमा लेखेका कविताहरूलाई ‘भाव तरङ्ग’ नामक कवितासङ्ग्रहका रूपमा प्रकाशित गरिएको छ। उनले मनमा उब्जेका भाव-तरङ्गलाई कवितामा उतार्ने गर्छन्। उनी कोमल, सरल र स्पष्ट रूपमा अभिव्यक्त गर्ने गरेका छन्। उनी सरल भावमा आफ्ना मनोदग्रा अभिव्यक्त गर्ने कवि हुन्। ‘भाव तरङ्ग’मा भएका अधिकांश कविताहरू स्वच्छ्दतावादी र जातीय चेतनामूलक प्रवृत्तिका छन्। यसमा रहेका कविताहरूमा जातीय एकताको आह्वान छ, मानवताको चिन्ता छ, घडेरी निर्माण गर्नुपर्ने आदि जस्ता कुरामा चिन्तन गरिएको छ। ‘मेरो जिउमा हिँड्ने जुम्राहरू’, ‘आँखाभरिको यात्रा’, ‘दुर्घटनामा परेको सपना’ आदि जस्ता कविताहरूमा जीवन दर्शन र अनुभवका सार पाइन्छ। उनको कविता स्वच्छन्तावादी ढाँचाका छन्।
२.३. निबन्धकारका रूपमा युवराज काफ्ले :-
युवराज काफ्ले मूलतः एक कुशल निबन्धकार हुन्। उनी सिलगडीको शिक्षण इतिहासका एक जीवन्त इतिहास हुन्। उनकै आँखाअघि सिलगडी बजारबाट शहर भयो। घर र क्षेत्र बढे, उद्योग बढ्यो। जातीय समीकरण बद्लिए, भाषा बद्लियो, बाटाघाटा बढे, इतिहास बदलियो। उनकै आँखाअघि सिलगडीको तीब्र परिवर्तन भएको छ। यी जम्मै कुरालाई उनले साहित्यमा उतारेका छन्। उनको निबन्ध लेखन भनेको नै सिलगडीको इतिहास हो, यसको शैक्षिक विकास परम्परा हो, जातीय चेतना हो। उनको ध्वनि प्रतिध्वनि र सिङमाङको घिउ दुई निबन्धसङ्ग्रहमा सिलगड़ीको शैक्षिक, सामाजिक, सांस्कृतिक इतिहासलाई प्रकाश पारेका छन्। उनको प्रयासमा सिलगड़ीको कृष्णमाया विद्यालयको स्थापना, त्यसले झेल्नुपरेको समस्या, भाषिक अल्पसङ्ख्यक हुँदाका विभिन्न किसिमका कठिनाइलाई रोचक ढङ्गमा प्रस्तुत गरेका छन्। उनी देवकोटा सङ्घ, नेपाली साहित्य प्रचार समिति आदिजस्ता साहित्यिक संस्थाका सक्रिय थिए। तिनका विकास परम्परालाई प्रकाश पारेका छन्। उनको निबन्धकारितामा सूचनामूलकता, इतिहासमूलकता, संस्मरण, आत्मभिव्यञ्जना आदि जस्ता पक्ष पाइन्छन्।
२.४. समालोचकका रुपमा युवराज काफ्ले-
उनका अनेक समालोचनात्मक लेखादि पत्रिकाहरूमा छरिएका छन्। हालसम्म उनका ‘केही बुनौट केही लेखोट’ (2021), र ‘समीक्षण : अनुशीलन’ (2022), ‘सामयिक सृजन’ (2021) प्रकाशित भइसकेका छन्। यीबाहेक ‘सामयिक सृजन’ र ‘साहित्य सम्पद’ व्यक्ति व्यक्तित्व ) पुस्तकहरू प्रकाशोन्मुख छन्। केही बुनौट केही लेखौट पुस्तकमा रहेका समीक्षामूलक लेखहरू हुन्- ‘लेखनाथ र उनको वसन्त विचार’, ‘नेपाली कविताको ऐतिहासिक सङ्कलन वर्णन यात्रा’, ‘पूर्वाञ्चलीय नेपाली कविता’, ‘विश्व सन्देश- लाई दिइएको महत्त्वपूर्ण सन्देश’, ‘नेपाली साहित्यको इतिहास परिचय- को परिचय’, ‘साउती- का हास्य व्यङ्ग्य कविताभित्र पस्ता’, ‘पर्यावरण संरक्षणमा व्यवहारिक दिशा निर्देश’, ‘किन रोयौ उपमा रहस्य र अनुसन्धान सोद्धा’, ‘अनुभव यात्रा अनि जीवनको त्रिशूल-ले चोट नलागोस्’, ‘याशिलालाई मेरो आज मित्रका कुराहरू’, ‘प्रसङ्ग गोर्खाल्याण्ड पुस्तकले जन्माएका विचारहरू’, ‘सङ्गीताञ्जलीलाई जम्लेहात’, ‘नाटक निर्माण हेरेपछि’ ‘समीक्षकको व्यक्तिवृत्त’। त्यसैगरी समीक्षण अनुशीलनका लेकहरू हुन्-उदुमबरामय कर्ण थामी, करअण थामी र सुकान्तका कविताहरू, गोजिका र भन्नुपर्ने ककुरा, बलौटे बाटोमा सकी नसकी यात्रा गर्दा, व्याप्त अन्धकारमा घामको खोजी सार्थक, अकर्म्यलाई घच्घचाउनने छ, प्रथममा विशारद द्वितीयमा कृषि वागवाणीवारिधि, मूल स्वर जिन्दगीको रङ्ग, बैंशका गीतहरू बुझ्दा। उनका समालोचनामा जीवनीमूलकता, कृति र कृतिकार परिचयन र मूल्याङ्कनपरक, प्रभाववादिता आदि पाइन्छन्।
२.५. अनुवादकका रूपमा युवराज काफ्ले-
युवराज उनी बङ्गलाका एक ज्ञाता, अध्येता र पाठक हुन्। उनले आफु पत्रिकामा काम गर्दा बङ्गलाबाट धेरै समाचार सामग्री अनुवाद गरी नेपाली पत्रमा पस्केर दिने गर्दछन्। यसबाहेक उनले धेरै बङ्गला कविता र लेखादि नेपालीमा उतारेका छन्। विशेषगरी बेङगलाबाट नेपालीमा अनुवाद गर्ने उनको रूचि देखिन्छ। हालसम्म उनका निरावासन (उपन्यास, बङ्गलाबाट नेपालीमा), मोहिनी र राक्षस (बालसाहित्य, अङ्ग्रेजीबाट नेपालीमा), रूपको मूल्य (बालकृष्ण समको कथा हिन्दीमा, गुप्तधन), श्रीलङ्का सङ्कल्प (योगी नरहरिनाथबाट श्रीलङ्कामा दिइएको संस्कृतवार्ता बङ्गलामा), प्रसङ्ग गोर्खाल्याण्ड (इतिहास, बङ्गलाबाट नेपालीमा), श्रीनृसिंह देव धार्मिक (धार्मिक ग्रन्थ बङ्गलाबाट), उमर खैय्याम (फारसी रूबाइहरू हिन्दीबाट), रामू र भानु (उपन्यास, बङ्गलाबाट) गबन (उपन्यास, हिन्दीबाट), जीवन बांचेकै छ (निबन्धसङ्ग्रह, नेपालीबाट बङ्गलामा)। यीबाहेक उनका केही कृतिहरूमा आंशिक रूपमा अनुवाद गरेका छन्- नेपाली कविता सङ्ग्रह (नेपालीबाट बङ्गलामा), खहरे (कथासङ्ग्र्ह बङ्गलामा), जोसमणि सन्त परम्परा अनि साहित्य (नेपालीबाट बङ्गलामा)। यस हिसाबले उनी नेपालीबाट बङ्ला र बङ्गलाबाट नेपालीमा अनुवाद गर्न अग्रसर छन्। उनी बङ्गला भाषाको पारङ्गत हुनाले अनुवाद गर्दा त्यसका आन्तरिक पक्षबारे पनि सचेत देखिन्छन्।
२.६. सम्पादकका रूपमा युवराज काफ्ले-
एक कुशल सम्पादक हुन्। उनी दैनिक समाचार पत्र र साहित्यिक, सामाजिक, सामयिक पत्रिकाको सम्पादन गरेका छन्। उनको सम्पादन कार्यको विशेष योगदान रहेको छ। उनी बाडुली, देव, हाम्रो देव जस्ता साहित्यिक पत्रिकाका सम्पादक थिए। यीबाहेक हिमालचुली, सुनचरी, आजभोलि, हिमालय दर्पण आदि दैनिक समाचार पत्रका कुशल सम्पादक रहेका थिए।
3. प्रकाशकका रूपमा युवराज काफ्ले-
उनी एक प्रकाशक पनि रही साहित्य सेवा गरेका छन्। उनको अञ्जु अनु इन्टरप्राइजेस मूलत प्रकाशन संस्था हो। यसको प्रकाशकत्वमा ध्वनि प्रतिध्वनि, डुवर्स नेपाली साहित्य विकास समितिको योगदान, छत्रबहादुर बस्नेत अभनन्दन ग्रन्थ, शिशिर कुमार गुरूङ अभिनन्दन ग्रन्थ, निर्मला भण्डारी स्मृति ग्रन्थ, अशोक राई अभिनन्दन ग्रन्थ, भाव तरङ्ग आदि जस्ता पुस्तकहरू प्रकाशित छन्।
4. जातीय सङ्गठकका रूपमा युवराज काप्ले-
सिलगडी भेकका एक कुशल सङ्गठक, जातीय चेतनामूलक संस्थाहरूका संस्थापक, कर्मठ सदस्य र कुशल सङ्गठक हुन्। उनको जीवनका विभिन्न मोड-उपमोड़ बुझ्दा यस्तै कुरा पाइन्छन्। सिलगड़ी भेकमा अन्यहरूसित रातदिन जुधेर युवावर्गमा नेतृत्व गरेर धेरै उपलब्धि हासिल गर्न कम्मर कसेका हुन्। सिलगड़ीमा हामीले पाएका केही उपलब्धिमा उनको र उनका साथीहरूको महत्त्वपूर्ण योगदान र इतिहास जोडिएको छ। उनी सिलगडी देवकोटा सङ्घका सक्रिय संस्थापक सदस्य रहेका छन्। उनी र उनका मित्र मीमलाल सापकोटा मिलेर नेपाली साहित्य प्रचार गठन गरेर नेपाली भाषा र साहित्यको योगदान दिएका हुन्। यस समितिले नेपाली भाषा र साहित्यका विभिन्न तहका परीक्षा सञ्चालन गरिन्थ्यो।
युवराज काफ्लेले सिलगड़ीको सामाजिक सङ्गठन मङ्गल माइती, भारतीय गोर्खा परिसङ्घका संस्थापक सदस्य, सिलगडी गोर्खा कलेजका संस्थापक, सिलगडी गोर्खा विकास कल्याण समाजका संस्थापक, मतिगड़ा गोर्खा कल्याण सङ्घका संस्थापक, पञ्चमुखी पशुपताथ शिव पाञ्चायन मन्दिर निर्माणका केन्द्रीय व्यक्तित्व, अञ्जु अनु इन्टरप्राइजेसका संस्थापक, युसमी प्रेसका संस्थापकमध्ये एक, नन्दी तिवारी स्मृति प्रतिष्ठानका संस्थापकमध्ये एक, अखिल भारतीय नेपाली भाषिक अल्पसंख्यक समितिका संस्थापक सदस्य आदि जस्ता जातीय हितका सङ्गठनका संस्थापक रहेका छन्।
5. मूल्याङ्कन र उपसंहार
युवराज काफ्ले एक साहित्यकार, जातीय सङ्गठकका एक हस्ती, जातीप्रेमी, सिलगडीका एक मूल स्तम्भ हुन्। उनी एक कथाकार, कवि, निबन्धकार, समीक्षक हुन्। उनी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।