15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अदृश्य पीडा लघुकथासङ्ग्रह को अध्ययन

कृति/समीक्षा सदानन्द अभागी November 6, 2022, 7:54 am
सदानन्द अभागी
सदानन्द अभागी

नवराज रिजाल नेपाली साहित्यको क्षेत्रमा एउटा परिचित साहित्यकार हुन् । उनका केही कृतिहरू अध्ययनको लागि प्राप्त भएका छन् । यी कृति मध्येमा हाल म ‘अदृश्य पीडा’ लघुकथामा प्रवेश गरेको छु । अदृश्य पीडा लघुकथासङ्गह (२०५७) कृतिकारको रूपमा देखा परेका नवराजले हाल सम्म विखण्डित प्रवाह,(कथासङ्ग्रह,२०६३), माटो खोज्दै (लघुकथासङ्ग्रह,२०६७), चुपचाप,–चुपचाप (गजल सङ्ग्रह २०६६ र बाल साहित्यका एक दर्जन कृतिहरू सहित नेपाली साहित्यको फाँटमा उपस्थिति जनाएका छन् । वि.संं. २०३९सालमा ‘पागलको चाहना’ शीर्षकको लघुकथा मातृभूमि सप्ताहिकमा प्रकाशित गराएर लेखन क्षेत्रमा परिचित गराएका नवराज आज आएर साहित्यको विविध क्षेत्रमा आपूmलाई सुपरिचित गराई सकेका छन् । नवराजको बाल साहित्यमा दखलता छ र प्रसिद्धि पनि कमाएका छन् । सम्पादनको क्षेत्रमा पनि उनको योगदान अतुलनीय छ । देवकोटा व्याख्यान सङ्ग्रह,समायोजन, मैदान, मुर्छना,समायोजन,उत्तराद्र्ध, महेश आवाज,नेश्चिल उनी द्वारा सम्पदित भएका छन । भने हाल नवप्रज्ञापन को सम्पादक र प्रकाशनमा उनीबाट हुँदै आएको छ ।
पुरस्कारहरू–सुगन्ध लघुकथा पुरस्कार २०५१, शिक्षक श्री पुरस्कार–२०५६,नारायणी वाङ्मय पुरस्कार, २०५७, ,राष्ट्रिय वाङ्मय सम्मान, २०६३, अनेसास पुरस्कार, २०६६ र शिक्षा सम्मान २०७१ ले नवराजजी सम्मानित भै सक्नु भएको छ ।
कृतिभित्र प्रवेश गर्दा –यस कृतिमा ५७ वटा कथाहरू समावेश गरिएका छन् भने आवरणबाटै गणना गर्दा ११२ पृष्ठमा यो कथाको संरचना भएको छ । भूमिका, विषय सूची, लगायतले २१ पृष्ठ समाएको छ ।
कृति र कृतिकारप्रति पोखिएका भावनाहरू– आवरण पृष्ठमा यस कृति र कृतिकारप्रति साहित्यकारहरूले पस्केका धारणाहरू यसप्रकार छन् –
यस कृतिको प्रथम संस्करणमा डा. रामप्रसाद ज्ञावली लेख्नु हुन्छ – ‘ सरल मिजास, जिज्ञासु स्वभाव,केही गरूँ भन्ने विचारका नवराज रिजाल उत्साही सर्जक हुन् । आख्यान उनको विषयगत विद्या हो भने प्रगतिशीलता उनको वैचारिकता हो । ’
रमेश गोर्खालीको दृष्टिमा –‘सर्जकले सङ्कीर्ण मनोग्रन्थी र द्वैध चरित्रका व्यक्तिहरूलाई आफ्नो कृतिको रचनामा निन्दात्मकरूपमा खोइरो खनेका छन् । राजनीति परिवर्तनको मूल्यवत्तालाई आत्मसाथ गरी, सबैले लोककल्याणकारी गुणात्मक उच्चतमतिर ढल्किनुपर्छ भन्ने यिनको मनसाय छ ।
श्री ओम श्रेष्ठ रोदनको दृष्टिमा – ‘यस सङ्ग्रहका लघुकथाहरूमार्फत नवराज रिजाल अरूका घाउमा दुखेका छन् । माटोलाई माया गरेका छन् ।मान्छेका प्रदुषित मानसिकतालाई स्वच्छ पार्ने अभीष्ट गरेका छन् । गरीव र दुःखीहरूलाई उज्यालो घामको चाहना गरेका छन् ।समनता र शुभकामनाको सन्देश प्रकट गरेका छन् ।’
ईश्वरी प्रसाद पोखरेलको दृष्टिमा –‘वर्तमान युगमा नेपाली समाजका विभिन्न क्षेत्रहरूमा देखापरेका विकृति राजनीतिक विषमता, शैक्षिक अराजकता,युवा वेरोजगारी भ्रष्ट्रचारी प्रशासन,बढ्दो गरिबी,खस्कदो मानवीयता, ,हुर्कदो वेश्यावृत्ति फैलदो बालशोषण,लगायतका अनेकौं जीवन्त समस्याहरूमाथि कथाकार रिजालको दृष्टि पुगेको छ ।
लक्ष्मी कुमारी पुनको दृष्टिमा – उनका लघुकथामा देशप्रेम छ,गरिबी र अभावका पीडा छन् ,सामन्ती, शोषक बर्गको दमनमा परेका कामदारको चित्रण छ र समाजका लोभी स्वार्थी तथा द्वैध चरित्रका व्यक्तिप्रति व्याङ्ग्य पनि छ ।
यी उपरोत्तः धारणाहरू यस कृतिको प्रथम संस्करणमा आएका हुन् ।
यस संस्करणमा पुष्करराज भट्ट लेख्नुहुन्छ –‘उनको रचनामा नेपालको राजनीति,अर्थतन्त्र, समाज,प्रशासन,साहित्य शैक्षिक संस्था,लगायतका विभिन्न क्षेत्र आएका छन् ।’
यस संस्करणमा डा. सुधन कुमार पौडेल लेख्नु हुन्छ –पछिल्लो पुस्तका सक्रिय र उत्साही कथाकारका रूपमा नेपाली साहित्यको पूmलबारीमा नवराज रिजालको लेखन कर्म आफ्नै रङ्ग र लयमा मुस्कुराइरहेको दखिन्छ ।ं’
कथाहरू अध्ययन गर्दा –
अर्ती –धुम्रपानमा छोराको लत बसेपछि बाबुले यो काम गर्न हुँदैन भनेर अर्ती दिनु र छोराले बाबुको आज्ञा पालन गर्दा बाबुलेनै छोरालाई विडी किन्न पठाएपछि छोराले बाबुले राम्रो काम नभए विडी किन्न किन पठाउनुहुन्थ्यो र भनेर विडी खान थाल्नु । अर्ती दिनेवालाले आपूmले दिएको अर्ती पालन नगरेपछि अर्ती लिनेवालाले प्रयोगमा ल्याउँदैन ।
विडम्बना – यस कथामा थरीबाले आफै अध्यक्ष बनेर असहयोग हुँदाहुँदै पनि गाउँबासीको विकास भावनाले स्कुल बाटो निर्माण भएपछि थरीबाले अन्तिममा छात्राबास बनाए र मन्त्रीबाट उद्घाटन गरियो र थरीबा शिक्षाप्रेमीको नाताले अध्यक्षमा मनोनित भए । राजनीतिक कुटिलतालाई उदाङ्ग पारेको छ कथाले ।
पीडा –आन्दोलनमा परेकी,उनका बाबुको रिसवी साधना गर्न, उनलाई दिएको यातना र अदालतबाट प्राप्त छुट्करा, उनको पुरानो स्कुलमा हाजिर नगराउनु र अर्को स्कुलमा पनि हाँजिर हुन नपाई,अवकासपत्र प्राप्त गर्नु, आन्दोलन सफल भएपछि , पुनर्वाहालीमा सोही स्कुलमा प्रधानाध्यापक बन्नु
नवनिर्मित भवन उद्घाटन गर्न पूर्व सञ्चालक समितिको अध्यक्ष,र पूर्व जिल्ला पञ्चायतको उपसभापति कुटिल त्यही व्याक्ति नै मन्त्री भएर आउने भएपछि उस्लाई स्वागत गर्न गरिदै तयारीमा उनका हृदयबाट निस्केको पीडादाई आवाज ‘नाइ’लाई कार्यलयसहायकले के भयो भन्दै प्रश्न सोध्नु र प्र.अ.मा कुनै जवाफ नहुनु । मार्मीक र परिवर्तनले दिन नसकेको जनताको यथार्थ पीडालाई कथाले आत्मसात गरेको छ ।
आशा –यस कथामा सरकार विरुद्ध गरिने आन्दोलनमा एकजना कुष्टरोगीलाई प्रयोग गरिएको,उसको आशा र कल्पनाको मनोविज्ञानलाई समेटिएको छ र आन्दोलनपछि पुन ऊ अदृश्य अवस्थामा पुगेको अवस्थालाई दर्शाइएको छ कथामा ।आन्दोलनमा गरिने अमावीय व्यवहारको एउटा उदाहरण हो यो कथा । ्
सन्दर्भ –यस कथाले आजका द्वैध चरित्र धारण गरेर समाजमा आफ्नो नाम उच्च पार्न खोज्ने व्यक्तिप्रति व्यङ्ग कसिएको छ । भाषणमा जातपात केही होइन भन्ने सबै व्यवहारमा चराचरी हुनुपर्छ भन्ने तर व्यवहारमा प्रयोगमा नल्याउने यस्ता मानिसको शिर झुक्छ भन्ने सन्देश छ ।समाजिक यथार्थतामा आधारित छ कथा ।
अभियान –गरिबीबाट पिडीत ओतविहीनले ओतको खोजीमा आधारित छ कथा । म भन्नेपात्रसँग ओतको अनुरोधमा म भन्ने पात्रको विवशतालाई दर्शाइए छ ।
अधिकार –लागुपदार्थमा सम्लग्न व्यक्तिले ऊ लागुपदार्थ सम्पन्न देशसँगमात्र व्यपार गर्ने ऊ यो व्यपारबाट सन्तुष्ट रहेको, उस्लाई प्रहरीले गिरिफ्तार गर्न खोज गरिरहेको प्रहरीले गिरिफ्ता् गर्न नसके आफै गिरिफ्तारी दिने तयारीमा रहेको धारणा ।
पागलको चाहना –पागल थरिथरिका हुन्छन् । ऊ माथि गरिने व्यवहार पनि थरिथरिका हुन्छन् । यो पागलको अति कारुणिक कथा यहाँ समावेश गरिएको छ जस्ले कसैको केही हानी नोक्सानी गर्दैन र भावना पोख्न खोज्दा पनि पाउँदैन। ऊ पागल पनमै अगाडी बढ्न बाध्य देखिन्छ ।
आँखीझ्याल–यसकथामा शिक्षामा बढवा दिएर कामलाई अगाडी बढाएको मानिसको पनि आफ्नै घर सन्तानबाट आशातित उपलब्धी हाँसिल नभएपछि मनमा वितृष्णा उत्पन्न भएर सौलो समाजमा असरपार्ने कामलाई पनि ध्यान दिइदैन ।
बाटो –कर्मचारीमा देखिने गरेका विकृतिलाई यस कथाले समेटेको छ । काम गर्ने कर्मठ कर्मचारीको मुल्याङ्कन नभएर चाकडी चापलुसी र स्वार्थले भरिएकाहरूको नै पदोन्नती हुने विवरण छ कथामा
एकादेशमा –यस कथामा तराईमा चलनमा आएको कमलरी प्रथाको एक नमुना हो । छोरीलाई अर्काको घरमा काम गर्न लगाउने हरेक फागुपूर्णियामा काम गरे बमोजिम अग्रिम भुक्तानीलिने गरिएकी एक किशोरीको पीडा र शैक्षिक अधिकार सम्बन्धित गोष्ठिको वर्णन गरिएको छ ।
खोजी–यस कथामा एउटा माग्ने बुढो असामन्य अवस्थामा छ । कसैको खोजी गरिरहेको छ र उसले माटो चाहिने,अस्तित्व चाहिने, ेस्वाभिमान चाहिने र स्वतन्त्र परिवेश चाहिने धारणा पोखि रहेको छ ।
स्वार्थ– यस कथामा समाजसेवीले ‘मृतपतिका नाममा पत्नीले अजीवन विधवा बस्न हुन्छ भने पति पनि पत्नीका नाममा विधुर रहनैपर्छ ” भन्ने भाषण गर्दै हिड्दैगर्दा आफ्नै बुहारीको मृत्यु भएको २२ दिनमा छोराको विवाह गरिएको धारणा आएको छ ।
सम्मान–यसकथामा निम्न आए भएका साहित्यकारले औषधी उपचार नपाएर दुःखद मृत्युवरण गर्न परेको र सरकारले उपेक्ष गरेका धारणा आएको छ ।
कर्तव्य– यस कथामा सामाजिक कार्यकर्ताको नै द्वैधचरिलाई पष्ट्याएको छ । प्रजातन्त्र ल्याउनको लागि आन्दोलनमा लागेको विध्यार्थीलाई धनवीरे( समाजसेवी) को उस्काहटमा यातना शिविरमा हत्या भएको र शहीद दिवसका दिन उसैबाट माल्यार्पण गरिएको धारणा आएको छ ।
परिचय – यस कथामा मानिसको वास्तविक परिचयको खोजीमा रहेको मानिस तीन समुहको कार्यक्रममा सहभागी भएर आफ्नो भावना अनुकुलको परिचय प्राप्त नर्ग नसकी चुनावमा मतदानमा भाग नलिंदा मतदान नगरेको अभियोगमा समतिएको धारणा आएको छ ।
पाटो–‘‘सहयोग स्वार्थविहीन हुँदैन , आँखा चिम्म पारेर स्वीकार्दै जाने हो भने खडखालोमा पर्ने निश्चित छ ।” विदेशी सहयोगमा देश निर्भर हुनुहुँदैन भन्ने धारणा आएको छ ।
विगत–वर्तमान –नदीकिनारमा बसेर बालुवा चाल्ने र गिटी कुट्ने गरिब मानिसको यथार्थतालाई प्रष्ट्याएको छ कथाले बाबुपछि छोराले र छोरा पछि नातिले क्रमस यही गरिबीमा पिल्सिएको धारणा आएको छ कथामा ।
भोक –मार्मिक कथा छ यो ।मध्यम वर्गीयमानिसले मेहनतले पढेर विदेश गएर अध्ययन समाप्त सकेर आएर विवाह गरेर घरमा श्रीमती र छोराछोरी ले मिठो नमानी फालेको खाना एउटा भोको मानिस कन्टेनरमा फाल्न नदिई मागेर खान्छ । ऊ निकै भावुक बन्छ भन्ने धारणा आएको छ कथामा । अनुभूति –मानिस एकठाउँबाट अर्को ठाउँमा सर्दा निकै उज्वालो भविष्यको कल्पना गर्दै जान्छ तर त्यहाँ पनि सोचे जस्तो फल प्राप्त गर्न नसक्दा पुरानै अनुभूति स्मरण गर्द छ भन्ने धारणा आएको छ कथामा ।
यथार्थ–यहाँ एउटी माग्ने बुढी,ठेगानाहीन अवस्थाकीको लाश बाटोमा थियो र पोष्टमार्टमको रिपोटमा हत्या गरिएको देखियो । हत्यारा पत्ता लागेन । महिला कर्मीहरूले नाराजुलुस लगाए ।केही पत्ता नलागेपछि स्थानीय नगरपालिकाले वेवारिसे लाशको दाह संस्कार ग¥यो तर चर्कौ नारा लगाउनेवाला केही उपस्थित नभएको धारणा आएको छ कथामा ।
दीर्घरोग – गरिबीले सत्तिएको व्यक्ति डाक्टरकोमा जान्छ र म र मेरो पुर्खा सबै दीर्घरोगले सत्तिएका छौं। पाईन्छ भने यो दीर्घरोगबाट मुक्त हुने दवाई पाउँ भन्छ तर डाक्टर सँग पनि यसको औषधी छैन ।
शहीदपुत्र–यस कथामा शहीदपुत्रले भोग्न परेका भोको पेट, अशिक्षित मस्तिष्क र ज्ञान शून्यजिन्दगीको मार्मिक अवस्थालाई समाजसेवीको भाषणले कुनै टेवा दिन नसक्ने धारणा आएको छ कथामा ।
मानवता – गाउँबाट सहर श्रीमान खोज्न पुगेकी एउटी नारीको श्रीमानले डेरा सरेर अप्ठयारोमा परेकीको अस्मिता लुटेका कथालाई प्रष्ट्याइएको छ ।
धूर्तत्ता – मज्दूर नेताको भाषणले सबै श्रमिकहरू हर्षित भए ।कारखानाको मूलढोकामा ताला लगाइयो केही माग पुरा भए केही मागपछि पुरा गर्ने भनेर तालाखुल्यो तर असन्तोषी मज्दूरलाई आरोपलगाएर निस्काशन गरियो । मज्द्रर नेता त कारखाना मालिकको मानिस रहेको धार्णा आएको छ कथामा
मतान्तर–यस कथामा अनेकौं मतमा बाँडिएका मानिसको स्वअस्तित्व हराउँदै गएको र जव यो कुरा बुझेपछि स्व अस्तित्वमा फर्कान लागेको धारणा आएको छ ।
आँट–यस कथामा नारीले परम्पराकालदेखि नै अपहेलित,घृणित, र तिरस्कारलाई भोग्न परेका समस्यालाई जान्न नसके अस्तित्व लोप हुने आदि धारणा सभामा राखेको समाचार पत्रिकामा आएको देखेर श्रीमानले श्रीमतीलाई के तिमीहरूले अधिकार खोज्न लागेकै हौ त भनि प्रश्न गर्दा पत्नीले हजुरको दया माया र स्नेह चाहिन्छ भन्ने धारणा राख्दछिन् ।
जीवन–पथ–तराईमा देखिएको श्रमिक(हरुवा चरुवा) प्रति ज्याला मज्दूरीमा गरिने शोषणको वर्णन गरिएको छ । पछि दलहरू गठन भएपछि पनि उही मालिकै ठूलो नेता बनी उसकै दयामायामा पालिनु पर्ने धारणा आएको छ कथामा ।
पेट –विवश भै देह व्यपारमा लागेकी एउटी महिलाले महिला अधिकार कर्मीका धारणा सुन्दा उत्साहित भए कि तर सभा समप्त हुँदा सबै सम्पन्न भएका र उसले पेट पाल्न ग्राहक खोज्न जान परेको धारणा छ कथामा ।
निर्णय– राजस्व संकलन कार्यालयका हाकिम रङ्गेहात समातिए र प्रमाण सहित माथिल्लो निकायमा पेश गरिए तर तीन महिनापछि सम्बिन्धित निकायले त्यही खटाएको र पहिलो छानविन चित्त बुझ्दो नभएकोले अर्को छानविन टोली आउने समाचार पनि प्रकाशनमा आएको ।
ठूलो मानिस –यस कथामा एउटा विद्यार्थीले शिक्षकसँग हजुरले सबै कुरा जान्नु हुन्छ भन्ने जिज्ञाशामा शिक्षकले सबै मानिस सबै कुरामा जान्ने हुँदैनन् । आफ्ना आफ्ना क्षेत्रमा हो भन्दा विद्यार्थीले राजनीतिक कार्यकर्ता सबै चिज जान्ने हुन्छन् भन्ने प्रश्न राख्नु तर शिक्षकले प्रतिउत्तर नदिनु ।
यथास्थिति – शहरका प्रतिष्ठित वकिल रञ्जनकी एक्ली छोरी रमिला विद्यालय शिक्षा पूरा गरेर क्यम्पस पढ्न उत्सुक छात्रा जस्लाई वकिलले विवाहको लागि केटा बोलाउँछन् । रमिलाले केटालाई देखेपछि मन नपराएको संकेतमा आमाले अनुहार चाट्ने बस्तु हैनभन्दै फकाउन थाल्छिन् । छोराले हेर्ने भएपछि रोज्न पनि पाउनु पर्छ भन्नु, बाबु छोराको पनि वहसचल्नु र वकिलले केटो देखाए पनि केटो छान्ने अधिकार नभएको जस्ता धारणा आएका छन् ।
प्रवृत्ति– कर्मचारीको घुस लिने प्रवृत्तिलाई यस कथाले प्रष्ट पारेको छ ।
प्रगतिशीलता–यस कथाले दलित र गैह्रदलित विचको भेदभावलाई प्रष्ट्याएको छ । भाषणमा समानता भने पनि व्यवहारमा छैन भन्ने कथाले पुष्टि गरेको छ ।
राहत– सारा गाउँ खडेरीबाट ग्रसित भएको र सरकारले राहत वितरण गर्ने भनि राहत समेत कर्मचारी खटायो राहत लिनेको संख्या बढी भएपछि लालपूर्जाको आधारमा राहत वितरण गर्ने भनियो । अधिकाम्सको लालपूर्जा नभएकोले राहत नपाउने भएको र पुरै गाउँले राहत अस्वीकार गरेको भए पनि राहत वितरणको समाचार प्रसारण भएको धारणा आएको छ कथामा
परिवेश– बालदिवस मनाउँदै फर्किने हुलसँगै गल्ली र पेटीहरूमा जीवन विताउनेहरूले आफ्नो विद्यालय र समूहलाई खोजे तर भेटेनन् भन्दै तिनको दयनीय अवस्थालाई कथाले पष्ट्याएको छ ।
चेतना –हरिनाथद्वारा यौन शोषण भएकी चेतना हरिनाथले ‘हाम्रो समाज र नैतिकता विषयक प्रवचनमा बोल्दा तालिबज्दा चेतनाले बन्द गर्नुहोस यस्ता कुरा, कति छारे हाल्नुहुन्छ भन्दै चिच्याएको धारणा आएको छ कथामा ।
वास्तविकता – यस कथामा नेताले चुनाव ताका बाँडेका आस्वासन पुरा गर्न नसकेको र पुनस्मरण गराउँदा ‘‘यो राजनीति हो भनेका कुरा सबै कहाँ गर्न सकिन्छ र ? विकास त क्रमशः हुँदै जाने कुरा पो हो त” नेताको निर्वाचनताका बाँडिने झुटा आस्वासनको प्रतिनिधित्व गरेको छ कथाले ।
त्यो रात – अध्ययनकालमा साधनालाई बलत्कार गर्ने युवकको आफ्नै पतिद्वारा प्रशंसा सुन्दा व्यथित भएकी साधनाको मनोभाव प्रकट गरिएको छ कथामा ।
ठहर –लोग्ने वितेकी एउटी बूढी जस्का दु्ई भाइ छोराले विदेश अध्ययनको वेला उतै घरजम गरेर बस्ने जानकारी पाउनु, गाउँलेलाई पहिला सहयोग आदि गर्दा दयाकी देवी भनिएकीलाई जब गाउँलेलाई सहयोग गर्न नसक्ने अवस्थामा पुगेपछि बोक्सी रहिछ भन्ने निष्कर्ष निकाले भनिएको छ कथामा
विश्वास – बसाइँ सर्दाको कष्टकर समस्यालाई यस कथाले समाएको छ । जहाँ थियो त्यहाँको अभाव, पीडा,दारिद्र्य र अप्राप्ति नयाँ ठाउँमा पनि साथै गएर जीवन कष्टकर भएपछि पुन बसाइँ सर्ने निर्णय लियो ।
विवशता – एउटी पवित्र नारीको विवशतामा समाजले दिएका दोषमा पत्र लेख्दै ‘संघर्षमा हारे ,पतित ठहरीय म , तीन बच्चाको पेट पाल्नु थियो । भट्टी थापे पनि अस्मिता बेचेकी छैन र हारेर विदा हुँदैछु भन्ने धारणा आएको छ ।
छाया –दाउराको अभाव क्षेत्रमा नदीले बगाएर ल्याएका दाउरा संकलनको लागि मलु नदीमा दाउरा संकलन गर्न जान्छ , धेरै दाउरा संकलन गर्छ अझै संकलनगर्ने इच्छा जागेर आउँछ र नदीमा पस्छ र तैरिन नसकी मृत्युवरण गर्छ । हरेक रात सपनामा ऊ श्रीमतीसँग आउँछ र बचाउन आग्रह गर्छ भन्ने धारणा आएको छ कथामा ।
्व्यवहार–अनन्तले स्वदेसी सीपको प्रयोगमा भाषणमा जोड दिन्छ । गाउँमा कामको थालनी हुन्छ तर केही व्यक्तिले यसकामलाई उचित ठानेनन् र विरोध गर्न थाले र यसको नेतृत्व अनन्तले नै गरेको धारणा आएको छ ।
क्रम–यसकथामा एउटा श्रमिकले काम गरेर उसका छोराछारी र श्रीमतीको पेट भर्न सक्दैन तथा अभिभावकको दायित्व पूरा गर्न सक्दिैन ।
सोचाई –एउटा गरिब विद्यार्थीले चुनाव प्रचार प्रसारका सामाग्रीलाई लेख्य सामाग्रीको ंरूपमा बटुलेको देखेर शिक्षकले विद्यार्थीलाई निकै हप्कायो । विद्यार्थीले अहिले यी सामाग्री बटुल्ने राख्ने र पछि कापी बनाएर लेखेर ठूलो मानिस बन्ने धारणा राख्ेको धारणा आएको छ ।
भोको मान्छे– एउटा मानिसको लाश रुखमा थियो विभिन्न समुदाय र धार्मिक गूरुहरूले लाश आफ्नो समुदायको भनेर दावी गरे तर पोष्टमार्टन प्रतिवेदनको साथमा आएको पत्रमा सबै समुदाय र धर्म गुरुहंलाई समान दुरीमा राख्दै उसको लाश तिनीहरूले छुन नपाउन भन्ने र ‘‘भोको मानिसले प्रवचन बुझ्दैन , उसलाई खाना चाहिन्छ” भन्ने धारणा आएको छ कथामा ।
निरुत्तर–एउटा पाँच वर्षि बच्चामा ठूलो र सानो मानिसको विभेदको कुरा उब्जेको यथार्थता यहाँ प्रस्तुत गरिएको छ । ठूलोमानिस बन्न के गर्नु पर्छ आदि मार्मिक प्रश्न छोराले बाबुलाई सोद्धनु तर बाबु निरुत्तर हुनु ।
अठोट–यस कथामा अठोट बोकेर यात्रामा लागेका केही मित्रले यात्रा पुरा नगरी नै बीचमा रोकिएको र म भन्ने पात्रले आफ्नो अठोटलाई पूर्णता दिने क्रम भएको धारणा आएको छ कथामा ।
भ्रममुक्ति–जीवन र जिज्ञासा बस दुर्घटनामा परेर अस्पतालको शैयामा बस्दा दुबैमा आकर्षण बढ्छ । दुबैमा पत्र आदानप्रदान हुन्छ ।एक दिनको पत्रले उसलाई रोमान्चित बनायो तर पचिचय दिंदा उनले पति र कान्छो छोरो समेतको परिचय पाउँदा उःवेहोस मुद्रामा पुग्यो भन्दै कथा समाप्त हुन्छ
दया– आपूm अस्वस्थ अवस्थामा भएको वेला छोरीले काम गर्न थाली, अग्रिम तलव पनि पाउन थाली, बाबलाई शंका जाग्यो । यो सह्य भएन । आपूm काममा जान थाल्यो। काम माग्यो तर पाएन । छोरीले सरह काम गर्न सक्छु भन्दा छोरीलाई काम दयाले दिएको जवाफ पायो ।
सतह–विकासलाई सही रूपमा परिचालन गर्न नसक्दा गाउँलेलाई बोझ बन्यो र विकास विरोधीमा दर्शीय
पहिचान – यस कथामा स्तम्भ लेखिका, महिला अधिकारवादीकार्यकर्ता र विश्वविद्यालयको स्नातकौत्तर तह तृतीय वर्षकी छात्रालाई विवाहको लागि चार किसिमका वरको परिचय र फोटो पठाइएकोमा सम्पत्तिको लोभले सामान्य परिवार प्रवेशिका परीक्षा उत्रिणलाई मन पराएको धारणा ।
दृष्टि– भ्रष्टचार विरोधी अभियानमा लागेकाहरूको भ्रष्टचार गरेको समाचार बन्न नसकेको धारणा आएको छ कथामा ।
कायर÷वीर – यस कथामा सज्जन व्यवहार, सबैसँग राम्रो व्यवहार गर्ने व्यक्तिलाई समाजले कायर ठान्ने र हेप्ने तर यदि त्यही मानिस घमण्डी र जिद्दीवाला र सबैलाई हेप्ने खालको भएमा त्यसबाट सबैै डराउने र वीर ठान्ने समाजको प्रवृत्तिलाई कथाले प्रष्ट पारेको छ ।
तस्वीर –यस कथामा एउटी यौवन मस्त युवतीले आफ्नो स्वभाविक स्थितिलाई आधुनीकरण गर्दै स्वप्निल राजकुमारको काखमा लुटपुटिई सुख सयल र मोज मज्जा गरी यसै अवस्थामा आमाले एक डाली कोदो लिएर ढोक ढकढकाएपछि ऊ यथा स्थितिमा आएको धारणा छ कथामा ।
भोक र संवेदना –यो अन्तिम र अति दर्दनाक कथा हो यस कथामा आगलागीमा परेर दशवर्षको छोरा गुमाएकी आमालाई नावालक छोरीले सिस्नो मिसाएको खोले भन्दा भात मिठो हुने र घर छँदा भात खान नपाएको र दाई र घर नभएपनि भात खान पाय मजै हुने भन्दा आमा छोरालाई सम्झेर रुनथालिन र सरकारबाट प्राप्त राहतको चामल थियो भन्ने धारणा आएका छन् कथामा ।
नवराज रिजालबाट लेखिएका ५७ वटा कथाको केही सारभाव मैले पस्कने कोसिस गरैं । नवराज रिजालले यस कथामा सामजिक यथार्थतामा आधारित रहेर समाजमा देखिने राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रका विकृति र विसङ्गतिलाई राम्ररी समाएका र केलाएका छन् । गरिबीले थिचिएका भोकाक्रन्दनहरूले यस कथामा उच्च स्थान पाएका छन् । भ्रष्टचारीहरूले गर्ने भ्रष्टचारका यथार्थता, शैीक्षक व्यक्तित्वले अपनाएका यथास्थितिवादी प्रवृत्ति, मानिसमा गाडिएका पुरातनमुखी प्रवृत्ति, समाजमा आउन नसकेको परिवर्तन आथि विविध क्षेत्रलाई कथाहरूले समटेका छन् ।
शीर्षकी करण – अदृश्य पीडा नामाकरण गरिएको यस कथासङ्ग्रहमा अदृश्य पीडा नामक कथा समावेश गरेको पाइदैन । यस कथासङ्ग्रहभित्र आवरणमा सहजरूपमा देख्न नसके पनि हरेक कथाको अन्तस्करणमा थुप्रै पीडाहरू लुकेका छन् र ती लुकेका पीडालाई नवराजले प्रदर्शन गर्न सफल देखिएका छन् । यस आधारमा शीर्षक सार्थक छ भन्न सकिन्छ ।
पात्र विधान – यी कथामा नवराजले भौगोलिक अवस्थाको अध्ययनलाई नजर राख्दै पात्रहरूको चयन गरेको देखिन्छ ।सबै कथामा आएका पात्रहरू क्रियाशील छन् । कथाले भन्न चाहेको धारणासँग मेल खाने खालका छन् ।।
भाषा शैली र प्रस्तुती –भाषा सरल छ । सबै किसिमका पाठककोलागि ग्राह्य छ । उखान टुक्का तथा यथास्थानमा शब्दसंयोजन राम्रो छ । कथामा प्रस्तुती पनि महत्वपूर्ण हुन्छ । प्रस्तुती लोभ लाग्दो छ । समग्रमा कथाहरू सहज र सरल छन् ।
अन्त्यमा नवराजका कथामा मानव जीवनका पीडा, पीडाबोध गर्नु सिवाय अरू गर्न नसकिने विवशता, गरिबी माथि धनीहरूका उपेक्षा र तिरस्कार, गरिबीले थिचिएको समाजले गरिबीबाट मुक्ति पाउन नसकी कतै मृत्युवरण, कतै आशा, कतै निराशा, कर्मचारी तन्त्रमा देखिने व्यापक भ्रष्टचार, कतै चाकरी, कतै कामचोर र गफाडी आदि थुप्रे घटनाक्रमहरू रिजालले समाउनु भएको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।