15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चन्द्र बानुछाका: कविता र कथाहरु - मा एक दृष्टि ।

कृति/समीक्षा विमला जोशी प्रधान November 13, 2022, 3:53 am
विमला जोशी प्रधान
विमला जोशी प्रधान

जबसम्म शरिरमा प्राण रहन्छ , निरन्तर हिँडिरहनुनै जीवन हो।जीवनलाई कहिले रहरले हिडाउँछ कहिले करले, कहिले हाँसोको फोहोरामा त कहिले आशुँको धारामा, मृत्युु पर्यन्त यहि अनिवार्य सत्यसित मान्छे हिँडेको हुन्छ।गन्तव्य कहाँ छ यहि अनिश्चता नै मान्छेको बँचाइको वास्तविक बँचाईहरु हुन्।
भारतीय नेपाली साहित्यको फाँटमा १९७० लो दशकदेखि प्रनलरुपमा देखापरेकी एक सशक्त नारी हस्ताक्षर हुन्- चन्द्र बानुछा।नेपाली साहित्यका बिबिध बिधामा उँहाले कलम चलाएतापनि मूलत: उहाँ कवि हुन्।कविता सँगसँगै बानुछाले पाठकहरुको मन छुने मार्मिक कथाहरु पनि लेखेका छन्।दियालो , नवज्योति , सगुन , पराग , पछ्यौरी , कोशेली , आकार , गुनासो , बिहानी , दीयो , चौबन्दी , जनदूत आदि जस्ता पत्र - पत्रिकातिर कवि बानुछाका रचनाहरु प्रकाशित भएका छन्।
राबा- अञ्चल अन्तर्गत टर्जम चियाबारी पोख्रेबुङको यस्ता प्रतिभाशाली नारी हस्ताक्षर कवि चन्द्र बानुछाको जन्म पिता स्व० एल० के० बानुछा अनि माता स्व० शुभलक्ष्मी बानुछाको कोखबाट सन् २३ जुलाई १९५६ सालमा भएको थियो। उँहाले आफ्नो प्राथमिक शिक्षा टर्जम प्राथमिक पाठशालाबाट अनि पोख्रेबुङ हाईस्कूल तथा सरकारी कलेज दार्जिलिङमा अध्ययन गरेका थिए।
त्यसपछि उनको बिहे भएर टर्जम छोडेर कागझोडा दार्जिलिङ गइन।त्यसपछि मलाया , सिङ्गापुर , हङकङ मा धेरै बर्षसम्म रहिन्।हङकङमा त्यहाँको ब्रिटिस फोरसेस ब्रडकास्टिट सर्भिसमा उद्घोषिका र कार्यक्रम एसिसटेन्ट काममा सलंग्नरहनु भएका थिए।
आफ्नो बिध्यार्थी जीवनमा र त्यसपछिका केही बर्षहरुमा चन्द्र बानुछाले अनगन्ती कविता , कथाहरु लेखेका हुनॐ। सन् १९६६/६७ तिर पोख्रेबुङ उच्च बिधालय मानवम दशम श्रेणीमा पढदा नेपाली साहित्य पढाउनु हुने शिक्षक श्री के० एन० प्रधान अनि शिक्षिका शान्ती भारतीको प्रेरणाले साहित्यतर्फ रुचि बढेको कुरा उनी बताउँछिन्।उसबेला साहित्यिक पत्रिकाहरुतिर रचनाहरु प्रकाशित गरि साहित्य जगतमा नाम टिकाउनेहरुमा - देविका सोताङ , मञ्जुश्री प्रधान , कुमार चामलीङ, एसेम चौहान , कमल थिङ्ग , चन्द्र बानुछा , माधव बुढाथोकी , चन्द्र खालिङ , धनविर पुरी , उर्मिला घिसिङ आदि थिए।
उक्त समयमा प्रसस्त मात्रामा साहित्यिक सृजना गरेर साहित्यिक दृश्यपटलबाट बिस्तारै ओझल भएर जाने अनि आज पर्यन्त सबैदेखि छेल परेर मौन बसिरहेका थुप्रै साहित्यकार हरुमा चन्दर बानुछाको नामलाई पनि लिनुपर्ने हुन्छ।
यसरी छेलिएर , भुलिएर बसेका रत्नहरुलाई जसले भारतीय नेपाली साहित्य क्षेत्रमा आफनो योगदान पुर्याएका छन्, यस्ता सर्जकहरुलाईखोज तलासगरि उनीहरुले गरेको कामलाई प्रकाशमा ल्याउने काम हाम्रो कर्तव्य हो।यस्ता भाषा र साहित्यमा मरिमेट्ने साहित्य सर्जकहरुकोसाहित्यिक योगदान गरे बापद उनीहरुको मुल्यांकन हुनु पर्दछ।
कवि चन्द्र बानुछाका प्रकाशित कृति?
क) " चन्द्र बानुछाका : कविता र कथाहरु "
प्रस्तुत काव्य कृतिमा जम्मा ३७ वटा कविताहरु सग्रंहीत भएका छन् भनें कथाहरु जम्मा ११ वटा सग्रहीत छन्।
कथाहरु- अप्रत्याशित परिवर्तित यौवनका एउटा कथा , जमानाले कोरेका असिमित रेखाहरु , क्षितिजको साँझ , सम्झना दोहोरिँदा , अल्झिनसकेका अतृप्तीहरु , बिस्मृतिभित्रका अतृप्ती , चिहान भित्रको अतृप्ती , तरल एकाकीपन , एक चिठ्यी।
लक्ष्मी प्रसाद देवकोटा लेख्छन् - " छोटो किस्सा एउटा सानो झ्याल , जहाँ बाट एउटा सानो संसार चियाइन्छ।
छोटो होस, क्लिष्ट नहोस ,
सजिलो होस तर गार्हो नहोस,
बुझिने होस तर कठिन नहोस।"
भैरव अर्याल भन्छन् - " मान्छेले मान्छेकै कथा चाहान्छ , जसको मेरुदण्ड कल्पनान होइन यथार्थ होस।"
प्रसिद्ध समालोचक केशबप्रसाद उपाध्येयका बिचारमा - " कथा त एक आचमानी पञ्चामृत हो, जो एकेै घुटकीमा निलिन्छ।"
बिद्वान् साहित्यकारहरुका कथा सम्बन्धि परिभाषा रलक्षणहरु का कसीमा हेर्दा चन्द्र बानुछाका कथाहरु छोटा मिठा अनि मार्मिकअनि सजिला छन्।जीवनमा आइपरेका घट्नानै तिनका बस्तुहरु हुन् गएका छन्।यसरी सम्वादशैलीहरुलाई लेखकले खुब सीप लगाएका पाइन्छ।सम्वादहरु पात्रको बौद्धिक स्तरलाई जस्ताको त्यस्तै सुहाउँदिलो पाराले राखेका छन्।यहिनै कुशल कथाकारिताको लक्षण पनि हो।बानुछाका कथाहरुमा ब्यङ्गय छन् , मर्म छन् , करुणापनि पाइन्छन् ।
उनको कृति " चन्द्र बानुछाका : कविता र कथाहरु " मा संकलन भएका कविताहरु समाजोपयोगी , मर्मस्पर्शी , समय सापेक्ष हुन गएका छन्।कविताहरु समाजको धरातलमा बसेर लेखिएका छन्।यसैले ती कविताहरु सम- सामायिक रहेका छन्। हामी: एक सोंचाई , बोल्छ परिभाषा जीवनको , नँयापन जो शताब्दी सँगै दगुर्छ , बोल्न सकेका मौनताहरु , जलेका पाखा , जिउँदा रहरहरु , मेरो डाइरीको एक पाताबाट, आजको युग , मनको तृष्णा , आँखाको भाका , बन्द लिफाफा आदि उनका कविताहरुले समाजलाई केजि नकेही सन्देश दिन खोजेका छन्।र ती कविताहरु हृदयस्पर्शी हुन पुगेका छन्।चियाबारीमा बाँचेका जिजीबिषाहरु प्रति
नजिक भएको कारणनै उनले क्रान्तिकारी अस्तित्वबादी र जीवनवादीदृष्टिकोण भएका सामाजिक यथार्थ दर्शनबोधका रचनाहरु लेख्न सके।कवितालाई जीवनको आन्तरिक धारणाको शक्तिशाली स्रोत मानेर अनुभूतिमा रुमलिएर कतिपय कविताहरु आँशुले लछेप्रै भिजेका पनि छन्।
कवि बानुछाको जम्मा ३७ वटा कविताहरु मध्ये एउटा कविता पाठकहरुबिच पस्केको छु।
" जीवन मेरो सोंचाइमा "
अलिकति तितो र अलिकति मिठोको मिश्रणलाई
झोल बनाएर
जीवन र्ङ्ग - रोगन पोत्न पाए
धेरैपल्ट युद्ध गरि बाँच्नुपर्ने
यो जीवनमा
विजय - पताका फर्फराउँथ्यो होला
इन्द्र धनुषको रङ्ग चोरी
सप्त रङ्गी रङ्गले सजाउन पाए
परिहरुको कथा झैं
नाना रङ्गी पंख फिँजाएर उडिहिँडने
यो जीवन कति मोहक हुन्थ्यो होला
धेरैपल्ट यहाँ जिउने रहरहरुको हत्या भएको देंखे
जीवनका सडकभरि पोखिएका सपनाहरु
बटुल्दा बटुल्दै
यी हातहरु थाकेको पाएँ
ती सपनाहरु सबैलाई
एउटा कोठामा थुनिराख्न पाए
त्यो कोठा कति रमाइलो हुन्थ्यो होला
कोठाका भित्ताभरि ती सपनाहरु
टाँगेर नियालिरहन्थे
बेहद बेहद माया गरेर
सुमसुम्याइ रहन्थे सुमसुम्याई रहन्थें।।
कवि बानुछाले आफ्नो जीवनबोधको संघर्षमा सुस्केरा फाल्दै , आफूले भोगेका दुःख पीडा अनि सोंचाईहरु लथालिङ्ग भएको चुनौतीहरुमा संवेदनाभित्र आफ्ना सृजनाहरु आलाप बिलाप गर्दै जीवनको उथलपुथलको मझेरीमा छटपटिन्दै मुर्छा परेका भावहरु ब्यक्त गरेका छन्।
कविले कविता लेखनको सम्पूर्ण पक्षलाई घोत्लिएर हेर्दा उहाँ एक स्वच्छता वादी र यथार्थ वादी सर्जक देखिन्छ ।कवितामा भाषाको सरलता र माधुर्यगुणले भरिएका प्रसस्त आँशु र हाँसोको संगम बनाएर सजिएका कविताका लहरहरुले पाठकवर्गलाई मुग्ध बमाएका छन्।
कवि बानुछाले सन् १९६९ सालमा " मुहान" पत्रिकाको प्रकाशनमा " बिध्यार्थी संघ" मगरजोङको तत्वधानमा सामायिक पत्रिकाको पनि सम्पादन गरिसकेका छन्। उनी दार्जिलिङे साहित्य मा मात्रै होइन तर भारतीय नेपाली साहित्य मानै आफ्ना रचनाहरु प्रकाशित गरेर भाषा र साहित्यका प्रतिनिधित्व गरिसकेका छन्।
यसरी सन् १९६९ देखि अनवरत रुपमा लेख्दै आएकी साहित्यकार को खोज तलास
गरि स्थापित कवियत्रि श्रिमती चन्द्र बानुछालाई पुनरुत्थान मार्गमा डोहोर्याएर पाठक समक्ष ल्याउनुहुने महान ब्यक्तित्व श्री जीवन लावर ज्यूलाई अनेकन आभार ब्यक्त नदिइ सकिन्न।श्री जीवन लावर भारतीय नेपाली साहित्यका स्थापित जिउनीकार हुनुहुन्छ ।उँहाले अहिले सम्म हाम्रो समाजका लब्ध प्रतष्ठित ब्यक्तिहरुलाई अनुसन्धान गरि १० वटा उम्दा पुस्तक हरु नेपाली साहित्य जगतलाई दिइसक्नु भएको छ।यस्ता ब्यक्तित्वलाई हामी सदा सर्वदा नमन गर्दछौं।
अन्तमा कवि चन्द्र बानुछा दिदीलाई धेरै धेरै शुभेच्छा सहित सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु।

नागरी फार्म चियाबारी, दार्जिलिङ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।