परिचय–
सुन्दरबजार नगरपालिका वडा नं १ कुन्छा लमजुङ्मा २००६ साल श्रावण ११ गते औंसीका दिन पिता नित्यानन्द सोती र माता नन्दकुमारी सोतीका पुत्ररत्नको रूपमा जन्मलिई हाल कावासोती नगर पालिका वडा १२ पिठौली नवलपुरमा बस्तै आउनु भएका साहित्यकार दीपक सोती नेपाली साहित्यको क्षेत्रमा एक परिचित व्यक्तिव्य हुन् । उनका हालसम्म मेरो मस्र्याङ्दी कविता सङ्ग्रह (२०२८), दुई बत्ती निभेर कवितासङ्ग्रह (२०३०), जगदम्बा काव्य (२०४५), समालोचक शोककाव्य (२०४१), मेरी आमा रुदिहुन् कवितासङ्ग्रह (२०६७), फुल्न नसकेका पूmलहंरू (२०७९) र दीपक सोतीका केही कविताहरू (२०७९) प्रकाशनमा आएका छन् । कविमात्र नभएर दीपकजी एउटा सम्पादक पनि हुनुहुन्छ । धरा मासिक साहित्यिक पत्रिका उहाँको सम्पादनमा सम्पादित पत्रिका हो । , राष्ट्रिय स्तरका पत्रिकाको साथै स्थानीय पत्रिकामा उहाँका लेख हामीले बारंबार पढ्न पाइराखेका हुन्छौं । । सम्लग्नताको रूपमा हेर्दा कुन्छा साहित्य परिषदको अध्यक्ष (२०२८) कोसाथै दर्जनौ साहित्यि संस्थासँग आवद्ध सोतीजी नगद पुरस्कार तथा सम्मानमा पनि २०३४मा श्री ५ वीरेन्द्रबाट नगद तथा कदरपत्र, लक्ष्मीस्मृति साहित्य समाजदेखि लिएर दर्जनौं साहित्यिक संस्था तथा सामाजिक संस्थाबाट सम्मानित भै सक्नु भएको छ ।
कृतिको संरचना
–आवरण पृष्ठ सहित ११६ पृष्ठमा संरचित यस कृतिमा ६४ ओठा कविताहरू समावेश गरिएका छन् । यसको प्रकाशन कावासोती नगरपालिका नवलपुर(ब.सु.पूर्व)ले गरेको छ र मूल्य २००÷–रुपियाँ र संस्थागत रु ५००÷– राखिएको छ ।
साहित्यकारको नजरमा दीपकजी–कावासोती नगरपालिकाले प्रकाशन गरेको यस कृतिमा नगर प्रमुख श्री विष्णुप्रसाद भुसालज्यूले लेख्नु हुन्छ – “नवलपुर लाई साहित्य साधनाको केन्द्र बनाई साहित्यिक कर्ममा अनवरत, खटिरहने नाम हो दीपक सोती ।”
यसर नै अविश्रान्त यात्री दीपक सोती शीर्षकमा गोविन्दराज विनोदी लेख्नु हुन्छ –
छन् श्रद्धाका शिखर उनका चेतनामा मुकुन्द,
बोकेका छन् हर्दयभरी ने प्रेरणका सुगन्ध ।
स्रष्टालाई बिनुधक उनी भन्छन् तीर्थ तुल्य
गंगा मान्छन् सरल कविका कविका काव्यलाई अमुल्य ।
यस कृतिको छोटो भूमिकाको रूपमा प्रभाकर पण्डित लेख्नु्हुन्छ –“जीवनमा कहिल्यै पनि धन सम्पत्ति र भौतिक सुखभन्दा साहित्यलाई उच्च प्राथमिकतामा राखेका दीपक सोती सादा जीवन उच्च विचारका ज्वलन्त उदाहरण हुन् भन्दा अत्युक्ति नहोला ।”
कावासोती नगरपालिका वडानं १२का वडा अध्यक्ष ध्रुव खनाल ‘दिपेस’ ले दीपक सोती प्रति लेख्नुहुन्छ – नेपाली साहित्यको कविता विधामा कलम चलाउने असंख्य कविहरूको बीचको एक सशक्त नाम हो कवि दीपक सोती ।” माथि आएका अभिव्यक्तिले दीपकको कविता प्रतिको त्यागलाई प्रष्ट पारेको छ । मैले पनि उहाँको साहित्यप्रतिको लगानीको मूल्याङ्कन अतुलनीय भएको धारणा राख्दै आएको छु ।
कविताभित्र घोत्लिंदा –
यस कृतिको पहिलो कविता हो तिहुन् जस्मा किनिनु र बेचिनु बाध्यता भएको किन्नेले किने र खानेले खाए भनिएको छ ।क्रान्तिकारी कविता लेखनमा निकै दखल प्राप्त गर्ने कवि दीपकका कवितामा यथार्थताको कसौटीमा उभिएर वर्तमान परिपेक्षमा समाजले भोगेका कटुसत्यलाई सरल र सुवोध भाषामा प्रस्तुत गर्ने उहाँको खुबी हो । रेडियो नेपाल प्रति व्यङ्ग गर्दै जनताका गीत प्रचार गरिदैन भन्नुहुन्छ , आजका क्रान्तिले निकास दिन नसकेकको र क्रान्ति सफल भयो भन्ने पनि जनताले क्रान्तिको उपलब्धी अनुभूति गर्न नसकेको कुरा सर्वविदितै छ । क्रान्तिकारीहरूले जनताको चाहनाप्रति ध्यान नदिइएको धारणा यस कृतिमा आएका छन् । उनले केही मानिसको प्रबृत्तिप्रति कटाक्ष गर्दै लेख्नु हुन्छ –“,साथी म क्रान्तिकारी ”
साथी भन्छ म क्रान्तिकारी
एक होटल, एक बोत्तल
एक साडी,
तीन चिजको म अधिकारी
म कति क्रान्तिकारी
भोक लाग्छ –होटल जिन्दावाद
पीर लाग्छ बोत्तल जिन्दावाद
बोत्तल लाग्छ –साडी जिन्दावाद
तीन चीजको म अधिकारी
म कति क्रान्तिकारी ।
बास्तवमा यस्ता प्रकारका क्रान्तिले गर्दा होला आज देशको वेहाल भएको छ ।
क्रान्तिमा त्याग, समर्पण, उद्देश्य, अठोट, प्रतिबद्धता, निष्ठा नैतिकता, अनुशासन, राष्ट्र, राष्ट्रियता, जन, धन,आदिलाई मध्य नजर राख्दै जनअभिपेरित क्रान्तिकारीबाट गरिएको क्रान्ति नै सफल हुन्छ । जनचाहना नभै जनतामा भयत्रासबाट लादिएको क्रान्ति सफल त होला तर त्यस्तो क्रान्ति टिकाउ हुँदैन ।
नेपालमा ठूलो द्वन्द्व भयो । धन जन, भोतिक संरचना नष्ट भए । यी विनाशकारी कर्मलाई कविले यसरी प्रस्तुत गरेका छन् –
भयावह युद्ध भयो शान्ति खोजी पाईएन ।
रगत छ जताततै हाँसी गीत गाइएन ।
वन पाखा डुल्दा पनि लाग्छ रगत टेकियो ।
लास गन्हाए जता ततै बाँच्ने आशा मेटियो ।।
(चाहना शान्तिको , पृष्ठ ३८)
देश विकासमा राष्ट्र सेवकको ठूलो भूमिका हुन्छ । राष्ट्रसेवकले जनतामा दिन पर्ने सेवा छिटो छरितो हुनु पर्ने कविको नजरमा कर्मचारीले आफ्नो दागित्वलाई निभाउन सकेकाछैनन् । कर्मचारीमा आदतै भ्रष्टचारी र सरकारको काम कहिले जाला घाम ठग प्रवृतिले गर्दा न जनताले सहज रूपमा सेवा लिन सकेका छन् न त देश विकास नै हुन सकेको छ ।
नेपाल गरिबै गरिबले भरिएको तथा गरिबीले थिचिएको देश हो । । गरिबीप्रति कवि अति चिन्तित दृखिन्छिन् । उनी गरिबीलाई देखेर गरिबी हटाउन पैसा भएर जन्म लिन मन लाग्छ भन्छन् । धन साधन हो तर साध्य हैन तर आजको संसारमा धन नै सबै हो भन्ने धारणाले मानिस मानवमुखी नभएर धनमुखी भएको छ ।
क्रान्तिपछिमात्र शान्ति आउने धारणा पनि सुन्नमा आउँछ । यहाँ दीपकजीको धारणामा शान्ति आउन युवकले वलिदान दिनु पर्ने, अधिकारको खोजी गर्ने हो भने खोसेर लिनु पर्ने, यी सबै उपलब्धी प्राप्त गर्न चेतना चाहिने चेतना आउनमा छातीमा गोली लाग्नु पर्छ भन्ने कविको धारणा छ ।
कविले यस कृतिमा जीवन जगतका कुराहरू पनि थुप्रै उठाएका छन् । उनले जिन्दगीको स्थिरताको लागि हृदय चाहिन्छ भन्छन् । देशमा बलत्कारका घटना घटेका कुराहरू, देशका धेरै युवा देशबाट पलायन भएकका र पलायन भएका छोराहरूलाई सम्झेर आमबाबु तड्पीरहेका, पैसा नभएको कारणले तिरस्कार व्यहोर्न पर्नु, सत्यकुरा नसुन्नु ,अन्यायको लागि अदालत जानु न्याय नपाउनु, सबैले पैसा माग्नु बाबा आमा पैसा माग्छन् , स्वास्नी झर्कनु आदि पीडा सहनु, राजनीति समस्या, आन्दोलनमा रगत पिईनु,, विनास भन्दा निर्माण ठूलो हुन्छ भन्ने धारणा,गरिबहरूका जिन्दगी मैन बत्ती जस्तै पग्लिरहनु, दर्शनमा यो संसार साझा हो तर व्यवहारमा तेरो मेरो हो, यहाँ स्वभिमान बेचिनु, मान्छे मान्छेकै अगाडी ठिक्क पछाडी दिक्क हुनु ,मानिस स्वाभीानी, स्वावलम्बी, आत्म निर्भर हुनु पर्ने हो तर आपूm बाँच्न धौ धौ भए पछि मानिसले के गर्दैन ? उसको बाध्यता हो जस्तो सुकै अनैतिक खेती गर्छ भन्ने जस्ता अनगिन्ति धारणाहरू उनका कवितामा पढ्न पाइन्छन् ।
राष्ट्रियताले भरिएका थुप्रै कविता पढ्न पाइन्छन् । केही उदाहरण हेरौं –
बल पोख्ने पटुकि छ पाखुरीले खन्छु, ।
हिलोबाट सुन फल्छ माटो खेलाई जप्छु ।।
मरेपछि देह मेरो यै माटोमा मिलोस् ।
मेरो हाड माटो बनि सुनको बाला झुलोस् ।।
(इच्छा ,पृष्ठ ३७)
चन्द्र, सूर्य , हिमालमा रातै फरफराउँछ ।
मेची काली आफै सम्झी जाती जुर्चुराउँछ ।।
धर्ती माता उज्याली छन् प्रकृतिकि रानी ।
आसिक दिन्छिन् राष्ट्र निर्माण सबले गर भनि ।।
( यी नेपाल रानी, पृष्ठ, ४२)
दीपक सोतीका गीतहरू पनि मीठा छन् । उनको सबैले रुचाएको र सबैको मुखबाट सुनिने दीपकको म्याऊ म्याउःm बिराली गीत एक श्लोक यस प्रकार छ –
म्याऊ म्याउःm बिराली यतातिर आऊ
मेरो नाना काटी खाने मुसाहरू मारी खाऊ
कराईको दूधखाई दियौ भने
मत भोकै हुन्छु धुरुधुरु रुन्छु ।।
(म्याऊ म्याउःm बिराली, पृष्ठ ५४)
स्थानगत विवरण –यस सङ्ग्रहमा मेरो कुन्छा पोखरा, पोखरा (ख), नवलपुर÷नवलपरासी, कविता रानीसँग नवलपुर,जस्ता स्थानको बारेमा कविता लेख्एिका छन् ।कुन्छा कविको जन्म भूमि हो । कविले यस स्थानर्मा फलफूल अन्न खेती पशुपंछी, वन्य जन्तु, यहाँको प्राकृतिक सुन्दरतालाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । पोखराको प्राकृतिक सौन्दर्यता, सरुभक्त जस्ता साहित्यिक महारथीहरूको नामहरू, बाराही,फेवा,रूपा,ं वेगनासतालहरू,महेन्द्र गुप्फा लगायत ,विभिन्न देशका पर्यटकहरूको रमण आदिको वर्णन,नवलपुर नवलपरासीमा कविजीले देवघाट, गैडाकोट, मौलकालिका,साहित्यिक व्यक्तित्व, देवचुली वरचुली, जस्ता पहाड,चौधरी ग्राम,गासबास कपासको खानीजस्ता धारणा आएका छन् कवितामा । कविता रानीसँग नवलपुरमा कविले प्राकृति वर्णनसँगै आफ्नो विवाह नवलपुरमै भएको र घर पनि नवलपुरमा भएको धारणा राखेका छन् ।
साहित्यकारप्रति लेखिएका कविता – सम्झना सिद्धिचरणको,महाकवि देवकाटा राष्ट्रकविप्रति शीर्षकमा यी कविहरूको साहित्यिक योगदानलाई खुलेर आफ्नो धारणा राखेका छन् ।सिद्धिचरणलाई अमरत्व पाएको,महाकविका कृतिहरूको स्मरण र राष्ट्रकविप्रति राखिएको धाारणाको एकश्लोक यस प्रकार छ –
राष्ट्रकवि स्वर्ग लोक जानु थियो गए ।
पूmलै पूmलले सजिएर पनि आकाश भए ।।
पौराणिक ज्ञानका धनी व्यस जस्तै मान्छौं ।
साहित्यका देवता हौ हामी पूजा गर्छौ ।।
विविधताले सजिएका कविता –दीपकजीका कविताहंरू विविधताले सजिएका हुन्छ । विविधतामा पनि नेपाली समाज, नेपाली राजनेताहरू, राज्य संचालकहरूमा देखिएका विकृति विसङ्गतिहरूमा कटाक्ष गरेको पाइन्छ –
पूmल प्रसादी बोकेर
मन्दिरभित्र शिर झुकाएर,
मूर्ति ढोग्दै वरदान मागें
टीका थाप्दा पो थाहा पाएँ
आशीर्वाद दिने गुरुत शरावी पो रहेछन् ।
(तीन कविता, मन्दिरभित्र , पृष्ठ ९३)
सुप्रसाद कुप्रसादहरू सबैलाई सलाम
सेता काला मनहरूंलाई सलाम
सलाम शब्द यति सस्तो भै सक्यो
भ्रष्टचारी अत्याचारी मनहरूलाई सलाम ।
(तीन कविता, सलाम पृष्ठ ९३)
क्रान्तिकारी भूमिसुधार ल्यानु पर्छ पर्छ ।
जस्को जोत उसको पोत भनि गाउनु पर्छ, ।।
जलश्रोत उद्योग धन्दा फस्टाउनु पर्छ ।
नयाँ नेपाल निर्माणमा जुर्मुराउनु पर्छ ।।
((अन्न छैन, पृष्ठ ४३)
भाषा शैली –दीपकजीका लेखन निकै सरल छ । जो कोही पाठकले पनि सहजरूपमा पढ्न बुभ्mन सक्छन् । व्यङ्ग शैली अवलम्बन गरे पनि व्यङ्गलाई पाठकले सहजै बुझ्न सक्दछन् । प्रस्तुति मिठो छ ।
शीर्षक–सोतीजीका केही कविता प्रकाशनमा ल्याइएको हुँदा “दीपक समोतीका केही कविता” शीर्षकी करण सार्थक छ ।
निष्कर्ष – दीपकजीका कविता सरल सहज भएकोले सबैले सहजरूपमा पढ्न सकिन्छ । उनका कविताले समाज र राजनीति कार्यकर्ता,प्रशासन, कर्मचारीको शोषण,दमन, विकृति विसङ्गति आदिप्रति व्यङ्ग कस्नु,क्रान्तिकारी भावनालाई समाउनु, बास्तविकतालाई पोख्न रमाउनु जस्ता उहाँका भावनालाई, सहजरूपमा ग्रहण गर्न सकिन्छ भन्दै साहित्य नै जीवनको अभिन्न अङ्ग सम्झने दीपकजीको सुस्वास्थ दिर्घायुको कामना सहित विदा चाहान्छु ।