दुईटा भन्यौ र बाधा भयो,
तिमीसम्म आउनलाई।
टुप्पा त्यहीँ छ, जहाँ फेद छ,
अलग भो दुई आँखालाई।
मलाई देखाइदेऊ मान्छेको छाला,
माटोभन्दा बेग्लै रङ्गको ।
अस्तित्व, मृत्यु, जीवन,
मीठा शब्दहरू हुन् बेढङ्गको।
हो, भनें मैले तिमीलाई
दुखिरहनू, दुख्न सिक्नू।
तर यति बुझे है मित्र
दु:ख्नु होइन, दु:खले भरिनु।
होइन जमिनको टुक्रा देश
जहाँ खडा छौ तिम्रो,
देश यो ब्रम्हाण्ड हो
पृथ्वी परिवार हाम्रो ।