17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्यो रुबन

कथा रबर्ट जोशी December 9, 2022, 12:37 pm
रबर्ट जोशी
रबर्ट जोशी

आफ्नो श्रीमानलाई चीट गरेको मसालेदार कथा पढ्न येहाँ आउनु भएको हो भने तपाइंलाई शुरुमै बिदा। यस्तो किसिमको कथा कुथुन्ग्रीहरु मिल्स एण्ड बुन प्रकाशनको हजारौ छोटा उपन्यासमा पढ्न सक्नुहुन्छ र म तपाईंलाई यस्तो पुस्तक बेच्ने सेकेण्ड ह्याण्ड किताब पशलको ठेगाना थुप्रै उपलब्ध गराउन सक्छु।
म येहा जिन्दगीकै महत्वपूर्ण केही दिनहरुको सम्झना गर्दै छु। अहिले समझदा लाग्छ ती दिनहरुको अनुभब नै नभएको भए सुखी हुन्थे कि? तर अर्को मनले भन्छ मेरो आफ्नो पूर्णता प्राप्त गर्न मलाई ती दिनहरुले धेरै मदत गरे। त्यो भन्दा अगाडी मैले आफैलाई अनि उसलाई, रबलाई, राम्रो संग चिन्न पाएको रैनछु।
अनि त्यो रुबनलाई पनि।
मेरो नाम लिसा; लिसा मोण्ट्गोमेरि हो पुरा नाम तर बिबाह पछि श्रीमान्को छोटो मीठो थर नै मन पर्यो र लिसा जोशी भएँ। मेरो सब भन्दा मिल्ने साथी सामीले भन्दै थी कि थर नफेर - यो पुरुष सत्ताबादी हरुको पुरातन बादी नियम हो। सामी फ़ेमिनिस्ट हो - पुरै। उसको पनि श्रीमान् छ तरश्रीमान् हुनुले उसको स्वछन्दताबादलाई कहिले रोकेन। यो उसको रेबेल गर्ने चरित्रले एकदिन मलाई पनि जीवनकै सबभन्दा कठोर परिक्ष्यामा खडा गरिदियो। सामी झन्डै महिनैबिछे इन्डोनेसियाको बाली गयीरहन्थी। बाली अस्ट्रेलियाको मान्छे हरुलाई भ्रमण गर्न सबभन्दा मनपर्नेशहर। भाडा सस्तो - नजीकै - अनि सम्पूर्ण स्वतन्त्रता।
एक दिन सबेरै आएर मलाई भनी कि येस्पाली मलाई नलिई उ जान्न। बाली मलाई खासै जानु पर्ने ठाउ कहिले लागेन तर उसले एस्तो कर गरी कि मैले टार्न सकिन।
'रब, तिमि पनि जान्छौ हामीसंग?' मैले सोधे मेरो श्रीमानलाई।
'ओहो को को संग ?' रबको ठट्टा गर्ने बानी। ' म कृष्ण भगवान भैदिएको भए' उसले उही पुरानो जोक दोहोर्यायो।
रब संगको बसाइले मलाई उसको हिन्दु धर्मको यावत कथाहरु थाहा थियो। सामीलाई मैले एकदिन उनीहरुको भगवानले सोरह हजार केटीसंग मस्ती गर्ने रहेछन भनिदिएको उ त रिसाएर कराई नै।
'के अनि रबले त्यो भगवानलाई स्वीकार गर्छ ?' उत्तेजित हुदै सोधी।
'स्वीकार ? शिरानीमा राखेर बिहानै बेलुकी पुजा गर्छ।' मैले पनि ठट्टा जस्तै गरी भने तर सामीलाई यो पचेन।
'अनि ? के रबलाई पनि सोरह हजार ठिटीहरु संग रमाइलो गर्ने भित्री कामना छ ?" सामीले भनी मुठी कसेर।
'सोरह हजार? उसलाई मै एउटा अलिकती बढ्ता भैरहेको छु हा हा हा' मैले पनि आँखा झिम्क्यायेर भने।
सामी तुरुन्तै ठण्डा भई।
'म तँलाई नलिई बाली जान्न येस्पाली ' उसले भनी।
यसरी नै त्यो यात्राको योजना अगाडी बढ्यो - मलाई के थाहा भबिष्यले मलाई येत्रो परिक्ष्या लिदै छ भनेर।
सामी घरिघरि बाली जानुको कारण अलिअलि मलाई पनि भनक थियो। बालीबाट फर्के पछि सधै प्रसन्न मुद्रामा हुन्थी र 'मेरो गाडिको पेट्रोल अब महिना दिनलाई पुग्छ' भन्ने गर्थी ।
'दोस्रो श्रीमान छ कि के हो बालीमा ?' एकदिन मैले सोधे पनि।
'किन हुनु हुदैन र ? मलाई त नपुगुन्जेल श्रीमान खोज्ने हो' तेस्तै निफुल्केको जवाफ दिन्थी उ। तर रब पछिको मेरो अन्तरंग मित्र भनेको सामी नै थिई। उसको यो उद्दण्ड ब्यबहारले नै उसलाई उ बनाएको थियो र उसको श्रीमान रिचर्ड समेत उसको यो ब्यबहारसंग अभ्यस्त भैसकेका थिए। रिचर्ड पनि मेरो श्रीमानको करीब करीब अनिच्छुक साथी भै सकेका थिए - किनभने सामी रिसाउदा मै कहाँआएर बस्थि अनि रिचर्ड उसलाई फकाउन यतै आउनु पर्थ्यो।
प्लेनमा चढे पछि सामीले ब्यागबाट यौटा कार्ड झिकेर फुत्त मेरो अगाडी राखी। कार्डमा यौटा एप्वाइण्ट्मेण्ट जस्तो लेखेको थियो - 'हेभन्ली मसाज एण्ड मोर' भन्ने कुनै येस्तै मसाज पार्लरमा उसले मेरो लागि पो बुकिङ्ग गर्देकी रेछे।
'भन्दै नभनी बुकिङ्ग ? कसले तिर्छ पैसा ?' मैले ठट्टा गरे। अबस्य, बालीमाछुट्टि मनाउदा समुद्र किनारमा नडुले, लोकल खाना नखाए, जिउ दुखेको मालिस नगरे के छुट्टीभो र ? तर यो मसाजको पैसा भने मलाई अत्यधिक लाग्यो।
'तीन सय डलर? मसाज हो कि डकैति हो? ' मैले भने।
'नकरा' सामीले वाइनको ग्लास भर्दै भनी 'दुइसय पचास अमेरिकी डलर हो। अनि ओह सानो सानो डकैति पनि हो' उत्ताउलो प्रकारले आखा झिम्क्याउदै सामीले भनी।
'साचै के कुरा हो यो, अहिलेई भन्' मैले रिसाए जस्तो गरी कराएँ।
'अहिले नचिच्या तँ ' सामीले उछ्रिङ्खल किसिमले आँखा झिम्क्याई। 'तेही भएर पहिले वाइन खा भनेको '
'म जान्न एस्तो महँगो मसाजमा। रबले थाहा पायो भने राम्रो मान्दैन। मितव्ययी छ उ।' मैले भनेंतर मनको कुनामा यो कुनै सामान्य किसिमको मसाज जस्तो लाग्दै लागेन - बिसेष गरी सामीको हर्कत देखेर।
'साला सब पुरुषहरु हराम्खोर हुन्। ' सामीको आवाजले पछाडीको सिटमा बसेको भलाद्मीको समेत मुख अमिलो खाएको जस्तो बनाइदियो। 'वकील हैन उ ? उसलाई पुग्ने त कमाउछ होला नि ? तेरो कमाइसंग उसलाई केको लिनु दिनु ? तँ चुप लागेर मेरो पछि हिंड।' सामी टसको मस भईन। हुन त मैले कता कता चीसो शंका गरेको त थिएँ जब उसले मलाई बाली नली जान्न भन्दै थि।
'अहिलेइ सुन्न पर्ने भए सुन्। तलाई मेरो बालीको पोइ भेटाउन लैजादै छु। थाहा छ नि? मेरो महिनाको एकपल्टको पोइ।' अनि गमक्क परेर उता फर्की।
मेरो आङ्ग सिरिङ्ग भयो। त्यो कथा त तेस्ले अनेकौं पल्ट सुनाएकि थिई तर मलाई समेत घान् हाल्न लैजाली भन्ने - शंका त गरेको थिएँ - तर गरिहाल्ली जस्तो लागेको थिएन।
'तेरो पोइकोमा म किन जाने? तैं जा न। त्यो पनि पैसा तिरी तिरी।' मलाई एक मनमा झोक चल्यो।
अर्को मनमा के चल्यो त्यो चाहिं नबताउँ होला। लाज लाग्छ।
जे होस् - आफ्नो श्रीमानलाई धोखा दिएर तेसरी पेशेवार यौनकर्मीकोमा जाने सोच मेरो सपनामा पनि थिएन। सामीलाई मैले सफा संग बताइदियें कि म उसको सबभन्दा अन्तरंग साथी हो तर यो कुरामा उसले मलाई बुझेकी छैन भनेर।
'ओह' सामीले बिस्तारै सास फेरी र त्यो कार्ड लिएर - अलि घाइते भए जस्तो गरी आफ्नै ब्यागमा राखी। 'ठिक छ मैले तँलाई चिनेको रहेनछु साली। 'अनि एकछिन पछि फेरी हाँस्न थाली। 'रबले तेसो भए तँलाई पुरै हिन्दु धर्मको पतिब्रता नारीमा म्युटेट गरिसक्यो ? आफु भने सोर हजार केटिको पछिलाग्ने भगवानलाई पुज्छ। अनि उ पनि हिडी रहन्छ यता उता। तँलाई भनेर जान्छ र उ कहाँ कहाँ गैरहेको हुन्छ ?'
'तेस्तोमा जादैन उ।' मैले भने। बास्तबमै मलाई लाग्थ्यो पनि कि मेरो रब यताउता हिड्दैन - मलाई चीट गर्दैन।
'ठिक छ नगरोस। तर तैले ' सामीले मुख मेरो कान नजिकै ल्याएर भनी 'तर तँलाई अर्ग्याज्म भन्ने चरा के हो थाहा छैन। तेसैले तँलाई नै कल्याण गर्दिन खोजेको हो। '
सामी संग बढी नै आत्मीय थिएँ तेसैले मेरा धेरै रहस्यहरु उसलाई थाहा छ। यो यौटा लाजलाग्दो रहस्य पनि।
यौनको सुख भोगेको छु तर मैले आजसम्म अर्ग्याज्म भने कस्तो हुन्छ अनुभब गर्न पाएकी छैन। यो कुरा थाहा हुने पनि थिएन होला - अचेल मिडिया वा पुस्तकहरुमा छ्यास्छ्यास्ती नदेखिने वा नपढिने भए। तर यो पनि जानेको छु कि अर्ग्याज्म भए मात्रै यौनको सुख भोगिने होइन।
'सबै पुरुषहरु हराम हुन्छन। यौनको मामीलामा धेरै स्वार्थी। हामी नारीहरुले अर्ग्याज्मको बन्दोबस्त आफैले गर्नु पर्छ।' सामी भन्न थाली। 'हेर लिसा। रबसंग मेरो दुश्मनी छैन। एकदिन त झन्डै उसंग सुतेकी पनि' सामी अट्टहास गर्न थाली। बेर छैन यो जाली - अती स्वछंदबादी केटी। रिचर्ड संग झगडा गरेर आइरहन्थी पनि। तर मलाई रबको भने बिस्वाश लाग्थ्यो नै। 'एकपल्ट तँ यो रुबन संग जा। बरु यो पैसा म नै तिरिदिन्छु बुझिस ? तँलाई कल्ले रबलाई छोड्नु भनेको छ र ? साला वकील हो, दुहुनु गाइ हो। मुला झन्डै ह्याण्ड्सोम पनि छ - गोर्खाली टाइप को।'
सामीलाई यौन र अर्ग्याज्मको कुरा एती मामुली लाग्थ्यो। यौनलाई उसले कहिलेइ आफ्नो इथिकल इण्टिग्रिटि संग जोडिन। बैबाहिक विश्वास र धोकासंग यौनलाई उ अलग्ग राख्थी। 'भोक र तिर्खा जस्तै हैन ?' एकपल्ट उसको यो यौन स्वछन्दतालाई मैले ठिक छैन भन्दा भनेकी थिई। 'तिमीलाई कुन कुरा मीठो लाग्नु पर्छ भन्ने तिम्रो रबले भन्ने कि तिमीले? फेरी यो हरामले तिमीलाई सबभन्दा मीठो चीज खुवाएकै छैन। माया गर्छ, हो, माने मैले। तर मायाले मात्रै त्यो सबभन्दा मीठो फल झर्दैन।'
'अनि तेरो महिने पोइ रुबनको चाही के ग्यारेन्टी नि ? उही हैन र सबै लोग्ने मान्छे ?' मैले भनिहालें तर तुरुन्तै सोचें कि यो भन्नु हुदैन थ्यो।
'हा हा हा।' सामी हाँसी। 'अर्ग्याज्म फ़्याक्टरि भन्छन तेस्लाई। भएन भने पैसा फिर्ता समेत दिने रे। सोच लिसा। तँलाई म जस्तो महिने बिछे धाउनु पर्दैन मोरी। मेरो कुरा अर्कै। एकपल्ट त अनुभब गर - हुनसक्छ तँलाई अहिले एकपल्ट भयो भने पछि रबसंग पनि हुन्छ होला। सुनेको छु तेस्तो हुन्छ रे। पहिलो पल्ट हुन गाह्रो कसै कसैलाई तेस्पछि सजिलो। कम अन्। '
नजान्दा नजान्दै म अलि रातो हुन पुगेछु। सामीको चलाख नजरले त्यो देखिहाल्यो।
'कायापलट हुने भो तेरो। धेरै अगाडी नै आउनुपर्थ्यो मसंग मोरी।' उसले भनी।
म चुप लागें। मैले भलै निर्णय लि सकेको थियिन तर कस्तो महसुस भयो भने मैले के निर्णय लिन्छु भनेर आफैलाई थाहा भए जस्तो। रब संगको जिन्दगि एकदम प्रेमपूर्ण थियो। उ बेला बेला हराउन्थ्यो कामको सिलसिलामा अनि म उसलाई गुनासो पनि गरिरहन्थें तर त्यो कुनै ठुलो इस्यु थिएन।
तर एउटा कुरा चाहिं पक्का हो कि यौनको मामीलामा कतिपय समयमा रब अलि स्वार्थी भए जस्तो मलाई नै लाग्थ्यो। अथवा स्वार्थी नभनु - नजान्ने वा तेसतै। यो कुरा मैले सामीलाई कहिलेइ भनिन - भनेको भए उहिले नै घिसारेर लैजान्थी होला मलाई उसको यो सिजनल पोइकोमा। एकपटक मैले अर्ग्याज्मको कुरा रबसंग जीकर गर्न खोजेको थिएँ तर उसले झन्डै निर्दयातापुर्बक मेरो जिज्ञासालाई डिसमिस गर्देको थ्यो।
अर्को दिन उसले एउटा जोर्नल ल्याएर पढ्न दियो जसमा किन पुरुषको अर्ग्याज्म किन प्रजनन - र जीवको निरन्तरताको लागि आबश्यक छ जब कि स्त्री कोअर्ग्याज्म खासै जैविक रुपमा जरुरी छैन भन्ने एउटा लेख थियो। वकील न हो।
मैले केहि भनिन तर मनमा भने अलिकति बिझ्यो। खैर यौन भनेको प्रेम जती महत्वपूर्ण हैन भन्ने मेरो मान्यताले मलाई तेती पीर पर्न दिएन।
तर प्लेनमा बाली उडिरहदा अनि सामीले यो अचम्मको योजना एक्कासी ल्याउँदा - मेरो मनले अलिकता पाप भने सोच्यो।
पाप। सामीले त के मान्थी पाप भनेर। मलाई रबले नेपाली साँघुरो संस्कृतिमा डुबायो भन्छे संधै।
'हेर लिसा। पुरुष भनेको हरामी नै हुन्। यो रुबन समेत हरामी नै छ आफ्नै किसिमले। तँ बुझ्लिस। '
'किन हरामी ? तेरो त देउता नै हो जस्तो गर्छेस त् ?'
'पुरुष हो भने देउता पनि हरामी नै हुन्। उदाहारण दिउँ?'
सामी अति नै फेमिनिष्ट छे। एसको बाटोमा लाग्नु हुदैन भन्ने भाब आउँछ ममा कहिलेकाहीं।
मेरो मन भने बाटो भारी उद्वेलित रह्यो। यो एउटा मौका जस्तो पनि फील भयो एकतर्फ - अर्को तर्फ रबको मासुम अनुहार झल् झल् याद आयो। यो त सानो तीनो चोरी हैन त। सामीको त कुरा छोडौ - उ त साली तेस्तै पर्यो भने तल्लो तलामा रिचर्डलाई सुताएर माख्लो तल्लामा अर्कोसंग मीठो फल झार्न बेर लाउदिन।
बालीमा पुगेपछि हामी आफ्नो होटेलमा गयौं। होटेलमा नुहाउने धुवाउने काम गरियो। नुहाउनु अघि लुगा खोल्दा मलाई एकपटक - लामो समयपछि नै हुनुपर्छ - आफ्नो शरीर मज्जाले हेर्न मन लाग्यो। कता कता यो बैंशले भरिएको शरीर राम्रो संग उपयोग नभएको जस्तो लग्यो। रसीलो फल मज्जाले ननिचोरियेको जस्तो। हैट। खराब सोच्नु हुदैन। म तेस्को अर्ग्याज्मवाला पोइकोमा जानु हुदैन।
'तेरो अर्ग्याज्म तैं राख सामी। मलाई कर नलगा है ?' मैले झन्डै मागेको आवाजमा भनें।
'कर लाउदिन। तँ आफै जन्छेस मलाई थाहा छ।' सामी गिल्गिलाई।
'म किन जानु पर्छ र मोरी। तैंले भनेर थाहा पाइसकें त्यो चीज के हो। '
'हा हा ह। गजबको कुरा गरिस त।' सामी हाँसी। 'नानी यो चीज बर्णन गरेको र भोगेको उस्तै हुन्छ ? हेहे पख तँलाई आज राफेलो केकको एस्तो बर्णन गर्दिन्छु - अनि तेरो भाग पनि मै खान्छु। तँलाई त पुगिहाल्छ नि'
'खा खा। मलाई तेसै पनि तौल घटाउनु नै छ।' म हासें तर मुटुको ढुक ढुक भने कम भएन।
'अनि सुन।' सामीले बजिरहेको मार्था आर्गेरिकको पियानोको धुन हठात् बन्द गर्दी। 'किन सुन्छेस त कानलाई सास्ती। यो हेर न अनि मजा भै हाल्छ नि। ' त्यो रेकर्ड संगै आएको धूनको नोटेसन म तिर फाल्दी।
'बोक्सी' मैले गालि गरें।' यो शीट म्युजिक मार्थाको नै हैन।' मैले हप्काएँ।
'ओहो - राम्रो। बीथोबनको रेछ। झन् मजा आयो होला केरे?' उ झन् समस्यावाली हुदै आई।' पर्थमा जाने भनेको आर्ट शो क्यान्सील गरम है ? हेराल्डले राम्रो बर्णन छापेको छ - किन गैरहनु पैसा हालेर।' अनि आँखाहरु अर्धमुदित बनाएर म तिर लम्कीयी।' साला यो हनी परफ्युम गुलाबको बास्ना भने मैले राम्रोसंग भन्न सकिन।'
मैले आँखा चिम्लेर उसको आक्रमणबाट बच्न खोजें। उ पनि चुप लागी। तर चुप लाग्दैमा शान्ती त मिल्दैन रेछ। मेरो मनमा भने असंख्य कुराहरु मच्चिन थाले। साचै के होला त यो चीज ? मैले आफैले मास्टर्बेट गरेर समेत त्यो पाउन खोजेको हो तर किन किन त्यो बिन्दुमा भने कहिलेइ पुग्न सकिन।
रबले भने जस्तै स्त्रीहरुको अर्ग्याज्मको प्रजनन र इभोलुशनमा कुनै योगदान नहुने भएकोले एस्लाई येस्तैमा छोडिदिउ - येस्मा अब कुनै जटिलता नथपु भन्ने दिमाग चाहन्थ्यो - तर दिलको एउटा कुनाले सानो बिरोध गर्दै थियो। मौका हो; के एकपटक सानो चीटिंग गर्दैमा रब संगको प्रेम निष्फल हुने हो त भन्ने तर्क जबर्जस्ती घुस्न खोज्दै थियो कतै।
रबको यौन प्रतिको संकुचित सोचाई त मेरो लागि प्रष्टै थियो। उसले नेपालमा हुदाको किस्सा सुनाएको थियो - उसले उसकी तेतिबेलाकी प्रेमिकालाई कुमारी नभएको शंकामा छोडिदिएको थियो। मलाई कम्ता रिस उठेको थिएन त्यो सुन्दा। मैले भंदेको थिएँ कि जनाब कुमारी त म पनि छैन। जाउ छोडेर। अनि त्यो अब 'हाम्रो संस्कृतिको बाध्यता' भन्न थाल्यो उ। मलाई झन् पारो चढेको थियो। 'तेसो भए पश्चिमी देशकि भए नकुमारी पनि चल्ने ? उतै भएको भए तिमीलाई हाइमेन सहितकि कुमारी चाहिने थ्यो बिहे गर्न ?' म जन्गीएको थिएँ। 'लिसा, त्यो धेरै बर्ष अघिको कुरो हो माया।' अनि उसले सम्झायो। 'म अहिले जस्तो परिपक्क पनि त थिईन नि '
जे होस् रब खराब थिएन। उ असल लोग्ने थियो। एउटा दुइटा दाग त भगवानको पनि त हुन्छ नि।
बरु मैले यो समयलाई मौका बनाइदियें भने म पो खराब स्वास्नी हुने भएँ ? सामीलाई यो सोध्नु त बेकारै हुन्थ्यो। उसलाई रबको बिगत थाहा भयो भने अहिले झगडा गर्न जान्छे।
बालीको केहि दिनको बसाइ कसरी बित्यो थाहा भएन। सामीले बुकिङ्ग गरिदिएको दिन नजिक आउंदैथियो। बास्तबमा येही उहापोह मै बालीका अन्य दिनहरु शहीद भए। उसले मलाई राम्रै कन्भिन्स गरिदेकी थि।
र त्यो दिन पनि आयो। तेस्पछिको अर्को दिन पछि पर्थ फर्किनु नै थियो।
मुटुमा ढ्यांग्रो ठोक्दै थियो। ट्याक्सीबाट ओर्लेर सामीले लगभग तान्दै नै लगी। म अरु केहि सम्झिन्न - खाली अन्त्यमा सामी र म यौटा जवान पुरुषको अगाडी उभिरहेका थियौं।
पाश्च्यात्य संस्कृतिमा हुर्किएको भए पनि मेरा बाबा आमाको क्याथोलिक आस्थाले हो वा मेरो आफ्नै नीजी धारणाले हो - यौनको मामिलामा म तेती उदार छैन। भनिहालें नि यौनको चरम उत्कर्षको अनुभबलाई पनि मैले धेरै खोजेको हैन - सामी कै बहकावमा येहाँसम्म आइपुगें। खैर एकपल्ट यौटा अपुर्ब अनुभब हुन्छ भने हेरिहालौं भन्ने मनस्थिति थियो। रबलाई धोका दिने परमाणु जती पनि कारण वा इच्छा थिएन। मेरो उ प्रतिको प्रेमले यो यौटा झूठ अनि चोरीलाई तठस्थिकरण गरौंला भन्ने गजबको षड्यन्त्रकारी अभिलाषा ब्याप्त भैरहेथ्यो।
सामी भन्ने गर्थी 'सम्पुर्ण सत्य कसैले कसैलाई पनि भन्दैन। तँ प्रेम गर्छेस लोग्नेलाई भने केहि छैन - तँ आफु पनि मस्ती गर तर उसलाई नभन। हेर, मैले पनि तँलाई भन्न नहुने सत्यहरु छन्। फेरी पनि हामी मिल्ने साथी हौँ कि हैनौं ?'
साली साचै यो केटी रबसंग सुतेकी छे कि के हो भन्ने शंका मलाई हुन्थ्यो। अनि फेरी आ, सुते सुतेकी होओस, रबले मलाई माया गर्न छाड्दैन त भन्ने ढाडस भैहाल्थ्यो। तेसो त को को मान्छे को को संग सुतेको छ भनेर लेखा जोखा गरेर पो के साध्धे ? तेस्ले भनेकी पनि ठिकै हो - माया गर्ने मान्छेलाई सत्यको बहानामा दुख पहुन्चाउने कुरा किन भन्नु र तेसै पनि ?
तर येतिखेर मेरो मनमा भने रोमाञ्च, डर, उत्तेजना अनि थोरै पश्चातापको पनि मिश्रित भाबहरुले बितण्डा मच्चाइरहेका थिए। ओके, सत्य भाडमा जाओस - यो अनुभब निपटेर गैहालूं जस्तो भैरहेथ्यो।
'हे भगवान सामी - तिमि पो ?' त्यो केटा झ्यामियेर आयो र सामीलाई अंगालो हाल्यो। अनि अलि नर्भस भए जसरी मतिर हेर्यो।
'किस गर न यार।' सामी कराई। बहुलाई जस्तै छ साचै यो।
'गर्दै छु' केटो हड्बडायेर उसको गालामा यौटा च्वाप्प बसाइदियो।
'मैले भने नि,' सामी म तिर हेरेर हाँस्न थाली 'सबै पुरुषहरु आफ्नै किसिमले हराम हुन्छन भनेर। यी। यो रुबन छ नि, यो हत्तपत्त ओठमा चुम्बन गर्दैन। ' अनि सामीले मलाई औंल्याउदै भनी 'आज मलाई हैन मेरो साथीलाई खुसि बनाइदेउ ।'
अनि मलाई यस्तरी औंलाले देखाई कि मलाई चस्स घोचेको जस्तै भयो। त्यो केटातिर राम्ररी हेर्न पनि सकिन। साचै भनु भने अब मलाई सामीको उपस्थिति बोझ लाग्न लाग्यो।
'जा तँ' मैले सीधै भंदियें। उ कुम उचाली र गइ पनि हाली।
तेस्पछि आयो अचम्मको सन्नाटा। मैले एकदमै कन्ट्रोल गुमाएँ जस्तो फील भयो - किन म तेहाँ छु - अझ म तेहाँ साँची नै छु र भने जस्तो। यो कुनै प्रेमको प्रस्ताबवाला डेटिङ्ग पनि थिएन तर प्रेमले प्रस्ताब गर्न सक्ने भन्दा धेरै बढि हुन गैरहेको जो थियो। जिन्दगि मै कहिले नदेखेको र सम्भबत कहिले नदेख्ने कोहिसंग जिन्दगिको सबभन्दा निकटतम क्ष्यण बिताउने रात सुरु हुदै थियो।
जे गर्न पैसा तिरी तिरी आएको हो तेस्को मूल्य चुक्ता गर्ने हो भने मैले धेरै नर्भस भएर काम छैन भन्ने मनमनै लिएँ।
'बस्नुस न' केटाले भन्यो।
'मेरो नाम लिसा।' हडबडीमा मैले हात मिलाउन पुगीछु। उसले हात मिलायो पनि। अनि मलाई हात समातेरै सोफामा बसायो। यो मान्छे पनि नेपाली नै हो रे भनेर सामीले भनेकी थिई। अन्दाजी ५ फीट १० इन्च जती को। एकदम मस्कुलर - जिम गरेर बनाएको ज्यान जस्तो। दारी जुँगा पालेको - जुन मलाई खासै मन पर्दैन। रबलाई कति गरेर जुँगा काट्न लगाएको - भन्दै थ्यो नेपाली संस्कृति अनुसार आमा बाबा जिउँदो हुनेले जुँगा काट्न हुदैन रे। मैले भनि दिएँ कि तेसो भए चुम्बन गर्न नपाइ।
'मेरो नाम रुबन। सजिलोसंग बस्नुस है। के ल्याउँ हजुरलाई ? तातो वा चीसो ? अल्कोहल चाही हुदैन येहाँ हजुर।' उसले झन्डै वेटर जसरी सोध्यो। सायद मेरो मुटुको ढ्याङ्ग ढ्याङ्ग उसले पनि सुनिरहेको थियो - मैले चाहिं आफ्नो मुटु छातीभित्रै राख्न प्रयत्न गरिरहनु परेको थियो। यो बार सताइस कुरा नगरेर फ़टाकसंग बिछ्यौनामा किन लगिरहेको छैन भन्ने मलाई भैरहेथ्यो।
आँट बटुलेरै मैले भनें - 'पिउन आएको हो र ?'
'हजुर ? हा हा हा।' रुबन हाँस्यो। 'पुरै रातको लागि बुक गर्नु भएको छ। हजुरलाई हतार छ र ?'
शिट। मैले सोचें। एसले मलाई अर्कै किसिमको त् सोचेन ? कुनै चालु किसिमको - खाली यौनको प्यासी वा आफ्नो श्रीमान वा केटा साथी संग झगडा गरेर बदला लिन आएको टाइप को। म आफै छक्क परें। म किन आएकी त तेसो भए ? के खाली सामीले फसायेकी भनेर आफुले आफैलाई बिस्वास दिलाउन सक्छु ?
'अलिक दोमन गर्दै हुनुहुन्छ ? मलाई त तेस्तै लाग्छ।' रुबनले तातो कफीको कप दिदै भन्यो। 'सोया कफी - जम्मा एक चम्चा चिनी। ठिक छ हजुर ?'
'के ? कसरी थाहा पाउनु भयो ?' म छक्कै परें - मेरो मनपर्ने कफी कसरी थाहा पायो ? सामीले भनी कि ?
'नाइँ - आस्चर्य नमान्नुस। अलि अलि अनुमान पनि मिल्छ।' रुबनले मुस्काउदै भन्यो। मान्छे ह्याण्ड्सोम नै हो करीब करीब तर दारी जुँगा किन पालिराछ ! 'हजुर एकदम स्वस्थ हुनुहुन्छ - दिनदिनै सायद जिम गर्नु हुन्छ। अचेल सोया कफी बढी लोकप्रिय छ जिम जानेहरुमा। हजुर साचै तयार भएर आउनु भएको त हो ?'
मलाई किन डर लाग्न थाल्यो भने - जिन्दगीमा पहिलो पल्ट देखेको ब्यक्तीसंग मलाई लाग्नु पर्ने डर एक्कासी कम हुदै गैराथ्थ्यो। किन किन यो व्यक्ति एकदम परिचित, एकदम मित्रवत - अझ एकदम सेक्सी जस्तो लाग्न थाल्यो।
'तयार - खै छु कि छुइन - गाह्रो छ थाहा पाउन।' मैले मेरो भाब सत्य किसिमले नै राखिदिएँ।
'छैन। बास्तवमा गाह्रो छैन।' रुबनले झडै ब्यन्गात्मक हाँसो हाँस्यो। 'खाली मनको कुरा आफैले पत्याउनु पर्छ। '
'तर खैर - तयार हुनुहुन्न अथवा माइण्ड चेन्ज गर्नु हुदैछ भने पनि एकदम ठिक छ। अफिसलाई भनेर म पैसा फिर्ता गर्न लाइदिञ्छु।' भनेर उ यता उता गर्न लाग्यो।
मलाई भने उसले अलिक स्वाङ्ग पारेको जस्तो लाग्यो। हुनसक्छ उसलाई पैसाको बढी महत्व होस्। आखिर पैसाकै लागि त गर्दैछ यो सब। नत्र त येत्तिको लायक देखिने मान्छे - सभ्य किसिमले पेश आउन सक्ने मान्छे - यौटा केटि संग घरजम गरेर किन नबस्दो हो।
'सबैलाई यसै भन्नु हुन्छ हो ?' मैले सोधे। अचम्म छ। यो ब्यबसायीक यौनकर्मीको अगाडी पनि म अरु भन्दा बेग्लै हूँ भन्ने दम्भ आइरहेको थियो मलाइ।
'नाइँ। भन्नु पर्नेलाई मात्रै।' रुबनले पनि झनै समस्याजनक उत्तर दियो।
'माइण्ड चेन्ज नगर्ने।' मैले अलिक ठुलो स्वरले भने क्यारे - उ झस्केर म तर्फ हेर्यो। कुनै उल्लेखनीय ह्याण्ड्सोम नभए पनि कुनै किसिमको आकर्षण चाहिं थियो उसमा। तर त्यो कुनै मुख्य कुरा थिएन। एक रात बिताउने बजिया जस्तो सुकै अनुहारको होस्। मलाई त येस्मा ताजुब लाग्दै थियो कि यो बेबकुफ मूल मुद्दामा कसरी आउँछ।
'मालिसको सामान तयार गरूँ त ?" रुबनले सोध्यो। मलाई लाग्न थाल्यो कि उ निकै नै उत्साहित हुदै छ।
'मालिस नगर्ने।' मैले भने। मलाई यो मालिसको 'प्रिल्युड' लफडा लाग्न थाल्यो।
'ओह।' गरिरहेको काम चट्ट छोडेर अर्थपूर्ण किसिमले रुबनले हेर्न लाग्यो।
मलाई झट्ट लाग्यो कि फेरी उ मलाई यस्तै बढी कामुक, निम्फोम्यानिक आइमाई सम्झिदैछ। सम्झिरहोस। मलाई भने एक्कासी रबको याद आउन लाग्यो - आउन नपर्ने ठाउँमा, आउन नहुने समयमा। शिट। मैले सोचें - यस्तो सोच दिमागमा लिएर कसरीपरपुरुषसंग अर्ग्याज्म खोज्न जाउँ ?
रुबनले एकछिन अकर्मन्य जस्तै भएर एकटक हेर्यो अनि दुइटै कुम उचालेर भन्यो 'साँचै हो ? सामीले बूकिंग गर्दा त् मसाजको लागि पनि भनेकी थिईन। खैर ठिक छ।' उसले मालिस गर्ने टेबल वरिपरिको केहि सामानहरु मिलाएर राख्यो अनि सायद अलिक रसिक किसिमको दृष्टि फ्याँक्यो। आधा मुस्कान एकातिर बंग्याएर। मलाई भने मुटु थाम्न गाह्रो त भैरहेको नैथ्यो - तर छिटो छिटो येही उत्तेजना सहन बानी पनि पर्दै थियो। मानिसको मस्तिष्क भगवानले गजब कै बनाएको हुनु पर्छ। कति छिटो हामी गम्भीर परिबर्तनहरुस्वीकार गर्छौं ?केहि दिन अघि मात्र म रबलाई धोका दिएर (ठिक छ सामी एस्लाई धोका त के झर्को मान्न पनि तयार छैन) एकै रातको लागि पनि अर्को पुरुषसंग सुत्ने कल्पना पनि गर्न सक्दैन थें। आज म आफ्नै मर्जीमा - सामीलाई अब दोष दिन उचित देखिन - यो एकजना रुबन भन्नेकोमा आइराखेको छु।
अनि रुबन भन्ने त्यो केटो अघि लाग्यो अनि म पछि पछि त्यो बिल्डिंग कम्प्लेक्सको अर्को भागमा पुगें। बाटोमा रुबनले यस्तै मौसम को, बालीमा भएका अरु पर्यटकीय आकर्षण आदीको कुरा गर्न थाल्यो। खराबी के भने उ पनि नेपाली नै भएकोले रबको जस्तो उच्चारण गर्थ्यो - उस्तै याक्सेण्ट। रब भन्दा अलिकति अग्लो अनि चौडा छाती। अनुहारको सुन्दरता चाहिं मेरो रबकै बढी। यसलाई दारी जुँगा काट्न लगाउने कोहि छैन पक्कै - तेही भएर होला - अनि आफुलाई मर्द देखाउन पनि होला झुस्स दारी जुँगा पालेको।
रुबनको अनुहार भने अलि निहु खोज्ने मान्छेको जस्तो, अर्को मिनेटमा एसले कुनै न कुनै समस्या निम्त्याइहाल्छ जस्तो। यद्दपी उसले नमीठो लाग्ने केहि भनेको थिएन। भन्न पनि कसरी सकोस - मैले नै किनेकी हूँ आजको उसको रात। यो त एउटा खेताला त हो नि। तर्क यही भए पनि उसलाई एउटा खेतालाको रुपमा भने सोच्न सकिरहेको थिईन। नभए म उसलाई किन मेरो रब संग तुलना गर्दै बस्थें ? रब संग मिल्ने कति कुरा कस्तो रबको जस्तो लाग्ने, अनि रबसंग नमिल्ने कुरा पनि रब भन्दा कति फरक जस्तो लाग्ने। जे भए पनि रबको भूत दिमागबाट जाला जस्तो भएन।
साला रब संगको प्रेम पहिलो पल्ट नराम्रो संग भोग्दै छु जस्तो लाग्यो।
रुबनले स्मार्ट कीले कोठाको ढोका खोल्यो। सामीले त भन्दै थिई कि प्रत्तेक पुरुष आ-आफ्नै किसिमले हराम हुन्छन। कोठा भित्र मैले थर्थराउँदो पाइला राखेपछि रुबन भन्छ - 'लिसा, हजुरलाई कुनै दोमन - दुबिधा त छैन ? म चाहन्न कि यो खेल खेलेपछि हजुरलाई कुनै पनि किसिमको पछुतो होस्। हजुरको पैसा त फिर्ता हुदैन हुदैन तेस्पछि, तर मेरो पनि मन बिग्रन्छ। '
सुन्नुस न कुरा उसको। निकै समझदार जिम्मेवार भलाद्मी पल्टदैछ। आखिर पैसामा ल्याएर जोड्यो एस्तो कुरालाई पनि।
म अब बलियो हुदै आएको थिएँ। म बुझ्दै थिएँ कि समयले के गर्न सक्दो रहेछ।
'खेल हो यो ?' मैले करीब करीब हप्काउने स्वरले सोधें 'तपाइंलाई यस्तो कुरा पनि खेल नै लाग्छ ? अनि सबैलाई येस्तै सोध्नु हुन्छ ?'
रुबन फिस्स हाँस्यो अनि बत्तीको बटनहरु दबायो। होटेलको सफा कोठा सेतो बत्तीको उज्यालोमा देखियो। 'मैले सुनेको त' रुबनले भन्यो 'पुरै जिन्दगी नै खेल हो रे। अबश्य, मान्छेहरु हुन्छन मामुली फुटबललाई पनि एकदम गम्भीरता पुर्बक लिने। '
एकपल्ट म फेरी हच्कियें। यो रुबन पुरै सडक छाप जिगोलो चाही हैन कि के हो। हुन त येत्तिको दर्शन त रियल स्टेट का एजेण्ट हरुले पनि छाट्छन। म सम्हालिएँ। आँप खान आएको हूँ किन हाँगा गन्ने दुख बेसाउँ।
'के मगाउँ हजुरलाई डिनरको लागि ? येहाँको हाँसको परिकार निकै चर्चित छ। प्लेन राइस संग खूब मीठो हुन्छ। ' रुबनले टेबलको रूम सर्विस मेनु उठाउदै भन्यो। केहि हफ्ता अघिमात्रै रबसंग पर्थको एउटा महँगो रेस्टुरेण्टमा हाँसको चिनिया परिकार खाएको झल् झल् याद आयो। अनि यो रुबन मसंग झ्यामिदै आएको पनि मलाई मन परिरहेको थिएन।
अचानक मलाई रुबनले मेरो मनपर्ने कुराहरु कसरी थाहा पाई राख्या छ भन्ने शंका उत्पन्न भयो।
'तपाईं जासुसी गर्दै हुनुहुन्छ कि के हो मेरो ?' अलिक रुष्ट भए जसरी सोधें। उ अलिक अकमकियो।
'मीठो कुरा सबैलाई मीठै लाग्छ होला।' रुबनले द्विअर्थी भाषा बोल्यो। ' हजुरले मलाई अझै भन्नु भा छैन कि हजुरले राम्रोसंग सोचेर आउनु भाको हो ?'
'तपाइंलाई के फरक पर्छ र मैले धेरै सोचेर आएको हूँ वा एक्कासी भड्केर आएको हूँ।' मैले पनि रिजर्व हुन खोज्दै भनें। मलाई लाग्यो कि यो केटा चाहिने भन्दा बढ्ता जान्न खोज्दै छ।
'लौ कसरि पर्दैन भन्ने सोच्नु भयो ? मैले भन्ने पर्दैन हजुर - गलत निर्णयले आउनु भएको छ भने भोलि पछुतो गर्दै जानु हुनेछ। '
'फेरी पनि तपाइंलाई के फरक पर्यो र ?'
'अब यो त हजुरले अनुभब गर्ने कुरा हैन। तर म भन्दिन्छु - हो मलाई फरक पर्छ। मेरो उद्देश्य मेरो आज रातीको संगीलाई खुशी पार्ने हो। अब भोलि हजुर मसंग रात बिताएको कारणले तनाबमा जानु भयो भने म त फेल भएँ। मलाई फेल हुनु छैन। '
सम्भोग गरेर अर्ग्याज्मको पहिलो अनुभब लियीहालूं भन्ने मेरो रणनीती सहि दिशा तर्फ गैरहेको थिएन। यो केटा त झन्डै निहु खोज्ने कुरा गर्दै छ। तर इमान्दारीपुर्बक भन्नु पर्दा मलाई कता कता ताप भने पक्कै बढ्दै गैरहेको थियो। हुनसक्छ उसको सुगठित शरीर देखेर हो कि। वा उसको यस्तै बिबादोन्मुख अप्रोचले विरोधाभास रुपमा कामोत्तेजना आउने हो कि ?उसले मलाई पहिलो पटक कसरी छुन्छ भन्ने रहस्यले मलाई कायल बनाइरहेथ्यो । उ भने मलाई मानौ चेस खेल्न डाकेको जस्तो बर्ताब गर्दै थियो।
हुन त सामीले भन्दै थिई - 'हतार गर्छौ होला तिमीहरु। जती हतार भयो तेती कम सम्भावना हुन्छ।' अब यो रुबन पेशेबार खेलाडी। कसरी गोल गर्नु पर्छ एस्लाई त थाहा हुने नै भयो। एसले जता डोर्याउँछ उतै जान्छु भनेर म रिल्याक्स हुन खोजें।
तर उसले किन दिन्थ्यो रिल्याक्स हुन। एक कप जूस हातमा बोकेर नजिक आयो - मेरो मुटु हल्लाउने गरेर। सोफामा बसेको म हठात् उठ्न पुगें। अहिलेसम्म त केहि भएको छैन - म अहिले पनि 'सकुशल' येहाबाट निस्केर जान सक्छु - भाड्मे जाए ३ सय डलर भनेर। रुबनमा देखिएको रबको समानता वा भिन्नता दुवै दाया र बायाबाट मलाई खाइरहेकै थिए अनि म भने त्यो यातना पचाउने भएर निस्कदै थिएँ।
के हेर्दै थियो थियो मोरो रुबन म मा। मलाई सब थाहा छ केटा हरुको आँखा पहिला कता जान्छ भनेर। दैब, यो तिघ्रेलाई पनि के थाहा नहोस - केटीहरुको आँखा पहिले कता जान्छ भनेर। केटो यती नजिक आयो कि मैले केहि नगरी नहुने नै भयो। कि त धेकेल्नु पर्यो कि त तान्नु पर्यो।
'एती लामो दोमन, मलाई ठिक लागिरहेको छैन।' ओठ बंग्याएर उ हाँस्यो। त्यो हाँसो मात्र हैन उसको भाब नै बाङ्गो थियो। उसलाई थाहा भैसकेको छ कि मैले के निर्णय लि सकेको छु। उ खाली मलाई सताउने सुरमा छ।
'यो लिनुस। चीसो जूस - मन शान्त गर्छ।' उसले मलाई जूस हातमा दियो र यो क्रममा मेरो हात पनि समात्यो। लौ त अब - कुन ठुलो रहस्य रहेछ र यो पनि। यो काम गर्न रबलाई झन्डै एक महिना लागेको थियो। एस्तो लाग्यो कि रब कै कहानी दोहोरिदै छ - तर फास्ट फरवार्ड भर्जनमा।
आशा छ रबको कथा भन्दा अलिक बेग्लै हॊओस - कम्तीमा एउटा अन्त्य। नत्र त यो सब समय, पैसा र मुख्यत आफ्नो अभिमान र नैतिकता - सब बेकार हुने भयो।
'मेरो मन अशान्त छ र ?' मैले बोलेँ - आफैलाई ढाटेर।
'मेरो समेत अशान्त छ !' रुबनले यस्तोसंग आँखा जुधायो कि सामीले बढाई-चढाई गरेको त्यो के हो - अहिलेइ होला जस्तो भयो। 'किन यती राम्री हुन परेको हजुरलाई ? म आफै नर्भस पो हुदै छु। छुन समेत डर लाग्दै छ। साचै के, छुने अनुमति छ त ?'
रुबनको ब्यबसायीक रुटिन पो हो कि एस्तो भन्ने ? तर मलाई भने खूब मजा आइरहेको थियो। यो केटो जति नर्भस हुन्छ उति मजा होला जस्तो भो। बस यो एउटा कुरा मनबाट जान सकेन कि सबै केटाहरु उस्तै गरी पेश आउदा त रहेछन। रबसंगको पहिलो समागममा म भन्दा बढी त उ नै कामीरहेकोथियो। अब यो रुबन छ बर्षौं देखि येही काम गर्छ - र यो समेत उस्तै कामीरहेछ। यो काम नै उस्तै, सबै जना काम्नु पर्ने।
कानुनि आबश्यकता भनेर उसले मलाई 'लौ हुन्छ, मसंग सम्भोग गर' भन्न समेत लगायो। मोरो।
'एक रातको माया हो यो। तर आशा छ जिन्दगीभर याद रहोस।' उ फुस्फुसायो, मेरो कान नजिकै आएर।
'मलाई चाहिं तेस्तो नहोस भन्ने आशा छ।' मैले भनें - तर स्वर अझ बढी कम्पित थियो - जसले म कत्तिको साँचो बोल्दैछु भन्ने जनाउदै थियो, सायद।
'ओह के अरे ?' उ झन् नजिक आयो - एती नजिक कि उसको स्वासको तातोपनले मेरो ओठ सिंचित हुन थाल्यो। मलाई तानेर उसको काखमा ढल्कायो। उसको प्रत्तेक गतीमा म मेरो रब खोज्न थालें। कति कुरामा उ रब जस्तैथियो कति कुरामा भिन्नै । अब यो रब र गैर-रब भन्ने पहेलीको हिसाब किताब राख्न गाह्रो पर्न थाल्यो। आफ्नो अन्तिम प्रतिरक्ष्या स्वरूप मैले भनि हालें 'यो माया मलाई रबले जसरी गर्नू।' अलि आस्चर्य मानेर उसले मलाई हेर्यो - सायद यो सोचेर कि रबको जस्तै माया हो भने त किन येहाँ आइराखेकी होली।
रुबनले मेरो दायाँ कानको लोती टोकेपछि चाहिं मैले होश गुमाए जस्तै भएँ। बेतहास आफ्नो हातहरुले मेरो अंगहरुमा निर्बाध अतिक्रमण गर्न लाग्यो र म पनि अनौठो आवेगमा के के बर्बराउन थालें।
म येस्तरी पग्लिरहेको थिएँ कि आफैलाई अड्याउन गाह्रो भैरहेको जस्तो। आफै पोखिएर छताछुल्ल भए जस्तो। उ चाहिं झन् झन् सबै डिलहरु भत्काउदै थियो। म झन् पोखिन थालें। बाध्य भएर उसको हतियारलाई कसेर मुठीमा लिन खोजें, न अटाए पनि। उसको त्यो अंगमा चलिरहेको धमनीको द्रुत स्पन्दनले मलाई उ पनि चैनमा त छैन भन्ने जानकारी दियो। तर यो निर्दयी केटो किन बल्किरहेको घाउमा मीठो छुरा धस्दैन भनेर रिस नै उठ्न लाग्यो।
उसले मलाई तड्पाउने काममा कुनै कसर बाकि राखेन। मेरो शरीरको कुनै बिन्दु बाकी रहेन उसको थुकले नभिजेको। उसको औंलाले नघोचेको। उसको हातले नरगडेको। नचिमोटेको। अब त कुनै क्रिया छैन सिबाय सम्भोग - भन्ने लाग्दै थियो मलाई तर उ नया नया करतूत झिक्थ्यो र मलाई अझै तड्पाइरहन्थ्यो।
भन्न त मैले के के भनें - तर रबको हुरी जसरी आउने र पेट्रोल जसरी बलेर सक्किने छाँट मैले देखिन। यो निर्दयी मान्छे कोइला जसरी बल्न खोज्दै छ।
यो आनन्दको लागि मैले मोलेको खतरा एकपल्ट त सोच्ने नपर्ने गरी उचित लाग्न लाग्यो।
कस्तो अस्थायी माया पनि एती मीठो। तड्पाइ पनि आनन्ददायक। सहसा उसले मलाई अनुकुल स्थितिमा जतन संग राख्यो। मीठो दर्द। म सहन सक्दिन भन्ने डर। तर पनि उसले दुखाउन छोड्ला भन्ने त्रास। आनन्दले म बेहोश जस्तै भैसकेको थिएँ तर उसको एक एक गती, एक एक धक्का, एक एक स्वास, कण कण याद छ। एउटा स्थितिमा अडेन उ - घरी घरी फेर्न चाहन्थ्यो तर मलाई भने त्यो फेर्न लाग्ने समय पर्खिने धैर्य हुन छोड्यो। हे भगवान - यो कसरी पाप हुन सक्छ ! कसरी अपराध हुन सक्छ ? कसरी धोका हुन सक्छ ?
रुबनले अब आफ्नो गती फेर्यो। सहसा उ छिटो छिटो मच्चिन थाल्यो र मेरो सम्पूर्ण शरीर पग्लिने मात्रै हैन बाफ हुन थालेको अनुभब भयो। मेरो दुवै हात उसको बलिष्ट हातमा जकडिएका थिए। म पूर्ण रुपमा उसको फ्रिक्वेन्सीमा चल्दै थिएँ। एस्तो अनुभब भैरहेथ्यो कि मलाई अरु कुनै स्वतन्त्रता छैन - सिबाय आनन्द लिनु बाहेक।
कति बेर पछि त त्यो याद भएन - किन भने मेरो लागि समय अब गौण भैसकेको थियो तर त्यो क्ष्यण पनि आयो।
त्यो के हो भन्ने थाहा पत्तो नहुदा नहुदै पनि त्यो आइहाल्यो। सुरुमा त मलाई डर जस्तो तर रोमाञ्चक डरले छोप्यो - मलाई लाग्दै थियो कि मलाई छारेरोग वा येस्तै काम्ने रोगले एकैपल्ट गाँज्यो। नितान्त व्यक्तिगत अंगबाट सुरु भएको त्यो तरंग, त्यो स्पाज्म, त्यो करेण्ट लागेको संवेदना, एक्कासी सार्बजनिक भएजस्तो गरी फैलियो - शरीरभरी र सायद त्यो कोठाभरी, अझ भनूँ यो संसारभरी। जिन्दगीभरी कै समस्या एकै पल्ट हल भए जस्तो भयो। बिर्सन नसकिने कुनै दर्द वा खतरा रहेन यो अनौठो आनन्दको बिरुद्ध। शरीरको बीचको भागको भीत्र एकदम तातो जस्तो भएर आयो। रुबनको अब कुनै पनि हलचल मलाई स्वीकार्य थिएन र मैले उसलाई जकड्यायेर लामो समय कैदमा राखेँ। उ पनि आज्ञाकारी भएर तेत्तिकै बस्यो पनि। अफ कोर्स, केहि बेरमा हामी छुट्टियौं तर शरीर एस्तो शीथील भएको थियो कि यौटा हात उठाउने जाँगर पनि थिएन। एक्कासी रबले प्रवेश गरिहाल्यो मेरो मनमा। अचम्म लागिरहेको थियो कि येतिन्जेल कहाँ गएको थियो उ ?
'को हो तेस्तो प्यारो ?' सबै हुरी हुण्डरी शान्त भएपछि मेरो छेउ आएर रुबन पल्ट्यो - येस्पल्ट पाइजामा लगाएरै।
'ओहो' मैले आश्चर्ययुक्त बोलि बोलें 'मैले उसको नाम लिएँ र ?'
'भाग्गेमानी रब' रुबनले भन्यो। मलाई लाग्यो कि उ अलि ईर्ष्यालु हुदैछ जुन मलाई धुन्धान मन पर्दै थियो।
'डाहाड लाग्यो ?' मैले पनि मौकामा भनिहालें।
'हुन सक्छ।' दोधारे जवाफ दिनेको कुरा बुझ्न खासमा गाह्रो हुदैन। 'तर लाग्छ भगवान नै भए पनि उसले हजुरलाई चरम उत्कर्षमा भने पुर्यायेन। ठिक हो ?'
'प्रेमलाई म यौन संग उल्झन दिन्न' मैले अलि कठोर भएर भनें। अब भन्नुहोला म अमिलो अंगुरको कुरा गरिरहेछु तर कस्सम। यौनलाई प्रेमसंग मिसाएको भए दुइवटै कुरा हुदैन थ्यो।
कि त रबसंग म एती प्यारमा हुन्न थें होला।
कि त म येहाँ रुबनकोमा आउदैन थिएँ होला।
'हजुर प्रेमलाई यौनसंग उल्झन दिनु हुन्न। म जिन्दगी संगै उल्झन दिन्न।' रुबनले मेरो अझै नांगै रहेको बदन तिर हेर्दै भन्यो। 'लगाउनु हुन्छ केहि ?' भनेर मेरो लुगाहरु ल्याइदियो। अचम्मको ब्यबहार छ एसको पनि। हुन त दिन दिनै नया संगी संग रात बिताउने ब्यबसायीसंग प्रेमको के कुरा गर्नु र ? तर पनि कता कता प्रेम बारेको कुरा गर्न लायक मान्छे जस्तै लाग्यो।
सिबाय उसको ढीठ धारणा प्रेमको बारे।
'प्रेम भन्ने चीज छैन त तिम्रो लागि ?' मैले सीधै सोधें। बिगतमा कतै प्रेममा हण्डर खाएर यता लागेको होला भन्ने मेरो अनुमान थियो।
'छ नि। मन लगाएर प्रेम गर्छु। प्रेमको लागि पात्रहरु मात्रै फेरिन्छन। प्रेम पनि एउटा घटना त हो नि।' फेरी निहु खोज्ने कुरा गर्न लाग्यो।
हुन त मलाई पनि यो एक रातको लागि खरिद गरिएको खेलौनालाई प्रेमको पुर्ण पाठ किन पढाउनु थियो र। तै पनि रात त कटाउनैपर्यो। त्यो अपुर्ब चरमोत्कर्षको ह्याङ्गओभर हत्तपत्त जाला जस्तो थिएन। नजाओस पनि।
प्रेमको बारे हामी रातभर जस्तै बिबाद गरिरह्यौं - बीच बीचमा सम्भोग पनि।
यौटा ठुलो आश्चर्य के भने रबसंग घरमा मुश्किलले हफ्तामा दुइ पल्ट हुन्थ्यो समागम तर यो केटासंग तीन पल्ट गरिसकेर पनि अझै भोक नमरे जस्तो के भएको ? सायद भोजमा वा बुफे खान जाँदा टन्नै खाना बजाए जस्तो भएको पो हो कि ? यो मोरोको अनुहार देख्ने बित्तिकै त्यो तल्लो भागमा कस्तो सलबल भए जस्तो भैहाल्ने। सामीले भनेजस्तो पैसावसुली चाहिं भरपुर गर्ने भएँ ।
अर्को अचम्म चाही पछिल्लो पल्टहरुमा तुलनात्मक रुपमा अलि सजिलै संग अर्ग्याज्म भए जस्तो लाग्यो - अनि अलि प्रेडिक्टेबल रुपमा पनि। तर जब बिहान हुदै गयो मलाई रब मिस हुन थाल्यो। बालीमा अझ २ दिन बस्नु थियो। त्यो म गर्न नसक्ने स्थितिमा पुगेँ।
मान्छे त त्यो रुबन पनि यौटा किसिम कै हो। उसले बुझिहाल्यो। झिसमिसे नहुदै ल्याप्टप ल्यायो।
'ठिक छ हजुरको किसिमको प्रेमले जित्यो आजको रात। हुन चाहिं हजुरजस्तो प्रेमी मैले देखेको छैन। टिकट अगाडी सार्ने ? दिनको ४, ५ पल्ट जान्छ प्लेन येहाबाट पर्थ। '
ओह मलाई भने यो केटालाई समातेर ओठ्मै चुम्बन दाग्दिन मन लाग्यो। उसैले टिकटको सार्ने काम गरिदियो अनि मैले आफ्नो क्रेडिट कार्ड समेत उसलाई त्यो प्रयोजनको निम्ति बिस्वास गरेर दियीदियें।
'तर यो रातको अनुभवलाई घृणा नगर्नुस है ?' मेरो कपाल कोरिदिदै उसले भन्यो। कसैलाई लाग्ला यो कस्तो विरोधाभास स्थिति होला। तर मलाई तेस्तो असमन्जस्य जस्तो लागेकै थिएन । कुनै दुइटा श्रीमान भए जस्तो पनि थिएन। रबसंगको प्रेम झन् स्पष्ट संग परिभाषित हुदै थियो - संगसंगै यो रुबनसंगको यौनमय संगम पनि प्यारो लाग्दै थियो।
खामभित्र एकसय डलर हालेर उसले देख्ने गरी टेबलमा राखिदिएँ - टिप्। अनि उसलाई राम्रै अँगालो हालेर गालामा चुम्बन थमाईदिएँ । उ बरु कन्फ्युज भए जस्तो क्वारक्वार्ती हेर्न लाग्यो। रुबनले नै ट्याक्सी बोलाइदियेको थियो। म यौटा भ्रमित देखिदो रुबनको कोठाबाट निस्केर सीधा एयरपोर्ट गएँ र सामीलाई तेतैबाट फोन गरेँ।
'मैले नै फोन गर्ने आट्या थिएँ। चाखिस त परमानन्दको पहिलो गाँस ? अब साली बानी लाग्ने भो नक्कली। फर्केर हेर -पछाडी छु। ' सामीले फेरी अर्को चक्मा दिई।
नभन्दै सामी सुटकेश घिसार्दै मेरो पछाडी आउंदै थिई।
'कम्ती दुख दिन्नस साली। तँलाई भएको चाही के ? मस्ती त पुरै गरिछस। एकाबिहानै के भूत चढ्यो ?'
'तेसो भए केटो तेरो लागि जासूसी गर्दो रेछ।' कुरो त मैले बुझी हालें। रुबनले उसलाई नभनी त एसले म पर्थ फर्कन लागेको कसरी थाहा पाउँथी र ?
'मेरो लागी भुत्रो। भनिन मैले - साला पुरुषहरु एक से एक हरामी? तँलाई दशा लागेको भएनी म किन फर्किन्थें र येति छिटो। हरामीले बस्न दिएन - लिसाको साथ लागेर जा भनेर। कफी खुवा अब।'
तेसै पनि आश्चर्य र रातभरीको एडभेन्चरले दिमागमा सुन्नै सुन्ना भरिदिएको थियो अब यो अतिरिक्त पहेली सुल्झाउन मेरो शक्ती बाँकी थिएन।
कफी टेबलमा बसेर सामी एक्कासी रुन थाली।
येसरी यो पहेली सुल्झाउन खोजेकी हो भने यो अझै गाँठो पर्ने छ - मैले सोची सकेँ।
'मेरो लागी त्यो हरामीले येसो गर्न लाएको भए' सामीलाई रुन कुनै आइतबार चाहिंदैन थ्यो । 'म किन जान्थें र फर्केर।'
कफीको सुर्को मार्दै मैले भनें 'जा न त मेरो सट्टा।'
'सट्टाले मान्ने खालका कहाँ हुन्छन र जाँठाहरु।' सामीलाई हाँस्न पनि बेर लाग्दैन थ्यो। 'छोडिदे मुला रबलाई। तँ फर्केर गइस भने रुबनले तँलाई राख्छ। बेला बेला म संग पनि शेर गर्नु।'
कस्तो भने - निश्चयनै मैले यो त किन सोच्थें र। मलाई कहिले रबलाई अँगालोमा बाँधु जस्तो भै रहेको थियो। तर रुबनले मेरो बारेमा कस्तो रोमान्चक भन्दै थियो जान्न पनि मन लाग्यो। भित्र भित्रै काउकुति समेत लाग्यो।
यस्तै छिल्लिएको कुरा गर्दै पर्थ पुग्यौं हामी अनि आ-आफ्नी बाटो लाग्यौं। सामी जत्तिसुकै रेबेलियस भएपनि एस्तो कुराहरुको लागि म भन्दा पनि बिस्वसनीय थिई - नत्र म किन येत्रो खतरा मोल्थें र ?
घर पुगुन्जेल यही सोचें कि किन रुबनलाई म मन परेछ ? अब उसलाई मन पर्नु भनेको पनि के हो ? परत्तेक रात नयाँ केटिसंग सुत्छ। हुन त भन्दै थियो कि त्यो रात उ सम्पुर्ण रुपमा मेरो हो। रबभन्दा पनि बढी उ मेरो हो रे। मैले त लोप्पा खुवाइदियेको थिएँ तेती खेर। अनि हात समातेर मेरो औंला चुस्न थाल्यो उ। साला रनडो। तेत्ति औंला चुस्दैमा मेरो हालत खराब गर्देको थियो। ब्यबसाय हो उसको। ओलम्पिकको जिम्न्यास्टले एक उफ्राइमा चार पल्ट घुम्न सके जस्तै त हो नि। तर बेकुफको त्यो घुमाइले मलाई कायल भने गर्देको थियो।
एउटा कुरामा भने उसले मलाई जित्न सकेन। प्रेमको कुरामा।
अझ उसले सामीलाई कर गरेर म संगै मेरो रक्ष्यार्थ पठाउनुले यो स्पष्ट भयो कि उसले उसको भन्दा फरक किसिमको प्रेमलाई स्वीकार गरेछ। खाइस।
गाली नगर्नुस मलाई - म कुनै पछुतोमा थिईन। किन गर्नु र पछुतो। मैले भने जस्तै मैले प्रेम र यौनलाई यौटै झोलामा राखीन - तेत्ति त हो। रुबनले मलाई यौनको असली चस्का लगाइदेकोथियो। त्यो क्ष्यण सम्झदैमा त्यो, रुबनले भने जस्तो, जादुमय काप्चामा माकुरो जस्तै के सल्बलाउञ्छ। रब घरमा थिएन र भाग्यबस उ संग कसरी आँखा जुधाउने भन्ने समस्या अहिलेलाई हट्यो। तर बेलुका उ आइहाल्यो। म त बिभिन्न उरन्ठेउला कुरा सम्झेर कल्पनामा हराइरहेको थिएँ उसले नै पछाडीबाट सर्प्राइज अंगालो दियो। मैले केहि सोच्नै भ्याइन - वा परेन भनौ। उसको ओठमा जबर्दस्त चुम्बन मात्रै बिसाइदियिन कि ओठलाई निलूंला झैं गरी चुसिदियें।
'बालीमा महिलाको लागि पनि भायाग्रा बेच्ने रेछ ?' बर्टले आफ्नो ओठ पुछेर हातमा लागेको लाली हेर्दै भन्यो। आजै बिहानै मात्रै रुबनको अगाडी पोतेको लाली हो भर्खरै मात्रै पुछियो। उसले हल्का कमेन्ट समेत गरेको थियो - मैले कति छिटो कति राम्रोसंग लगाउन सकेको भनेर।
'एती दिन सम्म नपाए पछि पनि के तिमीलाई चाहिं भायेग्रा चाइञ्छ ?' मैले सपाट झूठ बोलिदियें। यती झूठ त सामीले पनि बोल्दिन होला उसको श्रीमानसंग।
नभन्दै रबले मलाई बोकेर खाट तिर लागिहाल्यो। रब भनेको रब नै हो मेरो पहिलो प्यार। उसको हातमा बोक्कियेर जानुको मजा छुट्टै छ। रुबनले मज्जा दिन सक्छ खुसि दिन त सक्दैन। खाटमा मलाई सुताएर उ हड्बडायेर कपडा खोल्न थाल्यो। यो किसिम फरक छ जनाब, मैले मनमनै सोचें। यसमा म रुबनलाई दिन्छु बढी नम्बर। रुबन मोरो एकदमै रिल्याक्स पाराले काम गर्ने। मानौं हामी चर्चमा वा कुनै म्युजियम हेर्न लाग्दै छौं। उसको सुस्तताले मेरो तापलाई झन् बढाएको थियो - एकपल्ट त भनें पनि के सारो ढीला छौ भनेर। हतार के छ भन्थ्यो उ। हतार त मेरो रबलाई पनि के थियो र ? तर उ मेरा स्तनहरु एकछिन पछि त गायब होला कि झैं गरी ब्रा उतार्दै थियो। गए राती पटक पटकको सम्भोगले सिथिल भएको भए पनि रबको पनि खेला आजै हेर्ने मनले म खेलमा सरीक भएँ।
साइजको बारे अलि धमास दिन्थ्यो रुबन तर साइज पनि हैन रहेछ रहस्य - समय रहेछ। रबले यो कुरा बुझेको रहेनछ - निस्चय नै उ रुबन जस्तो ब्यबसायीक थोडि हो। यो रहस्य आजै चाहिं नभन्ने निर्णय गरें मैले। आज रबसंग उसकै प्राकृतिक गती र तरीका भोग्छु। रुबनसंग सिकेको कला पछि भन्दै जाउँला। वाउ। रबकै तरीकाले पनि मलाई झन्डै त्यो अर्ग्याज्मको भुमरीमा खसालेको थियो - मोरोले अर्को एक मिनेट मात्रै थामेको भए ! यो अर्ग्याज्म पनि त्यो रहस्य रेछ जुन एकपल्ट भोग्न पाए पछि घरीघरी पाउन सजिलो। सायद समाधि पनि येस्तै हुदो हो।
आफ्नो आगो निभेपछि रब सदाको जस्तै बिरालो झैं मेरा स्तनहरुको बीचको भागमा टाउको घुसारेर निदाउन खोज्यो। त्यो भन्दा अगाडी मेरो बाँकी रहेको लिपस्टिक लतपत हुने गरी ओठ चुस्यो। प्रेममा यही त फरक छ। मूर्ख रुबनलाई बुझ्न कति बेर लागेथ्यो। अर्ग्याज्म पश्चात हुने स्पर्श माया हो त्यो भन्दा अघिको स्पर्श यौन हो। साला रुबनले बुझ्यो होला नि - प्रेमको रणनीति स्खलनमात्रै हैन भन्ने कुरो। येही सत्यले त टिकिरहेको छ नि रबसंगको मेरो प्रेम।
एकपल्ट छुँदा मैनबत्ती जस्तै पग्लिन पर्ने छुवाई रुबनले दिन सकेकोथिएन। मैले मानें- रुबन एक अपरिचित थियो तर पनि रबको छुवाई रबकै हो। यो छुवाईमा अर्कै अस्तित्व छ अर्कै आयाम छ। यो छुवाईमा छोइनेको पनि उस्तै सहभागिता छ - योगदान छ। छुने र छोइने दुइटैको समग्र तातो चेतनाले मात्र यो मैन पग्लन्छ। नत्र यो मैन टुट्न सक्छ - क्रिस्टललाई चट्टानमा बजारेको जस्तो।
रुबनको छुवाईले तेसरी नपगाले पनि लल्याकलुलुक त परेकै थियो। उसको छुवाई झन्डै ब्यबसायिक थियो तर पनि तेस्ले राम्रै काम गरिरहेथ्यो। आखिर उसले अकल्पनीय अर्ग्याज्म दिलाएरै छोड्यो - त्यो पनि पटक पटक। तेतिखेर त यस्तो आत्मबिस्वास भएको थ्यो कि जस्तै झूर काम गरे पनि रबबाट नै पनि अर्ग्याज्म हथ्याउँछु। तर मोरो रबले ऐन बक्तमा अत्मसपर्पण गर्यो।
म छक्क पर्दै थिएँ कि कति सजिलै म रबतिर फिर्ता भएँ। रुबनसंगको एक रातको अनुभब अफसोसको रुपमा पो रहन्छ कि भन्ने डर थियो - तर अहँ। रबको अंगालोमा म रुबनको जोशको फ़्याण्टसि समेत गर्न पछि परिन। मैले किनेको अनुभब हो - म चाहे जतिखेर खर्च गरूँ - अनि रबलाई पनि कुनै हानि त पुर्याएकी छैन।
तेस्पछिको दिनहरुमा झन्डै प्रत्तेक दिन जसो रबसंग रमाइलो गरें। अनि एकदिन रबसंग पनि आँधी समानको अर्ग्याज्म भोगें। रब मुला मान्छे साचै कच्चा। मेरो अर्ग्याज्म भएको बेला उ पो लजायो ! त्यो दृश्य त मनमा नमेटिने गरी बस्यो।
तेस्पछि रब फेरी उसको कुनै काममा हराइरह्यो। दिनहरु फेरी सामान्य हुन थाले - तर येस्पाली यो सामान्य नै बिसेष सामान्य थियो। रब भएको बेला र उसंग सम्भोग भएको बेला धेरै जसो अर्ग्याज्म हुन्थ्यो।
साला एउटा कुरा भने मनबाट जादै गएन। प्रत्तेक पल्ट अर्ग्याज्म हुदा रुबनको याद आउने। पहिलाका कति दिनहरुमा त रुबनको नाम फुस्किन्छ कि भनेर होश समेत गर्नु पर्यो। तर पछि त्यो स्थिति सहज भयो तर त्यो आगो सल्केको बेला रुबनको यादको धुवाँ पनि संगसगै हुन्थो - प्रत्तेक पल्ट।
पछिल्ला दिनहरुमा रब अलि चिन्तित हुन्थ्यो। निस्चय नै उसको कामको कुरा हो त्यो। म उसको कामको कुरामा कुनै दखल दिन्न थें। मैले सुल्टाउन सकिने उसको समस्या हुदैनथ्यो। एक पटक उ लामै समयको लागि बालिमा गयो। रब साला केटि भएको भए - म यस्तो हास्यास्पद फ़्यनटासि गर्थें - उसलाई सिधा रुबनको टिकट किनेर पठाउन्थे !!
त्यो दिन त म अफिसमा थिएँ। मेरो व्यक्तिगत चिठी अफिसमा बिरलै आउने । अनि बालीबाट एउटा चिठी आएको रहेछ - त्यो पनि कुरियरबाट। अचम्ममा परें म। बिहानै मात्रै रबसंग फोन भाकै हो - तेस्तो उसलाई केहि भएको त थिएन।
हातले लेखेको पत्र थियो - एकजना कोहि अब्दुल भन्नेले लेखेको।
तेस्पछि पो मेरो जिन्दगिले मोड लिन सुरु गर्यो।
रुबनको बोस रहेछ त्यो अब्दुल - कोठी चलाउने साहु ! मैले एकाबिहानै हत्पतायेर छोडेर आएपछि रुबन पनि आफ्नो होस्टेलमा फर्किने क्रममा उसले कतै एउटा लास भेटेछ। बालिको कम्जोर न्याय प्रणाली - त्यो हत्याको आरोप उसलाई नै लागेछ। अनि अझ अर्को सहन नसकिने आकस्मिकता - उसको वकील पो रहेछ मेरो रब।
अब्दुलले मलाई रुबनको साक्षि बस्न अनुरोध गरेर पत्र पठाएको रहेछ। त्यो रातको साक्षि भएमा रुबन त्यो आरोपबाट उम्कने रहेछ। यद्दपी अब्दुलले लेखेको थियो कि रुबन मरिगए पनि साक्षि लिन तयार छैन। र यो सबै योजना रुबनको इच्छा बिरुध्ध नै भैरहेको छ। उसलाई सोधेर जाने काम छैन नत्र उसले आफै यो काम हुन दिदैन। मैले हठात् सम्झे रुबनको अलि खुस्केट पारा। प्रत्तेक रात अलग अलगसंग माया गर्छ तर त्यो रातको मायाको आफ्नै हिसाबले रक्ष्या गर्छ। तेतिखेर मैले यो बुझ्न पनि चाहिन। मलाई तेस्को फाल्तु दर्शनसंग लिनु दिनु थिएन। तर आजको दिन म आफै आफनै अदालतको कठघरामा उभिएको थिएँ।
अफिसबाट छुट्टी लिएर घर आएँ। बेलुका रब आउने कुरा थियो। मैले अबको केहि घण्टा भित्र जिन्दगिको सबभन्दा ठुलो निर्णय लिनु पर्ने थियो। जतिसुकै माया गर्ने भए पनि के रब यो थाहा पाए पछि मसंग बस्छ ? बसे पनि मलाई तेस्तै माया गर्छ ? एक मनले त यो चिठी च्यातिदिउ र केहि थाहा नभए जस्तो बसुँ - अनि केहि हफ्तामा स्थिति सामान्य भैहाल्छ जस्तो लग्यो। हो, रुबन भने फाँसीमा चड्छ। उसको लागि म किन सहीद हूँ ? एक रात बिताएको मान्छे त हो। त्यो पनि मैले किनेको। मैले चुक्ता गर्नु पर्ने रिण बाँकी छ जस्तो त लागेन। साचै हो त ? प्रत्तेक अर्ग्याज्ममा आउने उसको याद चाहीं के हो ? फेरी उसले मेरो साक्षि लिन एकदमै इन्कार गरिरहेथ्यो जसले मेरो मन झन् बेचैन गरायो। मामुली पुरुष-बेश्या हो उ, तर किन सोक्रेटस जस्तो दर्शन तेर्साउञ्छ अनि तेस्को पाई-पाई अनुसरण पनि गर्छ। मलाई त यो उसको ठुलो चुनौती भैरहेथ्यो। मेरो लाजगाल जोगाउन उसले आफ्नो प्राण दिदैथ्यो। हुन त यो सामान्य लाजगाल थिएन। यो त हाम्रो बिबाह समाप्त गर्ने घटना थियो। रबसंग को प्रेम 'अन डु' गर्ने खतरा थियो। मैले यो कुरा खोलें भने मेरो रबसंग को संगै बस्न खोज्ने अधिकार गुम हुन्छ भन्ने लागिसक्यो। हुन त सामी भन्दै थिई कि पुरुषहरु दुनियासंग मोज गरेर आउछन र पनि स्वास्नीसंग बेफिक्री बसिरहेकै हुन्छन। तर म यो रबसंग कसरी माग गर्न सक्छु ?
आखिर मैले रबलाई यो कुरा खोल्ने अनि रुबनलाई मदत गर्ने निर्णय गरें। साचै - तेस्पछि म आफुलाई अर्कै भएको महसूस गर्न थालें। रबको म को हो को जस्तो लाग्न थाल्यो।
घरको ढोका उघ्रियो र रब भित्र आयो। भर्याङ्ग चढ्दै गर्दा उसको अनुहार हेरे। अलि हताश थियो उ। अब झन् के हुने हो। यती माया त उसको मलाई कहिलेइ लागेको थिएन। मैले बुझेको थिए कि उसले यो केसमा आफ्नो समय र शक्तीको धेरै लगानी गरेको थियो तर आखिरमा असफलता तिर जादै थियो। एक मनले त खुसि भएँ किनंकी उसको केसलाई जिताउन मैले सहयोग गर्न पाएँ। आफ्नै जीबनको मोलमा। रबको जीबनको मोलमा पनि। कति महँगो अर्ग्याज्म रहेछ त्यो।
म देखेसी रबको अनुहार बती बले जसरी उज्यालियो। ब्याग राखेर उ मतिर हानियो। म भने अलिक पर सरेर उसको हातमा त्यो अब्दुलको चिठी थमाइदिए अनि नजिकैको दराजको सहारा लिएर अडिएँ।
एकछिन त रब विस्मृत हेराईले मलाई सोधे जस्तो गर्यो अनि एक्कासी होस् उडेको जस्तो भावमा तत्कालै त्यो चिठी पढ्यो। उसको अनुहारमा हेर्दै थिएँ म - कसरी उसको भाबहरु मौसमलाई फास्ट फरवार्ड गरेजस्तो गरी परिबर्तन हुदै थिए। चिठी पढी सकिए पछि उसको अनुहार मैले हेर्न सकिन तर उ पनि लड्खडायेर कतै समाएर बस्दै थियो।
भगवानको कसम - अनि रबकै कसम - आज उसंग जती माया गर्न मलाई उसंग पहिलोपल्ट भेटेको दिन वा सुहागरातको दिन वा अरु कुनै दिन पनि भएन। उसंग सम्भोग समेत गर्न मन लग्यो। उसंग एती गर्न मन लाग्यो कि रुबनसंग गरेको सम्भोग पनि फिर्ता होओस। अथवा केवल निर्मल प्लेटोनिक माया गर्न मन लाग्यो। कुनै पनि सानो भन्दा सानो - अफिसको समेत समस्यामा उसको सल्लाह लिन्थें म - चाहिएर हैन यस्सै मजाको लागि। अब येत्रो जिन्दगिको उथलपुथल वाला कुरा भने भन्न सकिन।
रबले अब मलाई माया गर्न छोड्यो भन्ने डर पनि भैरहेको थिएन - किनभने त्यो भाब थिएन त उसको आखामा। घृणा मात्रै भैदिएको भए म पनि आफ्नो प्रतिरक्ष्याको भाब निकाल्थे होला। आस्चर्य त के भने मलाई यो सब स्थितिको बाबजूद पनि पश्चाताप भने आइरहेको थिएन। खालि रबको माया अनपेक्षित रुपले लागिरहेको थियो। एकपल्ट सुन्य भावले एकोहोरो हेर्यो र एक्कासी अगाडी बढ्यो। जिन्दगीभर पछुतो हुने यौटा काम चाहिं मैले के गरें भने म तेतिखेर एकदम पछाडी हटें। किन तेस्तो प्रतिक्रिया भयो थाहा छैन। उसको हतास अनुहारबाट मैले अनुमान गरें कि उसले मलाई पिट्न आएको भन्ने मैले सोचे होला भनेर ठान्यो। त्यो एउटा कस्तो मौका थियो मेरो यो अनपेक्षित बासनालाई भोगेर मेटाउने। मैले किन उसलाई च्याप्प समातेर उसको ओठ नीलो हुने गरी चुसिन अनि उसलाई तुरुन्त बेडमा तानेर लगिन। त्यो प्रश्नको उत्तर त अहिले पनि छैन।
अलिक बेर सुन्यताले नै चर्को बोल्यो। मलाई एउटा यो पनि लाग्यो कि अब रबले यो केस छोडिदिन्छ र रुबनसंग राम्रै बदला लिन्छ। मसंग चाहिं कसरी बदला लिन्छ त्यो मैले सोच्न सकिन। सोच्न पर्छ जस्तो पनि लागेन। उसले जे भन्छ त्यो गर्न म तयार थिएँ। रबले मलाई छोड्न पनि सक्छ भनेर त सोच्न पनि सकिन।
धेरै बेरको मौनता पछि मौनताले पनि काम गर्न छोड्छ। अनि मैले बोलें "तिम्रो केसको लागि म साक्षि बस्न तयार छु।"
रबले फेरी उतर्सेको जस्तो प्रतिक्रियाले हेर्यो। गला सफा गर्यो अनि भन्यो। "थाहा पाएँ। " अनि तुरुन्तै अर्को कोठामा गयो।
मलाई फेरी लाग्यो कि रबले रुबनको केस कतै छोड्न लागेको त हैन ? मैले मनमनै सोचिसकेको थिएँ कि यदी उसले यो कदम उठायो भने पनि म बाली गएर काम पट्यायेरै छोड्छु। सामीलाई मैले फोन गरेर सबै बेलिबिस्तार गरिसकेको थिएँ र उ पहिले त बेहोश जस्तै बर्बराउन थालेकी थिई अनि केहि बेरमा सम्हालियी। यदी रबले आनाकानी गर्यो भने तुरुन्तै अर्को वकील लिएर जाने योजना उ बनाउदै थिई।
रब एकछिनमा आयो। "आजैको टिकट बनाएको छु। जति छिटो हुन सक्यो तेती राम्रो।"
प्लेनमा बस्न त संगै बस्यौं तर औपचारिक भन्दा अरु कुरा भएन। रबको मायाको यो पहेली चाहिं बुझ्न गाह्रो भैरहेथ्यो। झन्डै इश्वर टाइपको प्रेम। स्वार्थरहीत, आशा रहीत, कामना रहीत। मलाई एकताका उसको हिन्दु धर्मको गीताको 'फलको आशा रहीत कर्म'को अर्थ बुझाएर हैरान गर्थ्यो। अहिले उ आफै कृष्णजस्तै भाबरहीत प्रेम बर्साई रहेथ्यो। उसकै श्रीमतीलाई केहि महिना अघि रातभर भोग्ने कोहि यौटा भाडाको पुरुषलाई बचाउन भरमग्दुर गर्ने को हुन सक्छ सानो तिनो भगवान बाहेक ? अथवा भगवान भन्दा पनि पर। भगवान त सानो सानो कुरामा पनि श्राप दिन तयार हुन्छन। भगवानको स्वास्नीलाई छुनुस त - के हुन्छ ? रबको त अर्धांगिनीलाई रातभर भोगेको मात्रै हैन कि अर्ग्याज्मको नौलो भोक जगाएर पठाएको 'हरामी' हो रुबन। सायद रबले तत्काल सोचिसक्यो कि म कसरी अब रबसंग पनि त्यो चरम सुख भोग्दै थिएँ।
लोग्ने स्वास्नी हैनौ कि जसरी बसेका थियौं प्लेनको सिटमा। मलाई भने उसको हात एक पटक समाउन पाए यो आर्जेको अर्ग्याज्मको 'सम्पत्ती' पनि छोडिदिन्थे जस्तो लागि रहेथ्यो। कलेजको क्याफेमा मैले नै पहिलो पल्ट उसको हात समाएको थिएँ। उ त अलि लजालु नै थियो। कुरा अलि बढी काममा अलि पछाडी। तैपनि मैले पुरै आँट गर्न सकिन। तेती भाग्गेमानी त कहाँ छु र म पनि !
प्लेनबाट ओर्ले पछि रबले गरेको हतार देखेर उसलाई फेरी अँगालोमा लिने मन भयो। मान्छे त अजिब हो उ। प्लेनमा पनि उ रुबनको साक्षि जुटाउने कागज बनाउन लागेको थियो। सो कागज हातमै बोकेर उ रुबनको जेलको अफिसमा पुग्यो। उसको गतिमा हिड्न मलाई मुस्किल परिरहेथ्यो। बालीको उस्णतापुर्ण गर्मीले उस्तै थकाइ रहेथ्यो।
रुबनको जेलको जेलरले मलाई एकदमै गहिरो संग हेर्यो - झन्डै झन्डै रिसाएर। अनि मुख कालो लगाएर बस्नलाई भन्यो। मैले त्यो बार्तालापको येत्ति अंश मात्र बुझें कि रुबनलाई उसको इच्छा अनुसार गए राती नै मृत्युदण्ड दियिसकेको रहेछ।
'यदी तपाईं आउनु भयो भने दिनु भनेर यो चिठी छोडेको छ रुबन ले।' जेलरले चिठी मलाई दियो। चिठी लिन डर लागेर हैन - मेरो भन्दा बढी रबको हक लाग्छ होला भनेर मैले रब तिर हेरें। रबले टाउको हल्लाएर मलाई लिनु भन्यो।
चिठी लिएको त सम्झना छ तेस्पछि खास के भयो ती केहि मिनेटको सम्झना मलाई छैन। एकैपल्ट मलाई झन्डै बोके जत्तिकै गरी रबले डोर्याउन्दै रहेछ बालीको गल्लिमा।
'चिठी पढ्ने ठाउँ खोज्दै छु ' भन्यो उसले। अनि नजिकै एउटा पार्क देखियो जहाँ यौटा भाँचिन लागेको बेञ्च थियो रुखको छहारी मुनि। बिहेको दिन पनि तेती रोमान्स भएको थिएन होला जसरी अहिले म उसको अंगालोमा बिस्तारै पाइला सार्दै थिएँ। रुबनको अबसानको दर्दले यो रोमान्सलाई अर्कै मोड दिएको थियो।
रब पनि तेस्तै सोच्दै रहेछ सायद। भन्यो 'साला त्यो रुबन सामान्य मान्छे त होइन।'
'सामान्य त तिमि झन् हैनौ। ' मैले भने। 'अब तिमि मलाई के गर्छौ त ?' बल गरेर मैले सोधें। तेतिन्जेलमा हामी चौरमा बसिसकेका थियौं।
'हामी सबै असामान्य रहेछौ।' रबले भन्यो। 'के गरूँ त ? ' यती भनेर उसले उसको सुखा ओठ मेरोमा हठात् जोड्यो।
'बाली हो यो, नमात्तिउ।' मैले भनें तर त्यो छोटो चुम्बन जस्तो मीठो अरु के हुन सक्थ्यो र !
चिठी पढें मैले - उसले सुन्ने गरी। मोरो छाडा टाईपको केटो रुबनले गडबडी शब्द लेखेको पो छ कि भन्ने सानो डर त थियो तर पनि अब के लुकाउनु थियो र ?
चिठी सकिए पछि रबको आँखा पनि अलिक टल्पलायेको देखें। मैले त मनलाई नराम्ररी बाँधिसकेको थिएँ। फेरी मेरो त एक रातको नै त लफडा थियो तर रबको पो धेरै लगानी थियो। यो यौन ब्यौनको ईर्ष्या बिर्श्याको कुरो भन्दा गहिरो आयाममा पुगेका थ्यौं हामी।
'ठिक छ।' रबले लामो सास लियो। 'त्यो बेबेक बेटुटु खाएरै जाने हो।' रुबनले चिठीमा येस्तै आग्रह गरेको थियो।
-०-

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।